दस प्रदेश नबनाए आन्दोलन गर्ने उपेन्द्रको चेतावनी

संघीय गठबन्धनका संयोजक एवम् संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले अहिले हल्ला भए जस्तो गरी संविधान संशोधनको प्रस्ताव संसदमा दर्ता गराइए त्यो कुनै हालतमा आफूहरुले नमान्ने बताएका छन्। Continue reading “दस प्रदेश नबनाए आन्दोलन गर्ने उपेन्द्रको चेतावनी”

‘मङ्सिर ७ वा ८ गते संसोधन प्रस्तान दर्ता हुन्छ’

नेकपा ( माओवादी केन्द्र )का नेता वर्षमान पुुनले आगामी मङ्सिर ७ वा ८ गते संसद्मा संविधान संशोधन प्रस्ताव दर्ता हुने बताएका छन्। मोरङको उर्लाबारीमा अयाोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले भने, ‘संविधान संशोधनका विषयमा प्रमुख तीन दलका शीर्षस्थ नेताबीच मङ्सिर ६ गते निर्णायक छलफल हुने र ७ वा ८ गते नै संसद्मा संशोधन प्रस्ताव दर्ता हुने तयारी छ।’ Continue reading “‘मङ्सिर ७ वा ८ गते संसोधन प्रस्तान दर्ता हुन्छ’”

चुन्कीको अन्तिम दसैँ [कथा]

लक्ष्मण वियोगी।

विनय एक्कासि झस्क्यो। एक अँगालो घामका छायाँ सोहोरिएर आँखामा खनिएझैँ भयो। तिर्मिराएका आँखा तन्कायो। उसका अघिल्तिर चुन्की ठिङ्ङ उभिएकी थिई।

चुन्कीका बदामी ओँठ खुले– दसैँ माने आइलो मलिक्वा? Continue reading “चुन्कीको अन्तिम दसैँ [कथा]”

कपिलवस्तुमा एम्बुलेस दुर्घटना हुँदा कञ्चनपुरका दुईको मृत्यु

बुङ्चीमा आज बिहान करिब ३ बजे बस र एम्बुलेन्स ठोकिँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एम्बुलेन्समा सवार कञ्जनपुर बाइस विजुवाका ५५ वर्षीय सुब्बा राना र ६० वर्षीया मदिया राना रहेको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक विष्णुप्रसाद पोख्रेलले बताए । Continue reading “कपिलवस्तुमा एम्बुलेस दुर्घटना हुँदा कञ्चनपुरका दुईको मृत्यु”

७ प्रतिशत थारु रहेको क्षेत्र ‘थारु स्वायत्त’ हुन सक्दैन : बैजनाथ चौधरी

संविधान संशोधनका विषयमा दलीय सहमति जुटाउन सत्ताधारीले विपक्षी र असन्तुष्ट पक्षसंगको परामर्शलाई तीब्रता दिएको छ। संशोधनको आधार भने अझै तयार हुन सकेको छैन। प्रदेशको सीमाङ्कनका विषयलाई लिएर सत्ताधारीभित्रै मनमतान्तर देखिएको छ भने विपक्षीले सीमाङ्कनको विषय संशोधन गर्नु पर्ने औचित्य खोजिरहेको छ। Continue reading “७ प्रतिशत थारु रहेको क्षेत्र ‘थारु स्वायत्त’ हुन सक्दैन : बैजनाथ चौधरी”

देउवाले भने- ‘७ नम्बर प्रदेशको सीमा हेरफेर हुँदैन’

नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले ७ नम्बर प्रदेशको सीमाङ्कनमा कुनै विवाद नरहेको दाबी गरेका छन्। आफू पार्टी सभापति भएपछि पहिलो पटक सुदूरपश्चिम आएका सभापति देउवाले धनगढी विमानस्थलमा पत्रकारसँग कुरा गर्दै भने, ‘७ नम्बर प्रदेशको सीमा हेरफेर हुँदैन ।’ Continue reading “देउवाले भने- ‘७ नम्बर प्रदेशको सीमा हेरफेर हुँदैन’”

एसिया कप खेल्ने टोलीमा सरस्वती कुमारी चौधरी

एसिया कप टी-२० महिला क्रिकेट प्रतियोगिताका लागि नेपाली राष्ट्रिय टोलीको घोषणा गरिएको छ । प्रशिक्षक, कप्तान तथा आइसीसी प्रतिनिधि सम्मिलित छनौट समितिले आज १५ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो ।

