नेपालको राजनीतिक विकास क्रममा राजनीतिज्ञ प्रभुनारायण चौधरीले पुर्याएको महत्वपूर्ण योगदानको स्मरण गरिएको छ। प्रभुनारायण चौधरी स्मृति प्रतिष्ठानले उनको सातौँ स्मृति दिवसका अवसरमा आज आयोजित कार्यक्रममा सहभागीले चौधरी कम्युनिस्ट आन्दोलनका नेता तथा सामाजिक सुधारका अगुवा भएको विचार व्यक्त गरेका हुन्। Continue reading “वाम नेता प्रभुनारायण चौधरीको योगदानको स्मरण, पत्रकार चौधरी सम्मानित”
Author: admin
आन्दोलनका घटना छानबिन गर्न गठित आयोगले पूर्णता पायो
सरकारले मधेस आन्दोलनका क्रममा भएका घटनाहरुको छानविनका लागि गठन गरेको आयोगलाई पूर्णता दिएको छ । सरकारले सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लालको अध्यक्षतामा आयोग बनाए पनि पूर्णता पाएको थिएन । बुधबार यसले पूर्णता पाएको छ । आयोगका सदस्यहरुमा नेपाल प्रहरीका एआईजी नवराज सिलवाल, अनुसन्धान विभागका सुवचन्द्र झा र नायव महान्यायाधिवक्ता सूर्य कोइराला तोकिएका छन् । Continue reading “आन्दोलनका घटना छानबिन गर्न गठित आयोगले पूर्णता पायो”
मानव ओसारपसारमा मुछिएका सन्तकुमार चौधरीसहित आठ सांसदलाई ‘क्लिन चिट’
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अवैध मानव ओसारपसार र सरकारी कागजपत्र किर्तेमा जोडिएका माओवादी केन्द्रका ८ सांसदलाई ‘क्लिन चिट’ दिएको छ । ‘पक्राउ परेका दिनेश खड्काको बयानमा सांसदको संलग्नताबारे नखुलेको र मुख्य आरोपित शेरबहादुर साउद फरार रहेको’ भन्दै ब्युरोले आठै जनालाई उन्मुक्ति दिएको हो । Continue reading “मानव ओसारपसारमा मुछिएका सन्तकुमार चौधरीसहित आठ सांसदलाई ‘क्लिन चिट’”
थारु आयोग विधेयक संसद सचिवालयमा प्रवेश
सरकारले छ वटा आयोगसम्बन्धी विधेयक संसद सचिवालयमा पठाएको छ । कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रालयले राष्ट्रिय दलित आयोग, राष्ट्रिय समावेशी आयोग, आदिवासी जनजाति आयोग, मधेसी आयोग, थारु आयोग र मुस्लिम आयोगको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई संसद सचिवालयमा पठाएको हो । Continue reading “थारु आयोग विधेयक संसद सचिवालयमा प्रवेश”
थारु कोटा माग्दै पत्रकार महासंघ दाङ अध्यक्षलाई ज्ञापनपत्र
विभिन्न माग राख्दै थारु पत्रकार संघ दाङले पत्रकार महासंघलाई ज्ञापनपत्र बुझाएको छ। संघको हालसालै सौ राहामा सम्पन्न राष्ट्रिय भेलाबाट जारी घो षणापत्रमा उल्ले ख गरि एका माग सम्बो धनका लागि दाङ शाखाले पत्रकार महासंघलाई ज्ञापनपत्र बुझाएको हो ।
संघका जिल्ला अध्यक्ष सन्दो ष दहितले मंगलबार पत्रकार महासंघका दाङ शाखा अध्यक्षलाई ज्ञापनपत्र बुझाएका हुन्। संघले उठाएका माग सम्बो धनका लागि पत्रकार महासंघको के न्द्रीय समितिमा पठाइदिन थारु पत्रकार संघले दाङ शाखा अध्यक्ष सुदीप गौ तमलाई
