बिराटनगरमा सातौं राष्ट्रिय खेलकुदको शुभारम्भ, राष्ट्रपतिद्वारा उद्‍घाटन

राष्ट्रपति विद्यादेवी भण्डारीले आज विराटनगरस्थित सहिद रङ्गशालामा सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको भव्य समारोहबीच उद्घाटन गरिन्। सो अवसरमा उनले खेलाडीलाई मर्यादित, अनुशासित भएर राष्ट्रको प्रतिष्ठामा वृद्धि गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्न आह्वान गरिन्। Continue reading “बिराटनगरमा सातौं राष्ट्रिय खेलकुदको शुभारम्भ, राष्ट्रपतिद्वारा उद्‍घाटन”

एमालेविरुद्ध संघीय गठबन्धनको वक्तव्य

मधेसी मोर्चासहितको संघीय गठबन्धनले प्रमुख प्रतिपक्षी दल एमालेविरुद्ध फेरि वक्तव्य प्रकाशित गरेको छ । बिहीबार संघीय समाजवादी फोरम मूख्यालयमा गठबन्धन बैठकपछि संयोजक उपेन्द्र यादवले जारी गरेको वक्तव्यको पहिलो बुँदामा भनिएको छ, ‘संविधान संशोधन विरोधको नाममा एमालेले दिएको नश्लीय अभिव्यक्ति मुलुकमा जातीय सामाजिक सहिष्णुता भड्काउने र मुलुकलाई विभाजन गर्नेतर्फ उन्मूख रहेकाले राष्ट्रिय एकतालाई कमजोर पारी मुलुकलाई अनिश्तित गृहयुद्धतिर धकेल्ने एमालेको यस प्रतिगमनकारी गतिविधिको हामी घोर भर्त्सना गर्दछौं ।’ गठबन्धनका वक्तव्यमा एमालेले संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी लोकतन्त्रजस्ता उपलब्धि धरापमा पारेको समेत आरोप लगाइएको छ । Continue reading “एमालेविरुद्ध संघीय गठबन्धनको वक्तव्य”

पूर्वराजा ज्ञानेन्द्रकाे कडा राजनीतिक वक्तव्य, भने- सबै नेपाली जाग्नै पर्ने भाे

पूर्वराजा ज्ञानेन्द्र शाहले मुलुकलाई अस्थिरता र अराजकताको आगोले जलाइरहेको भन्दै राष्ट्रलाई कमजोर पार्ने र राष्ट्रिय गौरव भेट्ने कार्य असैह्य भएको बताएका छन्। बुधबार साँझ एक विज्ञप्ति जारी गरी पूर्व राजा शाहले नेपालीबीच सामाजिक सद्भाव मेट्ने, तराई, पहाड र हिमालमाझको ऐक्य भाव तोड्ने भगीरथ प्रयत्न भइरहेको भन्दै ती कार्य क्रान्तिकारी, परिवर्तनकारी वलिदानी आदि शब्द भावको दुरुपयोग गर्दै राष्ट्रलाई कमजोर पार्न प्रयोग रिएको उल्लेख गरेका छन्। Continue reading “पूर्वराजा ज्ञानेन्द्रकाे कडा राजनीतिक वक्तव्य, भने- सबै नेपाली जाग्नै पर्ने भाे”

