कोहलपुरमा मोटरसाइकल दुर्घटना, दिलिप थारुको मृत्यु

कोहलपुरमा शनिबार दिउँसो रोहिणिखोला नजिकै मोटरसाइकल र मिनी ट्रक ठोकिँदा एक जनाको मृत्यु भएको छ। कोहलपुरबाट पूर्वतर्फ जाँदै गरेको भे६प ४६०७ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आउँदै गरेको ना ४ ख ७८२ नम्बरको मिनिट्रक एक आपसमा ठोकिँदा फत्तेपुर–८ का दिलिप थारुको मृत्यु भएको हो। Continue reading “कोहलपुरमा मोटरसाइकल दुर्घटना, दिलिप थारुको मृत्यु”

धनगढीमा थारु आयोगको बहस, हातखुट्टाविहीन आयोग भएको आरोप

अविनाश चौधरी/धनगढी।

थारु समुदायको हकहित संरक्षण र सम्बद्र्धन तथा सशक्तीकरण गर्नका लागि संविधानमा व्यवस्था भएको थारु आयोग अधिकारयुक्त हुनु पर्नेमा यहाँका अगुवा तथा बुद्धिजिवीहरुले जोड दिएका छन् । व्यवस्थापिका संसद अन्तर्गतको सामाजिक न्याय तथा मानव अधिकार समितिले शनिवार धनगढीमा आयोजना गरेको प्रस्तावित थारु आयोग सम्बन्धी विधेयकमाथि छलफल कार्यक्रममा उनीहरुले यस्तो सुझाव दिएका हुन । आयोगले सिफारिस गरेको मुद्दालाई सम्बोधन गर्न सरकार बाध्यकारी हुनुपर्ने र कार्यान्वयन नगरेमा मानहानीको उजुरी दिन सक्ने गरी आयोगलाई अधिकार स्वायत्त बनाउनु पर्ने सहभागिहरुको जोड थियो । Continue reading “धनगढीमा थारु आयोगको बहस, हातखुट्टाविहीन आयोग भएको आरोप”

धिरेन्द्र चौधरीको सम्पादकत्वमा सुनसरीबाट रामधुनी सप्ताहिक पत्रिका प्रकाशनमा

सुनसरीको सदरमुकाम इनरुवाबाट नयाँ पत्रिका प्रकाशनमा आएको छ । प्रकाशक धिरेन्द्र चौधरीको सम्पादकत्वमा रामधुनी सप्ताहिक पत्रिका शुक्रबारदेखि प्रकाशनमा आएको हो । यो पत्रिका ०६८–०६९ मै दर्ता भए पनि प्रकाशन हुन सकेको थिएन ।

पत्रिकाका सहसम्पादकमा थारु पत्रकार संघ नेपालका सुनसरी अध्यक्ष कुलदीप चौधरी रहेका छन् । त्यस्तै कार्यकारी सम्पादकमा सुनिल चौधरी, उपसम्पादकमा एलएन गच्छदार, ब्यवस्थापक कमला चौधरी रहने गरी पत्रिका प्रकाशनमा आएको हो ।

प्रत्रिकाको सल्लाहकारमा छबिलाल चौधरी, बद्धनारायण चौधरी, बद्रिलाल चौधरी र कानुनी सल्लाहकारमा रामराज चौधरी छन्। स्वच्छ र निष्पक्ष सूचना प्रदान गर्ने उद्देश्यले पत्रिका प्रकाशनमा ल्याएको प्रकाशक तथा सम्पादक धिरेन्द्र चौधरीले जानकारी दिए ।

उनका अनुसार पत्रिका ६ पेजको हुनेछ । बीचको पेजमा थारुहरुको स्थानीय भाषलाई प्राथमिकता दिँदै थारु भाषाको लेख, रचना, कथा, कबितालाई प्राथमिकता दिने उनले बताए ।

लक्ष्मण थारुको खुलासा- गच्छदार ठूलो शक्तिको घेराबन्दीमा

लक्ष्मण थारु।
बनावटी झुठा मुद्दामा जेल बसाई १६ महिना पुग्दैछ। दैनिक दर्जनभन्दा बढी भेट्न आउँछन्। दर्जनौँ नेता र साथीहरुको खबर, सन्देश भेट्न आउनेहरुबाट पाउँदैछौं। अचेल सबैले सोध्ने गरेका छन्।
किन राजीनामा दिनुभो?
अब कुन पार्टीमा प्रवेश गर्ने?
गच्छदारसँग के मिलेन?
के सोचेर राजीनामा गर्नु ?
कहिले छुट्ने हो? Continue reading “लक्ष्मण थारुको खुलासा- गच्छदार ठूलो शक्तिको घेराबन्दीमा”

अग्निपीडितलाई विवेकशील र प्रवासी थारु समाज मलेसियाद्वारा सहयोग

विवेकशील थारु युवा समूह र प्रवासी थारु सेवा समाज मलेसियाले अग्निपीडितलाई सहयोग गरेका छन्। मोरङ लखन्तरी-७ का अग्निपीडित नारायण माझी, चन्द्र नारायण माझी, सुर्य नारायण माझी र ललित ठाकुरको परिवारलाई उनीहरुले सहयोग गरेका हुन। Continue reading “अग्निपीडितलाई विवेकशील र प्रवासी थारु समाज मलेसियाद्वारा सहयोग”

थारु पत्रकार संघ बर्दियाद्वारा अक्षयकोष स्थापना

थारु पत्रकार सङ्घ बर्दियाले थारु समुदायको समग्र विकासमा योगदान पुर्याउने व्यक्ति तथा निकायलाई थप हौसल्ला प्रदान गर्ने उद्देश्यले थारु पत्रकार अक्षयकोष स्थापना गरेको छ । थारु भाषा साहित्य, कला र संस्कृतिका र अधिकारका लागि कलम चलाउन प्रेरित गर्न रु ५० हजारको उक्त कोष स्थापना गरेको सो अवसरबाट उनीहरुको क्षमता विकास गर्न थप मद्दत पुग्ने थारु पत्रकार सङ्घका सचिव भागीराम चौधरीले जानकारी दिए । Continue reading “थारु पत्रकार संघ बर्दियाद्वारा अक्षयकोष स्थापना”

खै थारु ? [थारु भाषाको नाटक]

सिताराम थारु।

पात्रहुक्र
पतिराम–पुरान बरघरिया, बाँस्या– गाउँक किसन्वा, दशनीया– बाँस्यक जन्नी
मायाराम – गाउँक किसन्वा, छट्क्या– गाउँक किसन्वा, लौरा– सुझौनक बरका छावा
सोन्ध्वा– गाउँक किसन्वा, फटकपुह्रया– गाउँक किसन्वा, सोनपुन्या– गाउँक किसनिन्या
चौकीदरुवा– बरघरीयक सहयोगी, होम प्रसाद रिमाल– गाउँक अक्ले बभ्ना, राधीका रिमाल– होम प्रसादके
जन्नी