आग्रह गरेको थियो। थारु पत्रकार संघले पत्रकार महासंघको जिल्लादे खि के न्द्रसम्मको पदाधिकारी तथा सदस्यहरुमा थारुहरुको छुट्टै को टा माग गरे को छ।
त्यस्तै सञ्चार नीति छिट्टै लागु गरि नुपर्ने , थारु समुदायका मुद्दाहरुलाई सञ्चार माध्यमहरुमा प्राथमिकता दिइनुपर्ने , राज्य पुनर्संर चना गर्दा थारु बहुल क्षे त्रलाई नबिगारी प्रदे शको सीमांकन गरि नुपर्ने , थारु महिला पत्रकार तथा आदिबासी जनजाति, दलित महिलाहरुलाई महासंघमा आउने अवसर दिइनुपर्ने , श्रमजीवी पत्रकार लाई ऐ नअनुसार पारि श्रमिकको व्यवस्था गरि नुपर्ने, कै लाली घटनाका निर्दोष थारुलाई रि हा गरिनुपर्ने र कै लाली घटनामा जलाइएको फूलबारी एफएम सञ्चालनका लागि पहल गरि नुपर्ने लगायतका माग राखेको छ।
ज्ञापनपत्र बुझ्दै पत्रकार महासंघ दाङका अध्यक्ष सुदीप गौ तमले भदौ ३० गते पाल्पामा पत्रकार महासंघ जिल्ला शाखाहरुको राष्ट्रिय भे ला हुन लागे को भन्दै थारु पत्रकार हरुका मागबारे जानकारी गराउने प्रतिबद्धता जनाए। उनले जिल्लास्तर बाट समाधान गर्न सकिने मागबारे आफू गम्भीर र हे को बताए।
थारु विद्यार्थी समाज बचाउने कि मर्न दिने ?
गिता दृष्टि।
थारु समुदायको विश्वाशिलो संगठन र थारु विद्यर्थीहरुको आस्था र भरोसाको धरोहरको रुपमा थारु विद्यार्थी समाज रहेको छ । दुई दशकको गौरवशाली इतिहास बोकेको यो संगठन २०५२ साल भाद्र १७ गते विधिवतरुपमा स्थापना भई आज यो आलेख लेखी राख्दा २१औं बसन्त पूरा गरी १०औं दिनमा हिँडिरहेको छ। २१ वर्षमा एउटा मानिस बयस्क हुन्छ, आत्मनिर्णय लिने अधिकार नेपालको संविधानले दिएको छ। एउटा विरुवा धेरै मान्छेको बिसौनी बनेर छहारी दिन सक्षम हुन्छ। एउटा संस्था हजारौ मान्छेहरुलाई एकबद्ध बनाएर जोड्ने काम गर्छ। त्यही काम थारु विद्यार्थी समाजले देशैभरिका थारुहरु र थारु विद्यार्थीलाई जोड्ने सेतुको काम गर्यो. र त आज पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मको थारु विद्यार्थीको सहकार्यलाई सजिलो बनाएको छ। यति लामो इतिहास बोकेको समाज आज कहाँ कस्तो स्थितिमा छ, एकपटक मूल्यांकन गर्नुपर्ने बेला आएको छ।
भनिन्छ, कलम यस्तो हतियार हो जस्ले ठूलो युद्धलाई जितिदिन्छ। आज उही कलमरुपी हतियारले शब्दवाण छोड्दै छु। यो आलेख पढिराख्दा धेरैलाई शब्दवाणले छेड्ला कतिलाई लाग्ला म जातिवादी भएछु। सात्यता तीतो हुन्छ तर कालान्तरमा फाइदाजनक पनि। सर्वप्रथम विशुद्ध सेवा भावले थारु विद्यार्थीहरुको वृद्धिविकास र हकहितका लागि यो संगठन स्थापनार्थ योगदान दिनुहुनेप्रति नमन गर्न चाहन्छु। उहाँहरुकै योगदानले मैले पनि थारु विद्यार्थी समाजको छातामुनी बसेर थारु समुदायको लागि सेवा गर्ने अवसर पाए यो मेरो लागि गौरवको कुरा हो। मजस्तै थुप्रै थारु युवाहरुको लागि गौरव गर्ने संस्था