दहितको गीतमा वीर र प्रमिला चौधरीको केमेस्ट्री

थारु गायक मोहन दहितले नयाँ गीत बजारमा ल्याएका छन्। ‘तु अइलो मोर जिन्गिम’ बोलको गीत उनले सङ्स नेपालबाट बजारमा ल्याएका हुन्। उक्त गीतको म्युजिक भिडियो सङ्स नेपालको युट्युबमा हेर्न सकिन्छ। Continue reading “दहितको गीतमा वीर र प्रमिला चौधरीको केमेस्ट्री”

छब्बीस वर्षदेखि डुब्दै ललितपुरवासी

अविनाश चौधरी।
करिब एक महिनाको सुख्खापछि मनसुनको अन्त्यतिर मङ्गलबार बिहान करिब तीन-चार बजेबाट कैलालीमा ठूलो वर्षा भयो । नदीनाला भरिए । बाढीको कहर मच्चियो । मोहना र खुटिया दुवै नदीमा आएको बाढीले खतराको घन्टी बजाउँदा ललितपुरबासी मिठो निन्द्रामै थिए । झिसमिसे बिहान हुँदासम्म बाढी घरमा पस्दा उनीहरुको निन्द्रामात्रै भताभुङ्ग भएन । यसअघि सुख्खा भएका कारण यसवर्ष दसै, तिहार राम्ररी मनाउने चकनाचुर भयो सपना पनि । Continue reading “छब्बीस वर्षदेखि डुब्दै ललितपुरवासी”

फोरमबाट एमाले गएका पूर्वसांसद मझिलाल थारु केन्द्रीय सल्लाहकार बने

नेकपा एमालेले बिभिन्न पार्टीबाट एमालेमा प्रवेश गरेकाहरुलाई जिम्मेवारी तोकेको छ । माओवादीबाट एमालेमा प्रवेश गरेका डा. डिल्लीराज खनाल र चक्रपाणी तिम्सिना केन्द्रीय सल्लाहकार परिषद सदस्य बनेका छन् । त्यस्तै संघीय समाजवादी फोरमबाट एमाले प्रवेश गरेका पूर्वसांसद मझिलाल थारु पनि केन्द्रीय सल्लाहकार बनेका छन् । केन्द्रीय सल्लाहकार परिषदमा अन्यलाई मनोनित गरिएको छ । बिभिन्न पार्टीबाट प्रवेश गरेका मध्ये घनश्याम भट्टराई,घनप्रसाद गौतम पनि सल्लाहकार परिषद सदस्य मनोनित भएका छन् । Continue reading “फोरमबाट एमाले गएका पूर्वसांसद मझिलाल थारु केन्द्रीय सल्लाहकार बने”

जङ्गल सफारीको सौराह घुम्ने ‘आकर्षक अफर’

चितवनको सौराहामा रहेको जङ्गल सफारी लजले आन्तरिक पर्यटकलाई लक्षित गरी ‘दसैँ तिहार दुई रात अफर’ योजना ल्याएको छ। असोज १ देखि कात्तिक ३० सम्म लागू हुने यस योजनाअन्तर्गत दुई पर्यटकले दुई रात तीन दिनसम्म सौराह घुम्न सक्ने छन्। यस प्याकेजमा सहभागी हुनेले लन्च, डिनर र ब्रेकफास्ट सहित सम्पूर्ण सफारी गर्न पाउने जङगल सफारी लजका प्रबन्ध निर्देशक सुमन घिमिरेले जानकारी दिए। Continue reading “जङ्गल सफारीको सौराह घुम्ने ‘आकर्षक अफर’”

पूर्व सभासद् डा‍‍. चौधरीको निधन

पूर्व सभासद् डा‍. लक्ष्मीलाल चौधरीको ७८ वर्षको उमेरमा निधन भएको छ। सप्तरी हरिहरपुर-९ का चौधरीको बुधबार बिहान आफ्नै निवासमा निधन भएको हो। महेन्द्र विन्देश्वरी क्याम्पसका पूर्व प्राध्यापकसमेत रहेका चौधरी पहिलो संविधान सभामा नेपाल लोकतान्त्रिक समाजवादी पार्टीकोतर्फबाट सभासद् भएका थिए। Continue reading “पूर्व सभासद् डा‍‍. चौधरीको निधन”

