सप्तकोसीको मुल भंगालोमा शनिबार डुंगा डुब्दा अझै १० जना बेपत्ता रहेको प्रहरीले जनाएको छ। डुंगा डुबेलगतै ३७ जनाको उद्दार गरिएपनि अझैसम्म १० जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको हो। Continue reading “सप्तकोसीमा बेपत्ता भएका १० जनाको खोजीकार्य जारी”
Author: admin
कञ्चनपुरका विष्णु राना धानबालीमा मृत भेटिए
कञ्चनपुरको रैकवारविचुवा गाविस–९ पिपरैयामा आज एक युवक धानबालीमा मृत अवस्थामा फेला परेका छन् । कैलाली घर भई विगत पाँच वर्षदेखि पिपरैयाकास्थित आफन्त टीकाराम रानाको घरमा बस्दै आएका ४० वर्षीय विष्णु राना धानबालीमा मृत भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । Continue reading “कञ्चनपुरका विष्णु राना धानबालीमा मृत भेटिए”
टीकापुर घटनाको मुद्दा दशैंअघि नै फिर्ता लिने सरकारको तयारी
सरकारले टीकापुर घटनाको छानविन प्रतिवेदन तत्काल सार्वजनिक नगर्ने भएको छ । साथै दशैंअघि नै मधेस आन्दोलनका क्रममा पक्राउ परेकाहरुको मुद्धा फिर्ता दिने बताएको छ । शनिबार गृह मन्त्रालयमै पत्रकारहरुसँग भएको भेटमा उपप्रधानमन्त्री विमलेन्द्र निधिले टीकापुर घटनाको छानविन सार्वजनिक नहुने संकेत गरे । मधेस आन्दोलनका क्रममा भएका घटनाको छानविन गर्न उच्चस्तरीय आयोग बनिसकेको र त्यसले टीकापुर घटनाको पनि छानविन गर्ने भन्दै उनले पुरानो छानविन प्रतिवेदन सार्वजनिक नहुने बताए ।
गत वर्ष भदौ ७ मा कैलालीको टीकापुरमा भएको हिंसात्मक झडपमा एसएसपीसहित आठ सुरक्षाकर्मी र एक बालकको मृत्यु भएको थियो । घटना लगतै सरकारले राष्ट्रिय अनुसन्धान विभाष्का पूर्व प्रमुख देवीराम शर्माको नेतृत्वमा छाविन समिति बनाएको थियो । समितिले प्रतिवेदन बुझाएको लामो समय हुँदापनि न त सरकारले कसैलाई कारबाही गरेको छ न प्रतिवेदन नै सार्वजनिक गरेको छ ।
पछिल्लो पटक मधेसी मोर्चासँग भएको सहमति अनुसार प्रचण्ड सरकारले पूर्व न्यायाधीश गिरिशचन्द्र लालको संयोजकत्वमा सात सदस्यीय उच्चस्तरीय आयोग बनाएको छ । र, मधेस आन्दोलनका क्रममा भएका घटनाको छानविन गर्न ६ महिनाको समय दिइएको छ ।
मुद्दा फिर्ता दशैं अघि नै
उपप्रधान एवं गृहमन्त्री निधिका अनुसार मधेसी आन्दोलनका क्रममा २७४ माथि १६० वटा मुद्धा छन् । मधेसी मोर्चासँग भएको सहमति अनुसार मुद्धा फिर्ताका लागि आफूहरु छलफलमा रहेको भन्दै उनले दशैंअघि नै उसलाई टुंग्याउन चाहेको बताएका छन् ।
यद्यपि मुद्धा फिर्ताको प्रक्रियबारे महान्यायाधीशवक्ता, मोर्चाका तर्फबाट कानुन व्यवसायीहरुसँग छलफल चलिरहेको छ । मन्त्रिपरिषद्ले निर्णय गरेर मात्र नहुने भएकाले आवश्यक प्रक्रियाबारे छलफल भइरहेको गृहमन्त्री निधिले जानकारी दिएका छन् ।
उनका अनुसार ५२ जनालाई सहिद घोषणा गरिएको छ र अधिकांश पीडित परिवारले १० लाख पाएका छन् ।
छुटेका १२ जनाको हकमा आवश्यक छनबिन भइरहेको छ । उपचार खर्चका लागि सरकारले विल वा बिबरण मागेको तर, मधेसी मोर्चाले उपलब्ध नगराएको गृहमन्त्रीले बताए ।
थारु विद्यार्थीमा अझै सहमति जुटेन, कीर्तिपुरमा प्रतिनिधिहरुको बिजोग
