च्याउखेतिबाट मासिक ६० हजार आम्दानी

सन्तोष दहित/दाङ।

घोराही नगरपालिका वडा नं. २ मघै गाउँका कोपिला कृर्षि महिला समुहले च्याउखेतिबाट मासिक ६० हजार भन्दा वढी आम्दानी गर्दै आएको छ । पछिल्लो समयमा च्याउखेतिबाट बजारमा राम्रो बजारिकरण भइरहेकोे बेला मघै गाउँका महिलाहरुले पनि च्याउखेतिमा आकर्षित भएका हुन् ।

बजारको नजिकै भएकाले र अरु व्यवसायभन्दा पनि सजिलो भएको हुदाँ ती महिलाहरुले पनि सामुहिकमा च्याउखेतिको सुरुवाट हुन् । उनीहरुले हिजोआज दैनिक १० किलोदेखि लिएर १२ किलोसम्म च्याउ विक्री गर्दै आएका छन् । समुहका सदस्य सीता चौधरी भनिन्, ‘हिज त १७ किलो च्याउँ बेच्यों, विहान ८ किलो बेचिम अहिले बेलुका फेरी बेच्ने जाने हो ।’ कोही यही घरमा किन्न आउनुहुन्छ ।’

प्रतिकिलो दुइसय रुपैयाको दरले बेच्दै आएको जानकारी गराउदै चौधरीले भनिन्, ‘बजारमा च्याउ पु¥याउन पाउदैनौ बाटैमा सक्किहाल्छ, बजारको भन्दा ताजा भएकाले पनि होला, सवैले हाम्रो च्याउ किन्ने गर्नुहुन्छ ।’ करिब ५ हजार लागनी गरेर सुरुवाट गरेको च्याउखेतिको पहिलो चरणमा लागनी उठिसेको पनि चौधरीले बताइन् । २२ जना आवद्ध रहेको उक्त समुहले पालै पालो च्याउ बेच्ने जाने उहाले बताउछन् ।

दुईवटा घरमा करिब १ सय ३९ वटा पोकामा च्याउ खेती गर्दै आइरहेका कोपिला कृषि महिला समुहले च्याउ खेतीबाट आएको आम्दानी समुहको खातामा जम्मा गर्दै आइरहेका छन् । समुहका सदस्य आशा चौधरीले भने–‘यही बचत भएको पैसाले गाउँघरमा कसैलाई दुःख अप्ठ्यारो परेको बेला सहयोग गर्छाै ।, कति खेर के हुन्छ कसैलाई थाहा हुदैन ।’

‘हाम्रो समुह भएपछि अहिले गाउँमा पनि धेरै सहज भएको छ, चौधरीले थपिन्,– ‘पहिला गाउँघरमा कोहि विरामी भयो या केही समस्या भयो भने पैसा कहाँ खोजौं खोजौं हुन्थ्यो, अहिले त समुह छ केही भयोकी सस्तो ब्याजमा गाउँमै ऋण पाइन्छ ।’ ‘हामीले गाउँकालाई २ प्रतिशत ब्याजमा ऋण दिइरहेका छौ, उनले भनिन्, ‘अन्य बाहिरकालाई भने समुहको निर्णय बमोजिम हुन्छ ।’

गैंडाको अाक्रमणबाट शेरगन्जकी तीन वर्षीया बालिकको मृत्यु

जीतनारायण थनेत/नवलपरासी।
नवलपरासीको कावासोती १५ शेरगञ्जमा गैंडाको आक्रमणबाट एक जना बालिकाको ज्यान गएको छ। इलाका प्रहरी कार्यालय नवलपुरका अनुसार शेरगञ्ज निवासी ३ वर्षीया सोयता महतोको गैँडाको आक्रमणबाट ज्यान गएको हो। Continue reading “गैंडाको अाक्रमणबाट शेरगन्जकी तीन वर्षीया बालिकको मृत्यु”

हाइजम्पमा केशरी चौधरीले जितिन् स्वर्ण, यो नै अन्तिम पदक !