थारु पर्व : अनत्तर (अनन्त) ब्रत

दिलबहादुर चौधरी।

धेरै इतिहासकार र बिद्वानहरुमा थारुबारे बिबाद देखिएको छ । कतिपयले थारुहरुलाई किरात मानेका छन् भने कसैले द्रविड मूलका मानेका छन् । कसैले किरात, कसैले द्रविड भनेपनि धेरै इतिहासकार र बिद्वानहरुले थारुहरुलाई अनार्य भएको बताउँछन् । डा. रामानन्द प्रसाद सिंह, तेजनारायण पंजियार, सुबोधकुमार सिंह, महेश चौधरी, गोपाल दहितले थारुहरुलाई बौद्ध मानेका छन् भने थारु लोकगीत बर्किमारलाई पुस्तकको रुप दिने दाङ्गका अशोक चौधरीले थारुहरुलाई हिन्दू भएको स्वीकार्छन् । लेखक कृष्णराज सर्बहारी, इन्सेकका बरिष्ठ अधिकृत सुशिल चौधरी लगायतका ब्यक्तिहरु थारुहरुको आदि देवता गुर्बाबा हुन् र थारुहरुको छुट्टै धर्म छ भन्ने कुराको नजिक देखिन्छन् । थारु कल्याणकारिणी सभा पनि थारुहरु बौद्ध धर्माबलम्बी हुन् भन्ने कुराको जिकिर गर्दछ । त्यसैले उ बि.स. २०६५ मा थारुहरुको अन्तर्राष्ट्रिय सम्मेलन गरी थारुहरु बौद्ध रहेको घोषणा गरेको छ । Continue reading “थारु पर्व : अनत्तर (अनन्त) ब्रत”

प्रधानमन्त्री आजदेखि भारतको राजकीय भ्रमणमा, यस्ता छन् कार्यक्रम

प्रधानमन्त्री पुष्पकमल दाहाल १२५ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आजदेखि गणतन्त्र भारतको राजकीय भ्रमण सुरु गर्दैछन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको औपचारिक निमन्त्रणामा प्रधानमन्त्री दाहाल चारदिन लामो भारतको राजकीय भ्रमणमा निस्कन लागेका हुन्। Continue reading “प्रधानमन्त्री आजदेखि भारतको राजकीय भ्रमणमा, यस्ता छन् कार्यक्रम”

भारत भ्रमणमा जानुअघि प्रधानमन्त्रीलाई गठबन्धनको ध्यानाकर्षण

बिहीबारदेखि भारतको राजकीय भ्रमणमा जान लाग्नुभएका प्रधानमन्त्री पुष्पकमल दाहालसँग संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासहितको सङ्घीय गठबन्धनले भेटगरी आफ्ना मुद्दाबारे ध्यानाकर्षण गराएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज पुगेको मोर्चाको प्रतिनिधिमण्डलले संविधान संशोधन विधेयकलाई चाँडो संसद्मा दर्ता गराउन प्रधानमन्त्री दाहालसमक्ष आग्रह गरेको थियो ।

जवाफमा प्रधानमन्त्री दाहालले गठबन्धनका प्रमुख मागमा करिब सहमति नजिक पुगेको र संशोधन विधेयक चाँडै संसद्मा दर्ता गराउने आफ्नो चाहना रहे तापनि समय अपुग भएकाले भारत भ्रमणअघि सम्भव नभएको सुनाउनुभएको थियो ।

“भारत भ्रमण जानुअघि नै विधेयक दर्ता गर्न खोजेको समय पुगेन, हामीबीच कन्फ्युजन नहोस्, यसलाई भारतसँग जोडेर हेरिनुहुन्न । हाम्रो समस्या हामी आफँै समाधान गर्ने हो, अहिलेसम्म के प्रगति भएको छ, त्यो महत्वपूर्ण विषय हो”– प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै गठबन्धनका सचिवालय सदस्य केशव झाले राससलाई भने।