आज माघ दिवानीक दिन । हमार थारु जतिनके लौव वर्षके द्वासर दिन, हम्रे थारु जाति आपन विगत म करलक दुख्ख कष्ट ह विस्राके लौव कामके सुरुवात कर्ना दिन हो । यि दिनसे हम्रे थारु जाति ढेरनक कामके सुरुवात कर्ठि बरघर, चौकीदार, गुरुवा, लोहरा, सोह्रीन्या जैसिन गाउँम योगदान कर्ना ब्यक्तित्व हुँकहन क खोज्नीबोझनी कैक लौव कामक सुरुवात कर्ठी ।

सक्करीहेसे आज पराकपुरीक गाँउक किसन्वन लौव बरघरिया चुन जाईत…
(बाँस्या किसन्वन म जुट जाईक लाग हेल्का बिन्ना ड्वारा खोज्ती बा । ढेरबेरसम ख्वाजत नैभेटाईट, उहि गुस्सा उठजैठिस, आपन गुस्सा जन्नीक म झरती…)
बाँस्या: री सस्री कहाँ मरल बात्या ? म्वर अट्ठे छप्रम ख्वासल हेल्का बिन्ना ड्वारा खै ? के
खेलाईल ?
दशनीया: यी अन्ध्र्रा थारु, कहाँ ढरही कहाँ खोजही । यिहा फेरुवम ढैक दिनभर भैं भैं भैं
उहर खोज्ना । यी काहो, त्याँरा होकी बटन, अत्र फे नै देख्ना । (दशनीया डोक्ठक ड्वारा डेटी भुनभुनैठी) त कहाँ मरटिन सक्खरीए ?
बाँस्या: तुहिन पता निहो री, आज त बरघरीयक खोज्नीबोभ्mनी कर्ना दिन हो काँहु । उहाँ
बरघरीयक घर सब मनै जुट स्याकल हुईही । असौंफे किही बरघरिया बनैठ । (ठनिक लम्मा सास लेटी….)
दशनिया: चाहाजिहि बनायट, तुहिन का मूरी दुखाईक पर्ता । गब्दाहान पत्रमवकअस यी
थारु बरघरीया बन रख्नाअस बाटिन । नाबनहोनी ( ठनिक डक्लैटी….)
बाँस्या: बनम री म्वार त अक्कील नैहो । पत्रमवक त चिठ्ठा परगिलस त का करी पोप्प्रा ।
गाउँक मनै नैटेरठ नैबन त कह तह जबरजस बनादेलिस ।
दशनिया: बिनुहक्से कसोओसो चिठ्ठाउठ्ठा परजाई त पैसा सैसा देक नाउँ फिर्ता कैलेना । यहाँ
अक्केल्ही मनै दुनियक काम घरम लड्ना नाई…।
बास्याँ: यिहाँ दिनभर ना सिखा, महिन मुरगनीयन कोटकोटैना ठिक नै लागत । का
कर्ना का निकर्ना सब महिन पता बा । आज ठनिक हाल हाल भात पकाईस आलु क्वाँर जैना बा ।
दशनिया: हाल हाल अ‍ैना, उहाँ दिनभर संघरियनठे गाला मारक फस्टल रना नाई ….

( बाँस्या आधा हेल्का बिन्ती पुरान बरघरीया पतिराम घर लङ्ग जुत निक्रत)
यिहर होम प्रसाद रिमालफे बरघरियक घर जुट जाईक लाग तयार हुईटी बा । भरर्खर यि गाउँकम पैठलक ढाइ बरष पुगलबाटीस लेकीन सक्कुजे उहाँह मलिक्वा कैक चिन्ठ काकरकी उहाँ १ विघा जग्गा बटैया यिह गाउँक मनैन लगाई देल बाट ।
राधीका: हजुर पनि बरघरको घर जुत्न जादै होईसिन्छ ?
होम प्रसाद: अँ जाउँ भनेको । पोर यहि बेला जेठानको छोराको श्राद्ध भएर जान पाएन । ठुलो
घाटा भयो नी ।
राधीका: किन र हजुर ? हजुर पनि बरघर बन्ने सोचाई गरिबक्सेथ्यो के हो ?
होम प्रसाद: यी बुढीले पनि ठ्याक्कै मनको कुरा भन्दोरैछिन । यसपाली बरघर नबनी छोड्दिन
। जसरी नी बन्छु ।
राधीका: खुब हजुरलाई बन्न दिन्छन, यो गाउँमा हजुर एक्लै बाहुन होइसिन्छ, कसरी बन्नु
हुन्छ । साच्चै थारुहरु बन्न दिन्छन त ?
होम प्रसाद: तिमी मलाई राम्ररी चिनेकै छैनौ । मैले थारुलाई कसरी चलाउनुपर्छ सब बुझि
सकेको छु । त्यो छोट्कान सिन्दुरिया लगायत दुई चार जनालाई दारु र मासु खुवाउछु भनेर भनि सकेको छु ।
राधिका: दुई चार जनाले साथ दिएर मात्र पुग्छ त हजुर ?
होम प्रसाद: हरे यो बुढीले पनि किन कुरो नबुझेको । द्धन्द्धकालमा पुलिसको कुटाई खाएर
थारुहरु बरघर बन्न मन गर्दैनन के । अझसम्म उनीहरुको डर त्यही छ । एक त नेतृत्व लिन डराउने जात हुन । हामी नभएर नचाहेर पो त यिनीहरु बाँध्य भएर बन्थे । हेर्दै जाउ न बुढी अब म कसरी बरघर बन्छु र यिनीहरुलाई चलाउछु ।
राधिका: हस् बुढा जसरी नी बरघर बनेर आइसिओसु है । अब हजुरले यो गाउँ चलाउनु
पर्छ माईतीमा पनि इज्जत बढ्छ ।
होम प्रसाद: यि बुढीलाई पनि माईतीको चिन्ता छ आफुलाई कसरी थारुलाई मुठ्ठीमा राख्ने भनेर
चिन्ता छ । ल ल म त्यहाँ कार्यक्रम सकेर आउछु आज गा.वि.स. सचिवसंग बजेट सम्बन्धी मिटिङ्ग छ । खाना चादै तयार गरेर राख ।
राधिका: हस् हजुर ।

