संविधान संशोधन गरी सीमाङ्कन सच्याएर चितवनदेखि कञ्चनपुरसम्मको थारु बहुल क्षेत्रहरुलाई समेटेर थरुहट/थारुवान प्रदेश कायम गर्नुपर्ने मागसहित नारायणगढको पुलचोकमा थारु समुदायले विरोध सभा तथा जितिया विशेष कार्यक्रम गरेका छन्।
कार्यक्रममा बोल्दै थरुहट/थारुवान संयुक्त संघर्ष समितिका केन्द्रीय सचिवालय समितिका सदस्य किशोर कुमार विश्वासले भने- “नयाँ संविधानले थारुहरुको हक, अधिकार, आत्मपहिचान, प्रतिनिधित्व, पहुँच र स्वाभिमान स्थापित गर्न नसकेकोले यो संविधान अबिलम्ब संशोधन हुनुपर्दछ।” विश्वासले थप बोल्दै भने “हाम्रा माग र मुद्दा सम्बोधन भएन भने दशैं, तिहार र छठपछि निर्णायक आन्दोलन गर्छौ।”
नेपाल देश निर्माण हुनुभन्दा हजारौं वर्ष अगाडिदेखि चितवन लगायत तराईभूमिमा थारुहरु बसोबास गर्दै आएको समुदाय भएकोले थारुहरुलाई आप्रवासीको जस्तो व्यवहार नगर्न अनुरोध गर्दै विभेद कायम रहे हतियार उठाउन समेत पछि नपर्ने चेतवानी विश्वासले दिए। उनले भने “हामीले संविधान खारेज गर्ने माग राखेका छैनौं, केही धाराहरु विभेदकारी भएकोले यो संविधान अधुरो रहेको छ। ती धाराहरु संशोधन गर्ने हामीले संविधान खारेज गर्ने माग राखेका छैनौं, केही धाराहरु विभेदकारी भएकोले यो संविधान अधुरो रहेको छ। ती धाराहरु संशोधन गर्न भनेका छौं।”
कार्यक्रमका वक्ताहरुले झुटा मुद्दा लगाई पक्राउ गरिएका थारु आन्दोलकारीहरुलाई बिनासर्त रिहा गर्नुपर्ने, तराईलाई दुई वा तीन प्रदेशमा पुनः सिमाङ्कन गर्नुपर्ने, संविधान संशोधन अबिलम्ब गर्नुपर्ने लगायतका १३ बुँदे माग प्रस्तुत गरेका थिए।
विभिन्न दल लगायतका जनसमुदायले संविधान दिवस मनाइरहेको छन् भने अर्कोतिर थारु लगायत जनजाति, मधेसीहरुले असोज ३ लाई कालो दिनको रुपमा मनाइरहेका छन्। विरोध सभा थारु कल्याणकारिणी सभा चितवन, थरुहट/थारुवान संयुक्त संघर्ष समिति र थारु महिला सभा चितवनले संयुक्त रुपमा आयोजना गरेका थिए।
कार्यक्रममा थाकसका पूर्व केन्द्रीय उपाध्यक्ष भजुमनराम महतो, थारु राष्ट्रिय मुक्ति मोर्चा चितवनका अध्यक्ष विष्णु कुमारी चौधरी, थाकसका पूर्व केन्द्रीय सदस्य चन्द्र कुमारी चौधरी, नेपाल आदिवासी जनजाति महासंघ चितवनका अध्यक्ष पदम गुरुङ, थारु महिला समाजका अध्यक्ष धन्जु महतो र थरुहट थारुवान संयुक्त संघर्ष समितिका ललित कुमार चौधरीले विरोेध मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रम थाकस चितवनका सभापति विश्राम महतोको सभाध्यक्षतामा सम्पन्न भएको थियो। विरोध सभा गर्नुपूर्व वीरेन्द्र क्याम्पसदेखि पुलचोकसम्म कालो झण्डा र व्यानरसहित विरोध र्याली गरिएको थियो।
