खिचरा महोत्सवमा दर्शकको भीड

कारी महतो/खैरहनी।

चौथो खिचरा महोत्सवको दोश्रो दिनमा दर्शकहरुको ओइरो लागेको छ । अनुमान गरेको भन्दा बढी दर्शकहरु महोत्सवमा आएको महोत्सव मूल आयोजक समितिका संयोजक नारायण प्रसाद महतोले जनाएका छन् । आज ५ हजार ५ सय टिकट बिक्री भएको टिकट व्यवस्थापन समितिका संयोजक भिखु चौधरीले बताए । आज सबैभन्दा कम भिड हुने दिनमा पनि यति धेरै दर्शक आएपछि भोलि माघ १ गते विशेष दिन भएकोले भिड थाम्न हम्मे हम्मे पर्न सक्ने आयोजकहरुले अनुमान गरेका छन् । Continue reading “खिचरा महोत्सवमा दर्शकको भीड”

टुडिखेलमा थारु माघी महोत्सव सुरु, रक्तदानदेखि जीतामार्नासम्म [फोटो-भिडियो]

थारु विद्यार्थी समाजलगायत २९ वटा संघसंस्थाद्वारा दुई दिने माघी महोत्सव आजदेखि टुडिखलमा सुरु भएको छ। आज पहिलो दिन रक्तदान कार्यक्रम, जीतामार्ना र साँस्कृति कार्यक्रम आयोजना गरिएको छ। हेर्नुस् केही तस्बिर र भिडियो। Continue reading “टुडिखेलमा थारु माघी महोत्सव सुरु, रक्तदानदेखि जीतामार्नासम्म [फोटो-भिडियो]”

खाली खुट्टा दौडेर पदक जित्ने सीमा ३८ हजार नगदसहित माघी महोत्सवमा सम्मान हुँदै

केही दिन अगाडि निकै चर्चामा आएको एउटा नाम सीमाकुमारी चौधरी। सीमा त्यतिबेला सबैको नजरमा अटाए जतिबेला पूर्वाञ्चलमा सम्पन्न सातौं राष्ट्रिय खेलकुदमा आठ सय मिटर दौड प्रतियोगितामा खाली खुट्टा दौडिएर पदक हात पारिन्। एकातिर तीन विभागीय टोली नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका खेलाडी त्यही भिडमा एक १५ बर्षीया कलिली युवती सीमा पनि अटेकि थिइन्। Continue reading “खाली खुट्टा दौडेर पदक जित्ने सीमा ३८ हजार नगदसहित माघी महोत्सवमा सम्मान हुँदै”

पूर्वमन्त्रीद्वारा थारुलाई राष्ट्रपति बनाउने प्रतिबद्धता

कारी महतो/खैरहनी।

चौथो खिचरा महोत्सव आज बिहिबारबाट शुरु भएको छ । प्रमुख अतिथि रहनु भएका पूर्वमन्त्री एवम् चितवन क्षेत्र नं. १ बाट निर्वाचित सांसद सुरेन्द्र पाण्डे, विशिष्ट अतिथि राजकुमार लेखी र सभाध्यक्ष नारायण प्रसाद महतोले खिचरा (माघी) पर्वमा चितवनका थारु समुदायले खाने विशेष परिकार चिचरको पोका उघारेर महोत्सवको उदघाटन गर्नुभयो । मन्तव्यको क्रममा प्रमुख अतिथिले खिचरा पर्वमा खाइने चिचर (स्टिकी राइस) जसरी एकअर्कामा टाँसिएर रहेका हुन्छन् त्यसरी नै एकअर्कालाई बाँधेर राख्ने पर्व नै खिचरा पर्व हो भनी ब्याख्या गरे। Continue reading “पूर्वमन्त्रीद्वारा थारुलाई राष्ट्रपति बनाउने प्रतिबद्धता”

थारु पत्रकार संघद्वारा माघी मिलन कार्यक्रम

नागेन्द्र चौधरी/कलैया।

थारु पत्रकार संघ बारा कर्यालयको समुदघाटन तथा माघी मिलन कार्यक्रम बुधबार सम्पन्न भएका छन् । बाराको सदरमुकाम कलैयास्थित रहेको थारु सेवा सदनमा थारुहरुको महान चाड माघे संक्रान्तीकोे अवसरलाई लक्षित गरी थारु पत्रकार संघ जिल्ला कार्य समितिले माघे मिलन अर्थात शुभकामना आदान– प्रदानको साथै कार्यालय उद्घाटन गरीएका थिए।