Sitaram Tharuहोम प्रसाद फे बरघरके घर जुट नामत । यहर बरघरियक अङनम किसन्वन जुत्ती बाटैं )
पतिराम: रै चौकीडरुवा सब किसन्वन अ‍ैल ? (बरघरीया गहरैटी )
चौकिदरुवा: जुट्टी बाटैं आब गोत्काचारिक दुई चारठो आउर आईल नै हुईत आउर त सब
(गल्लीवर हेरती…) उहर गल्लीम ठर्याल देखतु ।
(उहर किसन्वन फे आपन गफम मस्त बाटैं )
मायाराम: रै छोट्का सुर्ती बना,
छोट्का: म्वरठे जम्म वरा राखल रै, उहाँ साह्रुठे बातीन की ? साह्रु सुर्ती बा ?
साह्रु: हुई दुई चार बिरा । ( सुर्टीक पोकल्ली देटी) लि म्वार लाग फे बनैबी ।
होम प्रसाद: ल केटाहरु मै सूर्टी बिडी किनकलाग पैसो दिन्छु । आउर सबै ठिक बा ना
छोट्का ?
छोट्का: आउर सब ठिक बा मलिक्वा । हजुर हन म्वार पुरा समर्थन बा । लेकिन मै
कलबातु उ काम करपरि यि साल अधिया मही देहपरी हजुर ।
होम प्रसाद: अरे छोट्का के चिन्ता गरछस् । अधिया तिमीलाई देना हो ।
छोट्का: लेउ लेउ मलिक्वा मैफे ढुक्क हजुर फे ढुक्क रही ।

उहर पतिराम बरघरिया…
पतिराम: जा हाली सक्कु किसन्वन यहर लग्घु बला । (चौकीदरुव अह्रती)
चौकीदरुवा: जत्रा फे गाउँ किसन्वन उहर छिडिर बिडिर कउरम् सरकम् ठर्याल बातो यिहा
लग्घु बात सुन सुनाई आदेहक परल । (चौकीदरुवा गौह्रती किसन्वन)
छटक्या: अरे जेठान अप्न गल्लीम लस्री बट्टी । चली ठनिक लग्घुवर बात ओनाए ।
जेठान: जाई अप्नहुँक्र जन्नाबुभ्mना मनै, म्वार त अत्ठेह ठिक बा । फेर म्वार काम नै
निप्टी ।
छटक्या: का रबो जन्ना सब त ओस्त हुई काहुँ । म्वर फे खत्यक लस्री जम्म टुट राखल
खट्या भङना बा , मै फे एक घच्चिक लै आनु काहुँ । (छटक्या लस्री लेह घरओर
नामत ।)
मायाराम: रै छोट्का यि कौन घरक लौरा हो । मै त भ्वासेक छावाअस देखटु ।
छोट्का: यि फे निचिनठ यार, सुरखेतान सुझौनक बरका छावा त हुतिस काहुँ ।
मायाराम: आजकाल छोट छोट लरकन चिन नैसेकजाईत, खै रै त्वार बाबा ?
लौरा: सुटल रह ।
छोट्का: तै कहाँ बात ना चित बुझ आरल्या जा आपन बाब पठाईस ।
(ठनीक आँखर बोलिम)

लौरा: नै आई त (गहुँर मनम) काल दाईहन जाँरपिक पिटतह ।
मायाराम: उ मड्वा थारु फे विगरगिल बा…आपन जन्नीहन पिट्क का पाईत ।
छोट्का: बरका मजा जन्नी बाटिस तभहुँ… (ठनिक दुखित मनम)
उहर पुरान बरघरिया आपन विचार पोख्ती…
पतिराम: मै गाउकँ लौव रित अनुसार सुख दुख हुईलसेफे १ वरष बरघरिया खेलैनु ।
बरघरिया बन्ना मन त नै रह लेकिन का करना हो भाग फुटल मनै, चिठ्ठा परगिल और चिठ्ठापरल मनै पैसा दे दे फिर्ता कैलेल । महि फे पैसा देक फिर्ता कैलु कना विचार त रह लेकिन कुछ बात सिखक ते, अप्ननके जिद्दी ओ ध्यार ठोर गाउँ ह कुछ देहम कैक बरघरिया बन्नु दुख्ख हुईलसेफे ध्यारनक अनुभव ओ ज्ञान मिलल । लेकिन भारी कर्रा लागल…
सोन्ध्वा: अप्नहन कसिक कर्रा लागल बरघर जी ?
पतिराम: कसिक कना हो, आब्ब हत्ठेह हेरली, कमसेकम जुटआईल मनै त ठनिक ध्यानदेक
का बात हो ? का सल्ला हो ? कसिक कर्लसे मजा हुई ? कना बातचित करक छोरक किउ उहर गल्लीम लस्री बट्टा, किउ उहर हेल्का बिन्ता, अप्न ठनिक बात बुझना मनै आईक छोरक बोत्त्रु अस अस लरकन छलफल म पठैही अरे अत्र अत्र लरका काहुँ बाट बुझही, जातिक बेगारी त बेगारी चुकैनाअस करठैं…..
छट्क्या: अरे बात फे सुन्ना उहर घरक काम फे निपटलेना मजा त हो काहुँ।
पतिराम: आब असिक करबी सक्कु जान आपन–आपन घरक काम लेक जुट अ‍ैबी । आपन
घरक काम कर्ने छलफल कर्ने करबी, अरे असिक काहुँ मजा हुई ? कमसेकम जौन काम म आईल बातो उ काम म गहुँर हुईना चाहि त पो छलफल के गाँठी लागि । अप्नहुँक्र छलफलम आके आपन ह फे एकठो जिम्मेवार मनै ठानी…
बास्याँ: अरे हाल हाल बात निम्जाउँ म्वर उहाँ आलु क्वार जैना बा । दिनभर दुनियाभरिक
बात केल…
पतिराम: सुन्लो अस्टह हो हेरि । साझी काम ह काम नै मान जाईत, जिही त हम्रे बेगारी
कठी, जातिक बेगारी, मै एक्ठो बात कहटु हमार गाउँ बहुत जोर बिगरटी
जाईता… सब्जे कुछ गहँुर होक सोच परल । अप्नहुँक्र अत्ठेह पन्ज्रक गाउँ जोतपुर हेरी पहिल कत्रा बिगरल गाउँ रह आज कसिन बा उ गाउँ देख क फे कुछ सिखी ।
फटकपुह्रया: मै त सुनतहुँ उ गाउँम बरघरिया चुनबेर कबु चिठ्ठा नै डरठ हुँ ।
पतिराम: विरकुल सही सुन्ल बाटी । उ गाउँ म कब्बु नै बरघरिया चुनबेर चिठ्ठा डरठ ।
सक्कुहन क सहमति अनुुसार, के गाउँम आघ ताघ करठ, क्याकर सब्से ध्यारनक बात लागठ हाँ उहिहन बरघरिया बनैठ । आउर ओस्तह कर्ना चाही । चिठ्ठा दर्ना कलक त जबरजस बिन इच्छा रल बरघर बनैनाअस देख परठ ।
सोन्ध्वा: सस्सुर असिक चिठ्ठा दार दार बरघर बनाप त कहुँ गाउँ चलि.? चिठ्ठा त जसिन
मनैन फे पर स्याकत….
फटकपुह्रया: त हम्रे का करक परल ?
पतिराम: म्वार विचार म, सब्से पहिल बरघर चुन्ना चिठ्ठा प्रणाली हटाईक परल । यी गाउँ
बरघरियक केल नाई म्वारफे हो कैक सोचक परल, गाउँम पुलपुलेसा डगर घाट बिगरल कलसे बरघरियककेल ठोर बिग्री सब्के बिग्रठ कैक सोचक परल ओ उह अनुसार आपन जिम्मेवारी वहन करक परल, सक्कुहनके सहमति अनुसार गाउँहन हाँक सेक्ना मनैन बरघर चुनक परल, बरघरिया ओ किसन्वनक बिच आपसी सद्भाव समन्वयकके सम्बन्ध हुईक परल तबकेल ठोर बहुत गाउँ सप्रना सम्भावना देख जाईत…..
सोनपुन्या: मै त कहतु यी साल फे यिह बरजन हुँकिहिन बरघरिया बनाई ।

