थरुहट प्राप्तीका लागि साहित्यिक आन्दोलनको पनि खाँचो छ : डा दहित

थरुहट तराई पार्टी नेपालका वरिष्ठ नेता एवं सांसद डा गोपाल दहितले थारु बाहुल्य क्षेत्र टुक्र्याएर शासकहरुले जानेरै पहिचान पक्षधरलाई आन्दोलन गर्न बाध्य बनाएको बताएका छन्। त्यसकाविरुद्ध सबै पहिचान पक्षधरले आ-आफ्नो क्षेत्रबाट आन्दोलन गर्नुपर्ने उनको भनाई थियो।

बर्दियाको राजापुरमा शनिबार आयोजित जग्रार जंग्रार साहित्यिक बखेरीको पाँचौ वार्षिक भेलामा उनले भने- सबैभन्दा धेरै थारु भएको जिल्ला कैलाली र बर्दियालाई शासकहरुले दुई टुक्रामा विभाजित गरेको छ। त्यसविरुद्ध सबैले आआफ्नो ठाउँबाट आन्दोलन गर्नुपर्छ। साहित्यप्रेमीहरुले कलमको माध्यमबाट आन्दोलन गर्न जरुरी छ।

उनले सहभागी थारु साहित्यकारहरुलाई थरुहट आन्दोलनमा बल पुर्याजउन साहित्यिक आन्दोलनको सुरुवात गर्नुपर्ने बेला आएको बताउँदै पहिचान र थरुहट प्रदेश स्थापना गराउन कलम चलानुपर्ने बताए। उनले थरुहट प्रदेशका निम्ति आफूहरुले पनि सडक र सदन दुवै किसिमका आन्दोलन गर्दै आएकाले बताए।

उनले बर्दियाको राजापुर क्षेत्र नम्बर ४ निर्माणधीन थरुहट संग्राहालय आफ्नो पार्टीले निर्माण गराइरहेको बताउँदै सबै थारु क्षेत्रमा यस्ता संग्राहलयहरुको निर्माण हुनुपर्ने बताए। त्यसले सबै क्षेत्रका थारु पहिचान र संस्कृतिको संरक्षणमा टेवा पुग्ने उनको भनाई थियो।

उनले जंग्रार साहित्यिक बखेरीले राम्रो कामको थालनी गरेको भन्दै यसलाई फेसबुकमा मात्र सीमित नराखेर संस्थागत बनाउनतर्फ ध्यानाकर्षण गराए। यसले थारुको इतिहासलाई संरक्षण हुने उनको भनाई थियो। कार्यक्रममा उनले थारु युवहरुलाई उच्च शिक्षा हासिल गर्न पनि आग्रह गरे। ‘सबैले थारुहरु पढेका हुँदैनन्। उनीहरुका बुद्धि हुँदैनन् भनेर आरोप लगाउँछन्। त्यसला चिर्न थारु युवाहरु पढ्नुपर्छ। डिग्री, पिएचडी हासिल गर्नुपर्छ,’ डा दहितले भने।

कार्यक्रममा पाँच जना साहित्यकारलाई सम्मान गरिएको थियो। जंग्रार साहित्यिक बखेरीको अभियानलाई सशक्त बनाउन महत्वपूर्ण योगदान गर्ने वरिष्ठ साहित्यकार कृष्णराज सर्बहारी, लेखक तथा कवि सुशील चौधरी, जंग्रार साहित्यिक बखेरीका रेडियो उत्पादक तथा सञ्चालक सेभेन्द्र कुसुम्या, जीवनका बक्र रेखाहरुको लेखिका बालिका चौधरी र नव गायक तथा गजलकार दर्पण कुसुम्या सम्मानित भएको बखेरीका अध्यक्ष सोम डेमनडौराले जानकारी गराए।

tharu-sahityik-vela-13

tharu-sahityik-vela-12

tharu-sahityik-vela-11

tharu-sahityik-vela-10

tharu-sahityik-vela-09

tharu-sahityik-vela-08

tharu-sahityik-vela-07  tharu-sahityik-vela-05

tharu-sahityik-vela-01

tharu-sahityik-vela-04

tharu-sahityik-vela-03

tharu-sahityik-vela-02

बाराबाट थारु भाषाको पत्रिका प्रकाशन हुने

मोहित चौधरी/बारा

बाराको गढीमाई नगरपालिका-५, मा वडा विकास र जातीय उत्थानको लागि वडा स्तरीय भेला सम्पन्न भएको छ। थारु भाषाका आँशुकवि हृदय नरायण चौधरीको अध्यक्षतामा बकुलियामा भएको भेलाले नगरपालिकाबाट छुटयाइएको रकमबाट बकुलियाले धर्म, भाषा र साँस्कृति जर्गेना गर्न पत्रिका प्रकाशन गर्ने तयारी भएको बताइएको छ। साँस्कृति संरक्षण गर्नका लागि पत्रिका प्रकाशन गर्न जरुरी रहेको भेलामा सहभागीहरुले जनाएको छ। Continue reading “बाराबाट थारु भाषाको पत्रिका प्रकाशन हुने”

