नासपाको दुई दिने भेला सम्पन्न, तीन जना केन्द्रीय सदस्यमा मनोनीत

नागरिक समाजवादी पार्टी (नासपा)को दुई दिने प्रशिक्षण भेला सम्पन्न भएको छ। रौतहटको चन्द्रपुरमा सम्पन्न भेलाले तीन जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ। Continue reading “नासपाको दुई दिने भेला सम्पन्न, तीन जना केन्द्रीय सदस्यमा मनोनीत”

ठूला दलको प्रस्ताव- निर्वाचन ‘थ्रेसहोल्ड’ तीन प्रतिशतसम्म

निर्वाचनसम्बन्धी कानुनमा ‘थ्रेसहोल्ड’ राख्ने विषयमा साना र ठूला दलबीच दुई थरी रायसहितको संशोधन प्रस्ताव संसद् सचिवालामा दर्ता भएको छ। नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रका सांसदले तीन प्रतिशतसम्म ”थ्रेसहोल्ड” राख्नुपर्ने संशोधन प्रस्ताव दर्ता गराएका छन् भने साना दलले विधेयकमै रहेको प्रस्ताव ठिक रहेको जिकिर गरेका छन्। Continue reading “ठूला दलको प्रस्ताव- निर्वाचन ‘थ्रेसहोल्ड’ तीन प्रतिशतसम्म”

सिकलसेल एनिमियाले थलिँदै थारु समुदाय

बर्दिया, पाताभारका सिकलसेल एनिमियाका बिरामी कालुराम थारुलाई परिवारले भदौ २६ गते नेपालगन्जस्थित भेरी अञ्चल अस्पताल पुर्‍याए। दिउँसो २ बजे अस्पताल पुगेका उनलाई सात घन्टापछि सन्चो नहुने भन्दै काठमाडौं रिफर गरियो। काठमाडौंस्थित त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पुगेको भोलिपल्टै उनको मृत्यु भयो। Continue reading “सिकलसेल एनिमियाले थलिँदै थारु समुदाय”

मोदीको चासो- संविधानमा सबैलार्इ समेटेर लैजानु

प्रधानमन्त्री पुष्पकमल दाहालले भारतीय समकक्षी नरेन्द्र मोदीसँग द्विपक्षीय हितका विषयमा भेटवार्ता गरेका छन् ।ब्रिक्स सम्मेलनमा भाग लिन शनिबार गोवा पुगेका प्रधानमन्त्री दाहाल र मोदीबीच आइतबार साँझ गोवास्थित लीला होटलमा आपसी हितका विषयमा भेटवार्ता भएको थियो । Continue reading “मोदीको चासो- संविधानमा सबैलार्इ समेटेर लैजानु”

यसरी मुक्त भए कमलरी

उर्मिला चौधरी
मुक्त कमलरी विकास मञ्च
जन्म दर्ता गर्ने, नागरिकता बनाउने, विवाह दर्ता गर्ने, जग्गाको लालपुर्जा गर्ने आदि विषयमा थारु समुदाय धेरै टाढा थियो । पूर्वकमलरी उर्मिला चौधरीले नागरिकता बनाउँदामात्रै आफू जन्मेको मिति थाहा पाइन् । त्यो पनि आफ्नै प्रयासमा पत्ता लगाइन् आफू जन्मेको साल । आमालाई तिहारको बत्ती बालिसकेपछि उनको जन्म भएको भन्नेमात्रै थाहा थियो । त्यसैको आधारमा उनले आफ्नो जन्म मिति (२०४८ मंसिर) पत्ता लगाइन् र नागरिकता बनाइन् । Continue reading “यसरी मुक्त भए कमलरी”

