नाइटिङ्गेल स्कुलले मनायो २४औं वार्षिकोत्सव, हेर्नुस् फोटो फिचर

नाइटिङ्गेल स्कुलले स्थापनाको २४औं वार्षिकोत्सव मनाएको छ। स्थापना दिवसको अवसरमा लनखेलस्थित आर्मीको खेल मैदानमा विभिन्न कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा स्कुलका विद्यार्थीहरुले विभिन्न खेलकुदमा सहभागी हुनुका साथै मार्च पास र विभिन्न जाति समुदाय झल्काउने नृत्य प्रस्तुत गरिएको थियो। Continue reading “नाइटिङ्गेल स्कुलले मनायो २४औं वार्षिकोत्सव, हेर्नुस् फोटो फिचर”

रेशम चौधरीको मार्मिक भिडियो सार्वजनिक : मलाई निर्वासित जीवन बिताउन किन बाध्य पारियो ?

रेशम चौधरीले युट्युबमा मार्मिक भनाई सार्वजनिक गरेका छन्। उनले कलाकारिता र पत्रकारितामार्फत् आफूले देशका लागि धेरैथोक गरेपनि आज निर्वासित जीवन बिताउन बाध्य भएको बताएका छन्। उनले देशका के गरेनौं भन्दै प्रश्न गरेका छन्। Continue reading “रेशम चौधरीको मार्मिक भिडियो सार्वजनिक : मलाई निर्वासित जीवन बिताउन किन बाध्य पारियो ?”

चर्पी बनाउन सहयोग गर्न सांसद चौधरीको अपिल

नागेन्द्र चौधरी/बारा।

नेकपा एमालेका नेता एवं सांसद बलवीर चौधरीले गरिब तथा असाहायहरुको घरमा चर्पी निमार्ण गरी नरही गाबिसलाई खुला दिसा मुक्त घोषणा गर्न आह्वान गरेका छन्। एक घर एक चर्पी बनाउने नेपाल सरकारको गुरु योजनाअनुसार नरही गाबिसमा घर घरमा चर्पी निर्माण गरी गाबिसलाई खुला दिसा मुक्त बनाउन स्थानीयसँग अपिल गरेका हुन्। Continue reading “चर्पी बनाउन सहयोग गर्न सांसद चौधरीको अपिल”

आठौं सिमरा गोल्डकपको तयारी पूरा, मोफसलका ५ सहित दस टिम सहभागी हुने

नागेन्द्र चौधरी/बारा।

मोफसलको प्रतिष्ठित फुटबल प्रतियोगिताको रुपमा रहेको सिमराको गोल्डकपको आठौ संस्करणको तयारी पूरा भएको छ। आयोजक नव जनजागृति युवा क्लबले सिमरा रंगशालामा पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताको बारेमा जानकारी दिएको हो। Continue reading “आठौं सिमरा गोल्डकपको तयारी पूरा, मोफसलका ५ सहित दस टिम सहभागी हुने”

सुनसरीमा गोली हानाहान, करिस्मा चौधरीसहित तीन जना घाइते

इटहरी उपमहानगरपालिका–१४ खनार चोक नजिक आज प्रहरी र लागुऔषध तस्करबीच गोली हानाहान हुँदा तीन जना तस्कर घाइते भएका छन् । Continue reading “सुनसरीमा गोली हानाहान, करिस्मा चौधरीसहित तीन जना घाइते”

थरुहट थारुवानलाई टुटेर होइन, जुटेर जान सुझाव

थरुहट थारुवान संयुक्त संघर्ष समितिको विस्तारित भेलाले तीन महत्वपूर्ण प्रस्ताव पारित गरेको छ। राजधानीमा बसेको बैठकले तुरुन्तै आन्दोलनको कार्यक्रम घोषणा गर्नुपर्ने, देशब्यापी रुपमा विस्तारित भेला गर्नुपर्ने र टीकापुर घट्नामा झुठा मुद्दा लगाइएका थारुहरुको रिहाइ र मुद्दा खारेज गर्नुपर्ने प्रस्ताव पारित भएको हो। Continue reading “थरुहट थारुवानलाई टुटेर होइन, जुटेर जान सुझाव”

मधेसी मोर्चाप्रति इंगित गर्दै ओलीले भने, ‘यो देश भोट हालेर बनेको देश होइन’

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधन बेमौसमको बाजा भएकोले आफ्नो पार्टीले यसको सशक्त विरोध गरेको बताएका छन्। सोमबार राजधानीको टेकु चपलीमा कुँवर प्रतिष्ठानले आयोजना गरेको वीर योद्दा बलभद्र कुँवरको २२७ औं जन्मजयन्ती तथा शालिक अनावरण कार्यक्रममा अध्यक्ष ओलीले यस्तो बताएका हुन्। Continue reading “मधेसी मोर्चाप्रति इंगित गर्दै ओलीले भने, ‘यो देश भोट हालेर बनेको देश होइन’”

प्रचण्ड र मधेसी मोर्चा सम्वन्ध विच्छेदतर्फ, अब के होला?

सरकारले चुनाव घोषणाको तयारी थालेसँगै प्रधानमन्त्री प्रचण्ड र मधेसी मोर्चाको दुरी बढेको छ । र, मधेसी मोर्चाका नेताहरुले सम्वन्ध विच्छद गरेर अब आ-आफ्नो बाटो लाग्ने प्रस्ताव राखेका छन् । Continue reading “प्रचण्ड र मधेसी मोर्चा सम्वन्ध विच्छेदतर्फ, अब के होला?”

थारुहरुले ‘समाजिक सुसाइड’ गर्ने कि आफ्नो घमन्ड तोड्ने : सांसद रुक्मिणी चौधरी

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट)की अध्यक्ष  एवं सांसद रुक्मिणी चौधरीले थारुहरुले ‘समाजिक सुसाइड’ गर्नुपर्ने अवस्था सिर्जना भएको बताएकी छन्। राजधानीमा आयोजित थरुहट थारुवन संयुक्त संघर्ष समितिको विस्तारित भेलामा बोल्दै उनले भनिन्, ‘हामी जीवन मरणको दोँसाधमा छौं। मर्ने हो भने समाजिक सुसाइड गरौं। बाँच्ने हो भने हामीभित्रको घमन्ड त्यागेेर अगाडि बढौं।’ Continue reading “थारुहरुले ‘समाजिक सुसाइड’ गर्ने कि आफ्नो घमन्ड तोड्ने : सांसद रुक्मिणी चौधरी”

थरुहट थारुवानको राजधानीमा विस्तारित भेला, लेखीले भने- ‘निषेधको राजनीति गरेका छैनौं’

थरुहट थारुवान संयुक्त संघर्ष समितिका सचिवालय सदस्य राजकुमार लेखीले थरुहट थारुवान संयुक्त संघर्ष समितिले निषेधको राजनीति नगरेको स्पष्ट पारेका छन्। राजधानीमा आयोजित विस्तारित बैठकमा सम्बोधन गर्दै उनले भने, ‘हामीले कुनै दललाई वा कुनै नेतालाई निषेध गरेका छैनौं। थरुहट थारुवानको आचारसंहिता उल्लंघन गर्ने केही दललाई कारबाही गरेकामात्र हौं।’ Continue reading “थरुहट थारुवानको राजधानीमा विस्तारित भेला, लेखीले भने- ‘निषेधको राजनीति गरेका छैनौं’”