ट्रम्पद्वारा विश्वका सबै शरणार्थीसहित ७ मुस्लिम देशका नागरिकलाई अमेरिका प्रवेशमा रोक

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सबै शरणार्थी र विश्वका सात मुस्लिम देशका नागरिकलाई अमेरिका प्रवेश निषेध गरेका छन्। शुक्रबार उनले इस्लामिक आतंकवादीलाई अमेरिकाबाट बाहिर राख्ने भन्दै प्रवेश रोक आदेशमा हस्ताक्षर गरेका छन्। Continue reading “ट्रम्पद्वारा विश्वका सबै शरणार्थीसहित ७ मुस्लिम देशका नागरिकलाई अमेरिका प्रवेशमा रोक”

तामाङ समुदायले मनाए सोनाम ल्होसार

नेपालका आदिबासी जनजाति तामाङ समुदायले २८५३औं सोनाम ल्होसार धुमधामका साथ मनाएका छन् । नयाँ वर्षको रुपमा मनाइने ल्होसार पर्व एकता र सद्भावको सन्देश दिन पनि सफल भएको छ । प्रत्येक बर्षको माधशुक्ल प्रतिपदाका दिन मनाइने ल्होसार तामाङ आदिवासीको ठूलो पर्वको रुपमा मनाउने गर्दछ । इष्ट मित्रसंगको भेटघाट, मान्यजनबाट टीका तथा आर्शीवाद लिने प्रचलन छ । Continue reading “तामाङ समुदायले मनाए सोनाम ल्होसार”

तराईमा माघ २३ गते जनप्रदर्शन गरिने

संविधान संशोधन विधेयक परिर्माजनसहित पास गर्न दबाब दिन मधेसी मोर्चाले एक दिन जनप्रदर्शन गर्ने निर्णय गरेको छ । मोर्चाको शनिबार बसेको बैठकले सरकारलाई दबाव दिन माघ २३ गते तराई मधेसका जिल्लाहरुमा जनप्रदर्शन गर्ने निर्णय गरेको छ । सोही दिन साँझ कोणसभाहरु गरेर स्थानीय तह पुनसंरचना आयोगको प्रतिवेदनको प्रति जलाउने निर्णय भएको रामसपाका महासचिव केशव झाले बताए । Continue reading “तराईमा माघ २३ गते जनप्रदर्शन गरिने”

समाजसेवी रामलाल चौधरी विकास बोर्डको मातृभाषी चलचित्र प्रवर्द्धन समितिमा मनोनीत

अभिनेता एवं समाजसेवी रामलाल चौधरी चलचित्र विकास बोर्डको आदिवासी जनजाति मातृभाषी चलचित्र प्रवर्द्धन समितिमा मनोनीत भएका छन्। माघ ७ गतेदेखि लागू हुनेगरी चौधरीलाई समितिको सदस्यमा मनोनीत गरेको बोर्डका अध्यक्ष राजकुमार राईद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ। Continue reading “समाजसेवी रामलाल चौधरी विकास बोर्डको मातृभाषी चलचित्र प्रवर्द्धन समितिमा मनोनीत”

दाङमा गुन्जियो सर्वहारीको कविता

सन्तोष दहित/घोराही

थारु गाउँमा

मघौटा नाचको धुन

अनि माघी आइल रे

गीतको कोरस

तर माधुरामलाई

छुन सकेको छैन।

गीत, संगीतले

उसको कानमा छोराछोरीले विसाएको बिन्ती

प्रतिध्वनित भइरहेको छ।

यो कबिता पत्रकार एवम् साहित्यिकार कृष्णराज सर्वहारीले सुनाइरहँदा कार्यक्रममा उपस्थित सहभागीहरु ध्यानमग्न भइ सुनिरहेका थिए। अहिले थारु गाउँमा माघीको रौनाक भइरहेको बेला एकजना थारु समुदायको पात्र माधुरामलाई माघीले नछोएको र उसले माघी मनाउन नपाउँदाको पीडा कबितामार्फत् साहित्यकार सर्वहारीले माधुरामको कथा ब्यथा प्रस्तुत गरे।

सर्वहारीले आफ्नो एकल रचना बाचन कार्यक्रममा थारु भाषामा थारु समुदायले आफ्नो भाषा, कला, साहित्य, संस्कृति गर्व गर्नलायक कहिले होलान् भनेर ‘अखिर कैह्यासम?’ भनि शीर्षकमा अर्को कबिता सुनाए।

कहिया सम रहि नेपाली किल

हमार राष्ट्रिय भाषा?

