लिउड अभिनेत्री प्रियंका चोपडाले नेपाली कलाकार र प्राविधिकहरु खोजी कार्य सुरु गर्दैछिन्। लामो समयपछि हलिउडबाट मुम्बई फर्केकी अभिनेत्री चोपडाले सुरु गरेको पर्पल पिबल प्रोडक्सन ब्यानरबाट निर्माण हुन लागेको सिकिमेली नेपाली फिल्मको लागि उनी स्थानीय कलाकार र प्राविधिकको खोजीमा जुट्न लागेकी हुन्। Continue reading “नेपाली कलाकार खोज्दै प्रियंका चोपडा”
Author: admin
कृष्णा चौधरीले खुट्टाको प्लास्टर खोलेको २ दिनपछि ४ वटा स्वर्ण २ रजत जितिन्
सातौं बृहत राष्ट्रिय खेलकुदमा सहभागी हुन पूर्वाञ्चल आउनुअघिसम्म कृष्णा चौधरी असमञ्जसमा थिइन्। दुई दिनअघि मात्र उनको दाँहिने खुट्टाको प्लास्टर काटिएको थियो। त्यसैले उनी नेपाली खेलकुदको ठूलो खेल मेलामा सहभागी बन्ने सम्भावना नै न्युन थियो। Continue reading “कृष्णा चौधरीले खुट्टाको प्लास्टर खोलेको २ दिनपछि ४ वटा स्वर्ण २ रजत जितिन्”
ग्छदार पार्टीको निर्णय- आठौं प्रदेश बनाए निकास
मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले सीमांकन विवाद समाधान गर्न आठौं प्रदेशमा जान सकिने विकल्प अघि सारेको छ। प्रदेश विवाद मिलाउन झापा, मोरङ, सुनसरीलाई २ नम्बर प्रदेशमा राख्नुपर्ने, त्यो हुन नसके झापा, मोरङ, सुनसरी, सिराह, सप्तरी र उदयपुरलाई मिलाएर आठौं प्रदेश बनाउनुपर्ने निष्कर्ष पार्टीले निकालेको छ। Continue reading “ग्छदार पार्टीको निर्णय- आठौं प्रदेश बनाए निकास”
राजधानीको रङ्गमञ्चमा थारु नाटक मञ्चन गर्ने सपना पूरा हुँदै
सुशील चौधरी
भुरभुरा रहर थारु नाटक पुस १५ देखि २३ गतेसम्म सर्वनाम थियटर, कालिकास्थानमा बेलुकी साढे चारबजेदेखि मञ्चित हुन गइरहेको छ। विगत तीन दसकदेखि थारु भाषामा नाटक लेखन तथा मञ्चन गर्दै आएकोमा यसपटक राजधानी केन्द्रीत नाटक घरहरु माथारु भाषाका नाटक मञ्चन गरेर नेपाली थारु भाषा तथा संस्कृतिको उन्नयनका लागि राष्ट्रिय बहसको थालनी गर्ने अभिप्रायले काठमाडौंमा नाटक प्रदर्शनका लागि छलफल भइरहेको थियो। त्यसभन्दा पहिले नेपाली रङ्गमंचको आधुनिक धरोहरको रुपमा स्थापित आरोहण नाट्य अभियानसँग २०५८ सालतिर गाँसिएपछि नाटक लेखन र मञ्चनको क्रमले पुनः गति लिएको थियो। बढी जसो कचहरी नाटक लेखन, निर्देशन र प्रस्तुतिको क्षेत्रमा संलग्न भइयो। सौभाग्य नै भनौं, नेपाली रङ्गमंचका हस्ती सुनिल पोखरेलको संगतले म पनि ख्याल ख्यालैमा रङ्गगकर्मी भएँ। उनको अगुवाईमा रंगकर्मीको रुपमा डेनमार्कमा एक महिना नाटक प्रदर्शन गर्दै हिंडे।
