आन्दोलनकारीका नाजायज माग पूरा हुँदैन : मन्त्री केसी

सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले संविधान कार्यान्वयनका लागि प्रतिपक्ष र सत्ता पक्ष एक जुट हुनाको विकल्प नभएको बताएका छन्र नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य समेत रहनु भएका मन्त्री केसीले आज रातमाटेको महादेव बहुमुखी क्याम्पसमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा मधेसकेन्द्रित दलले राखेका सबै माग जायज नभएकाले सबै माग पूरा नहुने बताए। मन्त्री केसीले भने( “तिनको सही माग राज्यले सम्बोधन गर्नुपर्छ, तर नाजायज माग पूरा हुनै सक्दैन ।” Continue reading “आन्दोलनकारीका नाजायज माग पूरा हुँदैन : मन्त्री केसी”

दाङमा एमालेको नयाँ कार्यसमिति

नेकपा (एमाले)को १२ औँ जिल्ला अधिवेशनले टीकाराम खड्काको अध्यक्षतामा ८१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मतरुपमा चयन गरेको छ। समितिको उपाध्यक्षमा हुकुम बस्नेत, सचिवमा हीराचन्द्र केसी र उपसचिवमा सुरामणि बेल्बासे चयन भएको एमाले पोलिटब्युरो सदस्य भागवत विश्वासीले जानकारी दिए।
Continue reading “दाङमा एमालेको नयाँ कार्यसमिति”

रेशम चौधरीको ब्लग: जब छोराले भन्छ- ओइ बाउ, खोइ मेरो साइकल?

रेशम चौधरी।
छ महिनादेखि प्रायः हप्तामै दुई तीन पटक मेरो मोबाइलमा घरबाट फोनमा घण्टी बज्छ। मैले फोन उठाउन नपाई एकोहोरो बोली सुनिन्छ( ए बाउ,खोइ मेरो साइकल?
एकदिन संयोग येस्तै पर्यो। मैले फोन गर्दा छोरा साइकल चलाइरहेको रहेछ। मैले फोन गर्नु, उसको साइकल बिग्रनु१ त्योपनि कहिलै नबन्नेगरी। ऊ फोनमा रुन थाल्यो। मैले सकुन्जेल फकाए( नरोउ छोरा१ अर्को साइकल किनिदिन्छु भने। छोरा चुप्प लाग्यो। त्यहाँबाट जुनदिन छोराले सम्झिन्छ तेहिदिन फोन गर्छ र साइकलको फर्माइस गर्छ। बिचरी रन्जिताले पनि कतिदिन थेगोस् छोराको जिद्दी रु ऊ पनि जबजब छोराले साइकल सम्झिन्छ तबतब मलाई फोन लगाइदिन्छे र फेरि छोराको धम्की सुन्छु म( ए बाउ,खोइ मेरो साइकल? Continue reading “रेशम चौधरीको ब्लग: जब छोराले भन्छ- ओइ बाउ, खोइ मेरो साइकल?”

मधेसी, थारु र मगरलाई न्याय हुन्छ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधनको क्रममा मधेस, थारु र मगरहरुलाई न्याय हुनेगरी सहमतिको प्रयास भइरहेको बताएका छन्। Continue reading “मधेसी, थारु र मगरलाई न्याय हुन्छ : प्रधानमन्त्री”

आन्दोलन मुद्दाका मिसिल बल्ल पल्टिँदै, दसैंअघि कैदीहरु छुट्ने सम्भावना न्युन

मधेसी मोर्चासँग सहमतिको वातावरण सहज बनाउन दसैंअगाडि नै दोस्रो मधेस आन्दोलनसँग जोडिएका मुद्दा फिर्ता लिन सरकार हतारिए पनि तत्काल सम्भव नहुने भएको छ । गृह मन्त्रालयले हतार गरे पनि संवैधानिक प्रक्रिया र जटिलताका कारण मुद्दा फिर्ताको निर्णय दसैंअगाडि असम्भव भएको हो ।  Continue reading “आन्दोलन मुद्दाका मिसिल बल्ल पल्टिँदै, दसैंअघि कैदीहरु छुट्ने सम्भावना न्युन”

संविधान संशोधनमा प्रधानमन्त्रीको अलमल

साउन १९ गते प्रधानमन्त्रीमा चयन भएलगत्तै संविधान संशोधन प्रक्रिया थाल्ने बताएका पुष्पकमल दाहालले पदभार समालेको केही दिनमै दुई महिना पुग्दैछ। सत्ता साझेदार नेपाली कांग्रेससँगको सहमतिअनुसार अब दाहालको प्रधानमन्त्री हुने समयावधि करिब सात महिना बाँकी छ। Continue reading “संविधान संशोधनमा प्रधानमन्त्रीको अलमल”

साझा बस अब तराई झर्ने

साझा यातायातले काठमाडौं-लुम्बिनी र काठमाडौं-वीरगञ्जका लागि पनि बस सेवाको घोषणा गरेको छ । पहाडी जिल्ला बाग्लुङ र गोरखामा बस सेवा सुरु गरेको दिनमै साझा तराई मधेस र्झन लागेको हो । वीरञ्जका लागि छुट्ने बस आगामी बुधबारदेखि सेवा थाल्ने छ भने बिहीबारदेखि लुम्बिनीसम्म पुग्ने बस सञ्चालनमा आउने छ । दुबै रुटमा चल्न २/२ वटा बसले रुट अनुमति पाएका छन् । Continue reading “साझा बस अब तराई झर्ने”

रामचरण चौधरीको स्मृतिसभामा प्रधानमन्त्री, भने- चौधरी उत्पीडित वर्गको आदर्श नेता

प्रधानमन्त्री पुष्पकमल दाहाल माओवादी नेता तथा पूर्वमन्त्री रामचरण चौधरीको स्मृति सभामा सहभागी भएका छन्। बर्दियाको खोल्टीबजारमा पूर्वमन्त्री चौधरीको स्मृति कार्यक्रममा बोल्दै प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष दाहालले रामचरण चौधरी उत्पीडित वर्गको आदर्श नेता भएको बताए। Continue reading “रामचरण चौधरीको स्मृतिसभामा प्रधानमन्त्री, भने- चौधरी उत्पीडित वर्गको आदर्श नेता”

थारू अायाेग गठन सम्बन्धी विधेयक संसदीय समितिमा

व्यवस्थापिका संसदले थारू अायाेगसहित विभिन्न ६ वटा आयोग गठनको कानूनी व्यवस्थाका लागि पेश गरिएका विधेयकहरु दफावार छलफलका लागि संसदीय समितिमा पठाएको छ । Continue reading “थारू अायाेग गठन सम्बन्धी विधेयक संसदीय समितिमा”

एमनेष्टी इन्टरनेशनलले आन्दोलनमा भएका घटनाको छानविन गर्ने

अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्था एमनेष्टी इन्टरनेशनलले मधेस आन्दोलनका क्रममा राज्यद्वारा भएका दमनका घटनाहरुलाई छानविन गर्ने आश्वासन दिएको छ। मधेस आन्दोलनमा राज्य पक्षले चरम मानव अधिकारको उल्लंघन, निर्मम दमन र शान्तिपूर्ण विरोध प्रदर्शनमा निहत्था निर्दोष जनताको हत्या भएको ठहर गर्दै एमनेष्टीले दोषीमाथि कारबाहीका लागि आवश्यक पहल गर्ने आश्वासन दिएको हो।  Continue reading “एमनेष्टी इन्टरनेशनलले आन्दोलनमा भएका घटनाको छानविन गर्ने”