नेपाल पत्रकार महासंघको केन्द्रीय विधानमा पदाधिकारी र सदस्यहरुको थारुकोटा छुट्याउन माग गर्दै थारु पत्रकार संघ नेपालले महासंघलाई सोमबार ज्ञापनपत्र बुझाएको छ । भाद्र २५ गते चित्तवनको सौराहामा भएको केन्द्रीय भेलाको निर्णयअनुसार संघले महासंघको केन्द्रीय कार्यालय सञ्चारग्राममा गएर महासंघका अध्यक्ष डा. महेन्द्र विष्टलाई ज्ञापनपत्र बुझाएको हो । Continue reading “थारु कोटा माग्दै नेपाल पत्रकार महासंघका अध्यक्षलाई ज्ञापन पत्र”
Author: admin
नदीको दोभानमा फसेका तीन थारुलाई पाँच घन्टापछि उद्धार
दाउरा लिन जाँदा नदीको दोभानमा थुनिएका कञ्चनपुरको देखतभुली गाविस–६ कि एक महिलासहित दुई पुरुषको आज उद्धार गरिएको छ । यहाँको देखतभुली–६ मा तिल्लकीको पूर्वबाट भएर बग्ने मछेली नदी र पश्चिमतर्फबाट भएर बग्ने वनहरा नदीकोबीच दोभानमा थुनिएका देखतभुली–६ का ३० वर्षीय प्रेम चौधरी, ५० वर्षीय सादु राना र उहाँकी बुहारी २९ वर्षीया हरिदुलिया रानालाई इलाका प्रहरी कार्यालय झलारीको टोलीले करिब पाँच घन्टाको प्रयासपछि उद्धार गरेको हो । Continue reading “नदीको दोभानमा फसेका तीन थारुलाई पाँच घन्टापछि उद्धार”
मोरङका अनील चौधरीसहित कुवेतमा २२ नेपाली अलपत्र
वैदेशिक रोजगारका लागि कुवेतमा पुगेका २२ नेपाली कुवेती कम्पनीले भिसा दिलाउन नसकेपछि अलपत्र परेका छन् । जसमा १६ कामदारको आवासीय अनुमतिपत्र (भिसा) छैन । ६ जनासँग काम गर्ने अनुमतिसहितको भिसा भए पनि कम्पनीले काम दिन सकेको छैन । कुवेतस्थित ‘खलिफा दद् अल–दबबाउस एन्ड ब्रोस कम्पनी लिमिटेड’ आर्थिक संकटमा परेपछि त्यहाँ कार्यरत २२ नेपाली तथा एक सयभन्दा बढी भारतीय कामदारलाई झन्डै ६ महिनादेखि काम दिन सकेको छैन । Continue reading “मोरङका अनील चौधरीसहित कुवेतमा २२ नेपाली अलपत्र”
आदिवासी जनजातिले माग्यो छुट्टै जनजाति मन्त्रालय
आदिवासी जनजाति अगुवाहरुले प्रधानमन्त्री प्रचण्डलाई ज्ञापन पत्र बुझाउँदै आदिवासी जनजाति मन्त्रालय गठन गर्न माग गरेका छन् । उनीहरुले संविधानमा जनजाति अधिकारलाई मौलिक हकको रुपमा व्यवस्था गर्न र आदिवासी जनजाति दिवस सरकार आफैंले आयोजना गर्ने पनि सरकारलाई सुझाव दिएका छन् ।
आफ्ना मागबारे ध्यानाकर्षण गराउने उद्देश्यले आदिवासी जनजाति महासंघका अध्यक्ष नागेन्द्र कुमाल लगायतको टोलीले आइतबार प्रधानमन्त्री प्रचण्डलाई भेटेको थियो ।
सिंहदरवारमा भएको भेटमा आदिवासी जनजातिका अगुवाहरुले आदिवासी जनजातिका ११ मुद्दा र तत्काल कार्यान्वयन गर्नु पर्ने १० मुद्दा गरी २१ बुँदे ज्ञापनपत्र बुझाएका छन् ।