दोस्रो पटक आयोजना भएको थारु विद्यार्थी समाजको छैटौं राष्ट्रिय महाधिवेशनमा पनि किचलो देखिएको छ। अध्यक्ष र महासचिव पदमा कुरा नमिलेपछि छैटौं महाधिवेशन पनि विफलको संघारमा पुगेको छ। रमेश चौधरी समूहले अध्यक्षबाहेक सबै पदमा दाबी गरेपछि विवाद चर्किएको हो। Continue reading “थारु विद्यार्थीमा अझै सहमति जुटेन, कीर्तिपुरमा प्रतिनिधिहरुको बिजोग”
प्रवासी थारु समाज युएईबाट नेत्र थनेतको राजीनामा
प्रवासी थारु समाज युएईका जन्मदाता नेत्र थनेतले साधारणसदस्य समेत नरहनेगरी सो संस्थाबाट अलग भएका छन्। ब्यापारको सिलसिलामा समय दिन नसकेको भन्दै उनले आजैको मितिबाट सो संस्थाबाट राजीनामा दिएका छन्। यद्यपि आफूले सक्ने सहयोग भने संस्थालाई गरिरहने उनले बताए। ‘ब्यापारमा बढी समय दिन परेकाले संस्थामा समय दिन गाह्रो भयो। त्यसैले आजैको मितिबाट संस्थाबाट साधारण सदस्यसमेत नरहनेगरी अलग भएको छु। मैले सक्ने सहयोग भने संस्थाप्रति हरदम रहन्छ,’ उनले थारुवानसँग भने। Continue reading “प्रवासी थारु समाज युएईबाट नेत्र थनेतको राजीनामा”
भारतीय पत्रकारले सोधे- के अब मधेस आन्दोलन हुँदैन?
भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतको विहारका मुख्यमन्त्री नीतिश कुमारबीच भेटवार्ता भएको छ। दाहाल भेट्न नीतिश भारतस्थिन नेपाली दूतावास पुगेका थिए। Continue reading “भारतीय पत्रकारले सोधे- के अब मधेस आन्दोलन हुँदैन?”
नेपाल र भारतबीच तीन सम्झौता
भारत सरकारले नेपालको तराई क्षेत्रको सडक स्तरोन्नति तथा सुधारका लागि परियोजना व्यवस्थापन परामर्श सेवा उपलब्ध गराउने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालको चार दिने राजकीय भ्रमणको क्रममा भएको तीन बुँदे समझदारीपत्रमा उक्त परामर्श सेवा उपलब्ध गराउने सहमति भएको हो। Continue reading “नेपाल र भारतबीच तीन सम्झौता”
हात्तीको आक्रमणबाट बर्दियामा युवराज थारू र पुरुवा थारूको मृत्यु
बिहीबार राति सूर्यपटुवा-४ डल्लामा जङ्गली हात्तीको आक्रमणमा परी दुई जनाको ज्यान गएको छ। सूर्यपटुवा-४ डल्ला गाउँमा दिउँसो ढोढरी–१ पठरवोजी बस्ने युवराज थारू स्कुलबाट पढेर घर फर्कने क्रममा जङ्गली हात्तीले आक्रमणमा परेका उनको उपचारका लागि कोहलपुर मेडिकल कलेज नेपालगन्जमा उपचारका क्रममा राति मृत्यु भएको हो। Continue reading “हात्तीको आक्रमणबाट बर्दियामा युवराज थारू र पुरुवा थारूको मृत्यु”
म कानुनबमोजिम पक्राउ गर्ने एसपी हुँ, मलाई कसैको डर छैन : मीरा चौधरी
अन्वेषण योजना महाशाखा र दंगा नियन्त्रण प्रहरी गण हेटौँडामा केही समयको पोस्टिङपछि मकवानपुर जिल्ला इन्चार्ज बनेकी एसपी मीरा चौधरीले आफ्नो हिम्मतवाली छवि कायमै राखिन् । उनी एक वर्षमा जिल्लामा विभिन्न अपराधमा संलग्न सात सय एकजना पुरुष र २९ जना महिलालाई पक्राउ गर्न सफल भइन् । Continue reading “म कानुनबमोजिम पक्राउ गर्ने एसपी हुँ, मलाई कसैको डर छैन : मीरा चौधरी”
प्रधानमन्त्री दाहाललाई गार्ड अफ अनर प्रदान, समकक्षी मोदीद्वारा स्वागत
चार दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालला आज राजकीय सम्मान दिइएको छ। शुक्रबार बिहान प्रधानमन्त्री दाहाललाई गार्ड अफ अनर प्रदान गरिएको हो। प्रधानमन्त्री दाहाललाई समकक्षी नरेन्द्र मोदीले स्वागत गरेका थिए। Continue reading “प्रधानमन्त्री दाहाललाई गार्ड अफ अनर प्रदान, समकक्षी मोदीद्वारा स्वागत”