मिस इन्टरनेशनलको ‘पिपुल्स च्वाइस’मा वर्षा लेखी अगाडि

नेपालको प्रतिनिधित्व गर्दै मिस इन्टरनेशनलमा सहभागी हुन जापान गएका वर्षा लेखी पिपुल्स च्वाइसमा सबै प्रतिनिधिलाई उछिनेकी छन्। भोटको माध्यमबाट भइरहेको पिपुल च्वाइसमा लेखीले यो समाचार तयार पार्दासम्म ११ हजार ५ सयभन्दा बढी भोट पाएका छन्। उनका प्रतिद्वन्द्वीका रुपमा देखिएकी मिस भियतनामले १० हजार ८०० बढी भोट पाएकी छन्।

त्यस्तै तेस्रो नम्बरमा मिस स्पेन ८ हजार ६ सय  र चौथोमा मिस फिलिपिन्स ४ हजार ८ सय भोट पाएकी छन्। लेखीले पूरा ७ भोटका साथ अगाडि देखिएकी छन्। यो विद्यामा धेरै भोट पाउने कन्टेस्टेन्टले पिपुल्स च्वाइसको टाइटल प्राप्त गर्नेछिन्।

मिस इन्टरनेशनलको ५६औं संस्करण अक्टुबर २७ मा जापानको टोकिया सहरमा आयोजना हुँदैछ।

नेपालको प्रतिनिधि वर्षा लेखीलाई तपाईँले पनि भोट दिएर जिताउन सहयोग गर्न सक्नुहुन्छ। त्यसका लागि तलको लिङ्कमा क्लिक गरेर नेपाल-वर्षा लेखीमा भोट गर्न सक्नुहुन्छ।

http://missosology.info/forum/viewtopic.php?f=5&t=1333195

यो पनि पढ्नुस्:

मिस इन्टरनेश्नलमा वर्षा लेखीद्वारा ट्यालेन्ट प्रस्तुत

तस्बिरमा वर्षा लेखी

लोकमानलाई दुई तिहाईबाट बिदा गरिन्छ : अमनलाल मोदी

सत्तारुढ दल नेकपा माओवादी केन्द्रका सांसद तथा महाअभियोग सिफारिश समितिका सदस्य अमनलाल मोदीले अख्तियार प्रमुख लोकमासिंह कार्कीलाई संसदको दुई तिहाईबाट विदा गर्ने दाबी गरेका छन्। Continue reading “लोकमानलाई दुई तिहाईबाट बिदा गरिन्छ : अमनलाल मोदी”

सांसद चौधरी भन्छन्- मुलुकको अवस्था अन्यौलग्रस्त भयो

सांसद जनकराज चौधरीले मुलुकको राजनीतिक अवस्था दिन प्रतिदिन तरल र अन्यौलग्रस्त बन्दै गइरहेको बताएका छन् । व्यवस्थापिका संसद अन्र्तगतको वातावरण संरक्षण समिति सभापति तथा कैलाली क्षेत्र नं. १ का सांसद चौधरीले मुलुकको यो अवस्थामा मुलुकलाई सही दिशाबोध गराउन शिक्षाको गुणस्तरीयतामा जोड दिन आवश्यक भएको बताएका छन् । Continue reading “सांसद चौधरी भन्छन्- मुलुकको अवस्था अन्यौलग्रस्त भयो”

बच्चा जन्माउने फार्म, जहाँ बालिका र किशोरी राखिन्छ

जनावरको फार्मबारे सुन्दै आएका हामीलाई मानिसको पनि फार्म हुन्छ भन्ने सुन्दा अपत्यारिलो लाग्न सक्छ । तर, अफ्रिकी मुलुक नाइजेरियामा एउटा यस्तो फार्म छ, जहाँ युवतीहरूबाट बच्चा जन्माउने काम मात्रै हुन्छ । अस्पताल तथा अनाथालयमा यस्ता फार्म सञ्चालन गर्ने गरिन्छ । फार्ममा बालिका, किशोरी तथा युवतीलाई राखिन्छ र उनीहरूलाई बच्चा जन्माउन लगाइन्छ । बालिका र किशोरीलाई ललाइफकाई र यसरी नमानेमा जबर्जस्तीसमेत राख्ने गरिन्छ । Continue reading “बच्चा जन्माउने फार्म, जहाँ बालिका र किशोरी राखिन्छ”

थरुहट तराई पार्टीमा नयाँ केन्द्रीय सदस्य मनोनीत [नामावलीसहित]