सिन्दुरीया: मै सोनपुन्याके बातम सहमत निहुतु, सालो सालो एक्के मनैया हन कहाँ बनाबो । यि साल बभनान मलिक्वा तयार बाट कलसे उहा हन् बनाई उहाँक केन्द्रसम बराबरा मनैनसे चिनजान फे बाटीन ।
छटक्या: हो हो मै सिन्दुरीया दाजुक बाटम सहमत बातु,

सोन्ध्वा: रै गाउँक किसन्वन औरजेफे बोलो……?
(ध्यारजाहानके मुहमसे बोली नैअ‍ैठीन)
यिहर सोन्ध्वा ओ पतिराम दुनुजे खुसफुसैठ
सोन्ध्वा: अरे पतिराम दाजु यि बभ्ना का खवा देहल, यि गाउक मनैन, ना गाँर ब्वाल ठुईन
ना मु, सब चिमचाम बात ।
पतिराम: खै भाई का होगीलिन । बाम भगाके पुस्टा सवरना काम त करही काहुँ । यि बभना
कुछ आश्वासन त देल बा भाई ।
होम प्रसाद: ल कोई बरघर बन्दैन भने म तयार छु । चिठ्ठासिठ्ठा हाली राख्ने पनि झन्झट हदैन
। मेरो पुलिस प्रसाशन देखि नेताहरुसंग राम्रो सम्बन्ध नी छ । यो गाउँको लागि राम्रो बजेट ल्याई दिन्छु । अस्ति पनि त्यो छिमेकी गाउँ बदालपुरसंग त्यत्रो ठुलो केशपर्दा मैलेनी मेरो साह्रुभाइ डि.एस.पी. लाई भनेर मिलाको त्यो कुरा त यो गाउको मान्छेलाई थाहा होला नी ।
फटकपुह्रया: लेउ किसन्वन कहो, यि साल बभनान मलिक्वाहन बरघरीया बनैना हो त ?
किसन्वन: हम्रे सब जे मंजुर बाती (गाउँक सक्कु किसन्वन एक बोलिम)
होम प्रसाद: ल ठिक छ सबैले मलाई बरघर चुनेकोमा धन्यवाद अब म यो गाउलाई धेरै
उचाईमा पुर्र्याई दिन्छु सबैजना ढुक्क हुनुस् । मलाई राम्ररी साथ दिनुपर्छ नी ।
किसन्वन: देहब देहब (सक्कु किसन्वन कठ ओ लौव बरघरीय होम प्रसाद रिमालहन पगरी पराक माला लगा देठ) ।
समाप्त
(लेखक बर्दियाली थारु विकास मञ्चका अध्यक्ष हुन्।)

बहस: थारु विद्यार्थी सभा गठन कति उचित कति अनुचित ?

सीएन थारु। 
थारु विद्यार्थी समाज स्थापना गरेको संस्थापक अध्यक्ष रेशम चौधरी टीकापुर, कैलालीको घटनाको दोषी करार गर्दै अहिले भारत निर्वासनमा रहेको बुझिन्छ । २०५२ सालमा थारु विद्यार्थी समाज स्थापना गर्दाको बखत शायद आफ्नै किसिमको समस्याहरु थिए । काठमाण्डौ उपत्यका बाहिर थारु विद्यार्थीहरुको संगठन पहिला नै स्थापना भएकोले ती संगठनहरु बीच प्रतिस्पर्धा तिब्र हुने हुन की भन्ने चिन्ता पक्कै थियो । अहिले पनि महेन्द्र बहुमुखी क्याम्पस, नेपालगञ्जमा थारु विद्यार्थी परिवार रहेको बुझिन्छ जबकी २०६२ साल जेष्ठ १६ गते थारु विद्यार्थी समाजको तेश्रो महाधिवेशन धनगढी, कैलालीमा सम्पन्न भइरहँदा थारु विद्यार्थी समाज र थारु विद्यार्थी परिवार बिच एकताको सम्झौतामा हस्ताक्षर भई थारु विद्यार्थी समाजकै व्यानरमा एकताबद्ध हुने भनिएको थियो । त्यस महाधिवेशनले थारु विद्यार्थी परिवारको सदस्य नरेशलाल कुशुम्यालाई केन्द्रिय सदस्यमा निर्वाचित गरेको र नेपालगञ्ज मै केन्द्रिय बैठक सम्पन्न गरी संगठनलाई जोड्ने पहल गरियो । साँचिकै भन्ने हो भने यो पश्चात थारु विद्यार्थी समाजले देश भरी नै लोकतन्त्रको विपरित लहर विरुद्ध गणतन्त्रको लागि संघर्ष घनीभूत बनाउने तयारी गरे । थारु कल्याणकारिणी सभाले माघ १९ को राजा ज्ञानेन्द्रको कदमलाई स्वागत गरे तर थारु विद्यार्थी समाज गणतन्त्रको पक्षमा उभिएकोले निरन्तर संघर्षको बाटो रोजे । थारु समाज दुई ध्रुवमा विभक्त भएको सो समय थारु विद्यार्थी समाजले अग्रपन्थी धार पक्रे । त्यसले थारु विद्यार्थी समाजको आधारलाई बलियो बनाउने काम गर्यो ।