उहाँका अनुसार संविधान संशोधनको विषय सकारात्मक रुपमा अघि बढेको र प्रदेश सीमाङ्कनका सन्दर्भमा एउटा आयोग बनाएर टुङ्गो लगाउने, नागरिकता संविधानको प्रावधानअनुरुप हुने तथा भाषा र समानुपातिकप्रतिको विषयमा करिब सहमति भइसकेको प्रधानमन्त्रीले जानकारी गराएका थिए।

उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिसहितको उपस्थितिमा भएको छलफलमा गठबन्धनकातर्फबाट दोस्रो बरियताका नेताको सहभागिता थियो । नेता अशोक राई, सर्वेन्द्रनाथ शुक्ल, महेन्द्र यादव, राजकिशोर यादव, अनिल झा, केशव झालगायतका नेता सहभागी थिए। रासस

सम्भोगमा ‘जी स्पट’को भूमिकाबारे थाहा पाउनुस्

‘जी स्पट’ जर्मन गाइनाकोलोजिस्ट अन्स्र्ट ग्राफेनबर्गका नामबाट राखिएको हो । त्यसैले यसलाई ग्राफेनबर्ग स्पट पनि भनिन्छ । यो महिलाको योनीको दुई इन्च भित्र हुन्छ । क्लिटोरिसको पछाडितिर योनीको अगाडिको भित्तातिर हुन्छ । यो सिमी आकारको हुन्छ । महिलाको योनीभित्र औँला छिराएर यसलाई पत्ता लगाउन सकिन्छ । सिमी आकारको र स्पन्जजस्तो हुन्छ यो ।

सम्भोगको बेला ‘जी स्पट’ उत्तेजित हुनेगर्छ । ‘जी स्पट’ रगतका नसा र स्नायुहरूको जालोले बनेको हुन्छ । यो अति नै संवेदनशील हुन्छ । सम्भोगको बेला पुरुषको लिंगको घर्षणले यो चरम उत्तेजित हुन्छ र महिलालाले चरम सुख पाउने गर्छन् ।

एकदुईचोटिमै ‘जी स्पट’ पत्ता लगाउन गाह्रो पर्ला । तपाईंकी पार्टनरसँग खुलेर कुरा गर्नुभयो भने यो पत्ता लगाउन सकिन्छ र पार्टनरलाई पूर्ण यौनसन्तुष्टि दिन तपाईं सफल हुुनुहुनेछ ।

एनाकोन्डासँग स्टन्ट

ठूलठूला जनावरलाई पनि बेरेर कर्याककुरुक पारी भोजन गर्ने एनाकोन्डाको सामु निहत्था कोही जानाजान जाने आँट गर्ला ? तर, डिस्कभरी च्यानलका लागि स्टन्ट गर्ने पल रोसोलीले यस्तो कैयौँ चोटि गरेका छन् ।

उनको यस्तो साहसलाई कतिपयले मूर्खता र पागलपनको संज्ञासमेत दिने गरेका छन् । अनेक जुक्ति गरेर एनाकोन्डासँग पौँठेजोरी खेल्ने उनले प्रायः एनाकोन्डालाई माथ गर्ने गरेका छन् । तर, हालसालै उनी झण्डै एनाकोन्डाको शिकार बन्न पुगेका थिए । ‘एनाकोन्डाले उनको टाउको मुखमा हालेर बिस्तारै निल्न लाग्यो । त्यत्तिकैमा पललाई हातको हड्डी भाँचिएको आभास हुन थाल्यो ।

उनले छेउछाउमा रहेका सहयोगीसँग सहयोगको याचना गरे । सहयोगीले उनको ज्यान बचाए । यसरी मृत्युको मुखबाट उनी उम्किँदै गरेको दृश्य भिडियोमा समेत कैद भएको थियो, जुन भिडियो डिस्कभरी च्यानलले हालसालै प्रसारण गरिदिएको छ,’ समाचारमा भनिएको छ ।