हो। तर समयको अन्तरालसँगै यो संस्थाले थुप्रै आरोह अवरोह भोग्दै आइरहेको छ। चितवनको छैठौं राष्ट्रिय महाधिवेसनबाट झन् जटिल आवस्थामा रहेको यो संस्था अहिले चितवनकै अधुरो कामलाई पुनरताजकीय गर्नेगरी काठमाडौंको कीर्तिपुर त्रिभुवन विश्व विद्यालयमा २०७३ साल असोज १ र २ गते गरिने अधिवेसनसम्म आइपुग्दा यो संगठनले धर्माइरहेको स्थितिमा रहेको छ। हामी सबैले अनुभव गरेको कुरा साँच्चिकै भन्नुपर्दा जीवन मरनको दोसाधको अवस्थामा रहेको छ थारु विद्याथी समाज। यदि यो काठमाडौं अधिवेसन सफल भएन भने सायद सधैंका लागि त्यो २१ वर्ष अगाडि स्थापना भएको थारु विद्यार्थी समाज हामीले गुमाउनुपर्ने हुन्छ । र, त्यसको घाटा अन्तत्वगत्वा सिंगो थारु समुदायले बेहोर्नेछ।
देशको राजनीति अहिले फरक धारमा छ। हामी सबै जानकार छौं थारुहरुले देश विकासमा गरेको धेरै योगदानहरुलाई र देशको सीमावर्ति क्षेत्रको लागि बलिदान दिएको कुरा देशको राजनीतिक परिवर्तनसँगै ती सबै कुरा नेपाली जनताले कति र कसरी मूल्यांकन र कदर गरेको छ भन्ने कुरा अहिले हामी राम्ररी भोग्दैछौं। नेपालको इतिहासमा अधिकारका लडाइँ धेरै भए माओवादीको १२ वर्षे युद्धलगायत २००७, २०४७ सालको आन्दोलन तर कसैलाई आतंककारीको बिल्ला भिडाइएन। तर अधिकार दिनु त कहाँ हो कहाँ मानव अधिकार विश्वव्यापी घोषणापधको पक्षराष्ट आफैँ रहेको देशले आफैँ मानव अधिकारको हनन् गर्दै, अधिकार प्रप्तीकै लागि गरिने आन्दोलन र न्यायको लडाइँ लड्न नदिनका लागि आज थारु समुदायलाई नेपाल सरकारले डर र धम्कीले चुप बनाएको छ। धेरै विद्यार्थीहरु स्कुल जाने क्रममा मारिए, बलात्कृत भए, थारुको घर छानी छानी प्रहरी प्रशासनकै मिलोमतोमा जलाइएको घटना र आतंककारीकाो बिल्ला अझै ताजै छन्। यी सम्पूर्ण अन्यायको विरोध गर्ने र न्याय दिलाउनका लागि वकालत गर्ने विद्यत वर्ग भनेको विद्यार्थी वर्ग हो। त्यस्तो मुद्दाको उठान गन सहयोर्ग र संगठित गर्ने संगठन थारु विद्यार्थी समाज हो। तर आज यो संगठन वास्तवमा हामी सबैको कमी कमजोरीले जीवन मरणको अवस्थामा छ। यसलाई जोगाउने कि निमिट्न्न पार्ने हाम्रो हातमा छ।
विद्यार्थी वर्ग भनेको समाज डोर्याउने आँखा हो। देशको खम्बा हो। ज्ञान र विवेकको खानी हो। त्यसैले एकपट निस्वार्थ भावनाले सोँचौ, केवल थारु विद्यार्थी समाजको उज्वल भविष्यको लागि आफूलाई आफैँले आत्मविश्लेषण गरौं हामी सम्पूर्ण थारु विद्यार्थी समाजका शुभचिन्तक र नेतृत्वकर्ताहरु कि हाम्रो कमजोरी के भयो र कहाँ चुक्यौं। जस्ले गर्दा थारु विद्यार्थीहरुको आस्थाको धरोहर थारु विद्यार्थी समाजलाई जोगाउनका लागि आज अप्ठेरो परेको छ। साँच्चिकै हामीले आफ्नो विवेक प्रयोग गर्यौ कि कसैको बहकावट र व्यक्तिगत स्वार्थले डोर्याउँदै छ? थारु विद्यार्थी समाजको विगतको इतिहास