२२ वर्षपछि गौरीफन्टा नाकासम्म पुनः रेल चल्ने

अविनाश चौधरी/धनगढी।

नेपाल-भारत सीमा गौरीफन्टालाई अन्तर्राष्ट्रिय नाका बनाउनु पर्ने माग उठिरहेका बेला भारतले मैलानीदेखि गौरीफन्टासम्म पुनः रेल सेवा सुचारु गर्ने भएको छ । भारतको डीआरएम पूर्वोत्तर रेल्वेले बन्द रेल सेवालाई २२ वर्षपछि पुनः सुचारु गर्ने निर्णय गरेको हो । Continue reading “२२ वर्षपछि गौरीफन्टा नाकासम्म पुनः रेल चल्ने”

ज्याभ्लिन थ्रोमा मध्यमाञ्चलका वीरेन्द्र चौधरीलाई स्वर्ण

मध्यमाञ्चलले प्रथम युथ तथा जुनियर राष्ट्रिय एथलेटिक्स च्याम्पियनसिपको उपाधि जितेको छ। सोमबार ११ स्वर्ण, ५ रजत र ६ कास्यसाथ मध्यमाञ्चल टिम च्याम्पियन बन्यो। नेपाल एथलेटिकस संघद्वारा आयोजित प्रतियोगितामा ६ स्वर्ण, ७ रजत र ७ कास्य जितेको पश्चिमाञ्चल दोश्रो भयो। तेश्रो स्थानमा चित्त बुझाउन बाध्य मध्यपश्चिमाञ्चलले ६ स्वर्ण, ७ रजत र २ कास्य जित्यो। प्रतियोगिताको अन्तिम दिन युथतर्फ महिला ८ सय मिटर दौडमा मध्यमाञ्चलकी सुनीता श्रेष्ठ पहिलो भइन्। सुनीताले निर्धारित दूरी २ मिनेट ४३ दशमलव १७ सेकेन्डमा पुरा गरिन्। पुरुष लङजम्पमा पश्चिमाञ्चलका विकासकुमार साह पहिलो भए। Continue reading “ज्याभ्लिन थ्रोमा मध्यमाञ्चलका वीरेन्द्र चौधरीलाई स्वर्ण”

असोज ७ गते काठमाडौंमा जितिया पर्व

काठमाडौं बस्ने थारु महिलाहरुले असोज ७ गते राजधानीमा जितिया पर्व मनाउने भएका छन् । थारु महिला समाज र थारु महिला सभा उपत्यका समितिले संयुक्तरुपमा जितिया पर्व मनाउँदैछन् । जितिया पर्वको अवसरमा असोज ७ गते कमालदीस्थित प्रज्ञा प्रतिष्ठानमा साँस्कृतिक कार्यक्रम पनि आयोजना गरिएको आयोजकले जनाएको छ ।

थारुको साँस्कृतिक पहिचानमा हमला, पर्वकै दिन परीक्षा

कारी महतो थारु/चितवन
विगत वर्षदेखि नै थारु समुदायले आफ्ना मौलिक चाडपर्वहरुमा विदाको व्यवस्था हुनुपर्ने आवाज उठाउँदै आएका छन् । तर गतवर्षहरु झैं यसवर्ष पनि थारुहरुको चाडपर्वमा विदा हुनुको सट्टा निजि विद्यालयहरुले त्रैमासिक परीक्षा लिने कार्यतालिका बनाएका छन् । Continue reading “थारुको साँस्कृतिक पहिचानमा हमला, पर्वकै दिन परीक्षा”

थारु विद्यार्थी समाजको महाधिवेशनले ल्याएको तरङ्ग [विश्लेषण]

सीएन थारु।
थारु विद्यार्थी समाजको छैठौं महाधिवेशनको निर्वाचन यहि असोज १ र २ गते काठमाण्डौमा सम्पन्न भयो । उक्त महाधिवेशनको निर्वाचनमा चन्द्र प्रसाद चौधरीको नेतृत्वमा २७ सदस्यीय केन्द्रीय समितिको सर्वसम्मत र निर्वाचनको विधि मार्फत गठन भएको थियो । विशेष गरी चार खुल्ला पुरुष केन्द्रिय सदस्यका लागि उक्त प्रतिस्पर्धा भएको थियो जहाँ १०जना प्रतिस्पर्धी थिाए । Continue reading “थारु विद्यार्थी समाजको महाधिवेशनले ल्याएको तरङ्ग [विश्लेषण]”

