फूला जैसनमा किरण र प्रवीना, रमेश र रेशुकाे प्रतिस्पर्धा [भिडियाे]

रमेश मिसनले नयाँ थारु गीत सार्वजनिक गरेका छन् । फूला जैसन तोहर रुपके रङ बोलको गीतमा रमेश र संगीता चौधरीकोे स्वर रहेको छ । शब्द र संगीत रामकुमार कठरियाले दिएका छन् । गीतको म्युजिक भिडियो पनि सार्वजनिक भएको छ । सुधाराम दहितको निर्देशनमा बनेको म्युजिक भिडियोमा किरण, प्रवीना, रमेश र रेशुले अभिनय गरेका छन् । Continue reading “फूला जैसनमा किरण र प्रवीना, रमेश र रेशुकाे प्रतिस्पर्धा [भिडियाे]”

चन्दा संकलन गरेर उदाहरणीय काम

कमल चौधरी/कपिलबस्तु
थारु समुदायको भेषभुषा, पहिचान र संस्कृतिलाई जोगाउन चन्दा उठाएर दिउहरवा (मन्दिर) बनाएका छन् । दिउहरवा निर्माण उपभोक्ता समतिका अध्यक्ष सक्रान्ति थारुले ऐतिहासिक पहिचान बोेकेका दिउहरवा ओझेलमा परेको र आफूहरुले त्यसको संरक्षण गर्नको लागि चन्दा उठाएर दिउहरवा निर्माण गरेको बताए । Continue reading “चन्दा संकलन गरेर उदाहरणीय काम”

थारू संस्कृति जोगाउँदै कपिलवस्तुका थारु समुदाय

कमल चौधरी/कपिलबस्तु

कपिलबस्तुका थारु समुदायहरु बेलको काँडमा ढिकारी उनेर दशैं मनाएका छन् । उनीहरुले सदाको बर्षझै यस बर्ष पनि दशैैंमा आफ्नै संस्कृतिमा रमाउदै दशैं मनाएका हुन् । ‘जे सिक्यौं त्यही आफ्ना सन्ततीहरुलाई सिकाउँदै आएका छौं,’ कपिलबस्तु वाणगंगा नगरपालिका–१५ की जुुगारी थारुले बताए । Continue reading “थारू संस्कृति जोगाउँदै कपिलवस्तुका थारु समुदाय”

थाकसकाे प्रशिक्षण भेला कात्तिक १८, १९ र २० गते सप्तरीमा हुने

थारु कल्याणकारिणी सभा (थाकस)ले सप्तरीको जण्डौलमा तीन दिने केन्द्रीय प्रशिक्षण भेला आयोजना गर्ने भएको छ। भेलामा वरिष्ठ अधिकारकर्मीहरुले प्रशिक्षण दिने बताइको छ। सभाका केन्द्रीय उपाध्यक्ष प्रेमीलाल चौधरीका अनुसार सप्तरीस्थित जण्डौलको एक धर्मशाला हलमा कात्तिक १८, १९ र २० गते कार्यक्रम अायाेजना हुनेछ।  Continue reading “थाकसकाे प्रशिक्षण भेला कात्तिक १८, १९ र २० गते सप्तरीमा हुने”

मिस सुदूरपश्चिममा भिड्दै मनिषा चौधरी

धनगढी -मिस सुदूरपश्चिकाे अन्तिम प्रतिस्पर्धीमा धनगढीकी मनिषा चौधरी छनाैट भएकी छन्। सानै उमेरदेखि माेडलिङमा रूची राख्ने मनिषा अाफ्नाे माेडल बन्ने सपना पूरा गर्न चाहन्छिन्। सामान्य परिवारकी मनिषा याे ताज जित्न चाहन्छिन्। ताज जितेर माेडलिङ करियर फराकिलाे बनाउन चाहन्छिन् उनी। ‘सामान्य परिवारकाे भए पनि माेडलिङमा धेरै रूची छ। यही क्षेत्रमा काम गरेर समुदायकाे नाम उचाे बनाउनु छ,’ उनले थारूवानसँग भनिन्। Continue reading “मिस सुदूरपश्चिममा भिड्दै मनिषा चौधरी”