चिकित्सको सुझाव थियो- अब उफ्रने स्पर्धामा नउत्र। तर केशरी चौधरीको कला नै उफ्रने र दौडने हो। उनले यही नशाको कारण ढाडको नशा च्यापिएको दुखाइ लाई लुकाइन् र उफ्रिइन्। अन्ततः छैटौंमा झैँ सातौ राष्ट्रिय खेलकुदमा पनि महिला हाइजम्पको स्वर्ण उनकै नाममा रह्यो। तर यो स्वर्णसँगै उनले हाइजम्पको यात्रालाई अब सधैँका लागि बिसाएकी छिन्। Continue reading “हाइजम्पमा केशरी चौधरीले जितिन् स्वर्ण, यो नै अन्तिम पदक !”

नवलपुरलाई प्रदेश नम्बर ५ मा नराखेसम्म थारुहरुले आन्दोलन चर्काउने

थारु कल्याणकारिणी सभा नवलपरासीले नवलपुर क्षेत्रलाई प्रदेश नम्बर ५ मा लैजानुपर्ने भन्दै शनिबार विरोध सभा गरेको छ । जिल्लाको परासी क्षेत्र प्रदेश नम्बर ५ र नवलपुर क्षेत्र ४ मा राखीएको भन्दै चरणबद्ध आन्दोलनमा रहेको सभाले शनिबार विरोध सभा गरेको हो । चितवनदेखी कञ्चनपुरसम्म थारु बाहुल्यता क्षेत्र भएको भन्दै यसलाई थरुहट प्रदेशमा रुपान्तरण गर्न समेत माग गरीएको छ । Continue reading “नवलपुरलाई प्रदेश नम्बर ५ मा नराखेसम्म थारुहरुले आन्दोलन चर्काउने”

थाकसको विद्यार्थी सभा गठन, विद्यार्थी समाजले डाक्यो सचिवालय बैठक

थारु कल्याणकारिणी सभा (थाकस)ले थारु विद्यार्थी सभा गठन गरेको छ। राजधानीमा आयोजित प्रथम भेलाले संजय चौधरीको संयोजकत्वमा ४३ सदस्यीय कार्यसमिति बनाएको हो। सभाको प्रशिक्षण विभाग प्रमुख राजकुमार लेखीको प्रमुख आतिथ्यमा भेला सम्पन्न भएको हो। कार्यसमितिमा अधिकांश सदस्यहरु थारु विद्यार्थी समाजका रहेका छन्। विद्यार्थी समाजले विवाद मिलाउन भन्दै उपत्यका कमिटी खारेज गरेपछि संजय नेतृत्वको टोली रुस्ट बनेको थियो। जसका कारण उनीहरु थारु कल्याणकारिणी सभामा आबद्ध भएको बताइएको छ।

यता थारु विद्यार्थी समाजका अध्यक्ष चन्द्रप्रसाद चौधरीले सोहीबारे छलफल गर्न सचिवालय बैठक डाकेका छन्। समाजको विधानअनुसार केन्द्रीय सचिव प्रेमा चौधरी र केन्द्रीय सदस्य संजय चौधरीलाई स्पष्टीकरण सोधिने र चित्तबुझ्दो जवाफ नआए साधारण सदस्यसमेत नरहनेगरी हटाउन सकिने अध्यक्ष चौधरीले बताए।

यता लेखीले सभामा युवाहरुको सहभागितालाई मध्यनजर गरेर विद्यार्थी सभा गठन गरेको बताए। सभामा सबै क्षेत्रबाट युवाहरुको सहागिता अपरिहार्य रहेको उनले बताए। भेलामा सभाका प्रचार विभाग प्रमुख रामलाल चौधरी र थारु युवा सभाका अध्यक्ष कानुनलाल चौधरीको पनि सहभागिता थियो।

थारु कल्याणकारिणी सभाको मालिक बन्ने प्रवृत्ति [विचार]