टोलीको कप्तानीको जिम्मेबारी रुविना क्षेत्रीलाई कायमै राखिएको छ । भने गत महिना सम्पन्न छनौट प्रतियोगिता खेलेकी शर्मिला शाही भारतीय रेल्वेका लागि प्रशिक्षणका क्रममा चोटग्रस्त बनेपछि टोलीमा समाबेश गरिएको छैन । डाक्टरले उनलाई कम्तिमा तीन साता मैदानबाहिर रहन भनेका छन् ।

उनले स्थानमा संगीता राई टोलीमा अटाएकी छन् भने शोभा आलेलाई पनि टिममा ल्याइएको छ जो अघिल्लो प्रतियोगितामा थिइनन् । नेपाली टोलीका अन्य सदस्यहरुमा इन्दु बर्मा, ज्योति पाण्डे, काजल श्रेष्ठ, करुणा भण्डारी, नेरी थापा, नीरा राजोपाध्याय, रश्मी शर्मा चौलागाईं, रोशनी बोहर, सवनम राई, सीता मगर, सरस्वती कुमारी चौधरी र सीता रानामगर छन् ।

आगामी नोभेम्बर २६ देखि डिसेम्बर ४ सम्म हुने एशिया कप महिला टि-२० क्रिकेटमा नेपालले एशियाली टेष्ट मुलकका टोलीहरुसँग प्रतिस्पर्धा गर्नेछ । नेपालले प्रतियोगितामा आफ्नो पहिलो खेल २६ नोभेम्बरमा पाकिस्तानसँग खेल्नेछ । त्यस्तै २८ नोभेम्बरमा श्रीलंका, २८ नोभेम्बरमा बंगलादेश, १ डिसेम्बरमा आयोजक थाइल्याण्ड र २ डिसेम्बरमा भारतीय टोलीसँग प्रतिस्पर्धा गर्नेछ ।

‘ठुमक ठुमक के’मा दुई जोडीमो कमाल [भिडियो]

गणेश चौधरीको गीत ठुमक ठुमक के नाचल गोरी युट्युबमा सार्वजनिक भएको छ। राज कुस्मी र चौधरीको स्वयंको शब्दमा रहेको गीतमा उनी आफैंले संगीत भरेका छन्। गीतको म्युजिक भिडियोमा राज कुस्मी, प्रविना चौधरी, वीर चौधरी र रमिलाले अभिनय गरेका छन्। गीतको निर्देशक सुधाराम थारुले गरेका छन् भने सम्पादन राज कुस्मीले गरेका छन्। Continue reading “‘ठुमक ठुमक के’मा दुई जोडीमो कमाल [भिडियो]”

थरुहट थारुवानको आन्दोलन घोषणा

थरुहट थारुवान संयुक्त संघर्ष समितिले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। थारुका माग मुद्दामा सरकार अझै गम्भीर नभएको र टीकापुर कान्डमा समितिका संयोजक धनिराम चौधरीलगायत थारुहरुको मुद्दा फर्ता नगरेको भन्दै समितिले आन्दोलनको घोषणा गरेको हो। Continue reading “थरुहट थारुवानको आन्दोलन घोषणा”

धर्म परिवर्तनले थारु परिवारमा भाँडभैलो

देउखुरीका रामबहादुर चौधरीलाई उनका दाजुले क्रिश्चिय बन्न दबाब दिइरहेका थिए। तर, रामबहादुरले दाजुको दबाब अस्वीकार गर्दै आए। क्रिस्चियन धर्मका स्थानीय अगुवा दाजु भाइप्रति रुष्ट बन्दै गए। सोही क्रममा रामबहादुरको विवाहको कुरा चल्यो। जुनसुकै हालतमा भाइको धर्म परिवर्तन गराउन खोजेका दाजुले क्रिस्चियन धर्ममा लागेकी बर्दियाकी एक युवतीसँग विवाह गर्न दबाब दिन थाले। तर, हिन्दु धर्मबाट विचलित हुन नसकेका रामबहादुरले ती युवती क्रिस्चियन भएकै कारण विवाह गर्न असहमति जनाए। Continue reading “धर्म परिवर्तनले थारु परिवारमा भाँडभैलो”