नेपाली एथ्लेटिक्समा केशरी चौधरीको नाम नयाँ होइन । उनले खेल्ने हरेक खेलको राष्ट्रिय कीर्तिमान उनैको नाममा छ । बर्दियाकी केशरी अब्बल भइरहँदा उनलाई खुसी हुनुपर्ने धेरै कारणहरु छन् । एकातिर विभागका लागि मेडल जोड्न पाएकी छन् भने अर्कोतिर पुलिसको जागीरले भविश्य सुनिश्चित गराएको छ । Continue reading “सधैं केशरीसँग हार्ने शीला चौधरी भन्छिन्- ‘अवश्य नराम्रो लाग्छ’”
Author: admin
सौराहाको हात्ती महोत्सव र थारु महिला [फोटो फिचर]
पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यसहित चितवनको पर्यटकीय नगरी सौराहामा आजदेखि चितवन हात्ती महोत्सवको सुरु भएको छ । पुस १५ गतेसम्म चल्ने हात्ती महोत्सवलाई परिमार्जनसहित यसपटक १३औँ संस्करणका रुपमा आयोजना गरिएको आयोजक क्षेत्रीय होटल सङ्घ, चितवनले जनाएको छ । Continue reading “सौराहाको हात्ती महोत्सव र थारु महिला [फोटो फिचर]”
भुटानमाथि नेपालको ८ गोल, सावित्रा एक्लैको पाँच गोल
नेपाली महिला फुटबल टोलीले भुटानी महिला फुटबल टोलीलाई पराजित गर्दै चौथो साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा सुखद् सुरुआत गरेको छ । Continue reading “भुटानमाथि नेपालको ८ गोल, सावित्रा एक्लैको पाँच गोल”
एमालेले फुटायाे थरुहट तराई पार्टी ! (यस्ताे छ भित्रि कथा)
मदन चाैधरी/काठमाडौं।
थरुहट तराई पार्टी नेपालले केन्द्रीय उपाध्यक्ष एवं व्यस्थापिका संसदकी सदस्य गंगा चौधरीलाई पार्टीबाट निष्काषन ग¥यो । पटक पटक सचेत गराउँदा पनि अनुशासन पालना नगरेको र नयाँ पार्टी खोल्ने योजना बनाएको पाइएपछि पार्टीले निष्काषन गरेको अध्यक्ष भानुराम थारुद्वारा जारी विज्ञप्तीमा उल्लेख छ । Continue reading “एमालेले फुटायाे थरुहट तराई पार्टी ! (यस्ताे छ भित्रि कथा)”
माओवादी केन्द्रले ल्यायाे पाँच नम्बर प्रदेशमा नयाँ प्रस्ताव
संसद्मा संविधान संशोधन प्रस्ताव पेस भएपछि प्रदेश नं ५ मा विभिन्न पक्षले आन्दोलनमा होमिएको समयमा नेकपा (माओवादी केन्द्र) ५ नं प्रदेशले भने नयाँ प्रस्ताव अघि सारेको छ । दाङको घोराहीमा दुई दिनसम्म चलेको प्रदेश समितिको प्रथम बैठकले नयाँ प्रस्ताव अगाडि सारेको हो । Continue reading “माओवादी केन्द्रले ल्यायाे पाँच नम्बर प्रदेशमा नयाँ प्रस्ताव”
राजधानीमा पहिलाेपटक थारु भाषाको नाटक मञ्चन हुँदै
गुरुकुलमा कमलरी नाटकको मञ्चनपछि राजधानीको नाटक घरमा थारु नाटकको खडेरी नै परेको थियो । यस्तोमा दर्शकलाई फरक स्वाद दिलाउन लामो समयपछि केही रङ्गकर्मीहरु जुर्मुराएर थारु भाषा र समुदायमा आधारित नाटक तयार पारेका छन् । पुस १५ देखि २३ गते सम्म सर्वनाम थिएटर, कालिकास्थानमा सुशील चौधरीको लेखनमा ‘भुरभुरा रहर’ नाटक मञ्चन हुँदैछ । यसको निर्देशन प्रणव आकाशले गरेका छन् ।
सखिया नाच्न मुजुरा नहुँदा व्यथित छोरीको रहर पूरा गर्न बाबुले भेंडा मात्रै होइन, आमाको गहना समेत बेच्छन् । यसमा माछा मारेको, गुरुवा बनेको, बाँदर नचाएर सिधा उठाएको लगायत दृष्य छ । निर्देशक प्रणवले थारु समुदाय तथा भाषाभाषीको लागि भुरभुरा रहर एउटा महान चाड रहेको बताए । ठेट दङ्गाली थारु लवजमा नाटक मञ्चन हुने भएकाले यसलाई दर्शक तान्न भने गाह्रो छ ।
नन्दुराज चौधरी, इन्द्र चौधरी, अन्जु चौधरी, दोषहरण चौधरी, भूमिका चौधरी, गायत्री चौधरी, शान्ति चौधरी, दीपा चौधरी, सरिता चौधरी पछल्डंग्या, भीष्मा चौधरी, निरज चौधरी, दीपक चौधरी दीप र जीतु चौधरीले अभिनय गरेका छन् । यस नाटकलाई चम्पन सांस्कृतिक समूहले प्रस्तुत गरेको छ । समूहका अध्यक्ष नन्दुराज चौधरीका अनुसार प्रविधिले साथ दिएमा माघी महोत्सव टुँडिखेलमा पनि नाटक मञ्चन गरिनेछ ।
