मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले प्रमुख तीन दलको सहमतिमा संविधान संशोधनको प्रस्ताव आउनुपर्ने बताएका छन्। विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले अहिले आउन लागेको संविधान संशोधनको प्रस्तावका विषयमा विरोधाभाष देखिएकाले प्रमुख तीन दलको सहमतिमा संशोधनको प्रस्ताव आउनुपर्ने बताए। Continue reading “विवादित जिल्लामा जनमत संग्रह गरौं : गच्छदार”
Author: admin
पाठेघरको क्यान्सबाट पीडित बेचनी चौधरीलाई सहयोगको अपिल
बर्दिया पताधार बगहीपुरका बेचनी चौधरी पाठेघरको क्यान्सबाट ग्रसित छिन्। उनी अहिले भक्तपुर क्यान्सर अस्पतालमा उपचार गराइरहेकी छन्। पैसा अभावमा उनको उपचारमा समस्या भएको भन्दै बर्दियाली थारु विकास मञ्च काठमाडौंले सहयोगको अभियान थालेको छ। Continue reading “पाठेघरको क्यान्सबाट पीडित बेचनी चौधरीलाई सहयोगको अपिल”
थ्रेस होल्डले साना दल थर्कमान, प्रधानमन्त्रीलाई बुझाए ज्ञापनपत्र
कृष्णराज सर्वहारी/काठमाडौं।
साना दलका नेताहरु चुनावमा थ्रेसहोल्ड लगाउनु पर्ने ठूला दलको संशोधन प्रस्तावले थर्कमान भएका छन्। बुधबार संघीय समाजवादी फोरमको संसदीय दलको कार्यालयमा बसेको साना दलको बैठकले थ्रेसहोल्ड लगाउने ठूला दलको संशोधन प्रस्ताव फिर्ता गराउन ४ ठूला दलका अध्यक्षलाई ज्ञापन पत्र बुझाउने भएका छन्। Continue reading “थ्रेस होल्डले साना दल थर्कमान, प्रधानमन्त्रीलाई बुझाए ज्ञापनपत्र”
जापानमा थारु पहिरणको सबैले तारिफ गरे : वर्षा लेखी
नेपालको प्रतिनिधित्व गर्दै थारु समुदायकी चेली वर्षा लेखी मिस इन्टरनेशनलमा सहभागी हुन जापान गएकी थिइन्। ६९ देशका सुन्दरीहरु र जापानको विभिन्न सहर र त्यहाँको संस्कृतिसँग उनले १८ दिन बिताइन्। उनले त्यहाँको अनुभव थारुवानसँग यसरी बाँडिन्। Continue reading “जापानमा थारु पहिरणको सबैले तारिफ गरे : वर्षा लेखी”
थरुहट आन्दोलनकारीले भने- संविधान संशोधनको प्रस्ताव औचित्यहीन
आन्दोलनरत थरुहट पक्षधरहरुले पाँच नम्बर प्रदेशको सीमांकन हेरफेर गर्ने गरी सरकारले संसद्मा दर्ता गर्ने तयारी गरेको संविधान संशोधन प्रस्ताव औचित्यहिन भएको टिप्पणी गरेका छन् । त्यसरी गर्न लागिएको संशोधनले थरुहटको माग पूरा सम्बोधन नहुने दाबी गर्दै उनीहरुले नवलपरासीदेखि कन्चपुरसम्मको एक प्रदेशको माग गरेका छन् । Continue reading “थरुहट आन्दोलनकारीले भने- संविधान संशोधनको प्रस्ताव औचित्यहीन”
आदिवासी जनजाति महासंघको महाधिवेशन सर्यासर्यै, नेतृत्वमा हानथाप
नेपाल आदिवासी जनजाति महासंघको महाधिवेशन फेरि सरेको छ । यसअघि तीन पटक मिति तोकिँदै रोकिएको महाधिवेशन यसपटक भने एक साता पछि सर्नुमा जातीय संगठनहरुको आग्रह हो भनेर नेतृत्वले प्रष्टिकरण दिएको छ । महासंघको महाधिवेशन मंसिर २५ देखि २७ सम्म चितवनमा तोकिएको थियो । तर अब पुस २ देखि ४ सम्म चितवनमै हुनेछ । Continue reading “आदिवासी जनजाति महासंघको महाधिवेशन सर्यासर्यै, नेतृत्वमा हानथाप”
यु-१९ राष्ट्रिय टोलीमा अस्चल थारु र विजय चौधरी
श्रीलङ्कामा आयोजना हुने उन्नाइस वर्षमुनि (यु–१९) एसिया कप क्रिकेट प्रतियोगिताका लागि प्रारम्भिक चरणमा ५२ जना खेलाडी छनोट भएका छन्। Continue reading “यु-१९ राष्ट्रिय टोलीमा अस्चल थारु र विजय चौधरी”
बढेको तलब लिन्न भनेर खोई नियमापत्ति?
कृष्णराज सर्वहारी/काठमाडौं
सांसदहरु आफ्नो सुविधा बढाउने ध्याउन्नमा मात्र लागे। यसबारे तपाईको प्रतिक्रिया के छ? भनी सोध्दा सुन्धारामा नाङ्ले पसल थापेर बस्नु भएकी रीता श्रेष्ठले आक्रोश पोख्दै भन्नु भयो– यस्ता प्रश्न हामी गरीपलाई किन सोध्छौ पत्रकार भाइ, जाउ न उही सांसदका श्रीमती, छोराछोरीलाई सोध। देश दुनो गाईझैं दुहने उनीहरु, प्रश्नको उत्तर दिनु पर्ने हाम्ले। हामीसंग क्यै उत्तर छैन। Continue reading “बढेको तलब लिन्न भनेर खोई नियमापत्ति?”
निर्णायक वार्तामा पनि सहमति जुटेन, संविधान संशोधन प्रस्तावमा एमालेको कडा विमत्ति
आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको मागबमोजिम सरकारले तयार पारेको संविधान संशोधन प्रस्तावमा प्रमुख तीन दलबीच सहमति जुट्न सकेन। संविधान संशोधन प्रस्तावलाई अन्तिम रुप दिन प्रधानमन्त्री पुष्पकमल दाहालले प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गरेको नेपाली काँग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का शीर्षस्थ नेतासहितको बैठकमा एमालेले राष्ट्रिय हितविपरित संविधान संशोधन हुन लागेको भन्दै असहमति जनाएको छ। Continue reading “निर्णायक वार्तामा पनि सहमति जुटेन, संविधान संशोधन प्रस्तावमा एमालेको कडा विमत्ति”
बर्दिया राजापुरका भिकु थारु कर्णालीमा बेपत्ता
सी चराउन गएका बर्दियाको राजापुरका एक व्यक्ति कर्णाली नदीमा डुबेर बेपत्ता भएका छन् । राजापुर नगरपालिका–११ अनन्तपुर का ५५ वर्षका भिकु थारु कैलालीको धनासिंहपुर–१ श्रीलंका भन्ने ठाउँ नजिकबाट कर्णाली नदीमा डुबेर बेपत्ता भएका हुन् । Continue reading “बर्दिया राजापुरका भिकु थारु कर्णालीमा बेपत्ता”