नारायण प्रसाद महतो, जसले खिचरा महोत्सवलाई ‘ब्रान्ड’ बनाए

कारी महतो/चितवन।

चार वर्ष अगाडिदेखि हुँदै आएको खिचरा महोत्सव मूल आयोजक समितिको संयोजक नारायण प्रसाद महतो हो भन्ने कुरा धेरैलाई थाहा छ। तर अनको पुरै परिचय सबैलाई थाहा नहुन सक्छ। संसारकै सबैभन्दा बढी बलि दिइने बारा जिल्लाको गढीमाई मेलाको मुख्य पुजारी मंगल चौधरीको साख्खै ज्वाई (दामाद) हुन् नारायण प्रसाद महतो। Continue reading “नारायण प्रसाद महतो, जसले खिचरा महोत्सवलाई ‘ब्रान्ड’ बनाए”

एमालेविरुद्ध मोर्चाबन्दी गरेर संविधान संशोधन गर्नपर्छ : लेखी

नागरिक समाजवादी पार्टीका संयोजक राजकुमार लेखीले एमालेविरुद्ध मोर्चाबन्दी गरेर संविधान संशोधन गराउनुपर्ने बताएका छन्। सुनसरीको बक्लौरीमा आयोजित माघी कार्यक्रममा बोल्दै उनले एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध कांग्रेस, माओवादी, मधेसी मोर्चालगायतका दलहरू मिलेर संविधान संशोधन गरेर चुनावमा जानुपर्ने बताए। Continue reading “एमालेविरुद्ध मोर्चाबन्दी गरेर संविधान संशोधन गर्नपर्छ : लेखी”

खिचरा महोत्सवमा बबाल भो

कारी महतो/खैरहनी।

चौथो खिचरा महोत्सवको चौथो दिन अर्थात् माघ २ गते का दिन रमेश राज भट्राईले बबाल मच्चाए । उनले “बबाल भो बबाल” भन्ने गीत दर्शकका चाहना अनुसार दोहो¥याई तेहे¥याई गाएर दर्शकहरुलाई धुलो उड्ने गरी नचाए । त्यो भन्दा पनि बबाल मिलन लामा र उनको समूहले वाद्यवादन सहितका दोहोरी गीतले बुवाआमाहरु लगायत सबै दर्शहरुलाई भरपुर मनेरञ्जन दिदैं नाच्न बाध्य पारे । मिलन लामाको निमन्त्रणामा जुना बिसी, भुवन प्यासी, ढाकाराम पौडेल लगायत थुप्रै गायक कलाकारहरुको प्रस्तुति रह्यो ।

तेश्रो दिनकै हाराहारीमा आएका दर्शकहरुलाई केशवराज महतोका साथै मिलन लामाले समेत थारु गीतहरु गाएर मनोरञ्जन दिए । आयोजक कमिटिले दर्शकहरुका लागि एक प्रश्न राखेका थिए । खिचरा महोत्सवको कन्सेप्ट कसले ल्याएका थिए भन्ने प्रश्नको जवाफ दिने दर्शकहरुलाई पुरस्कार दिने घोषणा गरेका थिए । तर कसैले सहि उत्तर दिन नसकी आयोजक कमिटिले सहि उत्तर भनीदिंदा सबै दर्शक छक्क परेका थिए । किनकी चार वर्ष अगाडि खिचरा महोत्सवको अवधारणा ल्याउने व्यक्ति अरु कोहि नभई मिलन लामा नै हुन् भनी आयोजकले खुलासा गरे ।
विभिन्न महिला समूहहरु मिली बिक्रीका लागि ल्याएका थारु फुडमा दर्शकहरुको घुइचो लागेको थियो । थारु महिला समूहहरुले राखेको स्टलहरुमा एकै दिनमा ८० देखि ९० हजार बराबर व्यापार गरेको सुनेर आस्था रेष्टुरेण्टका सुनिल चौधरीले आगामी वर्षको खिचरा महोत्सवमा आफूले पनि थारु फुड बिक्रीका स्टल राख्ने बताए । यसवर्ष आस्था रेष्टुरेण्टले बजारमा पाइने परिकार मात्र राखेका थिए ।

मुरली प्रसाद गजुरेलले खैरहनी मा. वि. का गरीब तथा जेहेन्दार विद्यार्थीका लागि स्थापना गरेको छात्रवृत्ति अक्षय कोषमा सहयोग गर्ने उद्देश्यले ग्रेट एफ एमले चना चटपट स्टल चलाएका छन् । हिजो चनाचटपट बिक्री गरेर १७ हजार रुपैयाँ संकलन भएको छ । त्यस स्टलको भाडा महोत्सव आयोजक समितिले निशुल्क उपलब्ध गराएका छन् । आज अन्दाजी ३५ हजार दर्शकले महोत्सव अवलोकन गरेको अनुमान लगाइएको छ ।

