घोराही २ पचुर्खाका रामप्रसाद चौधरीलाई छोरी रामकली अझै फर्कन्छिन् कि झैं लाग्छ । २०५९ वैशाख ३ गते घोराहीस्थित जिल्ला अस्पतालमा उपचार गर्न गएकी २६ वर्षीया छोरी उपचार गर्न नपाउँदै सुरक्षा फौजको नियन्त्रणमा परिन् । छोरी खोज्न गएका रामप्रसाद उल्टै दुई दिन थुनिए । तर छोरी भेटाउन सकेनन् । अहिलेसम्म पनि उनी छोरीको आशमा बसिरहेका छन् । ‘मैले आजसम्म कति खोजें तर केही पत्तो छैन । खोजी गर्द उल्टै मैले यातना भोगें,’ उनले भने, ‘अहिले पनि आयोगमा उजुरी दिएको छु । कतै भेटिइहाल्छे कि भन्ने आस छ । लास नभेटिँदासम्म आस भइरहने रहेछ ।’ Continue reading “रामप्रसाद चौधरीको बेदना- ‘मेरी छोरी कतैबाट टुप्लुक्क आइपुग्छिन् कि जस्तो लाग्छ’”
Author: admin
भूकम्पपीडितका नाममा करोडौं ठग्ने अमरकान्त चौधरी पक्राउ
भूकम्पपीडितका उठाएको राहत रकम ठगी गर्न काठमाडौंमा दर्ता भएको एउटा गैरसरकारी संस्थाले सप्तरीमा नक्कली साधारण सभा गरेको भेटिएको छ। ठगी आरोपमा संस्थाका अध्यक्ष र महासचिव पक्राउ परेपछि भूकम्पपीडितका नाममा आएको अनुदानमा भएको ‘ब्रह्मलुट’ बाहिर आएको हो। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले काठमाडौंमा केन्द्रीय कार्यालय रहेको ‘बुद्धिस्ट जनाधिकार मञ्च’ नामक गैरसरकारी संस्थाका अध्यक्ष सकुन शेरचन्द र महासचिव अमरकान्त चौधरीलाई ठगी अरोपमा पक्राउ गरेको हो। Continue reading “भूकम्पपीडितका नाममा करोडौं ठग्ने अमरकान्त चौधरी पक्राउ”
पूर्वराजा वीरेन्द्रको शालिक स्पाथना गर्दा नेपालगञ्जमा तनाव
जनआन्दोलन ०६२/६३ मा हटाइएको पूर्व राजा वीरेन्द्रको शालिक अचानक राष्ट्रवादी युवा शक्तिले बिहीबार नेपालगंजको धम्बोजी चोकमा स्थापना गरेपछि तनाव भएको छ। राष्ट्रवादी युवा शक्ति नामक संस्थाले बिहीबार एक दशकपछि पूर्व राजाको शालिक अनावरण गरेपछि धम्बोजी चोकमा तनाव भएको छ। Continue reading “पूर्वराजा वीरेन्द्रको शालिक स्पाथना गर्दा नेपालगञ्जमा तनाव”
यौन अभिरुचि किन हुन्छ ?
रोग
लिभर, किड्नी, फोक्सो, मुटु आदि सम्बन्धी समस्या, थााइराइड, मधुमेहजस्ता रोग लागेमा शरीरमा सेक्स हर्मोन उत्सर्जन कम हुन्छ । यसले गर्दा लिंग उत्तेजित नहुने, सेक्स गर्न मन नलाग्ने हुन्छ ।
औषधि
उच्च रक्तचाप, मुटु, डिप्रेसन आदिको औषधि नियमित खाने गर्नुपर्छ । यस्ता औषधिको नियमित सेवनका कारण कतिपयको शरीरमा सेक्स हर्मोन उत्सर्जन घट्न जान्छ, जसकारण सेक्सप्रति रुचि घट्छ ।
धूम्रपान
धूम्रपान सेवन गर्दा वीर्य उत्पादन घट्छ, जसकारण लिंग उत्तेजित नहुने समस्या उत्पन्न हुन्छ । धूम्रपानकै कारण नपुंसकताको समस्या सिर्जना भएका केससमेत प्रशस्तै पाइएका छन् ।
तनाव
सेक्सका क्रममा रतिरागात्मक कुरा दिमागमा आउँछ । जसकारण शरीरमा सेक्स हर्मोन उत्सर्जन हुन्छ । तर, तनाव भयो भने चिन्ताले डेरा जमाउँछ, जसकारण सेक्स हर्मोन उत्सर्जन हुन पाउँदैन ।
दुर्घटना
दुर्घटनापछि कसैकसैमा टेस्टोस्टोरनलगायत सेक्स हर्मोन उत्सर्जन कम हुने गर्छ । दुर्घटनामा परेपछि सेक्सप्रति कम रुचि जाग्न थालेको छ भने डाक्टरको परामर्श लिनुपर्छ । यस्तो समस्याको उपचार सम्भव छ ।
