सांसदहरूको भत्तामा भारी वृद्धि हुँदै, ५४ हजारबाट बढाएर ८० हजार बनाइँदै

सरकारले साउन १ देखि नै लागू हुने गरी सांसदहरूको घरभाडा तथा पत्रपत्रिकालगायत सुविधाबापतको भत्तामा भारी वृद्धि गर्ने भएको छ । मासिक ५४ हजार २ सय (बैठक भत्ता र ट्याक्सी भाडाबाहेक) पाउँदै आएका सांसदले भत्ता वृद्धि भएपछि मासिक ८० हजार ५ सय रुपैयाँ पाउने संसद् सचिवालय स्रोतले जानकारी दिएको छ । Continue reading “सांसदहरूको भत्तामा भारी वृद्धि हुँदै, ५४ हजारबाट बढाएर ८० हजार बनाइँदै”

यसकारण ७ न. प्रदेशको राजधानी पहाडमा हुनुपर्छ [ब्लग]

दिलबहादुर चौधरी।

२०७३ साल भाद्र २२ गते कैलाली जिल्लाको जनपुस्तकालय धनगढीमा बार एशोसियशन कैलालीको आयोजनामा उच्च अदालत कहाँ राख्ने ? भन्ने बिषयमा अन्तक्र्रिया डाकिएको थियो । यो पंक्तिकारलाई पनि निम्तो थियो । साँचो मनले काम गरे पनि थारूहरुको कुनै सुनुवाई नहुने यो ठाउँमा जाने कि नजाने भन्ने प्रश्न मनमा खेलिरहेको थियो । Continue reading “यसकारण ७ न. प्रदेशको राजधानी पहाडमा हुनुपर्छ [ब्लग]”

संसदमा गंगा चौधरीको चेतावनी- ‘टिकापुर घटनाका बन्दीलाई रिहा नगरे ठूलो विद्रोह’

थरुहट तराई पार्टी नेपालकी सांसद गंगा चौधरी सत्गौवाले टिकापुर घटनाका बन्दीलाई बिनासर्त रिहा नगरिए त्यो भन्दा ठूलो विद्रोह हुने चेतावनी दिएकी छन्। Continue reading “संसदमा गंगा चौधरीको चेतावनी- ‘टिकापुर घटनाका बन्दीलाई रिहा नगरे ठूलो विद्रोह’”

थारु कलस्टरअनुसार ७ प्रतिशत थारुले निर्वाचनमा उम्मेदवारी दिन पाउने

प्रतिनिधिसभाको समानुपातिकतर्फ मधेसी समुदायको १५ प्रतिशत मात्र उपस्थित हुने देखिएको छ । नयाँ संविधानमा व्यवस्था गरिएको क्लस्टरहरुका आधारमा निर्वाचन आयोगले समानुपातिकको ११० सिटका लागि प्रतिशत छुट्याउन गृहकार्य थालेको छ । जस अनुसार आदिवासी जनजातिले २९ प्रतिशत, मुस्लिमले ४, थारुले ७, दलित (पहाडे र मधेसी)ले १४ र मधेसीको १५ प्रतिशत पाउने देखिएको छ छ । खसआर्य समुदायको ३१ प्रतिशत हुनेछ । Continue reading “थारु कलस्टरअनुसार ७ प्रतिशत थारुले निर्वाचनमा उम्मेदवारी दिन पाउने”

सिकसेल एनिमियाबारे अनुसन्धान गरेका डा. राजन पाण्डे सम्मानित

चितवनमा रहेको स्वास्थ्य दर्पण मिडिया नेटर्वकले देशका बिभिन्न क्षेत्रमा रहेर उत्कृष्ट सेवा पुर्‍याएका ४ जना चिकित्सक र १ जना पत्रकारलाई ‘स्वास्थ्य दर्पण राष्ट्रिय हेल्थ सम्मान’बाट आज भरतपुरमा सम्मानित गरेको छ । Continue reading “सिकसेल एनिमियाबारे अनुसन्धान गरेका डा. राजन पाण्डे सम्मानित”

‘थारु आयोग विधेयक २०७३’ संसदबाट स्वीकृत

व्यवस्थापिका संसदले नयाँ संविधानमा व्यवस्था भए बमोजिम ६ वटा संवैधानिक आयोगहरुमाथि विचार गरियोस भन्ने प्रस्ताव स्वीकृत गरेको छ । संसद्को बुधबार बैठकमा सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले विधेयकमाथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेकाे विध्येकहरू स्वीकृत भएकाे हाे। Continue reading “‘थारु आयोग विधेयक २०७३’ संसदबाट स्वीकृत”

गच्छदारले भने- संविधान संशोधन गर्नैपर्छ

मधेसी जनअधिकार फोरम ९लोकतान्त्रिक¬० का अध्यक्ष विजयकुमार गच्छदारले मधेस समस्या समाधानका लागि संविधान संशोधन आवश्यक रहेको बताएका छन्। विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले संविधान संशोधनका लागि प्रमुख विपक्षी दललगायत अन्य दलसँग पनि छलफल गरेर मात्र अघि बढ्नुपर्ने सुझाव दिए। Continue reading “गच्छदारले भने- संविधान संशोधन गर्नैपर्छ”

कैलालीमा एचआइभीबाट ४१ को मृत्यु

एचआइभी एड्सका कारण कैलालीमा गत वर्ष ४१ जनाको मृत्यु भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय र एड्स हेल्थकेयर फाउन्डेसनको संयुक्त आयोजनामा यहाँ आज आयोजित एक कार्यक्रममा विसं २०६३ देखि अहिलेसम्ममा २५१ जनाको मृत्यु भएको जानकारी दिइयो । गएको वर्ष तीन गर्भवतीसहित कुल १०७ जना एचआइभीबाट सङ्क्रमित भएको पत्ता लागेको छ । Continue reading “कैलालीमा एचआइभीबाट ४१ को मृत्यु”

थारु फिल्म भौँराको च्यारिटी सो राजधानीमा हुने

काठमाडौं- थारु भाषाको फिल्म भौँराको च्यारिटी सो राजधानीमा हुने भएको छ। आउँदो शुक्रबार विश्वज्योती हलमा फिल्मको च्यारिटी सो हुने फिल्म युनिटले जनाएको छ। चम्पन साँस्कृतिक समूहको पहिलो प्रस्तुति रहेको यो फिल्ममा थारु समुदायमा विद्यमान कूरितीहरुबारे देखाइएको छ। फिल्ममा थारु रीतिरिवाज र साँस्कृतिबारेको कथावस्तु पनि समेटिएको निर्माता नन्दुराज चौधरीले जानकारी दिए। Continue reading “थारु फिल्म भौँराको च्यारिटी सो राजधानीमा हुने”

बल्ल बोले रामजनम, भने- टीकापुर घटनाको मुद्दा फिर्ता नलिए निर्वाचन हुन दिन्नौं

कैलाली घटनाका आरोपीको मुद्दा फिर्ता लिने विषयलाई लिएर संसदको राज्य व्यवस्था समितिमा नेकपा एमाले र मधेस केन्द्रित दलका सांसदबीच जुहारी चलेको छ । Continue reading “बल्ल बोले रामजनम, भने- टीकापुर घटनाको मुद्दा फिर्ता नलिए निर्वाचन हुन दिन्नौं”