का यि देशमे बोल्जैना

सक्कु भाषा राष्ट्रिय भाषा

नै रना चाहि?

यि कहियासमके उत्तर

खोज्ना दिन

आब आ सेकल

पहिचान सहितके संघीयता

थरुहट, लिम्बुवान, तमुवान, नेवा

लगायत हमार भाषाहे मैया कर्ना

यकर संरक्षणके ग्यारेण्टी कर्ना मेरीक

के संविधान बनैना के खवाइटा कसम?

थारु पत्रकार संघ दाङ शाखाले शुक्रबार दाङको घोराहीमा आयोजना गरेको सर्वहारीको सुस्केरा शीर्षकमा एकल रचना बाचन कार्यक्रममा साहित्यकार सर्वहारीले सामाजिक विभेद् तथा उत्पीडिनमा थारु समुदायहरुले भोग्दै आएको समस्या र युवा युवायुवतीमा हुने माया प्रेमको विषयबस्तुलाई समेटेर नेपाली र थारु भाषामा करिब एक दर्जनभन्दा बढी कबिता, गजल, मुक्तक बाचन गरका थिए।

२०५५ सालदेखि साहित्य क्षेत्रमा प्रवेश गरेको सर्वहारीले अहिलेसम्म थारु र नेपाली गरी करिब २३ वटा भाषा, साहित्य तथा अनुसन्धानमुलक कृतिहरु प्रकाशन गरेका छन्। थुप्रै कृतिहरु प्रकाशनको लागि तयारी अवस्थामा समेत रहेको उनले बताए।

उनले बाचन गरेको सबै रचना प्रगतिशिल र क्रान्तिकारी रहेको राप्ती साहित्यकार परिषदका केन्द्रीय अध्यक्ष पुरोषत्तम खनालले बताए। कार्यक्रमको प्रमुख अतिथिसमेत रहेका खनालले साहित्यकार सर्वहारीले थारु समुदायको भाषा, साहित्यको क्षेत्रमा उल्लेखनिय योगदान पुर्‍याएकोले राज्यले यस्तो ब्यक्तिहरुलाई सम्मान गर्नुपर्ने बताए। थारु समुदायको भाषा, कला, संस्कृति पछिल्लो समयमा लोप भइरहेकाले यस्तोखाले कार्यक्रममलाई निरन्तरता दिनुपर्ने उनले थारु संघसस्थालाई सुझाव दिए।

थारु पत्रकार संघ दाङको अध्यक्ष सन्तोष दहितको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष सुदिप गौतम, प्रगतिशिल लेखक संघका अध्यक्ष शरद अधिकारी, लेखक संघका अध्यक्ष खगराज न्यौपाने, नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष केबी मसाल, राप्ती साहित्य परिषद दाङका सचिव दीपक शर्मा, साहित्यकार शरद देवकोटा, सुरेश सुमन डाँगी, रेशम विसी लगायतले बोलेका थिए। कार्यक्रमको सहजीरकण थारु पत्रकार संघका सल्लाहाकार एवम् साहित्यकार छविलाल कोपिलाले गरेका थिए।

 

जब पूर्वीया थारु सँस्कृति दङ्गाली थारु गाउँ पुग्यो…

थारु थारुबीच पूर्वीया र पश्चिमी भनेर द्वन्द्व चलिरहेका बेला सुनसरीको एक टोली आफ्नो सँस्कृति र पहिचान झल्काउन पश्चिमी थारु गाउँ पुगे। हालसालै दाङको चखौरामा आयोजित महोत्सवमा मोरङ र सुनसरीको एक संयुक्त टोलीले आफ्नो सँस्कृति दङ्गाली थारु गाउँमा पस्किएको हो। जसको संयोजन विवेकशील थारु युवा समूहले गरेको थियो। Continue reading “जब पूर्वीया थारु सँस्कृति दङ्गाली थारु गाउँ पुग्यो…”

