मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले आगामी चैतभित्र स्थानीय तहको निर्वाचन नभए मुलुक सङ्कटमा पर्ने बताएका छन् । कञ्चनपुरको बेल्डाँडी नगरपालिका–५ चवन्नी बजारमा पार्टीले आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै उनले चैतभित्र स्थानीय तहको निर्वाचन गराउनुपर्ने बताए । Continue reading “हाम्रो संविधान विश्वकै उत्कृष्ट : गच्छदार”
Author: admin
यसकारण म लोकमानको पक्षमा
सीताराम चौधरी।
अहिले नेपाल लोकमानमय भएको छ। चिया पसलदेखि संसदसम्म यही बहसको विषय बनेको छ। विभिन्न विद्वान र नेतागणहरु लोकमान ठीक वा बेठीक भन्दै विश्लेषण गरिरहेका छन्। ब्यवस्थापिका सांसदमा लोकमानलाई महाभियोग लगाइ निलम्बित गरिसकेको अवस्था छ। अब केही दिनपछि बहुमतले पारित गरी लोकमानलाई अख्तियार दुरुपयोग अनुसन्धानको प्रमुखबाट बर्खास्त गरिन्छ होला।
सत्य यही हो। तर मेरो ब्यक्तिगत समर्थन लोकमानलाई छ। मैले २ कारणले मात्र लोकमानलाई समर्थन गर्छु। किनकि यो देश मुख्य दुई कारणले बिग्रेको छ। एउटा नेपालको घुसखोर कर्मचारीतन्त्र र अर्को फोहरी राजनीति। यो दुबै मुद्दा लोकमानसँग सम्बन्धित छ। २० वर्षदेखि अख्तियार दुरुपयोग अनुसन्धानको कुनै प्रमुखले केही गर्न नसकेको काम आज जुन लोकमानले गर्दै थिए त्यो तारिफयोग्य छ। आज कुनै कर्मचारी वा नेताले घुस लिन खोज्यो भने कमसेकम एकचोटि लोकमानलाई सोच्छन्। यो नेपालको लागि सकारात्मक कुरा हो।
मैले देखेको नेपालमा त्योभन्दा पनि बोल्ड हिम्मतवाला लिडरको आवश्यकता छ। नेपाल यतिधेरै बिग्रिसकेको छ कि यहाँ एउटा हिटलर नजन्माइ कुनै परिवर्तन हुनेवाला छैन। हामीले देशको उन्नति, विकास र परिवर्तनको बारेमा सोच्छौं तर जोखिम उठाउन खोज्दैनौं। कोही जोखिम उठाएर केही गर्न खोज्यो भने उसलाई साथ दिनुको साटो मिलेर पछार्न लागिपर्छौं। यो नै प्रगतिको पहिलो बाधक रोग हो। यहाँका ख्रोक्रो राष्ट्रवादीले देशलाई यति धेरै खोक्रो बनाइसकेका छन्, यति धेरै परिवर्तन ल्याइसकेका छन् कि गरिब जनताको छोराछोरी सरकारी स्कुल पढ्नुपर्ने, गरिब जनताको छोराछोरी सरकारी हस्पिटल जानुपर्ने तर उही स्कुल हस्पिटलमा काम गर्ने शिक्षक डाक्टरका छोराछोरी आफैँले काम गर्ने स्कुलमा नपढाउने, आफैँले काम गर्ने हस्पिटलमा औषधि नगराउने किन? यो आफैँलाई विश्वास नगरेको होइन र? यी र यस्ता मानसिकता कहिले परिनर्तन गर्ने? आज यही परिवर्तन, यही समानता र यही विकास देशले मागिरहेको छ। त्यसर्थ सर्वप्रथम घुसखोर कर्मचारीतन्त्र र फोहोरी राजनीतिमा आमूल परिवर्तन हुनु जरुरी छ। यसका लागि हिम्मतवाला लोकमान जन्मिनुपर्छ।