नेकपा एमालेका उपाध्यक्ष भीम रावलले टीकापुर घटना आततायी, हिंस्रक र आपराधिक भएको बताएका छन्। एमाले प्रदेश नं ७ स्तरीय बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उनले आठ सुरक्षाकर्मी र एक नाबालकको ज्यान जानेगरी भएको आपराधिक घटनाको दोषीलाई छाड्न नहुने बताए। Continue reading “टीकापुर घटनामा संलग्नलाई कारबाही हुनुपर्छ : रावल”
थारु विद्यार्थी समाजको छैटौं महाधिवेशनले चन्द्रप्रसाद चौधरीको अध्यक्षतामा ३३ सदस्यीय कार्यसमिति गठन गरेको छ। आइतबार अबेर रातसम्म भएको महाधिवेशनमा उनी चन्द्रप्रसाद चौधरी निर्विरोध निर्वाचित भएका हुन्। त्यस्तै उपाध्यक्षमा विजय चौधरी (चितनव), ओमनारायण महतो (नवलपासी), ठाकुर करिया प्रधान (कैलाली), गीता थारु (कञ्चनपुर) उपत्यका र प्रभु चौधरी (सुनसरी) पनि निर्विरोध निर्वाचित भए। महासचिवमा भने विकास चौधरी (बारा) निर्विरोध भए। Continue reading “थारु विद्यार्थी समाजको अध्यक्षमा चन्द्रप्रसाद चौधरी निर्वाचित (नामावलीसहित)”
थारु विद्यार्थी समाजको छैठौं महाधिवेशनले पदाधिकारीहरुको टुंगो लगाएको छ। यद्यपि केन्द्रीय सदस्यहरु भने अझै छान्न सकेको छैन। सदस्यमा धेरै जनाको दाबी परेपछि मूल आयोजक कमिटीलाई सहमति गराउन हम्मे हम्मे परेको छ। यसअघि तीन जना उपाध्यक्ष रहने प्रावधानलाई बढाएर ५ बनाइएको छ। सोही अनुसार केन्द्रीय कमिटी २७ बाट ३१ बनाउन आयोजक कमिटीलाई दबाब परेको छ। अहिले खुल्लाबाट चार प्रतिनिधि संख्या मिलाउन हम्मे हम्मे परेको सीताराम चौधरीले जानकारी दिए। Continue reading “चन्द्रप्रसाद चौधरी अध्यक्ष हुने निश्चित, केन्द्रीय सदस्य छान्न हम्मे हम्मे”
थारु महिला सभा मोरड कार्यसमितिले थारुहरुले जितिया पर्वलाई आन्दोलन दिवसका दिनका रुपमा मनाउने निर्णय गरेको छ। आफूहरुले विगत दुई दशकदेखि आफ्नो हक र अधिकार प्राप्तिका लागि आन्दोलन गरेको भए पनि स्वायतः प्रदेश निमार्ण, समावेशी प्रतिनिधित्व र आन्दोलनको सत्य तथ्य न्यायिक छानविन गर्न माग गरेको छ। आज विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गर्दै सो कुरा बताइएको हो। Continue reading “थारु महिला सभा मोरङले जितियालाई आन्दोलनको रुपमा मनाउने”
मन्त्रिपरिषद बैठकले संविधान दिवसको अवसरमा ५३७ कैदीको बाँकी कैद मिनाहा गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको छ। असल आचारण देखाएका र ४० प्रतिशत कैद भुक्तान गरेका कैदीहरुलाई संविधान दिवसको अवसरमा छोड्ने निर्णय गरेको हो। Continue reading “मन्त्रिपरिषद्वारा ५ सय ३७ कैदीलाई माफी गर्ने निर्णय”
थारु विद्यार्थी समाजको छैठौं महाधिवेशनमा देखिएको विवाद मोटामोटी सहमति नजिक पुगेको छ। शनिबारदेखि अबेर रातसम्म भएको बैठकले मोटामोटी सहमति गरेको छ। बैठक स्रोतका अनुसार सबै पदमा सहमति जुटेको छ। सहमतिअनुसार थारु विद्यार्थी समाजको अध्यक्षको कार्यभार चन्द्रप्रसाद चौधरीले सम्हाल्नेछन्। Continue reading “थारु विद्यार्थीको पदाधिकारीमा मोटामोटी सहमति”