थरुहट तराई पार्टीको भातृ संगठनहरुको महाधिवेशन कपिलवस्तुमा हुँदै

थरुहट तराई पार्टी नेपालको विभिन्न भातृ संगठनहरुको संयुक्त महाधिवेशन शनिबार कपिलवस्तुको बरकुलपुरमा हुने भएको छ। दुई दिने महाधिवेशनको पहिलो दिन शनिबार अध्यक्ष भानुराम थारुको प्रमुख आतिथ्यमा उद्घा टन सत्र हुने सो पार्टीले जनाएको छ। Continue reading “थरुहट तराई पार्टीको भातृ संगठनहरुको महाधिवेशन कपिलवस्तुमा हुँदै”

मोदीको चेतावनी- ‘थारुको माग सम्बोधन नभए अर्को टिकापुर घटना दोहोरिन्छ’

सत्तारुढ दल नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले थारु, मधेसीको माग सम्बोधन नभए अर्को टिकापुर घटना दोहोरिने बताए । उनले आफ्नै पार्टीका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकार असफल भएको समेत दाबी गरे ।  Continue reading “मोदीको चेतावनी- ‘थारुको माग सम्बोधन नभए अर्को टिकापुर घटना दोहोरिन्छ’”

संविधान कार्यान्वयन गर्न निर्वाचन हुनुपर्छ : गच्छदार

मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले संविधान कार्यान्वयनका लागि निर्वाचन आवश्यक रहेको बताएका छन्। विराटनगर विमानस्थलमा  पत्रकारसँग कुराकानी गर्दै उनले भने, ‘निर्धारित समयभित्रै तिन वटै तहको निर्वाचन गर्न सक्नुपर्छ।’

उनले स्थानीय निकाय पुनःसंरचना आयोगको प्रतिवेदन अझैसम्म टुङ्गो नलागेको र समय पनि कम रहेकाले गाउँपालिका र नगरपालिकाको निर्वाचन पुरानै संरचनामा गर्दा सबै दलबीच सहमति हुने विश्वास व्यक्त गरे।

केही दिनभित्रै निर्वाचनको तिथि तोक्ने सम्भावना रहेको प्रशङ्ग उल्लेख गर्दै उनले परिमार्जनसहित संविधान संशोधन र निर्वाचनको सम्बन्धमा मुख्य दलबीच प्याकेजमै सहमति हुनुपर्नेमा जोड दिए।

अध्यक्ष गच्छदारले निर्वाचनलगायतका विषयमा प्रधानमन्त्रीले प्रयास गरिरहेको भए पनि ठोस सहमति हुन नसकेको उल्लेख गर्दै विशेषगरी यसमा मुख्य दल नै कारकको रुपमा देखिएको आरोप लगाए। ठूला दलले दूरदर्शीतापूर्ण सोच बनाउन नसकेकाले अहिले मुलुक अप्ठेरो अवस्थामा आइपुगेको बताए।

राष्ट्रियसभाको निर्वाचनमा स्थानीय तहको जनप्रतिनिधिको मतदान गर्ने अधिकार कटौती हुने चर्चाको सम्बन्धमा पत्रकारले राखेको जिज्ञासामा उनले जनप्रतिनिधिको अधिकार कटौती नहुनुपर्ने धारणा व्यक्त गरे।

शनिबार हुने भनिएको धनगढीको बृहत आमसभा स्थगित, बन्द पनि फिर्ता

थरुहट थारुवान संयुक्त संघर्ष समिति कैलालीले भोलि शनिबार आयोजना गर्ने भनेको बृहत आमसभा स्थगित भएको छ। थरुहट तराई पार्टी नेपालको विशेष आग्रहमा आमसभा स्थगित गरेको जारी विज्ञप्तीमा उल्लेख छ। सो पार्टीको शनिबार कपिलवस्तुमा विभिन्न भातृसंस्थाहरुको अधिवेशन हुँदैछ।  Continue reading “शनिबार हुने भनिएको धनगढीको बृहत आमसभा स्थगित, बन्द पनि फिर्ता”