तेजुलाल चौधरीले भने- ‘प्रधानमन्त्रीको बोलाइ र गराइ फरक भयो’

व्यवस्थापिका-संसद्को आजको बैठकको विशेष समयमा सांसदहरूले संविधान संशोधन गरी खासगरी तराई-मधेस, थारु समुदायका माग सम्बोधन गर्नसरकारको ध्यानाकर्षण गराएका छन्। उनीहरूले संविधान संशोधनका विषय प्रतिपक्षी दल लगायत सबै जनताले जानकारी पाउनुपर्छ भन्दै सरकारलाई सबै दलको सहमतिमा मात्र संविधान संशोधनको प्रस्ताव ल्याउन सुझाव दिए। Continue reading “तेजुलाल चौधरीले भने- ‘प्रधानमन्त्रीको बोलाइ र गराइ फरक भयो’”

शान्ति मोदीको रिटलाई सर्वोच्चले दियो अग्राअधिकार

अधिवक्ता शान्ति कुमारी मोदीले दायर गरको रिटलाई सर्वोच्च अदालतले अग्राअधिकारसहित कारण देखाउ आदेश जारी गरेको छ। असोज १२ गते समानुपातिक समावेशिताअन्तर्गत जनसंख्याको आधारमा राज्यका हरेक निकायमा पदपूर्ति गर्न परमादेशसहित अधिवक्ता मोदीले रिट दायर गरेकी थिइन्। Continue reading “शान्ति मोदीको रिटलाई सर्वोच्चले दियो अग्राअधिकार”

संसदमा गंगा थारूकाे प्रश्न- ‘लोकमानसिंह कुन लोकको यमराज हुन् ?’

थरुहट पार्टीकी सांसद गंगा चौधरीले लोकमान सिंहको घरमा म्याद तामेली गर्न नसक्नु लज्जास्पद भएके बताएकी छन्। उनलाई संरक्षण गर्ने राजनीतिक दलका नेतालाई समेत कठघरामा ल्याउनुपर्ने उनले बताइन् । Continue reading “संसदमा गंगा थारूकाे प्रश्न- ‘लोकमानसिंह कुन लोकको यमराज हुन् ?’”

तस्बिरमा वर्षा लेखी, पपुलर च्वाइसको लागि भोट गर्नुस्

मिस नेपाल दोस्रो रनरअप भएकी वर्षा लेखी यतिबेला मिस इन्टरनेश्नलमा सहभागी हुन जापनमा छिन्। अक्टुबर २७ मा हुने मिस इन्टरनेश्नलका लागि उनी अहिले प्रशिक्षण लिइरहेकी छन्। उनले जापानमा आयोजना भइरहेका विभिन्न कार्यक्रममा सहभागी भइरहेकी छन्।
पपुलर च्वाइसका लागि आयोजकले हालसालै भोटिङ सुरु गरेको छ। वर्षा लेखीलाई तपाईँहरुले पनि भोट दिन सक्नुहुन्छ। उनलाई भोट दिन यहाँ क्लिक गर्नुहोस्। क्लिक गरेपछि तपाईँले नेपाल वर्षा लेखी सँगै देखिने बक्समा टिक लाएर भोट गर्न सक्नुहुन्छ।
उनले हिजोमात्र ट्यालेन्ट सोमा आफ्नो प्रस्तुती दिएकी थिइन्। भिडियो हेर्नुस्:

barsha-lekhi-01

barsha-lekhi-09

barsha-lekhi-08

barsha-lekhi-07

barsha-lekhi-06

barsha-lekhi-05

barsha-lekhi-04

barsha-lekhi-03

barsha-lekhi-02

 

मिस इन्टरनेश्नलमा वर्षा लेखीद्वारा ट्यालेन्ट प्रस्तुत

मिस इन्टरनेश्नलमा भाग लिन जापन पुगेका वर्षा लेखीले ट्यालेन्ट सोमा आफ्नो प्रस्तुती दिएकी छन्। उनले लहेँगा र चोलीमा नेपाली गीत हिजो राती सपनीमा आफ्नो प्रस्तुती दिएकी हुन्। Continue reading “मिस इन्टरनेश्नलमा वर्षा लेखीद्वारा ट्यालेन्ट प्रस्तुत”

माइकल क्लर्कद्वारा सन्दीपकाे तारिफ, भने- उनी उदयीमान युवा क्रिक्रेटर हुन्

अस्ट्रेलियका पूर्व क्रिक्रेटर तथा पूर्व कप्तान माइकल क्लार्कले सन्दिप लामिछाने आफ्नो युवा साथी भएको र उनलाई आफू सहयोग गर्न सँधै तयार रहेको बताएका छन्। सिड्नीमा सोमबार आयोजित आफ्नो जिवनीमा आधारित ‘माइ स्टोरी माइकल क्लार्क’ नामक पुस्तकको सार्वजनिक कार्यक्रममा फेसबुक लाइभमा आएका क्लार्कले भने, ‘सन्दिप लामिछाने एक उदयमान युवा क्रिक्रेटर हुन् र उनलाई यस क्षेत्रमा अगाडि बढ्न म सँधै सहयोग गर्न तयार छु।’ Continue reading “माइकल क्लर्कद्वारा सन्दीपकाे तारिफ, भने- उनी उदयीमान युवा क्रिक्रेटर हुन्”

बाँस बेचेरै लखपति, तुलसीराम चौधरी भन्छन्- ‘वार्षिक पाँच लाखसम्म अाम्दानी हुन्छ’