हो, विगतमा लोकमानले गरेका गल्ती कमजोरीहरु थिए होलान्। तर त्यही कमजोरी देखाएर लोकमानको अहिलेको कार्यसम्पादनलाई गलत भन्न मिल्दैन। यदि त्यसलाई गल्ती मान्ने हो भने लोकमानलाई अख्तियारको प्रमुख बनाउने राजनीतिक दल पनि उतिनै दोषी छन्। लोकमान बर्खास्त हुनु भनेको अख्तियार कमजोर हुनु हो। फेरि भ्रष्टाचारीको मनोबल बढ्नु हो। यहाँ बुझ्नुपर्ने के देखियो भने लोकमान निरंकुश भएर हटाउन खोजेको हो या लहरो तान्दा पहरो जान्छ भनेर नेताले लोकमानलाई हटाउन खोजेको हो? यो सत्य जनताले खोज्नुपर्ने जरुरी छ।
डगौंरा थारूको मौलिक भेषभूषा
सन्ताेष दहित/दाङ।
पश्चिम नेपालका भूमिपुत्र भने र चिनिने थारू जातिको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा छुट्टै पहिचान रहिआएको छ। थारूहरूको भेषभूषा, रहन–सहन, भाषा, संस्कृति एवम् जीवनशैली अत्यन्त रोचक र फरक रहेको छ। दाङलगायत तराईका जिल्लामा बस्ने थारू समुदायको आफ्नै भाषा, कला, संस्कृति, रीतिरिवाज त छँदैछ, त्योभन्दा पनि फरक थारू समुदायको लोभलाग्दो भेषभूषा तथा गरगहना छन्। Continue reading “डगौंरा थारूको मौलिक भेषभूषा”
थारु विद्यार्थीको लागि छात्रवृत्तिको अवसर
गरिब तथा जेहेन्दार थारु विद्यार्थीको लागि छात्रवृत्ति खुलेको छ। थारु एन्ड फ्रेन्ड्स एसोसियसन अमेरिकाले प्लस टु, स्नातक र स्नातकोत्तरका लागि छात्रवृत्ति आह्वान गरेको छ। इच्छुक विद्यार्थीले अंग्रेजी महिनाको अक्टुबर ३१ सम्म फारम बुझाइसक्नुपर्नेछ। थारु समुदायको हरेक क्षेत्रमा सहयोग पुर्याउँदै आएको थारु एन्ड फ्रेन्ड्स एसोसियसनले २०१६-०१७ का लागि छात्रवृत्ति प्रदान गर्ने निर्णय गरेको संस्थाका सचिव सत्यनारायण चौधरीले जानकारी दिए। Continue reading “थारु विद्यार्थीको लागि छात्रवृत्तिको अवसर”
कुलदीप चौधरीको अध्यक्षतामा थारु पत्रकारको सुनसरी शाखा गठन
थारु पत्रकार संघ नेपालको सुनसरी शाखा गठन भएको छ। सुनसरीमा आयोजित भेलाले कुलदीप चौधरीको अध्यक्षतामा ११ सदस्यीय जिल्ला कार्यसमिति बनेको हो। जसको उपाध्यक्षमा निशान चौधरी, सचिवमा सुनिल चौधरी, सहसचिवमा एलएन गच्छदार र कोषाध्यक्षमा आरती चौधरी छन् । Continue reading “कुलदीप चौधरीको अध्यक्षतामा थारु पत्रकारको सुनसरी शाखा गठन”
गर्भावस्थामा उल्टी आउने समस्या
डा. सुमनराज ताम्राकार
