थारु विद्यार्थी समाजले थारु समुदायको माग मुद्दा सम्बोधन नगरी संविधान संसोधन गरे आन्दोलन गर्ने बताएको छ। राजधानीको बसेको केन्द्रीय समिति बैठकले यस्तो निर्णय गरेको हो। त्यसका लागि थारु सम्बद्ध संघ संस्था र पार्टीका थारु नेताहरुसँग समन्वय गरी आन्दोलन घोषणा गर्ने समाजका अध्यक्ष चन्द्रप्रसाद चौधरीले जानकारी दिए। Continue reading “थारु विद्यार्थी समाजले निर्णायक आन्दोलन गर्ने”
Author: admin
आदिवासीहरुलाई देशको सीमाले रोक्न सक्दैन : रेशम चौधरी
भारतको उत्तर प्रदेशस्थित लखिमपुर खोरीमा नेपाल र भारतका आदिवासीहरुको मुद्दामा अन्तर्क्रिया सम्पन्न भएको छ। भारतीय थारु समाजका अध्यक्ष विजयबहादुर चौधरीको संयोजकत्वमा आयोजना भएको कार्यक्रममा नेपालकातर्फबाट रेशम चौधरी, कृष्ण गुरुङ, ओम गुरुङ सहभागी थिए। भारतका तर्फबाट उमाशंकर मिश्र, पशुपति दयाल मिङ, झारखण्डकी आदिवासी नेतृ रानी शिखालगायतको उपस्थिति थियो। Continue reading “आदिवासीहरुलाई देशको सीमाले रोक्न सक्दैन : रेशम चौधरी”
थरुहट आन्दोलनकारी बन्दीलाई बलाङ्केट वितरण
पूर्पपक्षका लागि कैलाली कारागारमा राखिएका टीकापुर घटनाका अभियुक्तहरुलाई बलाङ्केट प्रदान गरिएको छ। सभासद डा. गोपाल दहित र थरुहट/थारुवान संयुक्त संघर्ष समिति बर्दियाको सहयोगमा २५ थान ब्ल्याङ्केट प्रदान गरिएको हो। कारागारमा रहेका थरुहट आन्दोलनकारी कैदीहरुलाई जाडो छल्न सजिलो होस भनेर बलाङ्केट उपलब्ध गराइएको हो। Continue reading “थरुहट आन्दोलनकारी बन्दीलाई बलाङ्केट वितरण”
एसडी मुनीले भने- थारुको लागिमात्र भारतको छुट्टै राय छैन
एसडी मुनी
नयाँ दिल्लीस्थित जवाहरलाल नेहरु युनिभर्सिटि (जेएनयु) का राजनीति शास्त्रका प्राध्यापक एसडी मुनी नेपालबारे राम्रो जानकार मानिन्छन् । विभिन्न देशका लागि भारतका राजदुत समेत भइसकेका उनी आइडिसएमा पनि अध्ययन अनुसन्धान गराउनमा संलग्न छन् । तात्कालिन माओवादी द्वन्द्वका बारेमा उनी जानकार मात्र छैनन् कि सो द्वन्द्व चलाउने मध्येका केही नेताले त उनलाई गुरु समेत मान्ने गरेका छन् । प्रस्तुत छ, हालै काठमाडौ आएका मुनीसँग १२ बुँदे बिस्तृत शान्ति सम्झौता लगायत समसामयिक विषयमा कृष्णराज सर्वहारीले गरेको कुराकानी: Continue reading “एसडी मुनीले भने- थारुको लागिमात्र भारतको छुट्टै राय छैन”
संजय र विमल चौधरीको विवाद मिल्यो, उपत्यकामा छिट्टै विशेष अधिवेशन हुने
थारु विद्यार्थी समाजको उपत्यका समितिको विवाद मिलेको छ। राजधानीमा बसेको केन्द्रीय समितिको बैठकले विवाद मिलाएको हो। उपत्यका अधिवेशनमा प्रतिनिधि विवाद भएपछि विमल चौधरी नेतृत्वले अधिवेशन बहिष्कार गरेको थियो। विवादका बावजुद संजय चौधरी उपत्यका समितिका अध्यक्षमा सर्वसम्मत भएका थिए। यता विमले टिमले सोही दिन समानन्तर कमिटी गठन गरेको थियो। Continue reading “संजय र विमल चौधरीको विवाद मिल्यो, उपत्यकामा छिट्टै विशेष अधिवेशन हुने”
सांसदको तलब बढ्यो, कम्तिमा मासिक १ लाख २४ हजार पाइने
सांसदले तलब भत्ता मासिक कम्तिमा एकमुष्ट १ लाख २४ हजार पाउने भएका छन्। आइतबार संसदले ‘सङ्घीय संसद्का पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधासम्बन्धी विधेयक, २०७३’ लाई संशोधन सहित स्वीकृत गरेको हो। Continue reading “सांसदको तलब बढ्यो, कम्तिमा मासिक १ लाख २४ हजार पाइने”