थारु विद्यार्थी समाजको उपत्यका समितिका संजय समूहद्वारा सामूहिक राजीनामा

थारु विद्यार्थी समाजको छैठौं महाधिवेशनले चन्द्रप्रसाद चौधरीको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरेको भोलिपल्टै उपत्यका समितिका अध्यक्ष संजय चौधरीसहित सबै पदाधिकारीले राजीनामा दिएका छन्। उनीहरुले राजीनामा पत्र केन्द्रीय अध्यक्षसमक्ष  बुझाएका छन्। उनीहरुले राजीनामा दिनुको पाँच कारण तेर्स्याएका छन्। Continue reading “थारु विद्यार्थी समाजको उपत्यका समितिका संजय समूहद्वारा सामूहिक राजीनामा”

प्रधानमन्त्रीको सचिवालयले भन्यो- रेशम चौधरीसँगको भेट आकस्मिक

भारत भ्रमणका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को एक कार्यक्रममा कैलाली घटनाका एक आरोपी रेशम चौधरी सहभागी भएको विषयमा प्रधानमन्त्रीको निजी सचिवालयले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । भारतीय व्यवसायीले आयोजना गरेको सार्वजनिक कार्यक्रममा उपस्थित भएका चौधरीले प्रधानमन्त्रीसँग हात मिलाएका थिए । Continue reading “प्रधानमन्त्रीको सचिवालयले भन्यो- रेशम चौधरीसँगको भेट आकस्मिक”

दिल्लीमा प्रधानमन्त्री र टीकापुर घटनाका अभियुक्त रेशम चौधरीको भेट

प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली सुरक्षा निकायले पक्राउका लागि ‘वान्टेड’ सूचीमा राख्दै सर्वाधिक खोजी गरेका एक विवादास्पद फरार अभियुक्तलाई उच्च सुरक्षा घेराभित्र भारतमा भेटेका छन् । गत वर्ष टीकापुरको चिलम चौराहामा दुईबर्से बालक र आठ सुरक्षाकर्मीको ज्यान जाने गरी भएको घटनामा मुछिएका ‘कर्तव्य ज्यान’ मुद्दाका मुख्य अभियुक्त रेशम चौधरीलाई प्रधानमन्त्री दाहालले शुक्रबार साँझ ताजमहल होटेलमा भेटेका हुन् । भारत र नेपालका लब्धप्रतिष्ठित व्यापारीलाई सम्बोधनका लागि ताजमहल होटेलमा आयोजना गरिएको कार्यक्रममा दाहालले मञ्चमै चौधरीलाई भेटेका थिए । Continue reading “दिल्लीमा प्रधानमन्त्री र टीकापुर घटनाका अभियुक्त रेशम चौधरीको भेट”

चितवनमा जितिया कार्यक्रम

सञ्जय चौधरी/चितवन

रत्ननगर १९ झुवानीका थारु समुदायले जितिया पर्वको अवसरमा विविध सांस्कृतिक कार्यक्रम गर्नुका साथै एक आपसमा खुसीयाली साट्दै दर खाएका छन्। झुवानी थारु महिला समूहले गरेको कार्यक्रममा महिलाहरुले झाम्टा तथा पुरुषहरुले डम्फु नाच देखाएका थिए। Continue reading “चितवनमा जितिया कार्यक्रम”

‘चार जनाले बनाएको कालो संविधान मान्दैनौं’

लखन चौधरी/कैलाली।

नयाँ संविधानप्रति विमक्ति जनाउँदै आन्दोलनरत थरुहट/थारुवान संयुक्त संघर्ष समिति कैलालीले धनगढीमा जनप्रदर्शनसहित (असोज ३ गते) कालो दिवस मनाएको छ। आफूहरुको माग र मुद्दालाई सम्बोधन गरिनुको साटो उपेक्षा गरिएको भन्दै धनगढीको गुरही चौक (क्याम्पस चौक) देखि जिल्ला प्रशासन कार्यालयसम्म जनप्रदर्शन गरी कालो दिन मनाएको हो। Continue reading “‘चार जनाले बनाएको कालो संविधान मान्दैनौं’”