थारु विद्यार्थी समाज दवाव र जागरणको भूमिकालाई आफ्नो कार्यभार तय गरे । यसले थारुको अधिकार संघर्षको बाटोबाट मात्र सुनिश्चित गर्न सकिने मान्यता विकास गर्यो । थारु विद्यार्थी समाजको चौथो महाधिवेशन घोराही, दाङमा सम्पन्न गरिसके पश्चात त्रिभुवन नगर नगरपालिकाको नयाँ नामाङ्करण इन्कार गर्ने र घोराही नगरपालिका पुनःनामाङ्करण गर्ने भन्ने राष्ट्रिय प्रस्ताव पारित गरेर संघर्ष चलाउँदै आयो । अन्ततः घोराही नगरपालिका नै कायम गर्न सरकार राजी भए । शायद थारु विद्यार्थी समाजको पहल कदमी नहुँदो हो त थारुको पहिचान परक आन्दोलनले गति लिने स्थिति बन्ने थिएन । तर सहज परिस्थितिमा नेतृत्व लिनेको ताँती नै लाग्यो । राजनीतिक पार्टीमा लागेका व्यक्तिहरु समेत सहज परिस्थितिको मौका छोपी नेतृत्व हत्याउन तयार देखिए जुन थारु विद्यार्थी समाजमा सहज थिएन । थारु विद्यार्थी समाजको र्याङ्क तथा फायलमा एक तह सम्मको नेतृत्व तयार थियो र यसको समयावधि पनि छोटो भएकोले नेतृत्वको स्वस्थ प्रतिस्पर्धा हुँदै आएको छ ।

थारु विद्यार्थी सभाको गठन र प्रतिस्पर्धाको मार्ग

थारु कल्याणकारिणी सभाको निक्कै अगाडिको तयारी हो थारु विद्यार्थी सभा स्थापना गर्ने । यो थारु विद्यार्थी समाजको विकल्पमा भनिए पनि यथार्थमा त्यो देखिँदैन । थारु कल्याणकारिणी सभासँग थारु विद्यार्थी समाजको प्रतिस्पर्धा रहेको छ र दबा तथा जागरणको भूमिकाले सो प्रतिस्पर्धामा थारु विद्यार्थी समाजको वैचारिक धार प्रभावी रहेको बुझाउँदछ । यहाँ भन्न खोजीएको कुरो के भने थारु कल्याणकारिणी सभा संस्थागत रुपले कुनै पनि सबालमा पहलकदमी लिने छैन किनकि त्यहाँ न कुनै चिन्तन हुन्छ न ठोस दृष्टिकोण नै । यो केवल अरुको निर्देशन पालन गर्ने आत्माविहीन कठपुतली नै हो । यो एक हिसाबले ठीम्हा संस्था हो जसलाई सरकारले नै केही आर्थिक स्रोत जुटाइदिएर थारुको परम्परागत संस्थालाई निरन्तर कमजोर बनाउँदैछ । अहिले यसको मातहतमा थारु विद्यार्थी सभा नामको अर्को ठीम्हा संस्थाको गठन गरेको छ एउटा भातृ संस्थाको रुपमा तर कुनै अमुक दलको पिछलग्गु यो संस्थाको नेतृत्वकर्ता उभियाउँदा न त यसको भविष्य नै छ । त्यसो त केही लोभी पापीको चित फेरि त्यस्तै पदले बुझ्ने हो । बरु त्यस्ता दलले त आफ्नो भातृसंगठन तिर संलग्न गराउँदा नै लाभ लिन सकिने देखिन्थ्यो । बरु त्यस्ता व्यक्तिहरु सोही दलको विभागीय जिम्मेवारी लिएको खण्डमा प्रतिस्पर्धा स्वस्थ बनाउन सकिन्थ्यो ।

अहिले राजनीति दलीय प्रतिस्पर्धाको आधारमा चलेको सत्य हो । थारु विद्यार्थी समाजको संलग्नता कुनै दल अथवा कुनै राजनैतिक विचारसँग छैन । यो थारु जातिको दवाव समुह पक्कै हो जसको अगुवाईमा वास्तविक विपक्षीको भूमिका प्रतिविम्बित हुन्छ । थारु जाति उपर जहिले सम्म यो राज्यको औपनिवेशिक चरित्र कायम रहन्छ, तहिले सम्म दवाव र जागरणको भूमिकालाई सशक्त बनाउने कामको नेतृत्व लिने हो । यो थारु विद्यार्थी समाजको प्रतिबद्धता नै हो । अहिले काठमाण्डौमा माघी आफ्नै नेतृत्वमा सम्पन्न गरेर जनताको पक्षमा उभिन तयारी गर्दैछ भने अर्को तिर थारु विद्यार्थी सभा जस्तो ठीम्हा संस्थाले सिर्जना गरेको भ्रम चिर्न दृढ संकल्पित छ । यो लडाई धेरै दिन चल्ने स्थिति छैन किनकी थारु विद्यार्थी समाज शहिद कमल चौधरी र विपीन खडकाको रगतले सिंचिएको धरातल अझ सशक्त बनाउन जोडबल गर्दैछ । र, यसले टीकापुर कथालाई थप प्रतिबद्धताका साथ आफ्नो जीवनमा उतार्न खोज्दैछ । विगतको पहिलो केन्द्रिय समितिको बैठकले यो तथ्यलाई आत्मसात गरेर नै संगठन तथा संघर्षको लाईनलाई पारित गरेको छ । २०७३ को माघीलाई समेत संघर्षकै रुपमा मनाउने निर्णय हुनुले यस अवसरमा केही भ्रम सिर्जना गर्न सकिन्छ कि भन्ने गलत मनसाय बोकी स्थापना गरिएको थारु विद्यार्थी सभा अन्ततः थारु विद्यार्थीहरुलाई उपयोग गर्ने नीतिको औजार बन्छ । थारु महिला सभा, थारु युवा सभा लगायत अन्य जस्तै यो गोलचक्करमा फँस्ने छ ।

विकल्प कि विभ्रम

थारु विद्यार्थी सभा आफ्नै कारणले थारु विद्यार्थी समाजको विकल्प होइनन् । यसको स्थापना नै कुनै अमुक पार्टीको कार्यकर्ताको संलग्नतामा भएको छ र ती जो आफ्नै जीवनमा संकट व्यहोर्दै मौका परे विदेश पलायन हुन सक्ने देखिन्छन्, उनीहरुको यसले रहर चाहिं पुरा हुने पक्का छ । यसको अर्थ थारु विद्यार्थी समाज यसखाले विभ्रमको अन्त गर्न सक्षम छ र आवश्यक परे थारुको आफ्नै सत्ता जन्माउनका लागि भूमिका निर्वाह गर्न योगदान दिनेछ । लैबरी पाराले थारु कल्याणकारिणी सभाको छत्रछाँयामा बाँच्नु पर्ने दिन भविष्यमा पनि देख्न नपरोस् ।