थारु विद्यार्थी समाजद्वारा सल्लाहकार र केन्द्रीय सदस्य मनोनीत [नामसहित]
थारु विद्यार्थी समाजको केन्द्रीय समिति बैठकले सल्लाहकार र केन्द्रीय समिति मनोनयन गरेको छ। राजधानीमा बसेको बैठकले ७ जना सल्लाहकार र चार जना केन्द्रीय सदस्य मनोनीत गरेको हो। Continue reading “थारु विद्यार्थी समाजद्वारा सल्लाहकार र केन्द्रीय सदस्य मनोनीत [नामसहित]”
कैलाली-कञ्चनपुर सुदूरपश्चिममै रहन्छ : देउवा
नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संविधान संशोधनका धेरै विषयमा दलहरुबीच सहमति भइसकेको बताएका छन् । नेपाल प्रेस युनियन कञ्चनपुर शाखाले आइतबार बिहान भीमदत्तनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सभापति देउवाले छिट्टै संविधान संशोधन हुने र स्थानीय तहको चुनाव हुने बताए । Continue reading “कैलाली-कञ्चनपुर सुदूरपश्चिममै रहन्छ : देउवा”
नेपाललाई ६२ वर्षपछि उपाधि दिलाउने ‘गेम–चेन्जर’
नवीन अर्याल/सेतोपाटी
दुई साताअघि मलेसियाको कुचिङमा एएफसी सोलिडारिटी कप खेल्न जाँदा नेपाली स्ट्राइकर भरत खवासले सपनामा पनि सोचेका थिएनन्, ‘प्लेइङ सेट’ मा उनको पालो तुरुन्त आउला! कारण, उनी १५ दिनअघि मात्र राष्ट्रिय टोलीमा समावेश भएका थिए। Continue reading “नेपाललाई ६२ वर्षपछि उपाधि दिलाउने ‘गेम–चेन्जर’”
नेपालले जापानलाई हरायो
नेपाली राष्ट्रिय फुटबल टोलीले मैत्रीपूर्ण खेलमा जापानलाई १–० ले हराएको छ । नेपाल–जापान कूटनीतिक सम्बन्ध ६०औं वर्षमा प्रवेश गरेको अवसरमा आज सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा भएको खेलमा नवयुग श्रेष्ठले ५७औँ मिनेटमा गरेको एकमात्र गोल निर्णायक साबित भयो । नेपालले पाएको कर्नर किकपछि डिबक्समा भएको हुलमुलमा उनी गोल गर्न सफल भए ।
मैत्रीपूर्ण खेलमा दुवै टोलीका खेलाडीले गोल गर्ने केही सुन्दर मौका गुमाएका थिए । अखिल नेपाल फुटबल सङ्घ(एन्फा) र जापानको गैरसरकारी संस्था ‘कलरबाथ’को संयुक्त आयोजनामा भएको सो खेलमा भर्खरै मलेसियामा एएफसी सोलिडारिटी कप जितेर आएको नेपाली टोलीेले ‘जे लिग’मा खेल्ने तथा विश्वभर व्यावसायिक फुटबल खेल्ने जापानी खेलाडीको सामना गरेका थिए ।
जापानी टोलीका प्रशिक्षक टोडा काजुयुकीले सन् २००२ को विश्वकपमा जापानका तर्फबाट तथा अङ्ग्रेजी क्लब टोटेनह्याम हटस्परबाट व्यावसायिक फुटबल खेल्नुभएको थियो । खेलपछि आयोजना गरिएको पत्रकार सम्मेलनमा नेपाली टोलीका प्रशिक्षक ग्योतोकु कोजीले आफ्नो टोलीको खेलमा धेरै विकास भएकोभन्दै प्रशंसा गरे।
जापानी प्रशिक्षक काजुयुकीले आफ्नो टोलीले सुन्दर फुटबल खेल देखाउन सकेकोमा सन्तुष्टि व्यक्त गर्नुभयो । उहाँले नेपाली टोलीले रक्षापंक्तिमा भएका गल्ती सुधार गरेमा टोली अझ सशक्त हुने बताए।
कार्यक्रममा युवा तथा खेलकुदमन्त्री दलजित श्रीपाइलीलगायतले दुवै टोलीका खेलाडीलाई प्रशंसापत्र प्रदान गर्नुभएको थियो । नेपाली टोलीका कप्तान विराज महर्जन, जापानी कप्तान योहसुके नोजावा र ‘म्यान अफ द म्याच’ विक्रम लामालाई जनही एक–एकवटा घडी प्रदान गरिएको थियो ।