हेर्यौं भने अग्रजहरुले आफ्नो निहित स्वार्थ त्यागी केवल थारु विद्यार्थीको हकका निम्ति काम गरेको कुरा प्रमाणित छ। त्यही मेहनत र सेवाको परिणामको भरमा मात्र धिपधिप गर्दैछ अन्यथा यो संस्था एका देशको कथामा सिमित भैसक्थ्यो। तर किन अहिले संस्थाभन्दा बढी पद हाबी हुँदै? सेवाभन्दा स्वार्थ हाबी हुँदैछ? विशुद्ध सामाजिक कार्य गर्ने संगठनलाई राजनीति गर्ने आखडा बनाइँदैछ? थारु विद्यार्थी को पूर्व र को पश्चिम भन्ने धार छुट्टिदैछ? यो सम्पुर्ण प्रश्नको उत्तर केलाउने र मूल्यांकन गर्ने क्षमता सबै अधिवेशन प्रतिनिधि र शुभचिन्तकमा पक्कै पनि छ। त्यसैले हामी आफैँ फुटेर को पश्चिम को पूर्व भनेर छुट्टिदा हामीबीच खेल्ने मौका फेरि पनि अराजक तत्वहरुले पाउनेछन्। यो संगठन रहे हामी एक सुत्रमा बाँधिदै थुप्रै माग मुद्दाका लागि लड्ने संगठन रहनेछ। यो संगठन जोगाउनका लागि विवेक प्रयोग गर्ने बेला आएको छ। आफ्नो तह तप्काबाट व्यक्तिगत स्वार्थभन्दा माथि उठेर जीवन मरणको दोसाधमा रहेको थारु विद्यार्थी समाजलाई बचाउने र जोगाउने अभिभारा केवल तपाईँ र हाम्रो जिम्मेवारी हो। कुनै आर्को शक्ति आउँदैन संरक्षण गर्न। अब अग्रजहरुको विरासत हाम्रो थारु विद्यार्थी समाज अरुको मुख ताकेर जोगिँदैन।
थारु बुद्धिजीबी, नेता, नागरिक समाज र अग्रजहरुको पनि महत्वपूर्ण भूमिका खेल्ने बेला आएको छ तपाईँका छोराछोरीले केही सिक्ने संस्था धरासायी अवस्थामा छ। हामीलाई तपाईँहरुको मद्धतको खाँचो छ, सक्नुहुन्छ मद्धत गर्नुस्, सहमति जुटाइदिने वातावरण बनाउनुस्। सक्नुहुन्न तर कृपया नफुटाइदिनुस्। अन्यथा आउने सन्ततीले जागरुक हुने, आफ्नो नेतृत्व विकास गर्ने ठाउँ मासिनेछ, हराउनेछ। दुई दशकको मेहनत हजारौं थारु बिद्यार्थीको मेहनत बालुवामा बनाएको घरझैँ भत्केर जानेछ।
त्यसैगरी जो नेत्तृव पंक्तिमा आउँदै हुनुहुन्छ भने संगठनको अहिलेको जरजर अवस्था एकपटक मनन् गर्नुस्। थारु विद्यार्थी समाजले मलाई यो दिनेछ भन्दा पनि म संगठनको लागि के गर्न सक्छु भन्ने अठोट लिएर आउनुस्। पक्कै पनि संगठनको विकाससँगै व्यक्तित्व पनि विकास हुनेछ होइन भने हात्ती आयो हात्ति आयो फुस्साको आवस्था नआउला भन्न सकिँदैन। अनि उही विराटनगर र चितवनको इतिहास फेरि पल्टिनेछ।
असोज १ र २ गते हुने काठमाडौं अधिवेशनको लागि पाल्नुहुने सम्पूर्ण प्रतिनिधिहरुले पनि सोँचौ नेतृत्व पंक्ति छान्ने तपाईँहरु हो सबै विवेक प्रयोग गर्ने क्षमता राख्छौं। यो संस्था जोगाउने कि सकाउने अभिभारा तपाईँहरुकै हातमा छ। केवल एकपटक आफ्नो, मेरो र तेरोको भावनाबाट माथि उठेर संगठन राम्रो नेतृत्व पंक्ति ल्याउ र संगठन जोगाउ। यो काठमाडौं सम्मेलन ‘अन्तिम चान्स’ हो। यसलाई अन्तिम अस्त्रको रुपमा प्रयोग गर्दे तपाईँ हाम्रो जीवन मरणको अवस्थामा रहेको संस्थालाई जोगाउ र फेरि थारु विद्यार्थीहरुको गौरवशाली संगठनलाई हराभरा पारौं।