गुरुकुल नाट्य घर खुलेदेखि नै म काठमाडौंमा मञ्चित हुने धरैजसो नाटकहरु हेरेको छु। त्यसपछिका दिनमा राजन खतिवडाको सक्रियतामा खुलेको मण्डला नाटक घर होस् की शिल्पी थिएटर या सर्वनाम लगायतका नाटक घरहरुमा पागलजस्तै गरी भौँतारिएको छु। सहृदयी साथी कृष्णराज सर्वहारीको धेरै लामो घोचाईपछि थारु नाटक संग्रह प्रकाशन गर्ने ध्याउन्नमा नाटक लेख्दै गर्दा नाटक भुरभुरा रहर लेख्ने रचनागर्भ तयार भयो। यसै वर्षको सुरुवातमा सर्वनाम नाटक घरमा आबद्ध भाई प्रनव आकाशसँग भेट भयो।
उनको नाटकप्रतिको लगाब देखेर म मोहित भएको थिएँ। उनले सधै नाटक मागिरहन्थे। पुनर्लेखन गरेर नाटकको पाण्डुलिपि हात लगाइदिएँ। उनले नाटक निर्देशन गर्ने जाँगर देखाए। दिलदार मित्र जो चम्पन साँस्कृतिक समूहको संयोजक छन्, नन्दुराज चौधरी पनि हौसिए। समूहका मेहनती कलाकारहरु पनि हातमा हात मिलाए, फलस्वरुप भुरभुरा रहर थारु नाटक पुस १५ देखि २३ गतेसम्म सर्वनाम थियटर, कालिकास्थानमा बेलुकी साढे चारबजेदेखि मञ्चित हुन गइरहेको छ। काठमाडौ बस्ने सबै थारुलगायत गैर थारु नाटक प्रेमीहरुलाई सर्वनाम नाटक घरमा स्वागत छ। यसको अवलोकनले तपाईहरुलाई आफ्नै थारु गाउँमा पुगेको अनुभूति हुनेछ।
भुरभुरा रहर नाटक मंचन मेरो जीवनको ठूलो परिघटना बन्दैछ। म मा रहेको रङ्कर्मी मोहले मूर्त रुप लिइरहेको छ। यो नाटक सवाल्टर्न थारु जाति, भाषिक समुदायको लोकजीवन, कला, संस्कृतिको प्रतिविम्ब हो। राजनीतिक, आर्थिक, सामाजिक तथा साँस्कृतिक मुल प्रवाहिकरण हुने दौडमा सामेल हुन र विकासका कतिपय बैकल्पिक मानक बनाउन यो पहिलो प्रयासले गर्नेछ भन्ने अपेक्षा पनि गरिएको छ। पहिचान र समावेशिताको मुद्धा उठान भइरहेको बेला आदिवासी थारु समुदायको भाषा र संस्कृतिमा आधारित नाटक भुरभुरा रहरले समाज अनुसन्धान्कर्ताहरु, संस्कृतिविद्, तथा आमदर्शकहरुलाई आकर्षित गर्ला र भरपुर माया पाउने आशा लिएको छुँ।
माल्दिभ्सविरुद्ध नेपालको गोल वर्षा, ९-० गोलले विजयी
सावित्रा भण्डारी एक्लैको पाँच गोलको मद्दतले चौथो साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको दोस्रो खेलमा नेपालले माल्दिभ्समाथि ९–० को सानदार जित हासिल गरेको छ । भारतको सिलगुढीस्थित कञ्चनजङ्घा रङ्गशालामा भर्खरै सम्पन्न खेलमा नेपालले माल्दिभ्सलाई ९–० को फराकिलो गोलअन्तरले पराजित गरेको हो । नेपाललाई जित दिलाउने क्रममा सावित्रा एक्लैले पाँच गोल गरेकी थिइन् भने मञ्जलीकुमारी योन्जन, सपना लामा, हीराकुमारी भुजेल र निर्मला विकले एक÷एक गोल गरेका थिए । योन्जनले ५२ औँ, लामाले ६५ औँ, भुजेलले ७४ औँ र विकले ९१ औँ मिनेटमा एक÷एक गोल गरे । नेपालका लागि सावित्राले पहिलो हाफमै ह्याट्रिक पूरा गरिन् । Continue reading “माल्दिभ्सविरुद्ध नेपालको गोल वर्षा, ९-० गोलले विजयी”