बाँस बेचेरै कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ वाणिमा रहेको जनहित महाकाली सामुदायिक वनका उपभोक्ता लखपति भएका छन् । सामुदायिक वनमा रोपिएको बाँस बेचेर सामुदायिक वनका उपभोक्ताले वार्षिक रुपमा रु पाँच लाखभन्दा बढी आम्दानी लिँदै आएका छन् । एक दशकअघि सामुदायिक वनमा रोपिएका आधादर्जन प्रजातिका बाँस बेचेर आम्दानी लिन थालिएको हो ।

काँडे, मध्यम र मोटो प्रजातिका गरी तीनथरिका बाँस सामुदायिक वनको ३५ हेक्टर क्षेत्रफलमा रोपिएका छन् । ‘सामुदायिक वनमा रोपिएका बाँस चारवर्षदेखि बिक्री गरी आम्दानी लिँदै आएका छौं,’ सामुदायिक वनका अध्यक्ष तुलसीराम चौधरीले भने। सामुदायिक वनबाट उपभोक्ता, सटरिङ गर्ने व्यापारी र जैविक तटबन्ध निर्माणकर्ताले बाँस खरिद गरी लग्ने गरेका छन् । प्रतिबाँस रु २५० देखि रु ५०० सम्ममा बिक्री हुने गरेको छ ।

वार्षिक रुपमा काठ बेचेर रु दुई लाखसम्म आम्दानी हुन्छ, अध्यक्ष चौधरीले भने, ‘बाँस बेचेर काठभन्दा दोब्बर बढी आम्दानी भइरहेको छ।’ उनका अनुसार पहिलो वर्ष बाँस बेचेर रु चार लाख आम्दानी भएको र त्यसपछिका तीन वर्षमा रु पाँच÷पाँच लाखका दरले आम्दानी हुँदै आएको छ ।

बाँस बेचेर आएको पैसाले सामुदायिक वनका उपभोक्ताले सडकमा ग्राभेल हाल्न, सडक मर्मत गर्न, विद्यालयमा पढ्ने जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न र निजी स्रोतका शिक्षकको तलब बाँस बेचेर आएको रकमले धान्दै आएका छन् । अभिभावकको आर्थिक अवस्था निकै कमजोर रहेकाले बाँस बेचेर आएको केही रकम विपन्न अवस्थाका उपभोक्ताको आर्थिक अवस्थामा सुधार ल्याउनका लागि न्यून ब्याजमा आयआर्जनका कार्यका लागिसमेत रकम उपलब्ध गराउने व्यवस्था सामुदायिक वनले गरेको छ ।

‘दुई दर्जनभन्दा बढी विपन्न अवस्थाका उपभोक्ताको आर्थिक अवस्था सामुदायिक वनले प्रदान गरेको रकमले उकासिएको छ,’ सामुदायिक वनका पूर्व लेखा संयोजक शोभा खुनाले भने। विसं २०६० मा स्थापना भएको सामुदायिक वन १९८ दशमलव ९३ हेक्टर क्षेत्रफलमा फैलिएको छ । वनमा ५३० उपभोक्ता आश्रित रहेका छन् । रासस

डा. गोपाल दहितलाई जोतपुरबासीको भब्य स्वागत

थरुहट तराई पार्टी नेपालका वरिष्ठ नेता एवं सांसद डा. गोपाल दहितलाई आफ्नै गाउँमा भब्य स्वागत गरिएको छ। थारु जातिको प्रेरणाको स्रोत भएको बताउँदै जोतपुरबासीले उनको भब्य स्वागत गरेका हुन्। ४१ वटा थारु सांसदमध्ये ब्यस्थापिका सांसदमा अग्रनी भूमिका निर्वाह गर्दै आएका दहित थारु जातिको आशा र भरोसा रहेको भूतपूर्व बरघर ठाकुर थारुले बताए। Continue reading “डा. गोपाल दहितलाई जोतपुरबासीको भब्य स्वागत”

मोटरसाइकल दुर्घटनामा कपिलदेव चौधरीको मृत्यु

नवलपरासीको प्रतापपुर गाविसको  खैरहनी मा गएराति मोटरसाइकल दुर्घटनामा जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा प्रतापपुर-८ अठलहीका २३ वर्षीय कपिलदेव चौधरी रहेको प्रहरीले जनाएको छ।  Continue reading “मोटरसाइकल दुर्घटनामा कपिलदेव चौधरीको मृत्यु”

नेपाली सेनामा साढे १९ सय सिपाहीको भर्ना आह्वान

नेपाली सेनाले एकैपटक २१ सयभन्दा बढीका लागि जागिर खुलाएको छ । जंगी अड्डा काठमाडौंसहित विभिन्न पृतना, बाहिनी, गण तथा गुल्ममा विभिन्न पदमा गरी २१ सय ३५ जनाको लागि दरखास्त आवेदन मागिएको हो ।

जसमा सैन्य अर्थात सिपाही पदमामात्रै १ हजार ९ सय ५० जनाको लागि आवदेन मागिएको छ । काठमाडौंको जंगी अड्डामा मात्रै ४ सय जना सिपाही माग गरिएको छ ।

सेनाले लेखा, जमदार, हुद्दा, अमलदार, सैन्य ड्राइभर, बन्दोबस्ती सिपाही, कुचिकार, धोबी, केशकर्तक, वेटर र लोहार पदमा आवेदन मागेको छ ।

पदअनुसार फरक-फरक योग्यता तय गरिएको छ । इटहरी, फिदिम, राजबिराज, हेटौंडा, सिन्धुली, रौतहट, रामेछाप, पोखरा, बझाङ, इलाम, बुटवल, लमजुङ, नेपालगञ्ज, दाङ, जुम्ला, जाजरकोट, दिपायल, धनगढीका विभिन्न सैन्य पृतना, बाहिनी, गण तथा गुल्ममा भर्ति गर्न लागिएको हो ।