लिटिल आइकनमा प्राप्ती चौधरी, भोट गर्न अपिल

नेपाल्स लिटिल आइकन २०१६ मा थारु समुदायकी प्राप्ती चौधरी छनौट भएकी छन्। विभिन्न वर्ग र उमेरका बीच सौन्दर्य र प्रतिभामुलक प्रतियोगिता गर्दै आएको एएनपी मिडिया हाउसले विद्यार्थी बालबालिका लागि प्रतिभामुलक प्रतियोगिता आयोजना गर्दैछ। जसमा चौधरी छनौट भएकी हुन्।

आयोजक संस्थता एएनपी मिडिया हाउसका प्रबन्ध निर्देशक लब बहादर कार्कीले राजधानीका विभिन्न विद्यालयमा अध्ययनरत छात्र–छात्राहरुको वौद्धिक विकास तथा नैतिक क्षमता अभिवृद्धिका लागि आगामी कार्तिक २७ गते शनिबार नेपाल्स लिटिल आइकन २०१६ आयोजना गर्न लागिएको बताए।

यस कार्यक्रमले विद्यालय स्तरका बालकालिकाहरुको अतिरिक्त क्रियाकलापमा जागरुकताका साथै अन्तिम परीक्षा पछिको बिदा र नयाँ शैक्षिक सत्र सही सदुपयोग गराउने विश्वास कार्कीले व्यक्त गरे।

विद्यालयको समय मिलाएर विभिन्न तालिम तथा प्रशिक्षण र ज्ञान प्रदान गरिने भएकाले प्रतियोगिामा सहभागी विद्यार्थीहरुको पढाई र परीक्षामा कुनै बाधा अवरोध नआउने पनि उनले प्रष्ट पारे। एएनपी मिडिया हाउसको पाँचौ संस्करणको यो कार्यक्रम राष्ट्रिय नाचघर जमलबाट काष्ठमण्डप टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्नेछ ।

शम्भु प्रसाद रेग्मीको संयोजन र सरीता तामाङ्गको इभेन्ट मेनेजमेन्ट रहने प्रतियोगिताको कोरियोग्राफी र कार्यक्रम सञ्चालन अश्विनी झाले गर्नेछन् ।

भोटको अपिल

प्रप्ती चौधरीलाई जिताउन उनका हजुरबुबा रामलल चौधरीले भोटको अपिल गरेका छन्। उनले बढीभन्दा बढी भोट गरिदिन आग्रह गरेका छन्। एक जनाले जतिपटक पनि भोट गर्न मिल्ने भएकाले धेरै भोट गरिदिनि चौधरीले आग्रह गरेका हुन्। प्राप्ती चौधरीलाई भोट गर्न मोबाइलको म्यासेज बक्समा गएर NLIK <SPACE> 19 टाइप गरी 35005 मा पठाउनुपर्ने हुन्छ।

त्यस्तै मिस इन्टरनेशनलमा सहभागी हुन जापानमा रहेका वर्षा लेखीले पनि प्राप्ती चौधरीलाई भोट गरिदिन आग्रह गरेकी छन्।

करेन्ट लागेर कैलालीका सुनिल चौधरीको मृत्यु

कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरमा करेन्ट लागेर कैलालीका सुनिल चौधरीको ज्यान गएको छ । कैलाली थापापुर–६ का २४ वर्षे सुनिल चौधरी आन्तरिक राजश्व कार्यालय महेन्द्रनगरको निर्माणाधीन भवन छेउमा रहेको खाल्डोबाट पानी झिक्ने क्रममा चौधरीलाई करेन्ट लागेको महेन्द्रनगरका प्रहरी निरीक्षक कर्ण चन्दले बताए । Continue reading “करेन्ट लागेर कैलालीका सुनिल चौधरीको मृत्यु”

संविधान संसोधन प्रस्तावबिनै छठसम्मका लागि संसद् स्थगित

पद र शक्तिको दुरुपयोग गैरकानुनी रुपमा आतंक सिर्जना गर्ने कार्यमा संलग्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमान सिंह कार्कीविरुद्ध महाअभियोग प्रस्तावमाथि संसदमा हुने छलफल १६ दिन सम्मलाई स्थगित भएको छ। Continue reading “संविधान संसोधन प्रस्तावबिनै छठसम्मका लागि संसद् स्थगित”

महाभियोग प्रस्तावले संविधान संसोधन ओझेलमा त पारेन? [भिडियाे]

मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका सांसद जितेन्द्र देवले महाअभियोग प्रस्ताव आउँदा आफ्नो दलसँग कुनै छलफल नभएको बताएका छन् । अख्तियार प्रमुख लोकमान सिंह कार्कीविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावमाथि संसदमा भएको छलफलमा भाग लिँदै देवले यसले संविधान संशोधनलाई ओझेलमा नपारोस् भनेका छन् । महाअभियोग प्रस्ताव संविधान संशोधनको विषयलाई ओझेलमा पर्ने गरी आएको त होइन भनेर आशंकाहरु समेत आएको भन्दै उनले छठभित्र संविधान संशोधन प्रस्ताव ल्याउने प्रधानमन्त्रीको प्रतिवद्धता कार्यान्वयन हुने विश्वास व्यक्त गरे । Continue reading “महाभियोग प्रस्तावले संविधान संसोधन ओझेलमा त पारेन? [भिडियाे]”

आदित्य चौधरी र भरत खवासले सोलिडारिटी कप खेल्ने

अखिल नेपाल फुटबल संघ एन्फाले आगामी कात्तिक १७ गतेदेखि मलेसियामा सुरु हुने एएफसी सोलिडारिटी कप फुटबलका लागि नेपाली राष्ट्रिय टोली घोषणा गरेको छ । Continue reading “आदित्य चौधरी र भरत खवासले सोलिडारिटी कप खेल्ने”

टीकापुर पुगेर गच्छदारले भने- ‘निर्दोष थारूलाई फसाइयो’

मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले टीकापुर घटनाको निष्पक्ष छानबिन गरी दोषीलार्ई कारबाही गर्नुपर्ने बताएका छन् । उनले घटनाको नाममा मुद्दा लगाएर फसाइएका कयौँ निर्दोषलाई रिहाइ गर्नुपर्नेमा जोड दिए । Continue reading “टीकापुर पुगेर गच्छदारले भने- ‘निर्दोष थारूलाई फसाइयो’”

डलर र भारुको भिडन्तमा थारू हारेको छ [कविता]

रेशम चौधरी।

अहिले डलरसँग भारु हारेको छ
डलर र भारुको भिडन्तमा,
थारू हारेको छ।
डलरहरु छाती ठोक्छन्, भारुहरु मुड्की बजार्छन,
भित्रभित्रै डलर, भारु मिलेकै छन्
डलर, भारुको बीचमा नेपाली रुपैयाँको अवमूल्यन
नेपाली भएर अवमूल्यित हुनुपनि त भुलैरहेछ,
नेपाली भएरै त आज थारु हारेको छ।। Continue reading “डलर र भारुको भिडन्तमा थारू हारेको छ [कविता]”

टीकापुर घटनामा पक्राउ परेका परिवारद्वारा आन्दोलन घोषणा

टीकापुर घटनामा पक्राउ परेका परिवारहरुले ‘कारागार पीडित परिवार संघ’ गठन गरेको छ। संघमा सो घटनामा पक्राउ परेका २५ परिवारका सदस्य छन्। लक्ष्मण थारुका भाइ धनकुमार थारुको नेतृत्वमा सो संघ गठन भएको हो। उनीहरुले आइतबार धनगढीमा पत्रकार सम्मलेन गरेर आन्दोलनका कार्यक्रम घोषणा समेत गरेका छन्।  Continue reading “टीकापुर घटनामा पक्राउ परेका परिवारद्वारा आन्दोलन घोषणा”

एन्फा अध्यक्षमा श्रेष्ठ निर्वाचित

अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अध्यक्षमा नरेन्द्रलाल श्रेष्ठ विजयी भएका छन्। नेपाली फुटबलको अभिभावकीय संस्था एन्फाको रिक्त अध्यक्ष र वरिष्ठ उपाध्यक्षका लागि यहाँ आज निर्वाचन सम्पन्न भएको हो । वरिष्ठ उपाध्यक्षमा पनि श्रेष्ठ समूहकै मणि कुँवर विजयी भए।  Continue reading “एन्फा अध्यक्षमा श्रेष्ठ निर्वाचित”

बारामा ओली समर्थक सुन्दर विश्वकर्मा अध्यक्षमा निर्वाचित, उपाध्यक्षमा देवनारायण चौधरी

सात वर्षपछि भएको नेकपा एमाले बाराको ९औं जिल्ला अधिवेशनबाट सुन्दर विश्वकर्मा अध्यक्ष पदमा निर्वाचित भएका छन्। माधव नेपाल र झलनाथ खनाल खेमाबाट उम्मेदवारी दिएका विश्वकर्माले एमालेका अध्यक्ष केपी ओली खेमाबाट उम्मेदवारी दिएका रबिन्द दास श्रेष्ठ भन्दा ७८ मत बढी ल्याएर बिजयी भएको एमाले बाराले जनाएको छ। Continue reading “बारामा ओली समर्थक सुन्दर विश्वकर्मा अध्यक्षमा निर्वाचित, उपाध्यक्षमा देवनारायण चौधरी”