जेलबाटै गच्छदार नेतृत्वको पार्टी परित्याग गरेको लक्ष्मण थारूको घोषणा

लखन चौधरी/धनगढी।

थरुहट नेता लक्ष्मण थारुले विजयकुमार गच्छदार नेतृत्वको मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक) पार्टीबाट राजीनामा दिएका छन्। फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्यसमेत रहेका नेता थारुले आज (सोमबार) एक विज्ञप्ती जारी गर्दै पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका हुन्।

टीकापुर घटना घटाएको अभियोगमा १६ महिनादेखि जेल जीवन बिताउँदै आएका उनी स्वतन्त्ररुपमा जीवनयापन गर्नका लागि राजीनामा दिएको जानकारी दिएका छन्। यद्यपि उनले आफूहरुलाई पार्टीले पूर्णरुपमा उपेक्षा गरेकोले पनि राजीनामा दिएको खुलासा गरेका छन्।

आजै (सोमबार) फोरम लोकतान्त्रिक पार्टीलाई पनि फ्याक्स गरी राजीनामाबारे जानकारी गराएको नेता थारुले जानकारी दिए। उनले फोरम लोकन्त्रिक परित्यागपश्चात आफ्नो कुनै राजनीतिक दलमा प्रवेश गर्ने योजना नरहेको सुनाए। ‘जेलभित्र बसेर कुनै पनि राजनीतिक दलमा रहनु मलाई उचित लागेन, स्वतन्त्र रुपमा रहन चाहान्छु’, उनले भने।

त्यस्तै, उनीद्वारा जारी विज्ञप्तीमा उल्लेख छ– ‘दुखद टीकापुर घटनाको बनावटी झुटा मुद्दामा विगत १६ महिनादेखि कैलाली कारागारमा छु, त्यसै आरोपका अन्य २२ जना पनि यसै कारागारमा छन्। सम्मानित अदालतले न्याय दिनेमा आशावादी छौं।’

विज्ञप्तीमार्फत् थरुहट नेता थारुले शान्तिपूर्ण थरुहट आन्दोलनले सफलता पाउनेमा कुनै दुई मत नरहेको बताएका छन्। आफूहरु निर्दोष रहेको, देशलाई विखण्डन नचाहेको, जातीय सदभाव विगार्ने, दंगा भड्काउने काम नगरेको तथा नचाहेकाले सफलता मिल्नेमा विश्वास व्यक्त गरेका छन्। तर लामो समयको दासत्वको पीडा सहन तयार नरहेको अडान राख्दै राजनीतिक, आर्थिक, सामाजिक, कानसनी र संवैधानिक अधिकार प्राप्तीको लागि शान्तिपूर्ण आन्दोलनमा लाग्न आमनागरिकलाई अपिल समेत उनले गरेका छन्।

नेता थारुलाई ०७२ भाद्र २२ गते भैरहवाबाट पक्राउ गरिएको थियो।

ट्रमा सेन्टरमा उपचाररत माधव थारुलाई सहयोग जुट्दै

थरुहट तराई पार्टी नेपालका केन्द्रीय सदस्य एवं थरुहट थारुवान संयुक्त संघर्ष समिति कैलालीका प्रवक्ता माधव थारुको उपचारका लागि सहयोग रकम जुट्के क्रम जारी छ।  थरुहट तराई पार्टी नेपाल र बर्दियाली थारु विकास मञ्चले संयुक्तरुपमा आह्वान गरेको अपिलपछि हालसम्म एक लाख १६ हजार ९ सय २६ रुपैयाँ संकलन भएको छ। थरुहट तराई पार्टी नेपालका केन्द्रीय सचिव मीनराम चौधरीका अनुसार सहयोग रकम जुट्ने क्रम जारी छ।

मुख्य करङ नै भाँचिएपछि थारुको शरीरको अन्य अंग शिथिलप्रायः छन् । शल्यक्रियाका लागि सबै चिजको आवश्यक तयारी पूरा भइसकेको र चिकित्सकसँग पनि समय लिइसकेको सचिव चौधरीले जानकारी दिए।

गत मंसरि २३ गते मोटरसाइकल दुर्घटना परी उनी घाइते भएका थिए।

सिकार खेल्न गएका वासु थारुको गोली लागेर मृत्यु

गैरकानुनी रुपले जङ्गलमा सिकार खेल्न गएका एक व्यक्तिको गोली लागेर मृत्यु भएको छ । रुपन्देहीको सैनामैना नगरपालिकास्थित पर्रोहा सामुदायिक वनको गङ्गानगर क्षेत्रमा गैरकानुनी रुपले चोरी सिकारी गर्न गएका समूहका सिकारीमध्ये सैनामैना नगरपालिका–२ सोरौलीका करिब ६० वर्षीय वासु थारुको आइतबार गोली लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय रन्यौराले जनाएको छ । Continue reading “सिकार खेल्न गएका वासु थारुको गोली लागेर मृत्यु”