टीकापुर घटनाका आरोपित बन्दीका छोराछोरीको शिक्षाको लागि रकम संकलन

टीकापुर घटनामा आरोपित कैलाली कारागारमा राजनितिक बन्दी जीवन विताइरहेका छोराछोरीहरुको शिक्षाको लागि थारु राष्ट्रिय माघी महोत्सव मूल आयोजक समिति काठमाडौं र नवज्योति नेपालको संयूक्त आयोजनामा रकम संकलन अभियान सञ्चालन गरिएको छ। Continue reading “टीकापुर घटनाका आरोपित बन्दीका छोराछोरीको शिक्षाको लागि रकम संकलन”

टुडिखेल मैदानमा जब थारु मोडलहरु र्‍याम्पमा उत्रिए… [फोटो फिचर]

थारु राष्ट्रिय माघी महोत्सवमा थारु मोडलहरुले थारु पोसाकसहित र्‍याम्पमा उत्रिएका छन्। थारु विद्यार्थी समाजलगायत २९ वटा संघसंस्थाद्वारा आयोजित कार्यक्रम थारु मोडलहरुले थारु गरगरहनासहित थारु पोसाक प्रदर्शन गरेका हुन्। दोशहरण चौधरी र अञ्जु चौधरीको कोरियोग्राफी रहेको फेसन सोमा सुशीला चौधरीको डिजाइन प्रस्तुत गरिएको थियो। हेर्नुस् केही तस्बिर: Continue reading “टुडिखेल मैदानमा जब थारु मोडलहरु र्‍याम्पमा उत्रिए… [फोटो फिचर]”

‘कैलाली, कञ्चनपुर नछाडे देउवा प्रधानमन्त्री नहुन सक्छन्’ [अन्तर्वार्ता]

‘कमाउ मन्त्रालय’ पाए विजय गच्छदार सरकारमा जाने र संविधान संशोधन विधेयकको पक्षमा मतदान गर्ने चर्चा चलिरहेका बेला नेता रामजनक चौधरीले सरकारमा जाने सम्भावना खारेज गरेका छन् । फोरम लोकतान्त्रिकका महासचिव चौधरीले अनलाइनखबरसँग भने, ‘अब माघ मसान्तपछि सत्ता समिकरण फेरिन सक्छ । राष्ट्रिय सहमतिको सरकारको हावा चल्न थालिसकेको छ, यस्तोमा भूतले खाजा खाने बेला बिजय दाइ सरकारमा जाने कुरा हल्लामात्र हो ।’ Continue reading “‘कैलाली, कञ्चनपुर नछाडे देउवा प्रधानमन्त्री नहुन सक्छन्’ [अन्तर्वार्ता]”

थारुको घरबार डुबाउँदै सिकलसेल

कैलाली पहलवानपुर गाविस– ६, जवलपुरका एकै परिवारका तीनजनामा सिकलसेल रोग देखिएको छ । स्थानीय एस कठरिया (नाम परिवर्तन) र उनका छोराछोरीमा सिकलसेल देखिएको हो । महिला स्वास्थ्य स्वयंसेविका गुजाना कठरियाका अनुसार तीनैजनाले एक वर्षदेखि औषधि सेवन गर्दै आएका छन् । एसका श्रीमानमा भने सिकलसेल देखिएको छैन । Continue reading “थारुको घरबार डुबाउँदै सिकलसेल”

टुडिखेलबाट नेताहरुले भने- थारुको थातथलो टुक्र्याउन पाइँदैन

सभामुख ओनसरी घर्तीले संविधानको समयाबद्ध कार्यान्वयनले मुलुकलाई समृद्धिको मार्गमा छिटो अग्रसर गराउने बताएकी छन्।
थारु विद्यार्थी समाजलगायत २९ वटा संघसंस्थाले आयोजना गरेको थारु राष्ट्रिय माघी महोत्सवको शनिबार टुँडिखेलमा उद्घाटन गर्दै उनले राज्यका निर्णयक तहमा उपस्थिति कमजोर रहेका जातजाति र समुदायको हक अधिकारको सुनिश्चित गर्न संविधानको पूर्ण कार्यान्वयन आवश्यक रहेको बताइन्। Continue reading “टुडिखेलबाट नेताहरुले भने- थारुको थातथलो टुक्र्याउन पाइँदैन”

माघी : मिलन कि फुट ?

थारू तथा मगर समुदायले माघीलाई नयाँ वर्षका रूपमा मनाउने गरेका छन् । यसलाई मिलनको चाडका रूपमा पनि लिइन्छ । ०५९ सालमा सरकारले थारू कर्मचारीलाई विदा दिने निर्णय गरेपछि सोही वर्षदेखि थारू समुदायले काठमाडौंमा माघी महोत्सवका रूपमा मनाउन थालेका हुन् । ०६४ सालबाट भने सार्वजनिक विदा दिन शुरु गरिएको थियो । Continue reading “माघी : मिलन कि फुट ?”

तोहर मिनिस्कट के (भिडियो)

चम्पन सांस्कृतिक समूहले नयाँ थारु गीत बजारमा ल्याएको छ। दीपक चौधरी र दीप चौधरीको संयुक्त निर्देशनमा बनेको गीतमा रुपेश कुमार, अस्मिता,गणेशु र मञ्जु चौधरीको अभिनय छ। गीतमा सनम चौधरी र सबनम चौधरीको स्वर रहेको छ। सुन्नुस् तोहर मिनिस्कट के शीर्षक गीत।