थारु भाषामा नाटक रहेकाले दर्शक नआइ हल भाडा तिर्न समस्या पो होला कि भन्ने पीर नाटक टोलीलाई छ । त्यसैले, अभियानको रुपमा रहेको नाटक तयारीका लागि भुरभुरा रहर नाटक परिवार सहयोगी हातहरुलाई स्वागत गर्न तयार रहेको कुरा बताएको छ । राजनितिज्ञ, पत्रकार, समाजसेबी, चलचित्रकर्मी, दर्शक लगायत सम्पुर्ण बौद्धिक वर्गमा सकेको सहयोग गरिदिन अनुरोध गरेको छ ।
सम्पर्क व्यक्तिहरुमा नन्दुराज चौधरी (९८५१०६९२०१) र सुशील चौधरी (९८४८०८१७२२)रहेका छन् ।
भाषा जोगाउँदै बाराका थारु, माघ १ गतेबाट थारु भाषाको पत्रिका निस्किने
नागेन्द्र चौधरी/बारा।
आदिबासी जनजातिको रुपमा स्थापित तराईमा बसोबास गर्ने थारु जातिहको भाषा, साहित्य सभा चौथो जिल्ला अधिवेशन बाराको डुमरवानामा सम्पन्न भएको छ। थारु भाषा साहित्य सभाका संयोजक परसुराम चैधरी तथा थारु कल्याणकारीणी सभाका केन्द्रीय सदस्य हृदय नारायण चौधरीको प्रमुख अतिथिमा अधिवेशन सम्पन्न भएको छ। अधिवेशनमा थारु भाषाको पत्रिका ईजोत माघ १ गतेदेखि प्रकाशन हुने जनकारी दिइयो।
कार्यक्रमका बक्ताहरुले थारु भाषालाई लिपिबद्ध गरी पाठ्यक्रम बनाउन जोड दिनुपर्ने र वास्तविक थारु भाषालाई पहिचान गरी एकरुपता ल्याउन जरुरी रहेको बताएका छन्। थारु भाषालाई तराईमा बोलिने बजिका,भोजपुरी भाषामा समावेस गर्न नहुने उनीहरुको सुझाव थियो।
तराईमा २० लाख जनसंख्यामा रहेका थारुहरुको भाषा साहित्य संरक्षण हुन नसकेको उनीहरुले बताए। कार्यक्रममा थारु सांसदहरुलाई बोलाइए पनि सहभागी भएका थिएनन्।
अधिवेशनलाई लाई थारु कल्याणकारिणी सभाका केन्द्रीय सदस्य हृदय नारायण चौधरी, रामप्रसाद चौधरी, महेन्द्र चौधरी, सुमित्रा देबी चौधरी, कौसिला देबी चौधरी,अक्ष्य चौधरी, टीका चौधरी, रामचन्द्र चौधरी, राधेश्वाम सिवाकोटी, सोहन चौधरी, रुपलाल चौधरीलगायतले सम्बोधन गरेका थिए। कार्यक्रम धृवप्रसाद चौधरीले गरेका थिए।
भिडियो हेर्नुस्:
सांसद गंगा चौधरीले खोलिन् नयाँ पार्टी
दुई सांसद भएको थरुहट तराई पार्टी फुटेको छ। सांसद गंगा चौधरी (सत्गौंवा)ले नयाँ पार्टी गठन गरेकी छन्। उनले थरुहट तराई पार्टी लोकतान्त्रिक गठन गरेको सूचना सभामुखसमक्ष दिइसकेकी छन्। ४० प्रतिशत सांसदले नयाँ दल बनाए त्यसले मान्यता पाउने भएकाले गंगाको नयाँ पार्टीले मान्यता पाउने लगभग निश्चित रहेको संसद सचिवालय स्रोतले जनाएको छ। Continue reading “सांसद गंगा चौधरीले खोलिन् नयाँ पार्टी”
साधारण सदस्यसमेत नरहनेगरी सांसद गंगा चौधरीलाई पार्टीबाट निकालियो
थरुहट तराई पार्टी नेपालले केन्द्रीय उपाध्यक्ष एवं सांसद गंगा चौधरी (सत्गौंवा)लाई पार्टीबाट निष्काषन गरेको छ। पार्टीको विधि, विधान, नियमावली, घोषणापत्र, निर्णय, नीति निर्देशन विपरित कार्य गरेको भन्दै पार्टीबाट निष्काषन गरेको अध्यक्ष भानुराम थारुद्वारा जारी विज्ञप्तीमा उल्लेख छ। Continue reading “साधारण सदस्यसमेत नरहनेगरी सांसद गंगा चौधरीलाई पार्टीबाट निकालियो”
हात्ती महोत्सवमा सेल्फीकली र बिजुलीकलीको डेब्यु
सेल्फीकली र बिजुलीकली नयाँ छिन् । हात्ती महोत्सवमा उनीहरुको पहिलो प्रवेश हो । पवनकलीसहित पुनम, एलिसा, पुष्पा, लक्ष्मी, व्यूटी र समृद्धिकली अन्तर्राष्ट्रिय हात्तीपोलो खेलका पहिलो सहभागी बन्दैछिन् । विगत एक महिनादेखि तालिम दिइएकाले उनीहरु हात्तीपोलोका लागि खारिएका छन् । Continue reading “हात्ती महोत्सवमा सेल्फीकली र बिजुलीकलीको डेब्यु”