अहिले थारु विद्यार्थी समाज महाधिवेशनको दर्वियान सिर्जना भएको संकटलाई निपटारा गर्दै तङ्ग्रीने वातावरण तयार गरेको छ र विगतका विविध कमजोरीलाई क्रमशः हटाउने चेष्टा गर्दैछ । विगतको उपत्यका अधिवेशनमा देखिएका मनोमालिन्य न्युन गर्न सहमतिमा नै उपत्यका समितिको विघटन गरियो भने नेतृत्व वर्गलाई आत्मगत तयारी चाहिन्छ भनेर अग्रजहरुसँग र सल्लाहकारहरुसँग निरन्तर छलफलमा रहने कामसँगै संगठनको जिम्मेवारी बाँडफाँड गर्ने योजना अगाडि बढाउनु भन्दा अगाडि नै असक्षम सावित हुने डरले बाहिरिएकाहरुको पहलमा गठन भएको संस्थासँग कुनै प्रतिस्पर्धा रहने छैन । यो यकिनका साथ भन्न सकिन्छ कि आफ्नो कमजोरी लुकाउन दोष जति अरुमा थोपरिने ती विगतका अभ्यासहरु रोक्न केन्द्रीय समितिको बैठकले गरेका निर्णयहरु अनिवार्य रुपले कार्यान्वयनमा लग्नु पर्ने बेला अर्कोतिर विभ्रम सिर्जना गर्न पटी लाग्नु नै दुराशय हो ।

अन्त्यमा, थारु विद्यार्थी समाजको अस्तित्व कानुनी रजिष्ट्रेशनले मात्र रक्षा गर्ने होइन र विद्यार्थीहरुको भरोसा र आस्थाको केन्द्र बन्दा नै जोगिने तर्कसँग सहमत बन्दै थारु विद्यार्थीसँगको सम्बन्ध निरन्तर जीवित राख्न संयन्त्रको विकास गरिनेछ । अहिले विद्यार्थीको सिफारिश गरेर थारु कल्याणकारिणी सभाले उनीहरुको शोषण गर्दैछ । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानबाट उपलब्ध गराउने सुविधा लिन एउटा सिफारिशको सैयौं रुपैयाँ नगद निचोरेर मातिएका दलालहरुसँग नयाँ ढंगले संघर्ष चलाउने हो भने अब कुनै बुख्याँचा उभ्याएर होइन, सिधैं ती शोषणकारी संयन्त्र सित जुध्नु परेको छ । तसर्थ यसमा अवरोधक देखिने जुन कुनै तत्वहरुसँग थारु विद्यार्थी समाज मुकाविला गर्न तयार रहनु पर्दछ । थारु विद्यार्थी समाज विद्यार्थीको हक स्थापित गर्न र समुदायमा उनीहरुको अस्तित्व सम्मानजनक तुल्याउन आफ्नै पहल कदमीमा चुनौती पार गर्ने दिसा लिने हो भने बाँकी अरु तपसिलका चिजहरु ठहर हुनेछन् । यति बेला सम्पूर्ण अग्रजहरुको ध्यान थारु विद्यार्थी समाज कसरी चुनौती पार लगाउँछ भन्ने तिर मोडिएको छ र उनीहरुको संलग्नतामा थारु विद्यार्थी समाजको स्थायी परिषद क्रियाशिल भएकोले स्वभाविक रुपमा थारु विद्यार्थी समाज आफ्नो रक्षा आफैं गर्न सकिने देखिन्छ । एक दिन सच्चाई जरुर सतहमा आउने छ र थारु विद्यार्थी समाजको आवश्यकतालाई सबैले आत्मसात गर्नेछ।

(लेखक थारु विद्यार्थी समाज का पूर्व केन्द्रीय  अध्यक्ष हुन् ।)

थाविस कानुनी बाटोमा नहिंडे उसको पछि किन लाग्ने ?
कारी महतो थारु

धेरै लामो समयपछि सिएनजीको लेख आयो । निकै खुसी लाग्यो । नेपालभरका लाखौं लाख थारु विद्यार्थीको गौरव र गरिमामय छाता संगठन थारु विद्यार्थी समाजको बारेमा निकै यथार्थपरक लेखा पढ्न पाइयोे । यी र यस्ता विषयमा सिएनजीले निरन्तर कलम चलाएको भए थाविस अहिलेको अवस्थामा आउने थिएन होला । तथापि वहाँको त्यस लेख पढेर केही लेख्न मन लाग्यो ।

सिएनजीको लेखमा भएको सबै कुरामा सहमत हुन सकिन्छ तर एउटा कुरामा आँखा चिम्लेर सहमत हुन सकिन्नँ । “थारु विद्यार्थी समाजको अस्तित्व कानुनी रजिष्ट्रेशनले मात्र रक्षा गर्ने होइन र विद्यार्थीहरुको भरोसा र आस्थाको केन्द्र बन्दा नै जोगिने तर्कसँग सहमत बन्दै थारु विद्यार्थीसँगको सम्बन्ध निरन्तर जीवित राख्न संयन्त्रको विकास गरिनेछ ।” सिएनजीको यो वाक्यांश सायद कतिलाई निकै मार्मिक लाग्यो होला तर कसैलाई भने मन पर्दैन होला । यो वाक्यांशमा धेरै कुराहरु छ । विद्यार्थी साथीहरुले बुझेर मात्र सहमति जनाउन अनुरोध गर्दछु ।

थाविसलाई अस्तित्व जोगाउनकै लागि मात्र दर्ता गरिएको त पक्कै होइन होला । विद्यार्थीहरुको भरोसा र आस्थाको केन्द्र थारु विद्यार्थी समाज यसै पनि थियो । अनि किन दर्ता गर्न आवश्यक पर्यो ? कुनै पनि संस्था ऐन बमोजिम दर्ता गरिएपछि त्यसको नीति नियम वा ऐन अनुसार चल्नु पर्छ । थाविसलाई जिवित मात्र होइन वैधानिक पनि बनाइराख्नुपर्छ । नविकरणलाई अद्यावधिक नगरी कसरी वैधानिकताको बाटोमा हिँडाउने हो । सिएनजीले कुन संयन्त्रको विकास गर्ने कुरा गर्नु भएको हो । त्यो प्रष्ट नभए पनि केही कुराको संकेत अवश्य गरेको छ । विराटनगरको महाधिवेशनमै एउटा विकल्प पारित गरिएको थियो । स्थायी परिषद गठन गर्ने भनेर । तर केन्द्रीय महाधिवेशनले पारित गरेको निर्णय हालसम्म किन कार्यान्वयन भएन ? किनकी वैधानिक कार्यन्वयनका लागि महाधिवेशनले पारित गरेको निर्णयहरु स्थानीय अधिकारीको स्वीकृति पछि मात्र लागू हुन्छ । जब थाविस नै वैधानिक बाटोमा हिडेको छैन, अनि कसरी त्यो स्थायी परिषद लागू हुन्छ । यदि लागू गरिएपनि त्यो व्यक्तिवादी तवरले हुन्न भन्ने आधार के छ ?