पूर्वाग्रही देख्ने सीतारामजीलाई मेरो जवाफ

किशोर चौधरी।
गत शनिबार थारु समुदायमा निकै लोकप्रिय अनलाइन समाचार पोर्टल ‘थारुवान डटकम’मा ‘माघीको नाममा फट्दैछन् थारु समुदाय’ नामक लेख लेखेको थिएँ। मेरो लेखमा या मलाई व्यक्तिगत रुपमा थारु विद्यार्थी समाजका कोषाध्यक्ष सीताराम चौधरीज्यूले देख्नुभएको पूर्वाग्रही चस्मा र लगाएको आरोपलाई खण्डन गर्दै प्रष्ट्याउन जमर्को गर्दैछु । सर्वप्रथम त धन्यवाद सीतारामजी गलतै सही मेरो लेखलाई तपाईँको आँखाले देख्न सक्यो। मेरो लेखलाई तपाईँजस्तै कैयन युवाहरुले थारुवान डटकममा नियाल्नुभएको छ। कतिले राम्रा भन्यो कतिले नराम्रो आफ्नो विचार राख्न स्वतन्त्र छ यसमा मलाई भन्नु केही छैन। तर मलाई दुःख लागेको छ तपाईँजस्तो होनहार युवाले मेरो लेखलाई सही तरिकाले बुझ्न सक्नुभएन, सही विचार र तर्कबाट खण्डन गर्न सक्नुभएन जो आफैँमा लज्जाबोध भएको छ। सामान्य कुरालाई सामान्यरुपमा नलिएर ठूलै सम्झिएर टुप्पोमा पुर्याउन खोजेको देख्दा हासो पनि उठिराखेको छ। मैले उठाएको कुरालाई कतै नछोइकन अपरिपक्व खण्डन गरेको देख्दा दया लागेको छ तपाईँप्रति। सार्वजनिकरुपमा व्यक्तिगत चरित्रमाथि धावा बोल्दा जोकोहीलाई खल्लो महसुस हुन्छ यही मानवीय चरित्र हो। हिजो तपाईँ आबद्ध संस्थाको कमी कमजोरीलाई औँल्याउँदा तपाईँलाई खल्लो महसुस भएको थियो त्यो स्वभाविक हो। लागेको आरोप खण्डन गर्नु तपाईँको उत्तरदायित्व हो म राम्रोसँग बुझेको छु। लागेको आरोप प्रस्ट्याउनको साटो मेरो व्यक्तिगत र पेसामाथि औँला उठाउनु असोभनीय देखिएको छ सीतारामजी। Continue reading “पूर्वाग्रही देख्ने सीतारामजीलाई मेरो जवाफ”

बन्द गराउँदै हिँड्ने नासपाका कार्यकर्ता पक्राउ

बन्द गराउँदै हिँडेका नागरिक समाजवादी पार्टी (नासपा)का कार्यकर्तालाई प्रहरी पक्राउ गरेको छ। राजकुमार लेखी नेतृत्वको उक्त पार्टीका कार्यकर्ताहरुले आजको घोषित तराई बन्दअन्तर्गत सिरहाको लहानमा बाटो अवरुद्ध गर्ने क्रममा पक्राउ गरेको सिरहा प्रहरीले जनाएको छ। Continue reading “बन्द गराउँदै हिँड्ने नासपाका कार्यकर्ता पक्राउ”

जनजाति महासंघबाट एमालेसँगै थारु पनि बढारियो, अध्यक्षमा जगत बराम विजयी

नेपाल आदिवासी जनजाति महासंघको नवौं राष्ट्रिय महाधिवेशनबाट जगत बराम विजयी भएका छन् । नयाँ नेतृत्वका लागि एमालेका तर्फबाट उम्मेदवार बनेका सुर्य भुजेललाइ ८ मतले पछि पार्दै काँग्रेस र माओवादी केन्द्रलगायत दलको प्यानलका उम्मेदवार बराम विजयी भएका हुन् । महासंघमा एमाले सबै सीटमा पराजीत भएकाे छ । Continue reading “जनजाति महासंघबाट एमालेसँगै थारु पनि बढारियो, अध्यक्षमा जगत बराम विजयी”

Christmas & New Year Offer

Hurry up !!
Wajah Al Baraa Al Jameela Ladies Saloon
special beauty package for Christmas & New Year (10 Dec- 31 Jan)
Al mareeja street Near nazamat lahor restaurant, Sharjah, UAE
Tel: +97165516632, Mob: 0504255788,
Satuday-Thursday: 10 am – 10 pm, Friday: 2 pm

pc
ladies-saloon-01

ladies-saloon-02

ladies-saloon-%e0%a5%a6%e0%a5%a9

ladies-saloon-04

ladies-saloon-05

ladies-saloon-06

ladies-saloon-08

ladies-saloon-%e0%a5%a6%e0%a5%af

ladies-saloon-10

ladies-saloon-11

 