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले डेढ करोडको उपचार खर्चको विल सरकारलाई बुझाएको छ। मधेसी मोर्चाका नेताहरुले आइतबार उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिलाई भेटेर मधेस आन्दोलनमा घाइते भएकाहरुको उपचारमा खर्च भएको रकमको विल पेश गरेका हुन्। Continue reading “मोर्चाले बुझायो डेढ करोड उपचार खर्चको बिल”
जिल्लाको घोडाघोडी नगरपालिकास्थित घोडाघोडी सिमसार क्षेत्र प्राकृतिक चिडियाखानाको रुपमा परिचित हुन थालेको छ । केही वर्ष अगाडीसम्म व्याप्त चोरी सिकार, वनफँडानीलगायत कारणले उक्त सिमसार क्षेत्र संकटको भुमरीमा फसेको थियो । तर विभिन्न निकायबाट संरक्षण र सम्वद्र्धनको पहल भएपछि उक्त ऐतिहासिक, धार्मिक तथा जैविक महत्व बोकेको तालको मुहार फेरिन थालेको छ ।
औषत चार मिटर भन्दा वढी गहिराई र २७२६ हेक्टर क्षेत्रफलमा फैलिएको घोडाघोडी सिमसार क्षेत्र तराई क्षेत्रको सवभन्दा ठूलो सिमसार क्षेत्र हो । सन २००३ अगस्त १३ मा विश्व रामसार सूचीमा समेत सूचीकृत भैसकेको ताल क्षेत्र जैविक विविधता, जलप्राणी, वनजन्तु, चराचुरुगीको प्रमुख बासस्थान तथा प्रजनन केन्द्र बन्न सफल भएपछि साँचिक्कै‘नेचुरल जु’ को नामलेसमेत आजभालि चिनिन थालेको हो ।
वि.स. २०५६ साल भन्दा पहिले ताल तथा सिमसार क्षेत्रमा चोरी सिकार तथा वनफँडानीले तिब्रता पाएको थियो । तर पछि ताल क्षेत्रको संरक्षण र सम्वद्र्धनकै उदेश्यले वि.स. २०५६ सालमा स्थापित घोडाघोडी क्षेत्र संरक्षण तथा जनजागरण मञ्चले विभिन्न निकायहरु संग समन्वय गरी संरक्षण र सम्वद्र्धनको विभिन्न कार्यक्रम ल्याएपछि क्रमिक रुपमा सुधार हुँदै आएको छ । हाल वनफँडानी र चोरी सिकारमा न्यूनीकरण भएको छ । भने तालको वरिपरी तारवारसमेत गरिएको छ ।
वन तथा भू–संरक्षण मन्त्रालयका अनुसार उक्त सिमसार क्षेत्रको भौगोलिक अवस्था, वनपति, चराचुरुंगीलगायत जलचर तथा थलचरवारे चरा संरक्षण नेपाल (बि.सि.एन.), सि.आई.टी.इ.एस., सि.एस.यू.डब्लु.सी., डि.एन.पि.डब्लु.सि, आई.यु.सि.एनलगायत विभिन्न सरोकारवाला निकायहरुले समय– समयमा अध्ययन तथा सर्वेक्षण गर्दै आएका छन् । जुन अध्ययनअनुसार सिमसार क्षेत्रमा ४५० प्रजातिका वनस्पति, ३१ प्रजातिका माछा, १८४ प्रजातिका चरा, ३२ प्रजातिका पुतली, ११ प्रजातिका घोंघी, ७ प्रजातिका घस्रने जीवजन्तुहरु रहेको भू–संरक्षण मन्त्रालयकोको तथ्यांकमा उल्लेख छ ।
यस अति नै संवदेनशील सिमसार क्षेत्र, चुरे क्षेत्र वन, वातावरण र जैविक विविधता संरक्षणको अवधारणालाई व्यापकताका साथ लागु गरिएको छ ।