थरुहट तराई पार्टी नेपालले नयाँ केन्द्रीय सदस्यय मनोनीत गरेको छ। कैलालीको पथरैयामा जारी २५औं केन्द्रीय कमिटी बैठकले नयाँ केन्द्रीय सदस्य मनोनीत गरेको हो। जसअनुसार रामप्रसाद चौधरी, सीता चौधरी, बिलारी थारु, जगननाथ थारु, सीताराम चौधरी, देशराम चौधरी, घनश्याम कुस्मी, नथ थारु, महादेव थारु र धन देवी थारु छन्। Continue reading “थरुहट तराई पार्टीमा नयाँ केन्द्रीय सदस्य मनोनीत [नामावलीसहित]”

थरुहट तराई पार्टी नेपालको पहिलो महाधिवेशन चैतमा हुने

थरुहट तराई पार्टी नेपालको पहिलो महाधिवेशन कैलालीमा हुने भएकाे छ। कैलालीको पथरैयामा भएको २५औं केन्द्रीय कमिटीको बैठकले चैत ४, ५ र ६ गते महाधिवेशन गर्ने निर्णय गरेको छ। बैठकले केन्द्रीय अध्यक्ष भानुराम चौधरीको स‌ंयोजकत्वमा ३ सय १ सदस्यीय राष्ट्रिय महाधिवेशन मूल आयोजक समिति पनि गठन गरेको छ।  Continue reading “थरुहट तराई पार्टी नेपालको पहिलो महाधिवेशन चैतमा हुने”

मधेसी मोर्चा लोकमानको पक्षमा !

मधेसी मोर्चाका एक नेताले आग्रह र पूर्वाग्रह राखेर अख्तियार प्रमुख लोकमान सिंह कार्कीविरुद्ध महाअभियोग प्रस्ताव ल्याइएको बताएका छन् । मधेसी मोर्चामा आवद्ध सदभावना पार्टीका महासचिव मनिष सुमनले भने, ‘ईर्श्याको खातिर यो प्रस्ताव आएको हो, हामीले यसलाई खासै गम्भिर रुपमा लिएका छैनौं ।’ Continue reading “मधेसी मोर्चा लोकमानको पक्षमा !”

गढीमाई मन्दिरका पूजारीबीच कुटाकुट, पूजारी शभ्भु चौधरी घाइते

दुष्यन्त चौधरी/बारा।

बाराको ऐतिहासिक धार्मीक स्थल गढीमाईको मन्दिरका पूजारी पूजारीबीच भगडा हुँदा पूजारी शम्भु चौधरी घाइते भएका हुन् । गढीमाई मन्दिरमा दर्शनार्थीहरुले चढाइएका भेटिको रकम बाँडफाँडको विषयलाई लिएर गढीमाई मन्दिरकै पूजारी चन्द्रदेव चौधरीको कुटाईबाट शम्भु चौधरी घाइते भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक राजेन्द्रबाबु रेग्मीले जानकारी दिए। Continue reading “गढीमाई मन्दिरका पूजारीबीच कुटाकुट, पूजारी शभ्भु चौधरी घाइते”

मुसाबाट लाग्ने स्क्रब टाइफस रोगबाट दिवस चौधरीसहित पाँचको मृत्यु

स्क्रब टाइफस रोगबाट पाँच जना बिरामीको मृत्यु भएको छ । सेती अञ्चल अस्पताल धनगढीमा भदौ र असोज महिनाको अवधिमा धनगढी उपमहानगरपालिका मनेहराकी २८ वर्षकी दीपा राना, पहलमानपुर गाविस–१३ का १५ वर्षका कृष्ण बोगटी, फूलबारीका १६ वर्षका दिवस चौधरी, फूलबारी कै २४ वर्षीय सगुन राना र उर्माका १२ वर्षकी अञ्जुकुमारी सार्कीको ज्यान गएको सेती अञ्चल अस्पतालले जनाएको छ । Continue reading “मुसाबाट लाग्ने स्क्रब टाइफस रोगबाट दिवस चौधरीसहित पाँचको मृत्यु”

जबर्जस्तीकरणीका फरार अभियुक्त रामनाथ र नवीन चौधरी पक्राउ

जबर्जस्तीकरणी मुद्दाका फरार दुईजना अभियुक्तलाई प्रहरीले बुधबार पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय महुलीबाट खटिएको प्रहरी टोलीले जबर्जस्तीकरणी मुद्दाका फरार प्रतिवादी जिल्ला सप्तरी हरिहरपुर–१ बस्ने रामनाथ चौधरी र नवीन चौधरीलाई घरबाटै पक्राउ गरिएको प्रहरी उपरीक्षक भीमप्रसाद ढकालले बताए । पक्राउ गरिएका दुवै जनालाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा ल्याइएको प्रहरीले जनाएको छ । Continue reading “जबर्जस्तीकरणीका फरार अभियुक्त रामनाथ र नवीन चौधरी पक्राउ”