स्थानीय तहको निर्वाचन गर्न प्रमुख तीन दल सहमत
प्रमुख तीन दलबीच स्थानीय तहको निर्वाचन गर्ने विषयमा सकारात्मक छलफल भएको छ। बुधबार प्रधानमन्त्री कार्यालय सिंहदबारमा बसेको प्रमुख तीन दलको बैठकमा नेताहरुले स्थानीय तहको निर्वाचन गर्ने विषयमा सकारात्मक छलफल भएको जनाएका छन्। Continue reading “स्थानीय तहको निर्वाचन गर्न प्रमुख तीन दल सहमत”
जय पहिचान !! [कविता]
-रेशम चौधरी
हामी फुट्छौँ, उनीहरु जुट्छन्
हामी बस्छौं, उनीहरु उठ्छन्
हामीबीच बिभाजन छ,उनीबीच एकता
हामी इतिहास बेच्छौँ,उनीहरु अनेकता
किन नसिकेको हामीले उनिबाट??
ढाँट्नुपर्छ,छल्नुपर्छ,
मित लगाएर भएपनी
यिनको जाएदात हडप्नुपर्छ।।
एउटैले गाउँभरको पुरेत्याँइ चलाइरहँदा
हामीले आफ्नालाइ बोक्सो भन्दै
मलमुत्र खुवाइरहेका हुन्छौं
हाम्रा मन्तर जन्तरमा नउनिँदा,
माटोमा छेस्कोले कोर्दै
हाम्रो भबिस्यबाणी गर्ने बाजेलाइ भने
ज्योतिष ताजका साथ
दक्षिणा चढाइरहेकै हुन्छौं ।।
गाउँमा एक्लै भित्रिएको बाजेको
आजभोलि टोल छ
तर हाम्रा मुलबासीको प्रत्येक घर
गोल मटोल छ
उनका छोरा सचीव छन,सिपाही छन
सेनापती छन
हाम्रा छोरा कोही खोरिया खन्छन,
कोहि खाडीमा छन्
कोहि उनको ड्राइभर बनेर
मर्सिडिज,बेन्ज गाडीमा छन् ।।
हामी पिउछौँ,उनिहरु पनि पिउछन
हामीले पिए जाँड हुन्छ,उनले पिउने वाइन
हामी हाम्रै गाउँघरको पहिचानी कोदोको पिउछौँ
उनि बिदेशी पिउँछन्
फरक यति हो
बिदेशी पिउनेहरु,बिदेशी पहिरनमा ठाँट्टिनेहरु
बिदेशमा उपचार गराउनेहरु
आज राष्ट्रबादका कुरा गर्छन्
हामी सरकारी अस्पतालमा सिटामोल पर्खिनेहरु
देशद्रोही अराष्ट्रिए तत्व पो हुन्छौं त???
जसको छानो खरको छ
जसको बस्तु बाँध्ने गोठ छ
जो संग संस्कृति परम्परा र पहिचान छ
उ केवल आज त्यही सम्मानको पर्खाइमा छ
जसको महल छ
गाडी थन्क्याउने ग्यारेज छ
सँस्कृती परम्परा बिहिन छ
उ पहिचान पकेटमा राखेर
आफ्नो बाउको बपौती ठान्दैछ।।
आउ पहिचान बादी हो!!!
खोसौँ आफ्नो अधिकार
हिजो पुर्खाले बनमा चितुवाको मुखबाट
भेँडा खोसे जस्तै
कुखुरा चोर्दा स्याललाइ लखेटे जस्तै
भकारीको धान चोर्ने मुसालाइ
खनी खनि खाएजस्तै
खोसौँ,लखेटौँ,खाँऔ
पहिचानको स्थापनाका लागी
यत्ति त गरौँ !!