गर्भावस्थाको पहिलो त्रैमासिक (सुरुको १२ हप्तासम्म) मा गर्भवती महिला अस्पताल भर्ना हुनैपर्नेे कारणमध्ये अत्यधिक उल्टी आउनु पनि एक हो । योनीद्वारबाट रगत बग्नु, तल्लो पेट दुुख्नु, गर्भ तुहिनु, सेतो वा खैरो पानी बग्नु आदि चाहिँ अन्य कारण हुन् । धेरै वाकवाकी लागेको र उल्टी भएको महिलाको पिसाबमा ‘किटोन’ जाँचिन्छ । यदि पिसाबमा किटोन पोजिटिभ पाइए मुखबाट केही पनि खान नदिई भर्ना राखेर सलाइन चढाउनुपर्छ । बिरामी र कुरुवालाई अपर्झट भर्ना बस्नुपर्छ भन्दा उनीहरू असमञ्जसमा पर्छन् । राम्रोसँग परामर्श दिएपछि मात्र भर्ना बस्न राजी हुन्छन् । प्रसूति रोग विशेषज्ञहरूले बारम्बार यस्ता समस्या हेर्नुपर्छ । उल्टी आउने समस्यालाई कहिल्यै पनि हल्का रूपमा लिनुहुँदैन ।
उल्टी आउने समस्या कुनै रोगको लक्षणमात्र हो । यो गर्भावस्थासँग सम्बन्धित वा कुनै पनि मेडिकल, सर्जिकल एवं गाइनेकोलोजिकल समस्याका एउटा लक्षणको रूपमा गर्भवती महिलामा देखिन सक्छ ।
उल्टी आउनुका कारण
१. गर्भावस्थासँग सम्बन्धित
गर्भ रहनुको एउटा संकेतका रूपमा आउने उल्टी (साधारण उल्टी) वा निकै बढी आउने उल्टी (कडा खालको उल्टी)
२. गर्भावस्थासँग असम्बन्धित तर गर्भवती बेलामा हुनसक्ने उल्टीका कारण
मेडिकल कारण – जुकाको संक्रमण, विभिन्न खाले पिसाब नलीको संक्रमण, हेपाटाइटिस, मधुमेहको कारण उत्पन्न हुने जटिलता, शरीरमा अधिक युरियाको मात्रा
सर्जिकल कारण – एपेन्डिक्स सुन्निनु, आमाशयको अल्सर, पूर्ण वा आंशिक रूपमा आन्द्रा थुनिनु, पित्तथैली सुन्निनु
गाइनेकोलोजिकल कारण –
डिम्बाशयको ट्युमर बटारिँदा, पाठेघरमा मासु पलाएको बिग्रँदा, कुहिँदा
गर्भावस्थाको अन्त्यतिर देखापर्ने उल्टी
१. गर्भावस्थामा हुने उल्टीकै निरन्तरता वा फेरि देखापर्नु
२. गर्भावस्थामा देखापर्ने उच्च रक्तचापको जटिलता
उल्टी कति धेरै भएको छ र यसले पु¥याएको नकारात्मक असरको आधारमा गर्भावस्थामा हुने उल्टीलाई साधारण वा गम्भीर खालको मानिन्छ ।
साधारण उल्टी
गर्भवती महिलालाई बिहानीपख वाकवाकी लाग्ने, उल्टी आउने हुन्छ । त्यसैकारण पनि गाउँघरतिर सासु वा अग्रज महिलाले आफ्नी बुहारी गर्भवती भएको शंका गर्छन् । धेरैजसो महिलाले गर्भावस्थाको सुरु (पहिलो त्रैमासिक) तिर उल्टीको अनुभव सँगालेकै हुन्छन् । उल्टीमा पानी वा पित्त मिसिएको एवं थोरै मात्रामा हुन्छ । यसले गर्भवती महिलाको दैनिक क्रियाकलापमा अर्थात् उनको स्वास्थ्यमा खासै नराम्रो असर पुर्याएको हुँदैन ।
बिना कुनै उपचार गर्भावस्थाको १२ देखि १४ हप्तामा उल्टी आउने समस्या हराएर जान्छ । गर्भावस्थामा अधिक मात्रामा उत्पादन हुने एचसिजी (ह्युमन कोरिओनिक गोनाडोट्रोफिन), इस्ट्रोजेनलगायत हर्मोनका कारण यस्तो उल्टी आउँछ ।
गर्भवती महिलालाई ढाडस दिने, सुख्खा खानेकुरा खाने, चिल्लो पिरो कम खाने गरेमा यो समस्या कम हुँदै जान्छ । आवश्यक परेमा उल्टी नआउने औषधि खान सकिन्छ । प्रशस्त मात्रामा झोलिलो खानेकुरा (एकदिनमा दुई लिटर) एवं फलपूmलको रस पिउनुपर्छ ।
