Burger with me (Blog)

Srijana Chaudhary.

Again I saw the same boy smiling at me rushing towards my table to take an order. And Again I crease his head giving smile and asking how he is doing, He came close staring, smiling. I understood his question as usual and said, “Two Berger ok”. I saw his puzzled face and a glance at me. Oh! He reminds me I was alone and this time I should have to order only one burger. Now, sitting on a table alone made me so aloof, so unpleasant, and something incomplete surrounded only with coldness all around. Continue reading “Burger with me (Blog)”

थाविस अध्यक्षलाई सचिवको कडा प्रश्न- ‘कुन बैठकले लिखित वा मौखिक एजेन्डा उपरोक्त गर्‍यो?

थारु विद्यार्थी समाज (थाविस)का केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद चौधरीले केन्द्रीय सचिव प्रेमा चौधरी र केन्द्रीय सदस्य संजय थारुसँग स्पष्टीकरण सोधेको छ। समाजको नीतिविपरीत कार्य गरेको भन्दै चित्त बुझ्दो जवाफ नआए कारबाही गर्ने चेतावनीसहित एक हप्ते स्पष्टीकरण सोधिएको हो। दुवै जा थारु कल्याणकारिणी सभाको भातृसंगठन थारु विद्यार्थी सभामा आबद्ध भएपछि स्पष्टीकरण सोधिएको बताइएको छ। विद्यार्थी सभामा संजय थारु तदर्थ समितिका संयोजक र प्रेमा चौधरी उपसंयोजक हुन्। Continue reading “थाविस अध्यक्षलाई सचिवको कडा प्रश्न- ‘कुन बैठकले लिखित वा मौखिक एजेन्डा उपरोक्त गर्‍यो?”

थरूहट अान्दाेलनकारीलाई तत्काल रिहाई गर्न थरूहट पार्टीकाे माग, भातृ संगठनमा नयाँ नेतृत्व

थरुहट तराई पार्टी नेपालको जनवर्गीय तथा भातृ संगठनको संयुक्त राष्ट्रिय महाधिवेशन माघ १५ र १६ गते कपिलबस्तु जिल्लाको बरकुलपुर स्थित बुद्धभुमी क्याम्पसमा अपार जनताहरुको उपस्थितिमा भव्यरुपले सम्पन्न भएको छ । पार्टीका केन्द्रीय सदस्य एवं पार्टीको जनवर्गीय तथा भातृ संगठन प्रमुख मिनराज चौधरीको संयोजकत्वमा सम्पन्न भएको संयुक्त राष्ट्रिय महाधिवेशनमा पार्टीका प्रमुख अतिथि एवं केन्द्रीय अध्यक्ष भानुराम थारुले सम्बोधन गर्दैे ‘नेपालक जल जंगल र वन पैदावार बेच्दै राष्ट्रघाती सन्धी गर्नेहरु थारु, आदिवासी जनजाति, मधेसी उत्पीड जाति समुदाय अधिकारका लागि संघरत् रहेको बेला खोक्रो राष्ट्रवादका ठूलठूला कुरा गर्दै जनताहरुमा भम्र छर्न उद्दत रहेको’ बताए ।

आत्मसम्मान, पहिचान, न्याय र अधिकारका लागि शान्तिपूर्ण संघर्षमा होमिएका निहत्था थरुहट आन्दोलनकर्मीहरुलाई टीकापुर घटनामा संलग्न भनी झुठा मुद्दा लगायर फसाइएको हुनाले राज्य सरकारले अविलम्ब उनीहरुलाई निसर्त रिहा गर्नुपर्ने बताए । त्यसैगरी पार्टीका बरिष्ठ नेता एवं सांसद मा. डा. गोपाल दहितले एउटै भाषा एउटै धर्म एउटै संस्कृति संरक्षण गर्ने राज्यको विभेद्कारी नीतिले राष्ट्रियता बलियो नहुँने बताए ।

त्यसैगरी पार्टी उठान गरेका माग मुद्दा, संविधान संशोधन विधेयक र थरुहट आन्दोलनको बारेमा सल्लाहकार मदन कुमार चौधरी, सचिवालय सदस्य राम प्रसाद चौधरी, केन्द्रीय सदस्यहरु राधेश्याम चौधरी, राजमती चौधरी, सोमती चौधरी, कर्मचन्द्र चौधरी, थरुहट नेता राम कुमार चौधरीले धारणा राख्दै पार्टीको जनवर्गीय तथा भातृ संगठनको संयुक्त राष्ट्रिय महाधिवेशनको सफलताको शुभकामना व्यक्त गरेका थिए ।

जनवर्गीय तथा भातृ संगठनमा नयाँ नेतृत्व

पार्टीको जनवर्गीय तथा भातृ संगठनको दुई दिवसीय संयुक्त राष्ट्रिय महाधिवेशनको बन्दसत्रले सिताराम चौधरीको संयोजकत्वमा २७ सदस्यीय थरुहट तराई विद्यार्थी युनीयन, पार्टीका केन्द्रीय सदस्य राधेश्याम चौधरीको संयोजकत्वमा २५ सदस्यीय यूवा युनियन, केन्द्रीय सदस्य राजमती चौधरीको संयोजकत्वमा १८ सदस्यीय महिला युनियन, केन्द्रीय सदस्य सोमती चौधरीको संयोजकत्वमा १४ सदस्यीय सांस्कृतिक युनियन, मोतीराम चौधरीको संयोजकत्वमा १४ सदस्यीय किसान युनियन, केवल चौधरीको संयोजकत्वमा ८ सदस्यीय शिक्षक युनियन, दिनेश दहितको संयोजकत्वमा ५ सदस्यीय पत्रकार युनियन गठन भएको छ ।