थारु आयोग गठन र समानुपातिक समावेशिताको माग गर्दै सर्वोच्चमा रिट दायर

अधिवक्ता शान्ति कुमारी मोदीले थारुका विभिन्न मुद्दामा परमादेश माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेकी छन् । उनले असोज १२ गते रिट दायर गर्दै समानुपातिक समावेशिताको हकअन्तर्गत जनसंख्याको आधारमा राज्यका निकायमा पदपूर्ति गर्नुपर्ने, थारु आयो आयोग अविलम्ब गठन गर्नुपर्नेलगायतका मागमा परमादेश माग गरेकी छन् । Continue reading “थारु आयोग गठन र समानुपातिक समावेशिताको माग गर्दै सर्वोच्चमा रिट दायर”

कञ्चनपुरको बेलौरीमा हात्तीको आक्रमण, सुन्दरी चौधरीको मृत्यु

जङ्गली हात्तीको आक्रमणबाट कञ्चनपुरको बेलौरी नगरपालिका–१५ रामघाटका ३५ वर्षीया सुन्दरी चौधरीको शनिबार दिउँसो मृत्यु भएको छ । श्रीमान् आशाराम चौधरीसित साइकल चढेर शङ्करपुरको चानँदेउ आउनेक्रममा स्थानीय गोरखनाथ सामुदायिक वनमा हात्तीले आक्रमण गर्दा महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक नैनसिंह कार्कीले जानकारी दिए । Continue reading “कञ्चनपुरको बेलौरीमा हात्तीको आक्रमण, सुन्दरी चौधरीको मृत्यु”

महिला क्रिकेट टोली एसिया कपका लागि छनोट

नेपाली राष्ट्रिय महिला क्रिकेट टोली एसिया कपका लागि छनोट भएको छ ।  आइसीसी महिला विश्वकप क्रिकेट अन्तर्गत आजको अन्तिम खेलमा थाइल्यान्डले हङकङलाई सात विकेटले पराजित गरेपछि नेपाली राष्ट्रिय महिला क्रिकेट टिम एसिया कप खेल्न छनोट भएको हो । नेपाल कुल छ खेलमध्ये तीनवटामा जित निकाल्दै ६ अङ्कसहित प्रतियोगिताको उप–विजेता बनेपछि एसिया कपका लागि छनोट भएको हो । Continue reading “महिला क्रिकेट टोली एसिया कपका लागि छनोट”

सांसदको डेराबाट नगद, सुन र ल्यापटप चोरी

काठमाडौं- नेपाली कांग्रेसका सांसद रामकृष्ण यादवको डेराबाट नगद, सुन र अन्य मालसामान चोरी भएको छ। काठमाडौं महानगरपालिका– ३५ शान्तिनगरमा डेरा गरी बस्दै आउनुभएका यादवको कोठाबाट शुक्रबार रु ८० हजार, डेढ–डेढ तोलाका दुई थान सुनका सिक्री तथा एक÷एक थान ल्यापटप र क्यामेरा चोरी भएको हो। Continue reading “सांसदको डेराबाट नगद, सुन र ल्यापटप चोरी”

नासपा कार्यकर्तालाई प्रशिक्षण, संयाेजक लेखीले भने- याे जातीय पार्टी हैन

नागरिक समाजवादी पार्टी (नासपा)का केन्द्रीय संयाेजक राजकुमार लेखीले आफूले नेतृत्व गरेको पार्टी जातीय पार्टी नभएको बताएका छन्। रौतहटको चन्द्र स्मृति पार्कस्थित पार्टीको प्रथम राष्ट्रिय प्रशिक्षण भेलालाई सम्बोधन गर्दै संयाेजक लेखीले थारुको छोरोले नागरिक समाजवादीको नेतृत्व गरेकाले त्यस्ताे अाराेप लगाएकाे बताए। उनले जातीय पार्टीको आरोप लगाए पनि त्यसमा कुनै सत्यता नरहेको दाबी गरे।  Continue reading “नासपा कार्यकर्तालाई प्रशिक्षण, संयाेजक लेखीले भने- याे जातीय पार्टी हैन”