त्यसैले,आउ! एउटा कुराको प्रण गरौँ
पहिचानबादी सबै हातेमालो गरौँ
एकतामा अनेकता,यहि हाम्रो बिशेषता
मुलबासिको पहिचान यही हाम्रो जायजेथा।।।
जय पहिचान !!!!!
सांसद गंगा चौधरीलाई खुल्ला पत्र
माननीय गंगा चौधरी (सत्गौंवा) ज्यू
अभिवादन जय थरुहट
आत्मसम्मान, पहिचना, न्याय र अधिकारका लागि करिव डेढ वर्षदेखि निरन्तर भईरहेको थरुहट आन्दोलन लगायत आदिवासी जनजाति, मधेसी मुस्लिम, उत्पीडित जाति, वर्ग, लिंग क्षेत्रको सशक्त संघर्ष चलिरहेकै बेला तपाईले नयाँ दल खोल्ने र थरुहट तराई पार्टी नेपालबाट निश्कासन गरिएको विषयले पुषको मनै कठ्याङ्ग्रिने जाडोमा पनि नेपालको राष्ट्रिय राजनीतिक माहोल निकै ततायो । थरुहट तराईमा झनै चलिरहेको शितलहरबाट बच्न आगोको धुनी ताप्दै गरेका बृद्ध बृद्धा, यूवा युवती देखि कौरामा मकैको लावा खाइरहेका बालबालिकाहरु सहित आमनेपाली जनसमुदायको मुखबाट निकै सम्भावना बोकेको थरुहट तराई पार्टी नेपाललाई फोडेर नयाँ दल खोल्ने हर्कत कीन गरिन भन्दै व्यापक चिन्ता, चासो र कौतुहलताको बिषय बनेको छ । यस गम्भिर सवालमा हरेकले आ–आफ्नै हिसाबले व्याख्या विश्लेषण गरिरहेता पनि यसो हुुनुको मुल कारण तपाई की त थरुहट तराई पार्टी नेपालका पदाधिकारीहरुलाई मात्रै थाह होला । आशा गरौं इतिहासको गर्भमा नहराई जनताहरुको बीचमा एकदिन सत्य तथ्य पक्कै आउने छ भन्ने विश्वास लिएकी छु । Continue reading “सांसद गंगा चौधरीलाई खुल्ला पत्र”
मधेसी आयोग- कि अधिकार सम्पन्न बनाउ, नभए नबनाउ
मधेसी अगुवाहरुले संविधानमा व्यवस्था गरिएको मधेसी आयोग बनाउँदा अधिकार सम्पन्न शक्तिशाली संवैधानिक आयोगका रुपमा बनाउन सुझाएका छन् । आयोगको काम, कर्तव्य र गठन सम्बन्धमा सरकारले तयार पारेको विधेयकमाथिको छलफलमा मधेसबाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधि, प्राध्यापक, कानुन व्यवसायी, सामाजिक अभियन्ताहरुले देखाउनलाई मात्र गठन गरिने आयोगको औचित्य नरहेको बताए । Continue reading “मधेसी आयोग- कि अधिकार सम्पन्न बनाउ, नभए नबनाउ”
नेपाल्स स्टार मोडलमा सबनम चौधरी भइन् फस्ट रनरअप
गत शनिबार जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न ‘नेपाल्स स्टार मोडल २०१६’ को उपाधि आशिष कुमार मिश्र र अप्सरा थापाले जितेका छन्। सिद्धि मिडिया प्रा.लि.को आयोजनामा संचालन भएको सो मोडल प्रतिस्पर्धामा आशिषले वेष्ट वाक र मस्ट ह्यान्डसम विधाको अवार्ड पनि जित्न सफल भए भने अप्सरा वेष्ट वाक र फोटोजेनिक विधाको विजेता पनि बनिन्। Continue reading “नेपाल्स स्टार मोडलमा सबनम चौधरी भइन् फस्ट रनरअप”