स्थायी परिषद गठनको कुरा निर्णयमै सिमित भए पनि छैटौ महाधिवेशनले पारित गरेको निर्णयहरु भने अवैधानिक तरिकाले कार्यान्वयन गरिएको छ । तीनवटा उपाध्यक्षबाट पाँचवटा उपाध्यक्ष बनाउने प्रावधान ल्याइयो । त्यो प्रावधानलाई अवैधानिक तरिकाले लागू गरियो । पाँचौ महाधिवेशनमा तीन उपाध्यक्षको कार्यभार किटान गर्ने निर्णय नै भएको थियो । महिला उपाध्यक्षले महिला विभाग हेर्ने र परिचालित गर्ने त्यस्तै एउटा उपाध्यक्षले संगठन विभाग हेर्ने र अर्को उपाध्यक्षले आदिवासी जनजाति महासंघमा प्रतिनिधित्व गर्ने भनेर कार्यक्षेत्र किटान गरिएको थियो । तर छैटौं महाधिवेशनले पाँच वटा उपाध्यक्ष बनाउने कुरा ल्यायो र तुरुन्त लागू ग¥यो । कुन नियतले ल्याइयो र कार्यक्षेत्र के हुने भनेर यकिन गरिएन । मात्र पदको भागबण्डा मिलाउनका लागि मात्र ल्याइयो । अझ बैधानिकता दिएर मात्र कार्यान्वयन गरिनु पथ्र्यो तर तुरुन्त लागू गरियो । किनकी लामो समयसम्म नविकरण नगरिएको कारणले थाविस संस्था दर्ता ऐन अनुसार अवैधानिक भैसक्यो । तथापि थाविसलाई वैधानिकता दिइनु पर्छ र बैधानिक तवरले नै यसलाई सञ्चालन गर्नुपर्छ भन्ने मेरो मान्यता हो । तर सिएनजीको उक्त वाक्यांशबाट प्रष्ट के बुझिन्छ भने थाविसलाई केन्द्रीय समितिले वैधानिक बाटोमा लैजान असमर्थ छ र जिल्ला जिल्लामा रहनुभएका लाखौं थारु विद्यार्थीहरुको सहानुभूति प्राप्त गर्नका लागि मात्र यो वाक्यांश लेखिएको हो कि भन्ने लाग्छ ।

भर्खरै निर्विरोध निर्वाचित हुनु भएका मेरा आत्मीय मित्र चन्द्र प्रसाद चौधरीको कार्यकाल भर्खरै सुरु भएको छ । उहाँको कार्यप्रति मेरो कुनै गुनासो छैन । कालान्तरमा उहाँको नेतृत्वको केन्द्रीय समितिले के कस्तो काम गरेर के कस्तो प्रतिवेदन प्रस्तुत गर्छ । त्यसपछि टिप्पणी गर्दा राम्रो हुन्छ । तर अहिले नै कुनै टिप्पणी गर्नु अनावश्यक ठहरिने छ । तर त्यस अघिका विगत दुई कार्यकालका अध्यक्षहरुको नेतृत्वमा बनेको केन्द्रीय समितिले थाविसलाई अवैधानिक बाटोमा लैजादाँ पनि सिएनजीको प्रखर लेख आउनु पथ्र्यो ? ताकि ती दुई नेतृत्वहरुले थाविसलाई सही मार्गमा लैजान सक्थ्यो । अहिले आएर यो वाक्यांश आउनुको मतलब अब थाविसको दर्ता खारेज भैसक्यो । यो कुरा सबैले थाहा पाइसके । यसलाई नेपालको कानुन बमोजिम वैधानिक बाटोमा लैजानु सम्भव छैन । अहिले जसरी चलेको छ त्यसरी नै चलाए पनि हुन्छ भन्न खोज्नु भएको हो कि । यदि त्यस्तो हो भने यो समस्त थारु विद्यार्थीहरुका लागि विडम्बनापूर्ण नै हुनेछ ।

थाविस वैधानिक नरहँदा यसलाई जुनसुकै व्यक्तिले मनलाग्दी तरिकाले चलाउन पाउँछ । विगत दुई कार्यकाल त यस्तै भयो । विगत दुई कार्यकालसम्म थाविस अवैधानिक रुपमा हिडिरहँदा नेपालभर रहेका लाखौलाख थारु विद्यार्थीहरुलाई किन अन्धकारमै राखियो ? महाधिवेशनहरुमा किन खुलासा गरिएन ? यहाँसम्म कि विराटनगर महाधिवेशनमा अडिट रिपोर्ट पेश गरिएन । र स्पष्टीकरण दिइयो अडिट रिपोर्ट काठमाडौंमै छुटेछ । ल्याउनै बिर्सेछ । सरासर झुट अभिव्यक्ति थियो त्यो । तर महाधिवेशनको बन्द सत्रमा सहभागी प्रतिनिधि पर्यवेक्षकहरुलाई यथार्थ बताउन आवश्यक ठानिएन । त्यसको अध्यक्षमण्डलका अध्यक्ष स्वयम् सिएनजी नै हुनुहुन्थ्यो । वहाँलाई पक्कै थाहा थियो । थारु विद्यार्थी समाजको नविकरण फेल भएको छ भनेर । तर किन लुकाइयो । यदि त्यस समयमै खुलासा गरिएको भए जरिवाना तिरेर भए पनि नविकरण गर्न सकिन्थ्यो । हातैले लेखेको हरहिसाबका कागजहरु फोटोकपी पेश गरियो ।

आर्थिक प्रतिवेदन पारित हुन नसकी एक कमिटि बनाइयो । उक्त कमिटिले सबै कुरा बाहिर ल्याउने भनिएको थियो तर किन बाहिर आएन । त्यस महाधिवेशनमा पनि चितवनदेखि पश्चिमका विद्यार्थीहरुले महाधिवेशन नै वहिष्कार गरेको बिर्सिन सकिन्न । सौराहा महाधिवेशनमा पनि उक्त कुरा बाहिर आउन सकेन । यसरी गुपचुपमा राखेर के गर्न खोजिएको हो ?