संरक्षण र सम्वद्र्धनकै अभियानमा मञ्च संग हाल ३४ ओटा सामुदायिक वन उपभोक्ता समूहहरु रहेका छन् । भने ३६ वटा सामुदायिक विद्यालयहरुमा इको क्लबहरु गठन गरिनुको साथै २० ओटा स्थानीय समुदायमा आधारित चोरी सिकारी नियन्त्रण समूह गठन भएको छ । जुन क्लब र चोरी सिकारी नियन्त्रण समूहमार्फत वन पर्यावरण तथा जैविक विविधता सम्बन्धी सचेतनामूलक कार्यक्रम र सिमसारको निगरानी समेत हुँदै आएको छ ।
त्यस्तै, हाल यो क्षेत्रमा पूर्ण रुपमा छाडा चरिचरणमा रोक लगाइएको छ भनेखुला रुपमा माछा, कछुवा, चरालगायत जलचर र थलचर मार्ने काममा प्रतिबन्ध गरिएको छ ।
हाल यो सिमसार क्षेत्रमा असना, साल, कुसुम, कर्मा, पियार, सिसौ, महुवा, बेललगायत प्रजातिका रुख तथा वनस्पतिहरु पाइन्छन् । भने चितुवा, ब्वाँसो, खरायो, अजिंगर, निलगाई, कछुवा, गोहीलगायत जीवजन्तुहरुको प्रमुख बासस्थान हो ।
दर्जनौं तालहरु रहेको सिमसार क्षेत्रमध्ये जैविक र ऐतिहासिक महत्व बोकेको घोडाघोडी र नकरोड तालको संरक्षणमा विशेष जोड दिइएको छ । तालको ऐतिहासिक पक्षवारे अनसन्धान गर्नकै लागि पनि अन्सन्धानकर्ताहरु आउने गरेको जनाइएको छ । तालको ऐतिहासिक र जैविक पक्षवारे जानकारी गराउँदै जनजागरण मञ्चका अध्यक्ष दीपेन्द्र बहादुर शाहीले ताल क्षेत्रमा परापूर्वक कालमा ठूलो मानव वस्ती रहेको र पछि एकाएक तलाउमा परिणत भएको किंवादन्ती रहेको बताउँनु भयो ।
त्यस्तै, अर्को किवदन्ती अनुसार परापूर्वक कालमा भगवान विष्णुले घोडा र लक्ष्मीले घोडीको रुप धारण गरी ताल क्षेत्रको परिक्रमा गरेको हुनाले तालको नाम घोडाघोडी रहन गएको जनविश्वास रहेको पाइन्छ ।
तर घोडाघोडीको नामाकरण भने थारू समुदायको कुल देवता ‘घोरी (पोथी) र घोरा (भाले)’ बाट घोरीघोराबाट घोडीघोडा हुन गएको हो । पछि गएर उ नाममा भएको शब्दलाई अगाडी पछाडी राखेर घोडाघोडी भन्न थालिएको हो ।
उहिल्यैदेखि हालसम्म तालको किनारमा घोडीघोडा मन्दिर रहेको छ । जुन मन्दिर आदिवासी थारू समुदायको देव थनुवा हो । जुन थनुवामा थारु समुदायले आफ्नै मौलिक ढंगले पूजाआजा गर्दै आएका छन् । भने मन्दिरमा माटाका घोडाहरुको मुर्ती मात्रै रहेका छन् । सिमसार क्षेत्र वरिपरी स्थानीय आदिवासी थारु समुदायको बाक्लो वस्ती रहदै आएको छ ।
आफैँमा मनमोहक प्राकृतिक दुष्यले भरिएको सिमसार क्षेत्रमा संरक्षण र सम्वद्र्धनको कार्यले व्यापकता पाएपछि पर्यटन प्रवद्र्धनमा पनि टेवा पुगेको छ ।
जिल्ला सदरमुकाम धनगढीदेखि ६३ र चिसापानीदेखि ३५ किलोमिटरको दूरीमा रहेको सिमसार क्षेत्र अवलोकनको लागि दैनिक सयौं स्वादेशी तथा विदेशी पर्यटकहरु आउने गरेका छन् । जुनकारण स्थानीय व्यापार व्यवसायमा वृद्धि भएको छ ।
हालैमात्र घोडाघोडी तालको दृष्य अवलोकन गर्न ताल छेउमै एउटा रुखलाई भ्यु टावर बनाइको छ । जसले गर्दा यहाँको पर्यटन प्रवद्र्धनमा कोशे ढुंगा सावित भएको छ ।