सङ्घीयता खारेज गर्ने षड्यन्त्र भइरहेको छ : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले कुनै न कुनै रुपले सङ्घीयतालाई खारेज गर्ने षड्यन्त्र भइरहेको बताएका छन्। नेपाल आदिवासी जनजाति महासङ्घको नवौँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले वर्तमान सरकारले चालेको कदमलाई साथ नदिए देशमा ठूलो राजनीतिक दुर्घटना हुने खतरा रहेको बताए। Continue reading “सङ्घीयता खारेज गर्ने षड्यन्त्र भइरहेको छ : प्रधानमन्त्री दाहाल”

जनजाति महासंघमा थारु समुदायबाट प्रेमीलाल चौधरीले कोषाध्यक्षमा उम्मेदवारी दिने

काठमाडौं- आदिवासी जनजाति महासंघको नवौं महाधिवेशनमा थारु कल्याणकारिणी सभाका उपाध्यक्ष प्रेमीलाल चौधरीले कोषाध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन्। उनले थारु समुदायको प्रतिनिधित्व गर्दै महासंघको महाधिवेशनमा उम्मेदवारी दिने भएका हुन्। Continue reading “जनजाति महासंघमा थारु समुदायबाट प्रेमीलाल चौधरीले कोषाध्यक्षमा उम्मेदवारी दिने”

माघीको नाममा फुटदैछन् थारु समुदाय [विचार]

किशाेर चााैैधरी।

थारु समुदायको हकहित र अधिकारको वकालत गर्ने थारुहरुको छाता संगठन अर्थात् थारु कल्याणकारिणी सभा वि.सं. २००५ सालमा स्थापना भएको थियो। तुलना नै गर्ने हो भने वर्तमान नेपाली राजनीतिका प्रमुख तीन घटक नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रको उमेर भन्दा पाको संस्था हो थारु कल्याणकारणी सभा। तर यिनै पार्टीले कैयनपटक देशको बागडोर सम्हालेकाछन् र सम्हाल्दैछन् पनि। Continue reading “माघीको नाममा फुटदैछन् थारु समुदाय [विचार]”

आदिवासी जनजाति महासंघको नवौं महाधिवेशन चितवनमा

नेपाल आदिवासी जनजाति महासंघको नवौ राष्ट्रिय महाधिवेशन पुस २ गते शनिबारदेखि चितवनमा सुरु हुँदैछ । महाधिवेशनको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहालले गर्ने महासंघले जनाएको छ । सोमबार सकिने महाधिवेशनले आउँदो तीन वर्षका लागि नयाँ कार्य समितिसमेत चयन गर्नेछ । महासंघको आठौं महाधिवेशन पनि चितवनमै भएको थियो । Continue reading “आदिवासी जनजाति महासंघको नवौं महाधिवेशन चितवनमा”

नवीन चौधरीको अध्यक्षमा थारु पत्रकारको सप्तरी शाखा गठन

थारू पत्रकार संघ नेपालको सप्तरी शाखा गठन भएको छ। बिहीबार आयोजित भेलाले नवीन चौधरीको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति सर्वसम्मतले चयन गरेको हो। जसको उपाध्यक्षमा भागवती चौधरी (मरर), सचिवमा पार्वती कुमारी सिंह (प्रिया), सहचसिवमा रामनाथ चौधरी र कोषाध्यक्षमा भुपेन्द्र कुमार चौधरी छन्। Continue reading “नवीन चौधरीको अध्यक्षमा थारु पत्रकारको सप्तरी शाखा गठन”

कृषिमन्त्रीको सम्पत्ति : ५ तोला सुन, ४ बिगा बढी जग्गा र धनगढीमा चार वटा घर 

कृषिमन्त्री गौरीशंकर चौधरीले सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। विवरणअनुसार उनको गृहजिल्ला कैलालीको सदमुकाम धनगढीमा ४ वटा घर रहेको छ। जसमा दुइटा पक्की र दुइटा कच्ची छन्। उक्त सम्पत्ति उनले पुर्ख्यौली रहेको उल्लेख गरेको छ। Continue reading “कृषिमन्त्रीको सम्पत्ति : ५ तोला सुन, ४ बिगा बढी जग्गा र धनगढीमा चार वटा घर “

कक्षा ११ को नतीजा प्रकाशित, ५१.७१ प्रतिशत विद्यार्थी उत्तीर्ण

राष्ट्रिय परीक्षाबोर्डले बिहीबार कक्षा ११ को नियमिततर्फको नतिजा प्रकासित गरेको छ। बोर्डले जेठ २ गतेदेखि १२ गतेसम्म सञ्चालन गरेको कक्षा ११ को परीक्षाको नतिजामा यसवर्ष ५१.७१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको परिक्षा नियन्त्रक सन्तोस अर्यालले बताए। Continue reading “कक्षा ११ को नतीजा प्रकाशित, ५१.७१ प्रतिशत विद्यार्थी उत्तीर्ण”

हात्ती आक्रमणबाट पर्साका रोघाई चौधरीको मृत्यु

पर्सा- पर्साको निर्मलबस्ती गाविसमा गएराति जङ्गली हात्तीको आक्रमणमा परी एक व्यक्तिको मृत्यु भएको छ। वनबाट आएको हात्तीले आक्रमण गर्दा निर्मलबस्ती गाविस–४, सिकारीवास टोल निवासी ४५ वर्षीय रोघाई चौधरीको मृत्यु भएको हो। Continue reading “हात्ती आक्रमणबाट पर्साका रोघाई चौधरीको मृत्यु”