थारु कला संस्कृती हाम्रो पहिचान, संरक्षण र प्रबर्धन गर्ने हाम्रो अभियान, भन्ने मुल नाराका साथ भब्य र सभ्य तरिकाले कार्यक्रम सफल गरेका बारे नेपाल पत्रकार महासंघका अध्यक्ष कमल कुमार उपाध्यायले जोड दिए। साथै थारुहरुको हक अधिकार सुनिश्चित गर्नको निमित कलम चलाउन थारु पत्रकारहरुले पछि पर्न नहुने समेत दाबी गरेका थिए।

कार्यक्रममा थारुहरुलाई चिनाउने भेषभुषा , कला, लवाईखुवाईका साथै भब्यरुपमा कार्यक्रम सम्पन्न भएका छन् । अतिथीहरुलाई थारुहरुको परिकार घोङगी, माछा, मसुलार, भुजाको डलो, तिलको डलो, हासको मासु लागएतका परिकारबाट स्वागत गरेका थिए । उक्त कार्यक्रममा थारु समुदायको मनोरंजनात्मक कार्यक्रम लगायत साँस्कृतिक झल्काउने नृत्य तथा कबिता वाचन समेत गरेका थिए ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विजय नारायण मानन्धर , राप्रपाका केन्द्रिय सदस्य गिरधारी चौधरी , पोलिट व्यूरो सदस्य तपेश्वर राय थारु , प्रेस चौधरी नेपालका केन्द्रिय सदस्य प्रकाश लामसाल , नेकपा संयुक्त पार्टीका केन्द्रिय सदस्य विनोद चौधरी , थारु कल्याणकारीका सभापती रामप्रसाद चौधरी , थाकसका केन्द्रिय पार्शद सुवंस प्रसाद चौधरी , नेपाल परिवार दलका अध्यक्ष्ँ रामचन्द्र चौधरी , मधेसी जन अधिकारी फोरम लोकतान्त्रीक पार्टीका अध्यक्ष्ँ ओम प्रकाश चौधरी , समा चकेवा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष लक्ष्मी चौधरी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा प्रेस चौतारी नेपाल बाराका अध्यक्ष दिवार भण्डारी , रिपोर्टस कल्बका अध्यक्ष सिकेन्द्र पासवान , महिला पत्रकार संजालकी अध्यक्ष सृजा थापा , नेपाल आदिवासी जनजाती पत्रकार महासंघ बाराका सल्लाहकार सत्य प्रकाश श्रेष्ठ , मधेसी पत्रकार समाजका अध्यक्ष पन्नालाल दास , मधेस मिडिया हाउसका अध्यक्ष संजय तिवारी , प्रेस युनियन बाराका उपाध्यक्ष उपेन्द्र यादव लगायत विभिन्न संचारकर्मीहरुको विषेश उपस्थिति थियो।

संघका अध्यक्ष रेनु चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि मान्नीय सांसद दिलमाया धामी थिइन्। कार्यक्रमको संचालन संघका सदस्य मोहित चौधरीले गरेका थिए , भने स्वागत मन्तव्य संघका उपाध्यक्ष जियालाल चौधरीले गरेका थिए ।

थारु पत्रकार संघको कार्यक्रममा ओनसरी घर्ति मगर

सभामुख ओनसरी घर्तीले संविधान कार्यान्वयन, शान्ति र विकास अहिलेको प्रमुख राष्ट्रिय कार्यभार भएको बताएकी छन्। सौडियारस्थित सिसहनियामा थारु पत्रकार सङ्घले आज आयोजना गरेको आफ्नो छैठौँ वार्षिक उत्सव तथा माघी मिलन कार्यक्रममा उनले संविधान कार्यान्वयन, शान्ति र विकासको मार्गमा उत्साहित भएर अघि बढ्न सबैमा आग्रह गरिन्। Continue reading “थारु पत्रकार संघको कार्यक्रममा ओनसरी घर्ति मगर”