लेखक थारु विद्यार्थी समाज उपत्यका समितिका पूर्व उपाध्यक्ष तथा छैटौं महाधिवेशन मूल आयोजक समितिका सदस्य हुन्।
शेरबहादुर देउवाको हातमा डाडु पुन्यू पुगेपछि थारुको माग पूरा हुन्छ : पद्मनारायण चौधरी
नेपाली कांग्रेसका नेता एवं सांसद पद्मनारायण चौधरीले शेबहादुर देउवाले थरुहट मुद्दा मिलाउने दाबी गरेका छन्। अनलाइनखबरसँगको कुराकानीमा उनलाई सोधिएको ‘थरुहटको माग पूरा हुन दिन्न, थारुलाई एक इन्च जमिन पनि दिन्न भन्ने त शेरवहादुर देउवा तपाईकै पार्टीको सभापति हुनुभएको छ, अब कसरी मिल्छ ?’ भन्ने प्रश्नमा सांसद चौधरीले भनेका छन्- ‘अब शेरबहादुर देउवाले मिलाउनुहुन्छ जस्तो लाग्छ। उहाँको हातमा डाडु पुन्यू पुगेपछि उहाँले त आफ्नो बोलीमात्र बोल्न मिलेन। उहाँले सबैलाई मिलाएर सबैको भावना बुझेर अघि बढ्नुपर्छ। नत्र चुनावमा कांग्रेसलाई त असर गर्छ।’ Continue reading “शेरबहादुर देउवाको हातमा डाडु पुन्यू पुगेपछि थारुको माग पूरा हुन्छ : पद्मनारायण चौधरी”
कृषिको विकास नभएसम्म आर्थिक विकास असम्भव: कृषिमन्त्री चौधरी
कृषिमन्त्री गौरीशङ्कर चौधरीले नेपालमा कृषिको विकास नभएसम्म देशको आर्थिक विकास असम्भव भएको बताएको छ । फ्लोरिकल्चरल एसोसिएसन नेपालको २४औँ वार्षिक साधारणसभाको मंगलबार उद्घाटन गर्दै मन्त्री चौधरीले कृषि क्षेत्रमा आमूल परिवर्तन गरी कृषकलाई आत्मनिर्भर गर्न सरकारले कृषकका लागि नयाँ कार्यक्रम ल्याउने योजना गरिरहेको बताउनुभयो । बेरोजगार युवालाई कृषि क्षेत्रमा आकर्षित गरी परिचालन गर्न सरकार गम्भीरतापूर्वक लागिरहेको र कृषि क्षेत्रमा सरकारले ७० प्रतिशत लगानी गरिरहेको उनले बताए। Continue reading “कृषिको विकास नभएसम्म आर्थिक विकास असम्भव: कृषिमन्त्री चौधरी”
थारु विद्यार्थीको अध्यक्षमा चन्द्रप्रसाद चौधरीको उम्मेदवारी घोषणा
थारु विद्यार्थी समाज (थाविस)को छैठौं राष्ट्रिय महाधिवेशनका लागि चन्द्रप्रसाद चौधरीले अध्यक्षको उम्मेदवारी घोषणा गरेका छन्। झन्डै दुई वर्षपछि हुन लागेको छैटौं महाधिवेशन असोज १ र २ गते कीर्तिपुरको त्रिभुवन विश्वविद्यालयको सभाहलमा हुने आयोजकले जनाएको छ। Continue reading “थारु विद्यार्थीको अध्यक्षमा चन्द्रप्रसाद चौधरीको उम्मेदवारी घोषणा”
थारुका माग पूरा नगरे ठूलो क्रान्ति गर्ने संसदमा मोदीको चेतावनी [भिडियो]
नेकपा माओवादी केन्द्रका अमनलाल मोदीले थारु समुदायले आफ्नो अधिकारका लागि गरेका आन्दोलनको सम्मान नभएको गुनासो गरेक छन्। यस्तो स्थितिमा अर्को राजनीतिक क्रान्ति हुने र आर्थिक क्रान्ति अघि बढ्न सम्भव नहुने उनले बताए। Continue reading “थारुका माग पूरा नगरे ठूलो क्रान्ति गर्ने संसदमा मोदीको चेतावनी [भिडियो]”