ट्याक्टरले ठक्कर दिँदा ईश्वर थनेतको घटनास्थलमै मृत्यु

गैंडाकोट–१२ हर्कपुरमा आज ट्रयाक्टरको ठक्करबाट एक चालकको मृत्यु भएको छ। हर्कपुर भित्री सडकखण्डमा रोकिराखिएको ना५त ७०९ नंको ट्रयाक्टरलाई ना३त ८३७७ नंको ट्रयाक्टरले ठक्कर दिँदा ना५त ७०९ नंको चालक ३४ वर्षीय ईश्वर थनेतको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। रासस Continue reading “ट्याक्टरले ठक्कर दिँदा ईश्वर थनेतको घटनास्थलमै मृत्यु”

थारु कल्याणकारिणी सभाको केन्द्रीय सल्लाहकारमा दुई जना मनोनीत

थारु कल्याणकारीणी सभाले दुई जनालाई केन्द्रीय सल्लाहकारमा मनोनयन गरेको छ। बिहीबार बसेको केन्द्रीय सचिवालयको लामो समयदेखि सभामा योगदान गर्दै आएका सुनसरी झुम्का निवासी अधिवक्ता रामराज चौधरी र प्रवासी थारु समाज युएईमा लामो समयदेखि सामाजिक योगदान गर्दै आएका सप्तरी लटियाही निवासी रामभुवन चौधरीलाई केन्द्रीय सल्लाहकारमा मनोनयन गरेको हो। Continue reading “थारु कल्याणकारिणी सभाको केन्द्रीय सल्लाहकारमा दुई जना मनोनीत”

थरुहटका कैलाली प्रवक्ता माधव थारु दुर्घटनामा

थरुहट/थारुवान संयुक्त संघर्ष समिति कैलालीका प्रवक्ता माधव थारु दुर्घटनामा परेका छन्। गएराति उनी चढेको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना भएको बताइएको छ। उनको उपचार अहिले बाँकेस्थित कोहलपुर मेडिकल अस्पतालमा भइरहेको छ। Continue reading “थरुहटका कैलाली प्रवक्ता माधव थारु दुर्घटनामा”

थरुहट पक्षद्वारा कैलाली-कञ्चनपुर बन्द

धनगढी- सरकारले कैलाली, कञ्चनपुरलाई नसमेटी संशोधन प्रस्ताव ल्याएको भन्दै आज कैलाली-कञ्चनपुर बन्दको आह्वान गरेको छ। थारु समुदायलाई फेरि पनि उत्पीडनमा पारिराख्ने नियतका साथ सरकारले संशोधन प्रस्ताव ल्याएको भन्दै थारु नेताहरुले विरोध जनाएका छन्। संशोधन प्रस्ताव अपुरो रहेको र यसलाई कुनै पनि हालतमा मान्न नसकिने थरुहट पक्षधरको भनाइ छ। Continue reading “थरुहट पक्षद्वारा कैलाली-कञ्चनपुर बन्द”

३ सय ७ कमलरीको उद्दार भएन, २६ जनाको अवस्था अज्ञात

सन्तोष दहित/दाङ।

मुक्त कमलरी र सरकारबीच भएको १० बुँदे कार्यान्वयनमा सरकारले हेलचक्राई गरेको भन्दै तत्काल कार्यान्वयनमा ल्याउनका लागि मुक्त कमलरीहरु सिंहदरबरमा डेलिगेशन जाने भएका छन्। बिहीबार मुक्त कमलरी विकास मञ्चको केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरी यस्तो जानकारी गराएको हो। Continue reading “३ सय ७ कमलरीको उद्दार भएन, २६ जनाको अवस्था अज्ञात”