पाँचौ महाधिवेशन विराटनगर र छैंटौ महाधिवेशन सौराहा सफल हुन नसकी केहि प्रतिनिधी, पर्यवेक्षकहरुले बहिष्कार गरे । दुवै महाधिवेशन बहिष्कार हुनुको मुख्य कारण प्रतिनिधि विवाद थियो । तर थाविसको नविकरण फेल भएको बहस कत्ति पनि चलेन । किनकी दर्ता खारेज भएको विषय लुकाइएको थियो । छैटौ महाधिवेशन असफल भएपछि मात्र दर्ता खारेज भएको विषय स्वतः खुलेको हो । सिएनजीको अन्तिम वाक्यांश “एक दिन सच्चाई जरुर सतहमा आउने छ” त्यो आईसकेको छ । तर यो सच्चाईलाई थाविस केन्द्रीय समितिले थेग्न नसकेकोले हो कि अघिल्लो वाक्यांश यसरी आएको “थारु विद्यार्थी समाजको अस्तित्व कानुनी रजिष्ट्रेशनले मात्र रक्षा गर्ने होइन” । हो रजिष्ट्रेशन नगर्दा पनि चलेको थियो र चलिरहन्छ । तर हरेक तहका नेतृत्वलाई अंकुश कसरी लगाउने बाटो त अनिवार्य चाहिन्छ ।

एउटा कुरा प्रष्टसँग बुझ्नु पर्ने के हो भने काठमाडौंमा थारु विद्यार्थी समाज गठन हुनु अगावै २०४९ सालमै चितवनमा थारु विद्यार्थी समिति गठन भएको थियो । थारु विद्यार्थी समाज काठमाडौंमा दर्ता भएकोले मात्र चितवनका थारु विद्यार्थी समितिलाई थारु विद्यार्थी समाजमा रुपान्तर गरी केन्द्रीय समितिमा समाहित गरिएको थियो । यदि केन्द्रीय समितिले सिएनकै कुरामा अडिग रहने हो भने चितवनको थारु विद्यार्थी समाज केन्द्रमा समाहित रहिरहनुको औचित्य के हो त ? त्यो प्रष्ट आउनु पर्छ । केन्द्रीय समिति यदि नेपालको कानुन बमोजिम चल्न चाहदैन र संस्था दर्ता ऐन बमोजिम नेपालको कानूनी बाटोलाई त्यागेर लिगबाट बाहिरिन्छ भने चितवनमा थारु विद्यार्थी समितिको नाममा चितवन जिल्ला प्रशासन कार्यालयमा दर्ता किन नहुने ? विगतमा चितवनका विद्यार्थीहरुले आफ्ना रगतले सिंचित गरेका थारु विद्यार्थी समाज अबका दिनमा अवैधानिक बाटोमा हिड्ने हो भने त्यसको पिछलग्गु बनेर चितवनका थारु विद्यार्थीहरु किन हिड्ने ?

अन्त्यमा, सिएनजी जस्तो एक होनहार विद्यार्थी नेताको लेखमा मैले टिप्पणी गरें । मैले यस्तो टिप्पणी नगरेको भए हुन्थ्यो । उहाँले कुन प्रसंगमा त्यो वाक्यांश लेख्नु भएको थियो ? सायद मैले गलत अर्थ लगाएँ कि जस्तो पनि भैरहेको छ । तर मेरो सोझो बुझाई के हो भने थारु विद्यार्थी समाजको हरेक क्रियाकलाप सबै जिल्लाका थारु विद्यार्थीहरुलाई स्पष्ट होस् । कानुनी बाटोमै हिडेर गन्तव्यमा पुग्न सकिन्छ भने गैरकानूनी बाटोमा विद्यार्थीहरुलाई किन हिडाउने ? ठीक छ, थारु विद्यार्थीसँगको सम्बन्ध निरन्तर जीवित राख्न संयन्त्रको विकास होस् तर त्यसका साथै कानूनी मार्गलाई पनि नभुलीकन अघि बढेमा कसैलाई केही बिगार गर्दैन । अनि विद्यार्थीका नाममा जुनसुकै संस्था वा संगठनले भातृसंगठन निर्माण गरेपनि थारु विद्यार्थी समाजले अन्यत्र नहेरी आफ्नो बाटोमा हिंड्न सकेमा मात्र गन्तव्यमा पुग्न सकिने कुरालाई कसैले नकार्न सकिन्न । तर थाकसले विद्यार्थीहरुको लागि भातृसंगठन निर्माण गरेको कुरामा बिलौना गरेर त्यसमै अल्झेर बसेमा अवश्य पछाडि पर्नेछ ।

(लेखक थारु विद्यार्थी समाज चितवनका पूर्व जिल्ला अध्यक्ष हुन् ।)

थारु खेलाडी, जसले एथलेटिक्सका १६ स्वर्णसहित ५० पदक कब्जा गरे

विनोद ढकाल/थाहाखबर।

सातौं राष्ट्रिय खेलकुद प्रतियोगितामा एथ्लेटिक्सतर्फ नेपाल आर्मीले सबैभन्दा धेरै पदक जित्दा पुलिस दोश्रो र एपीएफ तेश्रो भए। यी विभागीय टिमले पदक हिसाब गरेर गर्व गरिरहँदा ती टिमलाई पदक दिलाउन थारु समुदायका खेलाडीको महत्वपूर्ण योगदान देखिएको छ। Continue reading “थारु खेलाडी, जसले एथलेटिक्सका १६ स्वर्णसहित ५० पदक कब्जा गरे”

बिजुली नियन्त्रण गर्ने उपकरणको अविस्कार

नागेन्द्र चौधरी/बारा।

घरमा बत्ति वा अन्य विधुतीय सामाग्री स्वीचअफ गर्न बिर्सेर हुने समस्याबाट के तपाई हैरान हुनुहुन्छ ? यदि छ भने अब चिन्ता गरिरहनु पर्दैन । सिम्रौनगढ नगरपालिका ५ का २१ बर्षिय युवक जलान्धर शर्माले मोवाइल सेटबाट पनि विधुत लाइन अनअफ गर्न सकिने अनलाइन पावर सप्लायरको अविस्कार गरेका छन् । शर्माले अविस्कार गरेका मेसिनले नै देश विदेशको जुनसुकै स्थानबाट पनि मोवाइल सेटमा डायल गरेर घरभित्रको पावर सप्लाई सजिलै बन्द र चालु पनि गर्न सक्ने जानकारी दिए । Continue reading “बिजुली नियन्त्रण गर्ने उपकरणको अविस्कार”