जनजाति महासंघको महाधिवेशनमा कांग्रेस-एमालेको टक्कर

नेपाल आदिवासी जनजाति महासंघको नयाँ नेतृत्वका लागि काँग्रेस र एमाले नजिकका उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको छ । चितवनको नाायणगढमा भइरहेको नयाँ कार्यसमिति चयनको महाधिवेशनमा अध्यक्षका लागि दुई जनाको उम्मेद्वारी परेको छ । काँग्रेस निकट कोषाध्यक्ष जगत बराम र एमाले निकट उपाध्यक्ष सूर्य भुजेलको प्यानल चुनावी मैदानमा छ । Continue reading “जनजाति महासंघको महाधिवेशनमा कांग्रेस-एमालेको टक्कर”

सात दिन चल्ने चौथो खिचरा महोत्सव खैरहनी रङ्गशालामा हुने

कारी महतो थारु/खैरहनी

विगत तीन वर्षदेखि हुँदै आएको खिचरा महोत्सव यसवर्ष खैरहनी नगरपालिका वार्ड नं. ५, जबकौली स्थित प्रस्तावित खैरहनी रङ्गशाला, गौचरनमा हुने भएको छ। यसअघि दुई वर्ष सुल्ताना निमाविको चौर र एक वर्ष खैरहनी उच्च मा.वि.को चौरमा सम्पन्न भएको महोत्सव विभिन्न कारणले स्थान परिवर्तन हुँदै यस वर्ष गौचरनमा हुने कुरा महोत्सव मूल आयोजक समितिका संयोजक तथा थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं. ७ का सभापति नारायण प्रसाद महतोले जानकारी दिनु भएको हो। विगतमा स्कुलका चौर प्रयोग गरी महोत्सव हुने गरिएकोमा बिस्तारै महोत्सव हुने समय लम्बिदैं जाँदा विद्यार्थीहरुको प्रतिकूल असर पर्न गएकोले यसवर्षदेखि स्कुलहरुलाई असर नपर्ने स्थान खोजी गर्ने क्रममा गौचरन सर्बोत्तम हुने देखिएको साथै यो चौरमा निकट भविष्यमै रङ्गशाला निर्माण हुन गइरहेकोले यसको प्रचारप्रसारको लागि पनि यो स्थान महोत्सवको लागि अतिउत्तम देखिएको संयोजक महतोले बताउनु भयो। गतवर्ष ५ दिन चलेको महोत्सव यसवर्ष ७ दिन हुने जनाइएको छ। Continue reading “सात दिन चल्ने चौथो खिचरा महोत्सव खैरहनी रङ्गशालामा हुने”

झेल्ली राजनीति [विचार]

रेशम चौधरी।

पहिचानको परिभाषा समेत नबुझ्नेसँग मुलुक बिकासको के अपेक्षा गर्नु,खोइ ? के साँच्चिकै पहिचानसहितको संघीयताको परिभाषा नबुझेको हो र ? कि बुझेर पनि बुझ पचाएको हो ? अहिले धेरैले पहिचानको कुरा गर्दा जातीयताको कंकड छ्वास्स मिसाइदिन्छन र संघीयताको भोजनलार्इ अस्वादिलो बनाइदिन्छन । पहिचानले मुलुक बिखण्डन हुन्छ भन्नेहरुलार्इ अध्ययन नगरिकनै पन्डित्याइ गर्ने धुर्त बाजेहरुको समुह हो भन्दा फरक नपर्ला । बिचार स्थापनाका लागि मार्क्स, लेनिन, माओका कुरा गर्ने, बि पिका बिचार अनुसरण गर्ने हाम्रा अग्रज भनाउँदा नेताहरुले बिश्वको पहिचानको दुइचार अक्षर नपढेका होलान् भनेर कसरी पत्याउने ? पढेर बुझ पचाउनेहरुलार्इ नै भनिन्छ, पुरातन सोचका ढोङ्गी। Continue reading “झेल्ली राजनीति [विचार]”