प्रमुख दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र मधेसी मोर्चाबीच सहमतिमै संविधान संशोधन प्रस्ताव छिटोभन्दा छिटो अघि बढाउने र त्यसलाई पारित गराउने सहमति भएको छ। देउवा निवास बुढानिलकण्ठमा बसेको बैठकमा यस्तो सहमति भएको मोर्चाका नेता महेन्द्र राय यादवले जानकारी दिए। उनका अनुसार संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव सहमतिमै पारित गराउन पहल गर्ने निर्णय भएको छ। Continue reading “कांग्रेस र मधेसी मोर्चाबीच सहमति, संविधान संशोधन गरेरै चुनावमा जाने”
Author: admin
सरकारले बलपूर्वक लाठी र बन्दुक चलाएर चुनाव गरे अवस्था जटिल हुन्छ : ठाकुर
मधेसी मोर्चाका नेता महन्थ ठाकुरले संसदमा संविधान संशोधन प्रस्ताव पारित नभएसम्म कुनैपनि चुनाव नहुने दाबी गरेका छन् । उनले आफू चुनाव विरोधी नभएको स्पष्ट पनि पारे । आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता ठाकुरले कांग्रेस-माओवादी गठबन्धन सरकारले संशोधन प्रस्ताव पारित गराउनै पर्ने जिकिर गरे । उनले संशोधन प्रस्ताव पारित नगरी चुनाव गराउन खोजे त्यो दिवा सपनामात्र हुने धारणा समेत राखे । Continue reading “सरकारले बलपूर्वक लाठी र बन्दुक चलाएर चुनाव गरे अवस्था जटिल हुन्छ : ठाकुर”
आन्दोलन ब्युँताउन थरुहट थारुवानको कञ्चनपुरमा आज बृहत आमसभा
थरुहट थारुवान संघर्ष समिति कञ्चनपुरले बृहत् आमसभा आयोजना गरेको छ। पीपलाडीमा हुने आमसभामा कैलाली कञ्चनपुरका शीर्ष थारु नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ। Continue reading “आन्दोलन ब्युँताउन थरुहट थारुवानको कञ्चनपुरमा आज बृहत आमसभा”
सरोज चौधरी २१औं पटक भल्मन्सा चुनिए
प्रेम दहित/धनगढी। धनगढी उपमहानगरपालिका–८ धनगढी गाउँको भुरा खेल (माघी डेवानी) कार्यक्रम शनिबार धनगढी गाउँमा सम्पन्न भएको छ। गाउँको भुरा खेलले सरोज चौधरीलाई यो वर्ष सर्वसहमतबाट भल्मन्सामा चयन गरेको छ।
उनलाई यो वर्ष २१औं पटक गाउँको भल्मन्सा बनाइएको छ। धनगढी उपमहानगरपालिका–८ को सबभन्दा पुरानो बस्तीको रुपमा रहेको धनगढी गाउँको भल्मन्सामा उनका बाजे मन्ठुराम चौधरी २०४१ सालसम्म र बुवा रामचन्द्र चौधरी २०५२ सालसम्म निरन्तर भल्मन्सा खेलाएका थिए। मने वर्तमान भल्सन्सा तेस्रो पुस्ताको रुपमा २१औं भल्मन्सामा चयन भएका हुन्। त्यसैगरी देशुराम चौधरीलाई सातौंपटक गाउँका चौकीदारमा चयन गरिएको छ।
माघी डेवानी कार्यक्रममा गत वर्षको समिक्षा र यो वर्षको नयाँ रणनितिबारे छलफल गरिएको छ। गाउँभरिको किसानहरुो सहभागितामा भएको कार्यक्रममा थारु समुदायमा परम्परागत चल्दै आएको भल्मन्सा-वडघर-महटवा प्रथालाई नेपाल सरकारबाट कानुनी मान्यता दिनुपर्ने, उपमहमनगरपालिका-नगरपालिका-गाविसमा नेपाल सरकारबाट दिइने विकास कार्यक्रम अन्य कार्यक्रम भल्मन्सा-वडघर-महटवामार्फत जानुपर्ने र वडा नागरिक मञ्चके संयोजक बनाउदा स्वर्य भल्मन्सा-वडघर-महटवालाई बनाउनुपर्ने माग गर्ने निर्णय भएको भन्मन्सा सरोज चौधरीले बताए।
त्यसैगरी चौकीदारहे पहिलेदेखि दिदै आएको वार्षिक प्रतिघर २५ किलो धान वा त्यही अनुसार रकम यो बर्षपनि दिने निर्णय भएको छ।
थारु आन्दोलनलाई सशक्त पार्न कैलालीमा गठन भयो थारु राष्ट्रिय परिषद्
