मकवानपुरमा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु

हेटौँडाको पदमपोखरीस्थित चकरीमकरीमा भएको बस दुर्घटनामा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। हेटौँडाबाट हाडीखोला तर्फ गइरहेको ना ४ ख ४३०७ नम्वरको यात्रुबस दुर्घटना परेको हो। मृत्यु हुनेमा एक महिला र दुई पुरुष भएको प्रहरीले जनाएको छ। मृतकहरुको सनाखत भने हुन सकेको छैन। Continue reading “मकवानपुरमा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु”

पद्‍मनारायण चौधरी रुष्ट, दिलीप गच्छदार राज्यमन्त्री बन्ने

नेपाली कांग्रेसले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्व सरकारमा पार्टीका तर्फबाट आठ राज्यमन्त्री छिट्टै पठाउने गृहकार्य थालेको छ। दाहाल नेतृत्व सरकार गठन भएको दुई महिनापछि प्रमुख सत्ता साझेदार कांग्रेसले दसैंअघि नै आठ नेतालाई राज्यमन्त्रीमा पठाउन लागेको हो। Continue reading “पद्‍मनारायण चौधरी रुष्ट, दिलीप गच्छदार राज्यमन्त्री बन्ने”

डा. गोविन्द केसीको मागमा सांसद चौधरीको ऐक्यबद्धता

नेपाली कांग्रेसका नेता एवं सांसद सुरेन्द्र चौधरीले डा. गोविन्द केसीले उठाएका मागप्रति ऐक्यबद्धता जनाएका छन्। अनशनको छैठौं दिन शनिबार स्वास्थ्य सेवा र शिक्षाका लागि उनले उठाएका माग पूरा गर्न प्रमुख दल नै मौन रहेको अवस्थामा आफूले भ्रष्टाचारविरुद्ध अभियानमा नेतृत्व लिने दृढता चौधरीले व्यक्त गरे। Continue reading “डा. गोविन्द केसीको मागमा सांसद चौधरीको ऐक्यबद्धता”

दसैंअघि संविधान संशोधन प्रस्ताव दर्ता नहुने

सरकारले दसैंअघि नै दर्ता गर्ने भनिएको संविधान संशोधन प्रस्ताव तत्काल अघि नबढ्ने भएको छ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले उठाएका माग सम्बोधन गर्नेबारे सत्तारूढ कांग्रेस र माओवादी केन्द्रबीच साझा धारणा बनाउन अझै कठिन देखिएको भन्दै प्रधानमन्त्री निकट उच्च स्रोतले दसैंअघि प्रस्ताव दर्ता हुने सम्भावना टरेको जनाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले मंगलबार मधेसी मोर्चाका नेतासँग भेट्दै दसैंअघि संविधान संशोधन प्रस्ताव दर्ता गर्ने आश्वासन दिएका थिए । Continue reading “दसैंअघि संविधान संशोधन प्रस्ताव दर्ता नहुने”

राजधानीमा भौँराको भब्य च्यारिटी सो

थारु भाषाको फिल्म भौँराको भब्य च्यारिटी सो गरिएको छ । राजधानीको विश्वज्योती हलमा शुक्रबार च्यारिटी सो आयोजना गरिएको हो । थरुहट तराई पार्टी नेपालका सांसद गोपाल दहित र फोरम लोकतान्त्रिका सांसद जनकराज चौधरीले संयुक्तरुपमा फिल्मको उद्घाटन गरे । राजधानी बस्ने थारुहरु च्यारिटी सोमा सहभागी भएका थिए । निर्माता नन्दुराज चौधरीका अनुसार पाँच सयभन्दा बढी थारुहरु फिल्म हेर्न आएका थिए । Continue reading “राजधानीमा भौँराको भब्य च्यारिटी सो”

ट्यांकर पल्टिँदा सिमाराका विनोद चौधरीको मृत्यु

त्रिभुवन राजपथको भैँसेबाट पालुङतर्फ डिजेल लिई जाँदै गरेको ना२ख २८ ५२ नंको टयांकर स्थानीय महभिरमा आज बिहान करिब २ बजे अनियन्त्रित भई करिब ६०० मि तल खस्दा त्यसका सहचालकको घटनास्थलमै मृत्यु भएको छ ।
मृत्यु हुनेमा बारा जिल्ला सिमरा–८ बस्ने २५ वर्षीय विनोद चौधरी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । Continue reading “ट्यांकर पल्टिँदा सिमाराका विनोद चौधरीको मृत्यु”

‘खवास जातिलाई थारु जातिको रुपमा नहेरौं’

खवास समाज परिषद केन्दीय कार्य समिति बिराटनगरले आज आफ्नो १९ औ बार्षिक साधारणसभा कोशी हरैचा नगरपलिका १४ मा सम्पन्न गरेको छ। प्रमुख अतिथि आदिबासी जनजाति माहासंघ मोरङका अध्यक्ष मिलन राईको आतिथ्यमा सम्पन्न कार्यक्रमको अध्यक्षता चनकलाल चौधरी खवासले गरेका थिए। कार्यक्रममा परिषदका केन्द्रीय महासचिव कुमार बिक्रम खवास ले प्रतिबेदन प्रस्तुत गर्दै गतिविधि प्रस्तुत गरे। Continue reading “‘खवास जातिलाई थारु जातिको रुपमा नहेरौं’”

कञ्चनपुर पिपलाडीकी जीविका रानाको शङ्कास्पद मृत्यु, हत्या आशंकामा पति पक्राउ

कञ्चनपुरको झलारी पिपलाडी–४ असैनाका २२ वर्षीया जीविका रानाको शङ्कास्पद मृत्यु भएको छ । शुक्रबार मृतक रानाका श्रीमान् बलराम रानाले श्रीमतीलाई वन समिति दक्षिण क्षेत्रमा मोटरसाइकलले ठक्कर दिएको भन्दै प्रहरीमा जानकारी गराएका थिए । Continue reading “कञ्चनपुर पिपलाडीकी जीविका रानाको शङ्कास्पद मृत्यु, हत्या आशंकामा पति पक्राउ”

थरुहट/थारुवान संयुक्त संघर्ष समितिको बैठकले गर्‍यो दुई बुँदे निर्णय

थरुहट/थारुवान संयुक्त संघर्ष समितिको बैठकले दुई बुँदे निर्णय गरेको छ। असोज १३ र १४ गते बसेको बैठकले टीकापुरलगायतका घटनामा भइरहेको टीकाटिप्पणीबारे ध्यानकर्षण भएको जनाएको छ। घटनामा पक्राउ परेकाहरुको अवलिम्ब रिहाईको माग पनि समितिले गरेको छ। Continue reading “थरुहट/थारुवान संयुक्त संघर्ष समितिको बैठकले गर्‍यो दुई बुँदे निर्णय”

र, मैले केटा अस्वीकार गरेँ

सिर्जना चौधरी।

छोरी बढ्दाको पीर हरेक आमाबुबालाई हुन्छ । छोरी अन्माउँदाको पीरभन्दा छोरी अन्माउन नपाएको पीरले पीरोल्ने रहेछ। मानौ छोरीलाई अन्माउनकै लागि जन्माइन्छ। त्यसैले छोरीलाई दिनुपर्ने अधिकार भुलेर छोरीले पाउनुपर्ने घर र वरमा प्राथमिकता दिइन्छ। Continue reading “र, मैले केटा अस्वीकार गरेँ”