कमलरी उर्मिला चौधरीबारे बनाइएको फिल्म शनिबार प्रिमियर हुँदै

पूर्व कमलरी उर्मिला चौधरीको विषयमा बनाइएको फिल्म नेपालमा प्रदर्शन हुने भएको छ। काठमाडौंमा आयोजना भइरहेको किम्फ फिल्म फेस्टिभलमा ‘माई मेमेरी इज माई पावर’ प्रदर्शन हुनेछ। आयोजकका अनुसार यो फिल्म आउँदो शनिबार साढे १२ बजे काठमाडौंस्थित कुमारी हलमा प्रदर्शन हुनेछ। Continue reading “कमलरी उर्मिला चौधरीबारे बनाइएको फिल्म शनिबार प्रिमियर हुँदै”

थारु संस्कृतिमा आधारित फिल्म फेसनवाली झुम्कामा चल्दै

सुनिल चौधरी/झुम्का।

पश्चिमा पहिरन विभिन्न माध्यमबाट नेपालमा भित्रिन थालेपछि थारु समुदायमा पनि यसको असर देखा पर्न थालेको छ। अरुको देखासिकीले थारु संस्कार,संस्कृति ओझेलमा परेको छ। संस्कृति नै लोप हुन थालेपछि यसको संरक्षण र जनचेतना फैलाउन थारु फिल्मको निर्माण भएको छ। Continue reading “थारु संस्कृतिमा आधारित फिल्म फेसनवाली झुम्कामा चल्दै”

कैलाली पुगेर प्रधानमन्त्रीले सुनाए सुदूरपश्चिमको विकास योजना

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रलाई एकताबद्ध बनाएर चुनावमा जाने ध्येयले व्यवस्थापिका–संसद्मा संविधान संशोधन प्रस्ताव दर्ता गरिएको बताएका छन्। सुदूरपश्चिम महोत्सवको उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले कसैलाई विभेद र बहिष्करणमा पार्ने तथा अपमानित गर्ने मनसायले संशोधन प्रस्ताव दर्ता नगरिएको स्पष्ट पारे।  Continue reading “कैलाली पुगेर प्रधानमन्त्रीले सुनाए सुदूरपश्चिमको विकास योजना”

भारोत्तोलनमा थारू किशोरीको वर्चश्व

सातौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई नेपालगन्जमा आयोजित क्षेत्रीय छनोटमा भारोत्तोलन खेलमा थारू महिलाले वर्चश्व कायम गरे । तीन तौल समूहका खेलाडी सहभागी छनोटमा बाँके, कैलाली, सुर्खेत र दाङका गरी २७ महिला खेलाडी सहभागी छन् । ४८ किलो तौल समूहतर्फ प्रथम भएकी बाँकेकी सन्जु चौधरी राष्ट्रिय प्रतियोगिताका लागि बन्द प्रशिक्षणमा पर्न सफल भइन् । उनले १ सय १२ किलोको कीर्तिमान कायम गरी स्वर्ण पदक जितिन् । सोही तौल समूहबाट सुर्खेतकी राजकुमारी चौधरी ७० किलो उठाएर दोस्रो र बाँकेकी ताराकुमारी चौधरी ६२ किलो तौल उठाएर तेस्रो हुन सफल भएका छन् । Continue reading “भारोत्तोलनमा थारू किशोरीको वर्चश्व”

विजय गच्छदारको पार्टीमा पहिरो

कृष्णराज चौधरी/काठमाडौं।

मधेसी जनधिकार फोरम (लोकतान्त्रिक) का केन्द्रीय उपाध्यक्ष तथा पूर्वमन्त्री दानबहादुर कुर्मी चौधरीले पार्टीबाट राजिनामा दिएर नयाँशक्ति पार्टीमा प्रवेश गरेपछि विजयकुमार गच्छदारको पार्टीमा पहिरो जान थालेको छ। आइतबार गृह जिल्ला कपिलवस्तुमा पत्रकार सम्मेलन गर्दै केन्द्रीय उपाध्यक्ष चौधरीले पद तथा पार्टीको सम्पूर्ण जिम्मेवारीबाट राजिनामा दिएसँगै सोमबार बाबुराम भट्टराई संयोजक रहेको नयाँशक्ति पार्टीमा प्रवेश गरेका छन्। Continue reading “विजय गच्छदारको पार्टीमा पहिरो”