पूर्व कमलरी उर्मिला चौधरीको कथा किम्फमा उत्कृष्ट

पूर्व कमलरी उर्मिला चौधरीको कमलरी प्रथा मुक्क्तिमा आधारित ‘उर्मिलाः माई मेमोरी माई पावर’ले अन्तर्राष्ट्र्रिय उत्कृष्ट फिल्म घोषित हुँदै १५ सय डलर जित्न सफल भएको छ। चार दिनदेखि चलिरहेको काठमाडौं अन्तर्राष्ट्र्रिय पर्वतीय फिल्म महोत्सव (किम्फ) सोमबार विभिन्न उत्कृष्ट फिल्मलाई पुरस्कृत गर्दै सम्पन्न भएको छ। Continue reading “पूर्व कमलरी उर्मिला चौधरीको कथा किम्फमा उत्कृष्ट”

सीमाकुमारी चौधरीको रहस्यमय मृत्यु

महोत्तरीको महोत्तरी गाविस-६ अनैठा गाविस निवासी नागेन्द्र चौधरीकी १५ वर्षीया सीमाकुमारी चौधरीको मृत्युमा प्रहरीले आशंका गरेको छ। मृतक युवतीको शव उनी सुत्ने कोठामा सलको पासो लगाई झुन्डिरहेको अवस्थामा प्रहरीले आज बिहान बरामद गरेको प्रहरी उपरीक्षक नलप्रसाद उपाध्यायले जानकारी दिए। Continue reading “सीमाकुमारी चौधरीको रहस्यमय मृत्यु”

मन्त्रालय धाउँदै कमलरीहरु

कृष्णराज सर्वहारी, काठमाडौं।

आफ्नो माग पूरा गराउन मुक्त कमलरीहरू सिंहदरबार धाउनैपर्ने बाध्यता अझै हट्न सकेको छैन। कमलरी प्रथा उन्मूलनका लागि संयुक्त संघर्ष समिति र सरकारबीच २०७० जेठ २४ गते १० बुँदे सहमति भएको थियो। सोअनुसार सरकारले सोही वर्ष असार १३ गते कमलरी मुक्तिको घोषणा गरेको थियो। साथै, मृतक दुई मुक्त कमलरीलाई केही क्षतिपूर्ति दिएको थियो। तर अन्य बुँदा कार्यान्वयन गर्न सरकारले आनाकानी गरेकाले मुक्त कमलरीहरू विभिन्न मन्त्रालयमा ज्ञापनपत्र बुझाउन डेलिगेसनका लागि बिहीबार राजधानी आइपुगेका छन्। Continue reading “मन्त्रालय धाउँदै कमलरीहरु”

दर्शकलाई रुवाइन् ‘उर्मिला’ले

कमलरी प्रथा मुक्तिबारे तयार पारिएको डकुमेन्ट्री ‘उर्मिला : माई मेमोरी माई पावर’ किम्फमा देखाइयो। दाङकी पूर्व कमलरी उर्मिला आफू मात्रै मुक्त नभई कसरी अन्यलाई समेत मुक्ति अभियानमा सामेल गराउन सफल भइन् भन्ने सुशान ग्लुथ निर्मित उक्त डकुमेन्ट्रीले देखाउन खोजेको छ।

कुमारीमा भएको उक्त प्रदर्शनीमा स्वयं उर्मिला आफ्ना बाबुआमा र मुक्त कमलरीहरूसँग उपस्थित भएकी थिइन्। ‘आजको लागि मसँग कुनै शब्द छैन,’ डकुमेन्ट्रीपछि दर्शक जिज्ञासामा सुरुवातमा केही भावुक बनेकी उर्मिलाले आफूलाई सम्हाल्दै थपिन्, ‘यहाँ पात्रका रूपमा उर्मिला त देखियो। तर मुक्ति अभियानमा कैयौं व्यक्तित्वको हात छ।’

उनले सरकारलाई मुक्त कमलरीका लागि कामको व्यवस्था गर्न पनि आग्रह गरिन्। उनले अझै पनि झन्डै एक सयको संख्यामा कमलरीहरू अझै साहुको घरमा श्रमशोषण गराउन बाध्य रहेको तथ्यांक दिँदै थपिन्, ‘हामी अझै पनि उनीहरूलाई मुक्त गराउने अभियानमै छौं। तर हाम्रा साथीहरूलाई नाम फेरेर सहर ल्याएकोले पहिचान गर्न केही समय लागिरहेको छ।’