कडा खालको उल्टी
गर्भावस्थामा बढी मात्रामा उल्टी आई गर्भवती महिलाको स्वास्थ्य एवं उनको दैनिक क्रियाकलापमै नकारात्मक असर पुग्न गयो भने त्यसलाई कडा खालको मान्नुपर्छ ।
परिवार नियोजनका साधनको उपयोग, गर्भावस्थाको सुरुतिरै गर्भ जाँच गराउन जाने चलन एवं राम्रो खालको उल्टी रोक्ने औषधिको विकासका कारण विगत केही समयदेखि गर्भावस्थामा देखापर्ने उल्टीको समस्या घट्दो क्रममा छ । तर, पहिलो पटकको गर्भ, जुम्ल्याहा गर्भ, मोलार गर्भ (सग्लो भ्रुणको ठाउँमा अंगुरको दाना जस्तो हुने बिग्रेको गर्भ), अनिच्छित गर्भ, नयाँ पार्टनरबाट रहेको गर्भ तथा पहिल्यै माइतीतिर कसैलाई गर्भावस्थामा उल्टी आउने समस्या थियो भने पनि उल्टी आउने समस्या हुन्छ ।
गर्भावस्थामा अधिक मात्रामा उत्पादन हुने एचसिजी (ह्युमन कोरिओनिक गोनाडोट्रोफिन), प्रोजेस्टेरोनका कारण खाद्यनली अन्तर्गतको आमाशयको माथिल्लो द्वार खुकुलो हुन गई तथा खाद्यनलीको चालमा गडबडी उत्पन्न भई उल्टी आउँछ ।
कतिपयलाई भने मानसिक समस्याले पनि उल्टी आउँछ । यस्तो परिस्थितिमा घरायसी वातावरणबाट टाढा राख्दा पनि उल्टीको समस्या कम भएर जान्छ । खानेकुरामा कार्बोहाइड्रेटको कम संचितिले पनि उल्टी आउन सक्छ । जुनसुकै कारणले उल्टी सुुरु भएको भए पनि उल्टीका कारण जलवियोजन एवं शरीरमा कार्बोहाइड्रेटको कमी भयो भने यसैले फेरि उल्टी गराउँछ ।
उल्टीका कारण लामो समयसम्म खानाको अभाव एवं कुपोषणले गर्दा कलेजो, मृगौला, नशा, मुटु, गिदीमा प्रतिकूल असर पर्छ । यसका साथै आमाशयमा अल्सर हुने, खकारमा रगत देखापर्ने, जन्डिस देखापर्ने हुनसक्छ ।
सुरुतिर कुनै असर नदेखिए पनि लामो समयसम्मको उल्टीले गर्दा जलवियोजन र कार्बोहाइड्रेटको अभाव देखिन्छ । पिसाब, रगत र इसिजीको जाँचबाट यी कुरा पत्ता लाग्छन् । मुखबाट राम्ररी खान नसकेका कारण ग्लुकोजको अभावमा शरीरको बोसो पग्लिने क्रममा निक्लिने विकार तŒव (किटोन) पिसाबमा भेटिन सक्छ ।
उपचारका क्रममा उल्टी रोक्ने, जलवियोजन ठीक पार्ने, उल्टीको कारण उत्पन्न हुने जटिलताको रोकथाम गर्ने गर्नुपर्छ । मुखबाट कति पनि खानै सकिएन र यसैकारण शरीरमा परेको प्रतिकूल असर रगत एवं पिसाब परीक्षणमा पनि देखिन थाल्यो भने बिरामीलाई अस्पतालमा भर्ना राखी उपचार गर्नुपर्ने हुन्छ ।