रात्रि बस त्रिसुलीमा खस्दा नौ जना गम्भीर घाइते, केही बेपत्ता भएकाे अनुमान

काठमाडाैंबाट भैरहवा जान आउँदै गरेको लु१ख ७३९१ नं को रात्रि बस आज साँझ नारायणगढ–मुग्लिन सडकखण्डको दाहाखानी गाविस–६ को रिद्धिखोलानजिकै त्रिशूली नदीमा खस्दा नौजना गम्भीर घाइते भएका छन् ।  इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक योगेन्द्रबहादुर हमालका अनुसार नौ जना गम्भीर घाइतेलाई उपचारका लागि भरतपुर पठाइएको छ । बसको आधा भाग त्रिशूलीमा डुबेकाले अन्य यात्रु बेपत्ता भएको हुनसक्ने भन्दै नदी र दुर्घटनास्थल आसपासमा खोजी कार्य जारी रहेको उनले जानकारी दिए ।  Continue reading “रात्रि बस त्रिसुलीमा खस्दा नौ जना गम्भीर घाइते, केही बेपत्ता भएकाे अनुमान”

करण जौहरलाई मन पर्दैन अनुष्का

अजय देवगन अभिनीत ‘शिवाय’ र करण जौहर निर्देशित ‘ऐ दिल है मुश्किल’ एकै दिन अर्थात् २८ अक्टोबरमा प्रदर्शन हुँदै छन् । तर, फिल्म जुध्ने कुराले भन्दा अभिनेत्री अनुष्का शर्मा र करणको प्रसंगले बलिउड यति बेला गर्माएको छ । करणले सुरुमा अनुष्कालाई अभिनेत्रीका रूपमा नपत्याएको यथार्थ अहिले ‘भयानक’ समाचार बनिरहेको छ । Continue reading “करण जौहरलाई मन पर्दैन अनुष्का”

मिनी ट्रकले किच्दा काेहलपुरमा हजुरआमा र नातिनीको मृत्यु

कोहलपुरको मदनचोकमा मिनी ट्रकले किच्दा मंगलबार विहान हजुरआमा र नातिनीको मृत्यु भएको छ। कोहलपुरबाट महेन्द्रनगर जाँदै गरेको से १ ख १३२४ को मिनी टाटा ट्रकले पूर्वपश्चिम राजमार्गको कोहलपुर–३ मदनचोकमा किच्दा स्थानीय ५८ की सीतादेवी पोखरेल र उनकी दुई बर्षीय नातिनी प्रशंसा पन्तको मृत्यु भएको हो। Continue reading “मिनी ट्रकले किच्दा काेहलपुरमा हजुरआमा र नातिनीको मृत्यु”

धानको बीउमै ठगिएपछि किसानहरु मर्कामा

कारी महतो/खैरहनी

बढी उत्पादन लिनका लागि स्थानीय कृषि सहकारी संस्थाबाट धानको बीउ ल्याएर लगाएको धानबालीबाट उत्पादन नभएपछि खैरहनी नगरपालिका वडा नं. १ का कृषकहरु आफूहरु ठगिएको महशुस गरेका छन् । खैरहनी नगरपालिका स्थित थारु कृषक कल्याण समूहका सचिव हरिकुमार चौधरीले ज्यामिरे कृषि सहकारी संस्थाबाट धानको बीउ ल्याएर ८ कट्ठा खेतमा धान लगाएका थिए । तर घरकै बीउ रोपेका अन्य छिमेकीहरुले धानको उत्पादन लिईसकेपनि उनको धान अझै निस्किएकै छैन । त्यस्तै सोहि गाउँका बनहरि चौधरीको पनि त्यस्तै हालत छ । उनले ५ कट्ठा जग्गामा धान लगाएका छन् । शिवलाल चौधरीको पनि उस्तै व्यथा छ । उनले जानकी एग्रोसिडबाट धानको बीउ ल्याएर ७ कट्ठा जग्गामा धान लगाएका छन् । उनीहरु मात्र होइन त्यस क्षेत्रका अधिकांश कृषकहरु धानको बीउमा ठगिएको महशुस गरेका छन् । तर चेतनाअभावका कारण दुईजना कृषकले मात्र जिल्ला कृषि विकास कार्यालयमा उजुरी गरेका छन् । Continue reading “धानको बीउमै ठगिएपछि किसानहरु मर्कामा”

भारतीय राष्ट्रपति मुखर्जी जनकपुर जाने

भारतीय राष्ट्रपति प्रणव मुखर्जीको आसन्न जनकपुर भ्रमणको क्रममा यहाँ भव्य स्वागतको तयारी हुँदैछ ।भारतीय राष्ट्रपति प्रणव मुखर्जीको यही १९ गते हुने जनकपुर भ्रमणको तयारी र स्वागतको विषयमा सर्वदलीय बैठकको आयोजना गरिएको छ । Continue reading “भारतीय राष्ट्रपति मुखर्जी जनकपुर जाने”