राष्ट्रिय थारु साहित्यिक मेलाके लाग समिति गठन

कैलालीके धनगढीमे अइना चैत्र २३,२४ ओ २५ गते हुइना राष्ट्रिय थारु साहित्यिक मेला २ के लाग टमान समिति गठन करल बा ।
मेलाके लाग हिरालाल सत्गौवाके संयोजकत्वमे १० सदस्यीय मूल समितिगठन करल बा । जेकर सदस्यमे सुशील चौधरी, रविना चौधरी, जीतबहादुर चौधरी, गंगा डंगौरा, बालकृष्ण चौधरी, सत्य नारायण चौधरी, उषा चौधरी, अनिता चौधरी ओ दिपक चौधरी रहल बटै । ओस्टेक बालकृष्ण चौधरीके संयोकत्वमे प्रचारप्रसार समिति गठन करल बा जेकर सदस्यमे लखन चौधरी ओ दुर्जन चौधरी रहल बा । Continue reading “राष्ट्रिय थारु साहित्यिक मेलाके लाग समिति गठन”

पत्रकार किशोर चौधरीको पूर्वाग्रही लेख

सीताराम चौधरी।
किशोर चौधरीले थारुवान डटकममा माघीको नाममा थारु समुदाय फुटुदै शीर्षकको लेख पढ्न पाइयो । थारु समुदायमा फुट हुनुहुँदैन भन्ने उहाँको चिन्ता चासोप्रति म सहमत छु तर लेखक पत्रकार महोदयले थारु कल्याणकारिणी सभालाई पृष्ठपोषण गर्दै थारु विद्यार्थी समाजप्रति पूर्वाग्रही ढंगबाट लेखेको लेख पढ्दा मेरो मनले उनको विचारप्रति पटक्कै सहमति जनाउन सकेन। यसर्थ टिप्पणी लेख्न बाध्य भए। Continue reading “पत्रकार किशोर चौधरीको पूर्वाग्रही लेख”

थारु स्रष्टा नगदसहित सम्मानित

जंग्रार साहित्यिक बखेरीको पाँचौ वार्षिक उत्सवमा पाँच जना साहित्यकार सम्मानित भएका छन्। सोही अवसरमा साहित्य र गीत विधामा महत्वपूर्ण योगदान गरेबापत ४ जना स्रष्टाहरु पुरस्कृत भएका छन्। सम्मानित हुनेहरुमा बरिष्ठ साहित्यकार कृष्णराज सर्वहारी, लेखक तथा गायककार सुशील चौधरी, लेखिका बालिका चौधरी, गायक दर्पण कुसुम्या व रेडियोकर्मी सेभेन्द्र कुसुम्या छन्। Continue reading “थारु स्रष्टा नगदसहित सम्मानित”

यसकारण दमदार हुन्छ हाम्रो माघी महोत्सव : संयोजक चन्द्रप्रसाद चौधरी

थारु विद्यार्थी समाजका अध्यक्ष चन्द्रप्रसाद चौधरी राजधानीमा मनाइने माघी महोत्सव मूल आयोजक समितिको संयोजक हुन्। उनीसँग माघी महोत्सवमा देखिएको विवाद र माघी महोत्सवको तयारीबारे थारुवानले गरेको कुराकानी पढ्नुस्। Continue reading “यसकारण दमदार हुन्छ हाम्रो माघी महोत्सव : संयोजक चन्द्रप्रसाद चौधरी”

डिजेल र पेट्रोलको मूल्य बढ्यो, पेट्रोलको नयाँ मूल्य १०१ रुपैयाँ ५० पैसा

पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर ४ रुपैयाँ ५० पैसा बढेको छ। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य वृद्धि भएपछि नेपाल आयल निगमको सञ्चालक समितिले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाउने निर्णय गरेको हो।  Continue reading “डिजेल र पेट्रोलको मूल्य बढ्यो, पेट्रोलको नयाँ मूल्य १०१ रुपैयाँ ५० पैसा”

‘कैलाली, कञ्चनपुरसहित पाँच जिल्लाको लागि महाभारत गर्छौं’

सद्‍भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले झापा, मोरङ्, सुनसरी, कैलाली र कञ्चनपुर आफूहरुले मरेपनि नछोड्ने र त्यसको लागि पछि महाभारत गर्नेगरि अहिलेको संविधान संशोधन प्रस्तावलाई उपलब्धिको रुपमा लिएर यसलाई पारित गर्नेगरि पहल गर्ने बताएका छन्। Continue reading “‘कैलाली, कञ्चनपुरसहित पाँच जिल्लाको लागि महाभारत गर्छौं’”

थारु सांसदको गोप्य भेलाको निर्णय गफाडीको गफजस्तै : राजकुमार लेखी

आठ कक्षाको विद्यार्थी छँदा हालका सूचना तथा सञ्चार मन्त्री राम कार्कीको सम्पर्कमा आएर राजनीतिक गतिविधिमा लाग्नु भएका राजकुमार लेखी मिडियामा छाइरहने नाम हो । उहाँ थारु कल्याणकारिणी सभा (थाकस) बाट प्रतिनिधित्व गर्दै नेपाल आदिवासी जनजाति महासंघको अध्यक्ष हुनु भएको थियो । एमालेको सप्तरी–काठमाडौँ सम्पर्कको अध्यक्ष लगायतको जिम्मेवारी रहेको बेला एमाले परित्याग गरी नयाँ पार्टी गठन गर्दा महासंघको अध्यक्षबाट हटाइनु पर्ने आवाज एमाले वृत्तबाट आएको थियो । प्रस्तुत छ, लेखीसंग कृष्णराज सर्वाहरीले गरेको कुराकानीः Continue reading “थारु सांसदको गोप्य भेलाको निर्णय गफाडीको गफजस्तै : राजकुमार लेखी”