शहीदको नाममा व्यापार

कृष्णराज सर्वहारी।

७ भदौ ०७२ मा थरूहट आन्दोलनका क्रममा टीकापुरमा आठ प्रहरी र एक नाबालक मारिए । त्यसको वर्ष दिनपछि २ भदौ ०७३ मा बसेको मन्त्रिपरिषद्को बैठकले ५२ जनालाई शहीद घोषणा गर्ने निर्णय ग¥यो, जसमा टीकापुरमा मारिने आठ तथा अन्य तीन गरी ११ प्रहरी तथा तराई–मधेश थरूहट तथा सीमांकनको लागि भएको आन्दोलनका क्रममा मारिएका ४१ जना शहीदमा दर्ज भए । Continue reading “शहीदको नाममा व्यापार”

थारू गोचाली परिवार संगठित, थारू भाषालाई सरकारी कामकाजी बनाउन पहल गर्ने

मानबहादुर चौधरी/बर्दिया।

थारू भाषा तथा साहित्य उत्थान मञ्च नेपाल (गोचाली परिवार २०२८) को माघ १५ गते बर्दियाको नारायणपुरमा भएको दोस्रो केन्द्रीय सम्मेलनले बर्तमान संघीय राज्य ब्यवस्थामा थारू बहुल क्षेत्रमा थारू भाषालाई सरकारी काम काजमा प्रयोग गर्न मान्यता दिन पहल गर्ने निर्णय गरेको छ । Continue reading “थारू गोचाली परिवार संगठित, थारू भाषालाई सरकारी कामकाजी बनाउन पहल गर्ने”

ट्याक्टरको ठक्करबाट लक्ष्मी चौधरीको मृत्यु

ट्याक्टरले ठक्कर दिँदा शनिबार राती मोरङ सुन्दरदुलारी–६ की ३० वर्षीया लक्ष्मी चौधरीको मृत्यु भएको छ । सुन्दरदुलारी–६ स्थित पूर्व-पश्चिम राजमार्गमा को २ त ४३४६ नम्बरको ट्याक्टरले ठक्कर दिँदा एकै दिशाको को १८ प ९३२९ नम्बरको मोटरसाईकलमा सवार चौधरीको मृत्यु भएको हो । Continue reading “ट्याक्टरको ठक्करबाट लक्ष्मी चौधरीको मृत्यु”

रामबहादुर चौधरीको नेतृत्वमा नयाँ कार्यसमिति

दाङको देउखुरीस्थित जय गुरूदेव धर्म विकास संस्थाको प्रथम साधारण सभाले रामबहादुर चौधरीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ। थरुहट तराई पार्टी (लोकतान्त्रिक) की सांसद गंगा चौधरीको प्रमुख आतिथ्यमा शनिबार देउखुरीमा सम्पन्न भएको साधारण सभाले रामबहादुर चौधरीलाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो। साधारण सभाले देउखुरीमा हुने समाज सेवा विषेश भूमिका खेल्ने निर्णय गरेको छ। Continue reading “रामबहादुर चौधरीको नेतृत्वमा नयाँ कार्यसमिति”

सेक्सलाई लिएर हैरान हुनुहुन्छ? जान्नुस् यी चार कुरा

सेक्सबारे तपाइँले कतिको चिन्तन मनन गर्नुहुन्छ? एक शोधका अनुसार डरका कारण पनि सेक्सका बेला बढी दुखाइ हुने गर्छ। उक्त रिपोर्टका अनुसार हरेक दस महिलामा एक महिलाले सेक्सका दौरान दुखाइ महसुस गर्छन्। Continue reading “सेक्सलाई लिएर हैरान हुनुहुन्छ? जान्नुस् यी चार कुरा”

ट्रम्पलाई अदालतको झट्का, मुस्लिम शरणार्थीहरु अमेरिकामै बस्ने

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेको शरणार्थीहरुलाई निर्वासित गर्ने फैसला अदालतले रोक लगाएको छ । यो निर्णयसँगै ती शरणार्थीहरु अमेरिकामै बस्न पाउने भएका छन् । तर अदालतको यो निर्णय हाल स्थायी भएको एजेन्सीले जनाएको छ । Continue reading “ट्रम्पलाई अदालतको झट्का, मुस्लिम शरणार्थीहरु अमेरिकामै बस्ने”

संजयलीला भन्सालीमाथि कुटपिट, दीपिकालाई पीडा

बलिउड फिल्ममेकर संजय लीला भन्सालीलाई करनी सेनाका कार्यकर्ताले कुटपिट गरेका छन्। जयपुरको जयगढमा उनको आगामि फिल्म ‘पद्मावती’लाई लिएर करनी सेनाका कार्यकर्ताले भन्सालीलाई कुटपिट गरेका हुन्। भारतीय सञ्चारमाध्यमका अनुसार उनलाई थप्पड हान्नुकासाथै उनले पहिरिएको लुगा च्यातिदिएका थिए। Continue reading “संजयलीला भन्सालीमाथि कुटपिट, दीपिकालाई पीडा”