हिजो टनकपुर बेच्नेहरुले छेपारा राष्ट्रवाद देखाए : थारु नेता

धनगढी- गतवर्ष टीकापुरमा भएको हिंसात्मक घटनापछि सुस्ताएको थारु आन्दोलन संविधान संशोधन प्रस्ताव दर्ता भएसँगै कैलालीमा फेरि सुरु भएको छ। सरकारले कैलाली, कञ्चनपुरलाई नसमेटी संशोधन प्रस्ताव ल्याएको विरोधमा कैलालीका थारु सडकमा उत्रेका छन्। थारु समुदायलाई फेरि पनि उत्पीडनमा पारिराख्ने नियतका साथ सरकारले संशोधन प्रस्ताव ल्याएको भन्दै विरोध जनाएका छन्। संशोधन प्रस्ताव अपुरो रहेको र यसलाई कुनै पनि हालतमा मान्न नसकिने थरुहट पक्षधरको भनाइ छ। Continue reading “हिजो टनकपुर बेच्नेहरुले छेपारा राष्ट्रवाद देखाए : थारु नेता”

थारू बाहुल्य प्रान्त दिने कि अझै कमैया बनाउने ? [विश्लेषण]

कमल मादेन/अनलाइनखबर।
थारुहरु हजारौं वर्षदेखि बसी आएको तराईको समथर एवं उर्वर भूमि उनीहरुका लागि अति प्यारो र उपयुक्त छ भन्दै डोरबहादुर बिष्टले लेखेका थिए- थारुहरु कुन युग र कति हजार वर्षदेखि तराई मधेसमा बसी आएका हुन् भन्ने न स्वयं थारुलाई थाहा छ, न त कुनै विद्धानले नै बताउन सकेको छ । Continue reading “थारू बाहुल्य प्रान्त दिने कि अझै कमैया बनाउने ? [विश्लेषण]”

नवलपरासीका थारुहरु पनि आन्दोलित, पुस ४ गते बन्दको घोषणा

काठमाडौं- नवलपरासी जिल्लालाई ५ नम्बर प्रदेशमा राख्न माग गर्दै थारु कल्याणकारी सभाले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ। थारु कल्याणकारी सभा नवलपरासीले राजधानीमा पत्रकार सम्मेलन गरेर नवलपरासी जिल्लालाई टुक्र्याएर ४ र ५ नम्बर प्रदेशमा विभाजन गरिएको भन्दै मसाल जुलुसदेखि नेपाल बन्दसम्मका आन्दोलनका कार्यक्रम सार्वजनिक गरको हो। Continue reading “नवलपरासीका थारुहरु पनि आन्दोलित, पुस ४ गते बन्दको घोषणा”

बिर्सिएका नेता परशुनारायण चौधरी

कृष्णराज सर्वहारी।

२०६९ मंसिर २१ गते निधन भएका परशुनारायण चौधरी बिर्सिएका नेताको रुपमा दरिएका छन्। निधन भएको ४ बर्ष पुग्दा पनि उनका बारे औपचारिक, अनौपचारिक कुनै कार्यक्रम गरिएको सुनिएको छैन। कुनै समय नेपाली काँग्रेसका महामंत्री परशुनारायणको पञ्चायत प्रवेश र जीवनको अन्तिम कालमा राजसभा स्थायी समितिको सभापति पदबारेको चर्चालाई ठाँटी राख्ने हो भने पनि उनी उल्लेख गर्न लायक व्यक्तित्वमा अवश्य पर्छन्। Continue reading “बिर्सिएका नेता परशुनारायण चौधरी”

नवलपरासीका थारु अगुवाहरु काठमाडौंमा, प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै

थारु कल्याणकारिणी सभा (थाकस) नवलपरासीको एक टोली प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापनपत्र बुझाउन काठमाडौं आएको छ। अध्यक्ष गणेशमान महतोको नेतृत्वमा एक दर्जन टोली काठमाडौं आएका हुन्। Continue reading “नवलपरासीका थारु अगुवाहरु काठमाडौंमा, प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै”