कैलाली- लौटन चौधरीको संयोजकत्वमा ३१ सदस्यीय नयाँ शक्ति पार्टी नेपालको आँगिक संगठन थारु राष्ट्रिय परिषद गठन भएको छ। कैलालीको मसुरियामा भएको पहिलो भेलाले जिल्ला समिति गठन गरेको हो। समितिमा बजारी चौधरी, चन्द्र चौधरीलगायत छन्। Continue reading “थारु आन्दोलनलाई सशक्त पार्न कैलालीमा गठन भयो थारु राष्ट्रिय परिषद्”
परिवार दलद्वारा बारामा सदस्यता वितरण
बाराको प्रिपाडी गाविसमा रहेको पश्चिम टोलमा नेपाल परिवार दलले सदस्यता वितरण गरेको छ। जिल्ला अध्यक्ष रामचन्द्र चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा करिब एक सय जनालाई सदस्यता वितरण तथा पाटी प्रवेश गरेको बताइएको छ। Continue reading “परिवार दलद्वारा बारामा सदस्यता वितरण”
चौतारीको स्थापना दिवसमा पत्रकारहरुको अन्तरक्रिया
नागेन्द्र चौधरी/बारा।
प्रेस चौतारी नेपालको बारा शाखाले प्रभात फेरीका साथै विभिन्न पत्रकार सम्बद्व संघ संगठनहरुबीच अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ। बाराको सदरमुकाम कलैयामा प्रेस चौतारी नेपालको १९औं स्थापना दिवसको अवसर परेर सो कार्यक्रमको आयोजना गरिएको हो। Continue reading “चौतारीको स्थापना दिवसमा पत्रकारहरुको अन्तरक्रिया”
एमाले सांसद् चौधरीको प्रश्न- ‘मधेसको नाममा राजनीति गर्नेले मधेसीको जनताको समृद्धिमा चासो दिनुपर्दैन?
दुष्यान्त चौधरी/बारा।
नेकपा (एमाले) का केन्द्रीय सदस्य एवं सांसद बलवीर चौधरीले एमालेको विचार राष्ट्रिय एकता र समृद्धिको आधार भएको बताएका छन्। एमाले गढीमाई नगरपालिका वडा नं. १६ को बार्हौवडा अधिवेशनको उदघाटन गर्दै चौधरीले उक्त कुरा बताएका हुन। चौधरीले यतिबेला संविधानको कार्यान्वयनका लागि तत्काल स्थानीय निर्वाचन र एघार महिनाभित्र केन्द्र र प्रदेशको निर्वाचनको कार्यभार छाडेर कांग्रेस- माओवादीले संविधान संशोधन कि निर्वाचनमा अल्झिएर संविधानलाई असफल बनाउने खेलमा लागेको बताए। Continue reading “एमाले सांसद् चौधरीको प्रश्न- ‘मधेसको नाममा राजनीति गर्नेले मधेसीको जनताको समृद्धिमा चासो दिनुपर्दैन?”
पोखरामाथि वीरगञ्चजको रोमाञ्चक विजयी
नागेन्द्र चौधरी/बारा।
सहारा क्लब पोखरामाथि रोमाञ्चक जित हात पार्दै वीरगन्ज युनाइटेड क्लब सिमरा गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ।
सिमरा रंगशालामा शनिबार भएको खेलमा सहारामाथि १–० को जित निकाल्दै वीरगन्ज प्रतियोगिताको अन्तिम आठमा प्रवेश गरेको हो। वीरगन्जको जितमा विकास राईले निर्णायक गोल गरे। Continue reading “पोखरामाथि वीरगञ्चजको रोमाञ्चक विजयी”
गच्छदारले गरे मन्त्रीको अफर, भने- ‘दुई मन्त्री दिए सरकारमा जान्छौं’
मधेसी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले दुई मन्त्री र एक राज्यमन्त्री दिए आफ्नो पार्टी प्रचण्ड सरकारमा सहभागी तयार रहेको बताएका छन् । यद्यपि आफू भने सरकारमा नजाने बताए । ‘दुई वटा दिए अहिले पनि सरकारमा जान सकिन्छ’ राजविराजमा आयोजना गरेको पत्रकार सम्मेलनमा गच्छदारले भने, ‘म यो सरकारमा जान्नँ । अरु साथीहरुलाई पठाउँछु ।’ Continue reading “गच्छदारले गरे मन्त्रीको अफर, भने- ‘दुई मन्त्री दिए सरकारमा जान्छौं’”