सुनको मूल्य निरन्तर ओरालो, तोलाको ५३ हजार

धेरै खपत हुने विहेको मौसम सुरु भएसँगै घट्न थालेको सुनको मूल्य ओरालो लाग्ने क्रम अझै जारी छ। विश्व बजारमा मूल्य घट्दाको प्रभाव नेपाली बजारमा परेको हो। Continue reading “सुनको मूल्य निरन्तर ओरालो, तोलाको ५३ हजार”

एमाले आन्दोलन विखण्डनकारी भएको भन्दै तत्काल रोक्न चेतावनी

मधेसी मोर्चाले संविधान संशोधन हुन नदिन एमालेले आन्दोलन गरेको ठहर गर्दै तत्काल रोक्न चेतावनी दिएको छ। मोर्चाले एमाले अगुवाइमा भएको आन्दोलनलाई ‘विखण्डनकारी, उग्रवादी र अतिवादी’ को संज्ञा दिएको छ। यसैगरी मोर्चाले संशोधन विधेयक परिमार्जन भए सरकारलाई साथ दिने स्पष्ट पारेको छ। Continue reading “एमाले आन्दोलन विखण्डनकारी भएको भन्दै तत्काल रोक्न चेतावनी”

टीकापुरमा सुरु भयो देशावर

टीकापुर- दुर्गौली, जगतपुरका लालवीर चौधरी देशावर जान थालेको ४२ वर्ष भयो। उनी २० वर्षको उमेरदेखि नियमित देशावर गइरहेका छन्। यस वर्ष पनि उनी जमरा कुलो सिँचाइ प्रणाली अध्यक्षको हैसियतले देशावरमा सहभागी छन्। उनी देशावर जानुलाई कैलालीको पूर्वी भेगका बासिन्दाको परम्परा मान्छन्। Continue reading “टीकापुरमा सुरु भयो देशावर”

साहित्य अभ्यासमुखी ओ बिश्लेषनात्मक हुइना जरुर बा : डेमनडौरा [थारु भाषा]

जंग्रार साहित्यिक बखेरी संस्था पाछक समयम बहुट चर्चाम अइलक संस्था हो। यी संस्थाके नेपालसे बिडेसम शाखा विस्तार कैगिल बा। खासकैख ठर्या (युवा) हुकन थारु साहित्यम जागुरुक बनैटि आइल बा। यि सस्थाके यिह पुस १ ओ २ गते बर्दियाके राजापुरम भब्य रुपम बारसिक उट्सव मनैनाम जुटल बा। यी उट्सवम बिडेसम बैस्ना थारु साहित्यकार ठेसेलेक काठमाण्डुम बैस्ना वरिष्ठ थारु साहित्यकार, चितवन जिल्लासे कञ्चनपुर जिल्लासमके थारु सष्ट्रा, साहित्यप्रेमी, साहित्यकार हुकन्हक जमघट हुइटि बा। उह बारसिक् उट्सवक सामा–जामा कसिक हुइटि बा ओ जंग्रार साहित्यिक बखेरीक विषयम जंग्रार साहित्यि बखेरीक केन्द्रीय अध्यक्ष सोम डेमनडौरासे सन्तोष दहित क बीचम करल बातचित प्रस्तुट बा। Continue reading “साहित्य अभ्यासमुखी ओ बिश्लेषनात्मक हुइना जरुर बा : डेमनडौरा [थारु भाषा]”

मोहीहरुलाई निवेदन दिन भूमिसुधार कार्यालयको अनुरोध

सन्तोष दहित/दाङ।

मोहीहरुलाई हकदाबी गर्नका लागि निवेदन दिन भूमिसुधार कार्यालय दाङले सवै मोहिरुलाई अनुरोध गरेको छ। शुक्रबारको दिन घोराहीमा जिल्ला भूमिसुधार  कार्यालय र जिल्ला भूमि अधिकार मञ्चले संयुक्तमा पत्रकार सम्मेलन गरी यस्तो आग्रह गरेको हो। Continue reading “मोहीहरुलाई निवेदन दिन भूमिसुधार कार्यालयको अनुरोध”

शनिबार हुने भनिएको थाकसको नगर अधिवेशन स्थगित

सुनिल चौधरी/सुनसरी।

थारु कल्याणकारीणी सभा इटहरी नगर अधिवेशन मंसिर २५ गते हुने भनिए पनि विभिन्न कारणले स्थगित भएको छ। इटहरीका सबै वडा इकाईहरु समयमा अधिवेशन हुन नसक्दा स्थगित गर्नुपरेको आयोजक अधिवेशन समितिका संयोजक दुखिलाल चौधरीले बताए। संयोजक चौधरीका अनुसार अर्को निर्णय नभएसम्मका लागि स्थगित गरिएको  छ।  Continue reading “शनिबार हुने भनिएको थाकसको नगर अधिवेशन स्थगित”