यसका साथै भिटामिन बी कम्प्लेक्स र सी, बिरामीलाई ढाडस, बिरामीको श्रीमान् तथा परिवारजनलाई परामर्श दिनुपर्छ । उल्टी रोकिनु, बिरामीलाई भोक लागेको अनुभव हुनु, अनुहारमा चमक आउनु, पिसाबमा एसिटोन (अत्यधिक उल्टीका कारण देखिने खराब तŒव) हराउँदै जानु, बिरामीको नाडी, रक्तचाप, पिसाबको मात्रा सामान्य हुनु बिरामी सुधार हँुदै जानुको प्रमाण हो । उल्टी रोकिएपछि सुरुमा बिस्कुट, टोस्टलगायत सुख्खा चिज खान दिनुपर्छ । बिस्तारै सामान्य खानेकुरा ख्वाउन थाल्नुपर्छ । यस क्रममा थोरथोरै तर धेरै पटक ख्वाउनुपर्छ । यसको अलावा गर्भावस्थासँग असम्बन्धित तर गर्भवती बेलामा हुनसक्ने उल्टी तथा गर्भावस्थाको अन्त्यतिर देखापर्ने उल्टीका लागि कारक तत्वअनुसार नै उपचार गराउनुपर्छ ।
लोकमानविरुद्धको महाअभियोगमा मधेसी मोर्चा पर्ख र हेरको नीतिमा
अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध संसदमा दर्ता भएको महाअभियोगमा मधेसी मोर्चाले पर्ख र हेरको नीति लिएको छ । उसले मोर्चाका केही घटकले भने यसलाई संविधान संशोधनको आफ्नो मागलाई ओझेलमा पार्ने प्रयास भनेका छन् । Continue reading “लोकमानविरुद्धको महाअभियोगमा मधेसी मोर्चा पर्ख र हेरको नीतिमा”
मेरो किताब मेरो जीवनको भोगाइ हो : बालिका चौधरी
सन्तोष दहित/घोराही
लेखिका बालिका चौधरीको ‘जीवनका बक्र रेखाहरु’ कृतिको आइतवार घोराहीमा समीक्षा गरिएको छ। कृतिको समीक्षा गर्दै पत्रकार एवम् साहित्यकार केबी चौधरीले लेखिका चौधरीको पुस्तकमा संघर्षका कथाहरु उल्लेख गरिएको बताए। उनले पुस्तको चर्चा गर्दै भने- ‘यो पुस्तकमा समाजको यथार्थ चित्रण र आफ्नो व्यक्तिग अनुभव सेयर गरिएको छ।’ लेखिका चौधरीले किताबमार्फतम जीवन संघर्ष हो भन्ने सन्देश दिएकी छन्। किताबमा गाउँदेखि अमेरिका, डेनमार्कलगायत देशका कथा, बस्तु अनुभव समेटिएको छ। Continue reading “मेरो किताब मेरो जीवनको भोगाइ हो : बालिका चौधरी”
कांग्रेस भाग्ने ठाउँ छैन, लोकमानलाई अब कुनै शक्तिले बचाउन सक्दैन : सांसद चौधरी
संसदमा दर्ता भएको अख्तियार प्रमुख लोकमान सिंह कार्कीविरुद्धको महाभियोग प्रस्तावमा पार्टीले औपचारिक धारणा बनाउन नसकिरहेका बेला कांग्रेस सांसद सुरेन्द्र चौधरीले लोकमानलाई कुनै पनि शक्तिले बचाउन नसक्ने बताएका छन्। Continue reading “कांग्रेस भाग्ने ठाउँ छैन, लोकमानलाई अब कुनै शक्तिले बचाउन सक्दैन : सांसद चौधरी”
थरूहटकी सांसद गंगा थारू चढेकाे गाडी दुर्घटना
थरूहट तराई पार्टी नेपालकी उपाध्यक्ष एवं सांसद गंगा थारू चढेकाे गाडी दुर्घटनामा परेकाे छ। कैलालीमा बसेकाे पार्टीकाे केन्द्रीय कमिटीकाे बैठक बसी दाङ फर्किने क्रममा अाज साँझ इमलियामा दुर्घटना भएकाे महादेव थारूले जानकारी दिए।
उनका अनुसार सांसद चाैधरीकाे टाउकाेमा चाेट लागेकाे छ। गंगा थारू सवार गाडीका ड्राइभर र एक सहयाेगी घाइते छन्।
सबैकाे उपचार बाँकेकाे काेहलपुर शिक्षण अस्पतालमा उपचार भइरहेकाे उनलेे बताए।