आदिबासी जनजाति दिवस सरकारले आयोजना गर्न, संविधान संशोधन गरी पहिचान र जनजाति मुद्दाहरुको सम्बोधन गर्न, जनसंख्याका आधारमा समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न, निर्वाचन प्रणालीमा समानुपातिक व्यवस्थाको दर बढाउन, संविधानमा जनजाति अधिकारलाई मौलिक हकको व्यवस्था गर्न, जनजाति प्रतिष्ठानलाई प्रदेश तहसम्म बिस्तार गर्न, आदिबासी जनजाति मन्त्रालयको गठन गर्न माग गरिएको छ ।
यसैगरी महासंघले संविधानसभाको राजनीतिक सहमति अनुसार राज्य पुनर्संरचना गर्न, मौलिक हकमा आदिवासी जनजातिको हकलाई छुट्टै धारामा राख्न, ऐतिहासिक थाकथलोमा आत्मनिर्णयको अधिकारसहित प्राकृतिक श्रोत साधनमा प्रथम अधिकार दिन माग गरेको छ ।
संविधान संशोधन प्रक्रियाको छलफलमा जनजाति महासंघको प्रतिनिधित्व सुनिश्चित गर्न, पक्राउ परेका आन्दोलनकारीलाई रिहा गर्न, धर्म निरपेक्षतासम्वन्धी स्पष्टिकरण हटाउन र राष्ट्रिय जनावर एक सिंगे गैंडालाई राख्न माग गरेको छ । नयाँ संविधानमा भने गाईलाई राष्ट्रिय जनावर तोकिएको छ ।
भेटमा प्रधानमन्त्री प्रचण्डले उत्पीडित जनताले अधिकार पाउँदा आफूलाई सन्तोषको अनुभूति हुने बताएका थिए । उत्पीडितहरुका अधिकार स्थापित सरकार तयार रहेको उनले बताए ।
प्रधानमन्त्रीले भने, ‘मेरो राजनीतिक जीवन नै अधिकारको लडाईंमा बित्यो । उत्पीडित वर्ग, जाति, क्षेत्र र लिंगले अधिकार पाउँदा मलाई सन्तोषको अनुभूति हुन्छ । संविधान संशोधन गरेर उत्पीडितहरुका अधिकार स्थापित गर्न सरकार आतुर छ ।’
भेटमा प्रधानमन्त्रीले दोस्रो संविधान सभापछि पहिचान र अधिकारका पक्षधर शक्तिहरु कमजोर भएको भन्दै परिस्थितिको चापले संविधानमा सम्झौता गर्नु परेको बताएको प्रचण्डको सचिवालयले जनाएको छ ।
राष्ट्रिय क्रिकेट टोलीमा अनुराधा चौधरीसहित तीन थारु चेली
महिला विश्वकप छनोटका लागि रूबिना क्षेत्रीको कप्तानीमा १८ सदस्यीय राष्ट्रिय टोलीको घोषणा भएको छ। अक्टुवर ९ देखि हङकङमा आयोजना हुने एसियाली क्षेत्रको छनोटमा नेपालले हङकङ, चीन र थाइल्यान्डसँग खेल्नुपर्नेछ। यो समूहबाट पहिलो हुनेले सन् २०१७ मा आयोजना हुने वल्र्ड क्वालिफायरमा भाग लिन पाउने छ।
नेपालले हङकङमा हुने एसिया क्षेत्रको छनोटका लागि पहिले ४८ जना खेलाडीलाई बन्द–सत्रमा राखेको थियो। त्यसबाट २४ हुँदै सोमबार १८ सदस्यीय टोलीको घोषणा गरेको हो। Continue reading “राष्ट्रिय क्रिकेट टोलीमा अनुराधा चौधरीसहित तीन थारु चेली”
थारुको मौलिक संस्कृतिबारे अध्यापन सुरु