गच्छदारको हात छोडेका पूर्वमन्त्री चौधरी नयाँ शक्तिमा

विजयकुमार गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकबाट राजीनामा दिएका केन्द्रीय उपाध्यक्ष एवं पूर्वमन्त्री दानबहादुर चौधरी बाबुराम संयोजक रहेको नयाँ शक्ति पार्टीमा प्रवेश गरेका छन्। Continue reading “गच्छदारको हात छोडेका पूर्वमन्त्री चौधरी नयाँ शक्तिमा”

संविधान संसोधन विधेयक अमान्य भन्दै थरुहट-थारुवानको विरोध

थरुहट-थारुवान संयुकक्त संघर्ष समितिले संसोधन विधेयक प्रस्तावको विरोध गरेको छ। आन्दोलनरत असन्तुष्ट पक्षको माग यसले पूरा नगर्ने भन्दै समतिले सो विधेयकको विरोध जनाएको हो। ‘मंसीर १४ गते मंगलवार राति नेपाल सरकारद्धारा संसद सचिवालयमा दर्ता गरिएको संविधान संशोधन बिधेयक सकारात्मक भएतापनि लोकतन्त्र, थरुहट(थारुवानको शान्तिपूर्ण आन्दोलनको मर्म र भावना विपरती छ। हामी लगायत आन्दोलनरत असन्तुष्टपक्षहरुसंग कुनै किसिमको छलफल सम्बाद र सहमती विना नै एकाँकी ढंगले देशी विदेशी शक्तीलाई देखाउन मात्र गर्न थालिएको यथास्थितिमा संविधान संशोधनबाट हामी आदिवासी थारु, मधेशी, जनजाति, मुस्लीम, दलित पिछडावर्ग एवम् सिमान्तकृत वर्गको मागहरु सम्बोधन हुन सकदैन। तसर्थ संविधान संशोधन बिधेयक परिमार्जन गरि संविधान संशोधन गरिनुपर्दछ,’ विज्ञप्तीमा भनिएको छ। Continue reading “संविधान संसोधन विधेयक अमान्य भन्दै थरुहट-थारुवानको विरोध”

कैलाली, कञ्चनपुरबारे नबोलेपछि फेरि चिढिँदै थरुहट

मधेसी मोर्चालाई सहमतिमा ल्याउन सरकारले ल्याएकमो संविधान संशोधन प्रस्तावले अर्को आन्दोलनरत समूह ‘थरुहट’ लाई भने थप असन्तुष्ट बनाएको छ। संविधान संशोधनमार्फत माग पूरा हुने आशामा मौन बनेको ‘थरुहट’ पछिल्लो संशोधन प्रस्तावले फेरि आन्दोलनमा लाग्ने रणनीतिमा छ। Continue reading “कैलाली, कञ्चनपुरबारे नबोलेपछि फेरि चिढिँदै थरुहट”

थारु आयोगको हातखुट्टा बाँध्ने काम भयो : थारु नेता

कृष्णराज सर्वहारी/काठमाडौं
प्रदेश संरचनाको सवालमा असन्टुष्ट रहेका थारुहरुलाई थुम्थुम्याउन संविधानमा थारु आयोगको व्यवस्था गरिएको छ। तर थारु आयोग नाम मात्रको भएकाले आँखामा छारो हाल्न मात्र ल्याइएकोले थारु नेता तथा अधिकारकर्मीहरुले आयोगको संरचनाको बिरोधमा आवाज उठाएका छन्। Continue reading “थारु आयोगको हातखुट्टा बाँध्ने काम भयो : थारु नेता”

गच्छदारले तानाशाही प्रवृत्ति देखाएको भन्दै उपाध्यक्ष चौधरीद्वारा पार्टी परित्याग

मधेसी जनाधिकार फोरम(लोकतान्त्रिक) का केन्द्रीय उपाध्यक्ष तथा पूर्वमन्त्री दान बहादुर चौधरीले पार्टीबाट राजिनामा दिएका छन्। आईतबार गृह जिल्ला कपिलवस्तुमा पत्रकार सम्मेलन गर्दै उनले पद तथा पार्टीको सम्पूर्ण जिम्मेवारीबाट राजिनामा दिएको घोषणा गरे। Continue reading “गच्छदारले तानाशाही प्रवृत्ति देखाएको भन्दै उपाध्यक्ष चौधरीद्वारा पार्टी परित्याग”