तालको अवलोकनमा सहजता आओस तथा पर्यटन प्रवद्र्धनमा टेवा पुगोस् भनेर टावर निर्माण गरिएको हो । केही मानिस बस्न मिल्ने चौतारो आकारमा टावरको चुचुरो पनि बनाईको छ ।
हरियो वन नामक गैर सरकारी संस्थाको एक लाख २८ हजारको आर्थिक लगानीमा निर्मित उक्त टावरको कैलालीका जिल्ला वनअधिकृत डा. सिन्धुप्रसाद ढुंगानाले उद्घाटन गरेका थिए ।
त्यस्तै, यहाँका स्थानीय १० जना यूवाहरुलाई नेचर गाइड सम्बन्धी तालीम प्रदान गरिएको छ । सिमसार क्षेत्र अवलोकनका लागि आउने पर्यटकहरुलाई यहाँको वस्तुस्थिति बुझाउन र पथ प्रदर्शकको भूमिका निर्वाह गराउने उदेश्यले तालीम दिइएको छ । जसबाट पर्यटन प्रवद्र्धनमा थप मदत पुग्ने आशा पनि लिइएको छ ।
यसैबीच जिल्लाको मध्यवर्ती क्षेत्रमा ठूला होटलहरु खुल्ने क्रम जारी रहेको छ । पर्यटकहरुको आवागमनमा बृद्धि संगै यस क्षेत्रको होटल व्यवसाय पनि क्रमिक रुपमा फष्टाउँदै गएको व्यवसायीहरुको भनाई छ ।
त्यतिमात्रै नभई, घोडाघोडी नगर क्षेत्रभित्र पर्ने माघी गाउँका स्थानीहरुले तालकै सुन्दरताको जगमा टेकेर माघी गाउँ होमस्टे पनि सञ्चालनमा ल्याएका छन् । होमस्टे व्यवस्थापन समितिका अध्यक्ष शोभाराम चौधरीले घोडाघोडी घुम्न आउने पर्यटकहरुबाट होमस्टे चल्दै आएको जानकारी दिनुभयो ।
स्थानीय माघी गाउँवासीले होमस्टेमा आउने पहुनाहरुलाई परम्परागतगत शैलीमा स्वागत र सत्कार गर्दै आएका छन् । भने होमस्टेमा बसोबास गर्न जाने आगन्तुकहरुलाई स्थानीयहरुले परमपरागत सखिया, झुमरा, माघौटालगायत नाचगानले मनोरञ्जन प्रदान गर्दै आएका छन् । त्यस्तै अण्डी धानको भात, खेरिया, पनझझरा, बंगुरको मासु, घोंघी, ढिक्रिलगायत खानपान दिदै आएका छन् ।
ताल क्षेत्रको महत्व र अतुलनीय विशेषताकै कारण तालकै नामबाट दर्जनौं संघ संस्थाहरु समेत स्थापना भएका छन्। हाल तालकै नामबाटै घोडाघोडी क्षेत्र संरक्षण तथा जनजागरण मञ्च, घोडाघोडी वहमुखी क्याम्पस, घोडाघोडी अस्पताल स्थापना भएका छन् ।
घोडाघोडी क्षेत्र हामी सबैको साझा सम्पति रहेकोले यसको उचित संरक्षण र सम्वद्र्धनमा सबैको सहकार्य आजको आवश्यकता हो ।
नेपाल पत्रकार महासंघको पाल्पामा सम्पन्न राष्ट्रिय भेलाबाट संशोधित विधान जारी भएको छ। तर संशोधित विधानमा मागअनुसार थारुकोटा नछुट्याएकोभन्दै केन्द्रीय सदस्य लक्की चौधरीले गम्भीर आपत्ति जनाएका छन्। नयाँ संविधानमा थारु क्लष्टरलाई अलग पहिचान दिइसकेको अवस्थामा महासंघको विधानमा थारु समुदायका लागि केन्द्रीय पदाधिकारी, सदस्य, प्रदेश र जिल्ला समितिमा समेत थारु कोटाको माग केन्द्रीय सदस्य चौधरीले बैठकमा गरेका थिए। पटक पटक केन्द्रीय पदाधिकारी तथा विधान संशोधन कार्यदललाई जानकारी गराउँदासमेत माग सुनुवाई नभएको भन्दै चौधरीले आपत्ति जनाएको बताएका छन्। Continue reading “पत्रकार महासंघमा थारु कोटा नछुट्याएकोमा आपत्ति”