सुनसरीको बज्राहमा रहेका थारु समुदायको मौलिक संस्कृतिबारे अध्ययन अध्यापन सुरु भएको छ । यहाँको थारु समुखायका परम्परागत मौलिक संस्कार संस्कृतिका विषयमा स्किल कलेजका विद्यार्थीहरुद्वारा स्थलगत रुपमा अध्ययन अध्यापन गरेका हुन् । Continue reading “थारुको मौलिक संस्कृतिबारे अध्यापन सुरु”
थरुहट अध्यक्ष भन्छन्- गठबन्धनमा पनि हेपाहा प्रवृत्ति, राजनीतिक भेटघाटलाई ‘गुपचुप’ राखियो
संघीय गठबन्धनका संयोजकसमेत रहेका संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव र तराई–मधेस लोकतान्त्रिक पार्टी (तमलोपा)का अध्यक्ष महन्थ ठाकुरले शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्ता गरे । यादव र ठाकुर कसैले पनि प्रधानमन्त्री दाहालसँगको भेटबारे गठबन्धनमा आवद्ध दललाई जानकारी दिएका छैनन् । Continue reading “थरुहट अध्यक्ष भन्छन्- गठबन्धनमा पनि हेपाहा प्रवृत्ति, राजनीतिक भेटघाटलाई ‘गुपचुप’ राखियो”
थारु पत्रकार संघ चितवनमा पुनः कारी
थारु पत्रकार संघ चितवनको अध्यक्षमा पुनः कारी चौधरी चयन भएका छन्। सौराहामा आज भएको पहिलो अधिवेशनले कारी चौधरीको अध्यक्षतामा ७ सदस्यीय निर्विरोेध नयाँ कार्यसमिति चयन गरेकोे हो । Continue reading “थारु पत्रकार संघ चितवनमा पुनः कारी”
रेशम चौधरीको फूलबारी एमएम सञ्चालन गर्न माग [थारु पत्रकारको ९ बुँदे घोषणा पत्रसहित]
थारु पत्रकार संघ नेपालको एक दिने भेलाले ९ बुँदे घोषाणा पत्र पनि जारी गरेको छ। भेलाले नेपालको संविधान २०७२ ले थारु समुदायलाई छुट्टै कलस्टरको व्यवस्था गरेकाले नेपाल पत्रकार महासंघको केन्द्रीय पदाधिकारी र सदस्यमा थारु कोटा छुट्याउन माग गरेको छ। त्यस्तै थारु बाहुल क्षेत्रको कलस्टर नबिगारी प्रदेशको संरचना गर्न माग पनि भेलाले गरेको छ। भेलाले टीकापुर घटनामा पक्राउ परेकाहरुलाई तत्काल रिहाइ गर्न माग गरेको छ। Continue reading “रेशम चौधरीको फूलबारी एमएम सञ्चालन गर्न माग [थारु पत्रकारको ९ बुँदे घोषणा पत्रसहित]”
थारु पत्रकारका लागि १ लाख ११ हजार १११ रुपैयाँको अक्ष्यकोष घोषणा
ओएसिस मेडिकल कलेजका प्रबन्ध निर्देशक डा. मनोजकुमार चौधरीले थारु पत्रकारिता पुरस्कारका लागि एक लाख ११ हजार एक सय ११ रुपैयाँको अक्ष्यकोष स्थापना गरिदिने घोषणा गरेका छन्। उनले थारु पत्रकारहरुलाई प्रोत्साहस्वरुप उक्त अक्ष्यकोष रकम दिन लागेको बताए। ‘पहिलोपटक हाम्रो ठाउँमा आएर राष्ट्रिय भेला गर्दै हुनुहुन्छ। यही अवसरमा थारु पत्रकारहरुलाई प्रोत्साहनस्वरुप एक लाख ११ हजार एक सय ११ रुपैयाँको अक्ष्यकोष स्थापना गरिदिन घोषणा गर्दछु,’ कार्यक्रममा सम्बोधन गर्दै उनले भने। Continue reading “थारु पत्रकारका लागि १ लाख ११ हजार १११ रुपैयाँको अक्ष्यकोष घोषणा”