सीताराम चौधरी।

किशोरजी तपाईँसँग मेरो न कुनै ब्यक्तिगत इगो छ, न कुनै इन्ट्रेस्ट नै। तपाईँ दस वर्स पत्रकारिता गर्नुस् वा २० वर्ष त्यो सबाल होइन। सबाल र चासोको विषय यो हो जुन माघीजस्तो पर्वमा किन विवाद भयो र भैराखेको छ? यो जनतालाई जान्ने अधिकार छ। तपाईँले माघीको विषयमा केही भ्रमपूर्ण विचार लेख्नुभाथ्यो, त्यसको यथार्थ कुरा मैले प्रष्ट्याएको मात्र हुँ। किनकि यो साझा विषय भएकाले सबैले थाहा पाउनुपर्छ। Continue reading “थारु कल्याणकारिणी सभाको मालिक बन्ने प्रवृत्ति [विचार]”

थारु गायक गायिकाले गाए कुमार सानु र अल्काको स्वरमा माघी गीत

गायक तथा सञ्चारकर्मी श्रीनिवास चौधरीले थारु नयाँ वर्ष माघीको नयाँ गीत सार्वजिनक गरेका छन्। आदिबासी थारु हमरे धर्तिपुत्र तराईकेलगायत चर्चित दुई सय पचासभन्दा बढी थारु नेपाली भोजपुरी गीत गाएका उनले आइल रे आइल माघी नामक गीत सर्वजनिक गरेका हुन्। थारु जनकबि बमबहादुर चौधरीको शब्द रहेको गीतमा उनलाई नवगायिका अनु चौधरीले साथ दिएकी छन्। गीतमा विकास चौधरीले संगीत दिएका छन् भने महाराजा थापाले संगीत संयोजन गरेका छन्। Continue reading “थारु गायक गायिकाले गाए कुमार सानु र अल्काको स्वरमा माघी गीत”

खिचरा महोत्सवको तयारी तीब्र

कारी महतो/चितवन।

पूर्वी चितवनको खैरहनीमा आयोजना हुनलागेको चौथौं खिचरा महोत्सवको तयारी तीब्र पारिएको छ। महोत्सवको स्टेयरिङ कमिटीको शुक्रबार बसेको बैठकले महोत्सवलाई व्यस्थित र प्रभावकारी बनाउन गठित विभिन्न समिति, उप–समिति लाई सक्रिय बनाएर कार्यसम्पादनमा लाग्ने निर्णय गरेको छ। Continue reading “खिचरा महोत्सवको तयारी तीब्र”

प्रधानमन्त्रीलाई लहरुमा डुलाउने रहर पूरा भएन

अविनाश चौधरी/धनगढी।

राष्ट्रको कार्यकारी प्रमुखलाई परम्परागत शैलीमा स्वागत गर्ने तयारी गरेका कैलालीको हसुलिया–२ बड्का मुडा गाउँका कृषकको रहर पूरा हुन सकेन। किसानले थारु समुदायको परम्परा अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई लहरु (सानो बयलगाडा) मा बसाएर डुलाउने तयारी गरेका थिए। उनीहरुले लहरुलाई कृषि उपज खुर्शानी, काउली, भन्टा, बाँस लगायतले सजाएका थिए। Continue reading “प्रधानमन्त्रीलाई लहरुमा डुलाउने रहर पूरा भएन”

डण्डामा आज बृहत् विरोध सभा, सांसद सुरेन्द्र चौधरीले सम्बोधन गर्ने

थारु कल्याणकारिणी सभा नवलपरासीले शनिबार भब्य विरोध सभा आयोजना गरेको छ। नवलपरासीको कावासोती-१६ डण्डास्थित थारु राष्ट्रिय संग्राहलयमा विरोध सभा आयोजना हुने सभाका अध्यक्ष गणेशमान महतोले जानकारी दिए। उनका अनुसार नेपाली कांग्रेसका सांसद सुरेन्द्र चौधरीले सम्बोधन गर्नेछन्। Continue reading “डण्डामा आज बृहत् विरोध सभा, सांसद सुरेन्द्र चौधरीले सम्बोधन गर्ने”