थारु माघी र पहिचानको सबाल

सीएन थारु।

“चौथो विश्व राष्ट्रहरुमा जनताले उनीहरुको आफ्नो पक्षबाट जे सोच्दछ, निर्णय गर्दछ र कार्य गर्दछ; त्यसले नै आउँदो पुस्ताको निमित्त बनाइने विश्वका धेरै अन्तर्राष्ट्रिय नीतिहरु प्रभावित रहने छन् – डा. रुडोल्फ सी. राइजर, अध्यक्ष ः विश्व आदिवासी अध्ययन केन्द्र ।” Continue reading “थारु माघी र पहिचानको सबाल”

खिचरा महोत्सव आजदेखि, पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले उदघाटन गर्ने

 

कारी महतो,खैरहनी।

पुस २८ देखि माघ ५ सम्म हुने चौथो खिचरा महोत्सव २०७३ को तयारी लगभग पुरा भएको छ। पूर्व अर्थमन्त्री प्रमुख अतिथिको रुपमा उपस्थित भई समुदघाटन गर्ने आयोजक समितिले जनाएका छन्। भोलि २८ गतेका दिन बिहान ११ बजे चौबिस कोठीको बाबा पेट्रोल पम्पबाट बृहत झाँकी सहितको शोभायात्रा शुरु भई महोत्सव स्थलसम्म पुग्ने जनाइएको छ। शोभायात्रामा आउने सहभागीका लागि टिकट नलाग्ने आयोजकले जनाएका छन्।

महोत्सवको प्रवेश टिकट शुल्क रु ४० र विद्यार्थीका लागि रु २० कायम गरिएको छ भने गेट पासको व्यवस्था पूर्ण रुपमा निशेष गरिएको छ। मूल आयोजक समितिमा रहनेहरुले समेत टिकट काट्नु पर्ने आयोजक समितिले जनाएको छ।

महोत्सवमा थारु परिकारहरु जस्तै चिचर, घोङ्घी, माछा, हाँसको मासु, नकगर रोटी लगायतको परिकारका स्टलहरु रहनुका साथै थारु समुदायका लोपोन्मुख सामग्रीहरु, कृषि परिसर र बाल उद्यान मुख्य आकर्षण रहने जनाइएको छ। महोत्सवमा हरेक दिन राष्ट्रिय तथा स्थानीय गायक कलाकार र थारु लगायत जातजातिका साँस्कृतिक नृत्य प्रस्तुत गरिने छ।

महोत्सवको सुरक्षाको लागि खैरहनी इलाका प्रहरी कार्यालयले पुलिस हेल्प डेस्क सञ्चालन गर्ने कुरा इन्स्पेक्टर घजिन्द्र बहादुर कार्कीले जनाउनु भयो। त्यसका साथै आयोजकले आन्तरिक सुरक्षाको पनि व्यवस्था गरेको छ।

थारु सम्बत् [टिप्पणी]

दिल बहादुर चौधरी।

सम्बतः

मानव बिकासमा समयको ठूलो महत्व हुन्छ। बिकासकै क्रममा, चेतनासँगै मानवले समयको महत्वको बारेमा जानकारी पाएको हो। समयकै आधारमा उसले बिगत र बर्तमानलाई अभिलेखीकरण गर्‍यो, इतिहासलाई अभिलेखीकरण गर्‍यो र आगामी समय वा सम्भावनालाई समेत अभिलेखीकरण गर्‍यो। कुन घटना कति पुरानो हो, बिगतमा के के भयो? पछि के हुने? कस्तो हुने? भन्ने सम्भावना दर्शाउन पनि समय सूचकको आवश्यकता पर्छ। यही क्रममा मानवले सम्बतको शुरुवात गर्‍यो। समयको सही गणना गर्ने क्रममा, ब्यबहारमा लागू गर्ने क्रममा मानव जातिले सम्बतको प्रयोग गर्‍यो। Continue reading “थारु सम्बत् [टिप्पणी]”

थारु पत्रकार संघ बाराको कार्यालय स्थापना

थारु पत्रकार संघ बाराको कार्यालय आज स्थापना गरिएको छ । कलैया नगरपालिका वडा नम्बर ५ पन्नावागमा रहेको थारु कल्याणकारी सभाको भवनमा स्थापना गरिएको संघको कार्यालयको बाराका प्रमुख जिल्ला अधिकारी विजयकृष्ण मानन्धरले आज उदघाटन गर्नुभएको हो । Continue reading “थारु पत्रकार संघ बाराको कार्यालय स्थापना”