उमेर
उमेर ढल्कँदै गएपछि शरीरमा सेक्स हर्मोनको मात्रा घट्न पुग्छ । जसले गर्दा घट्दो उमेरमा सेक्सप्रतिको चाहना क्रमशः कम हुँदै जान्छ ।
भिटामिनको कमी
शरीरमा भिटामिन–बीको मात्रा कम भएमा लिंग उत्तेजित नहुने समस्या उत्पन्न हुन्छ ।
थारु पत्रकार संघका उपाध्यक्ष लेखी सम्मानित
राष्ट्रिय खेलकुद परिषद् ‘राखेप’ले आफ्नो ५३औँ वार्षिकोत्सवका अवसरमा छ कर्मचारी तथा त्यत्ति नै सङ्ख्यामा विभिन्न सञ्चारमाध्यमका खेल पत्रकारलाई सम्मान गरेको छ । त्रिपुरेश्वरस्थित राखेपमा आयोजित कार्यक्रममा युवा तथा खेलकुदमन्त्री दलजित श्रीपाइली, खेलकुद मन्त्रालयका सहसचिव चूडामणि पौडेल, राखेप सदस्य सचिव केशवकुमार विष्टलगायतले पुरस्कार प्रदान गरेका हुन्। Continue reading “थारु पत्रकार संघका उपाध्यक्ष लेखी सम्मानित”
‘नेता पुनःस्थापित भए, मुक्तकमैया हलिया भएनन्’
भूमिसुधार तथा व्यवस्था मन्त्री विक्रम पाण्डेले मुक्त घोषणाको लामो समयसम्म पनि मुक्तकमैया, मुक्तहलिया र मुक्तकमलरीको पुनःस्थापना नहुनु विडम्बना भएको बताएका छन्। सिंहदरवारस्थित आफ्नै मन्त्रालयको कार्यकक्षमा बुधबार जिल्लाबाट आएका मुक्तकमैया, मुक्तहलिया तथा मुक्त कमलरीका प्रतिनिधिहरुसँग छलफल गर्दै मन्त्री पाण्डेले त्यस्तो बताएका हुन्। सरकारले चाहेमा पुनस्र्थापनाको काम ठूलो नभए पनि सरकार परिवर्तनको समस्याले पुनस्र्थापनाको काममा बधा पुगिरहेको उनले अनुभव सुनाए। Continue reading “‘नेता पुनःस्थापित भए, मुक्तकमैया हलिया भएनन्’”
गच्छदारको पार्टीमा हंगामा, सरकारमा नगए पार्टी फुटाउने धम्की
कांग्रेस माओवादी गठबन्धनले दिने भनेका दुई मन्त्रालय लिएर सरकारमा नगए पार्टीनै फुट्ने अवस्था आएपछि फोरम लोकतान्त्रिकका अध्यक्ष बिजयकुमार गच्छदार गलेका छन् । उपप्रधानमन्त्रीसहित आकर्षक मन्त्रालय नपाएका कारण सरकारमा नजाने भने लगत्तै बहुसंख्यक सांसद र नेताहरुले पार्टीनै फुटाउने तयारी गरेपछि गच्छदार गलेका हुन् । Continue reading “गच्छदारको पार्टीमा हंगामा, सरकारमा नगए पार्टी फुटाउने धम्की”
दाङका थारू पत्रकार हीरामणि चाैधरीकाे निधन
पत्रकार हीरामणि चौधरीको निधनप्रति थारु पत्रकार संघ दाङ शाखाले दुख व्यक्त गरेको छ । शाखाका सहसविच एवम रेडियो तुलसीपुरकर्मी हिरामणि चौधरीको निधनप्रति थारु पत्रकार संघ दाङले शोक वक्तव्य जारी गर्दै दुःख व्यक्त गरेको हो । संघका मध्यपश्चि इन्र्चाज एवम दाङका अध्यक्ष सन्तोष दहितले शोक वक्तव्य जारी गरी पत्रकार चौधरीको निधनले पत्रकारीतामा अतुलनीय क्षति पुगेको उल्लेख गरेका छन् । Continue reading “दाङका थारू पत्रकार हीरामणि चाैधरीकाे निधन”
पुनर्स्थापनाको माग गर्दै मुक्तकमैया, कमलरी र हलिया टोली काठमाडौंमा
मुक्त भएको १६ वर्ष पूग्दासमेत उचित पुनस्र्थापना हुन नसकेपछि पुनःस्थापनाको माग गर्न मुक्त कमैया, हलिया, कमलरीको एक प्रतिनिधि टोली प्रधानमन्त्री, विषयगत मन्त्री तथा दलका नेताहरुसँग छलफल गर्न काठमाडौं आइपुगेको छ ।
मुक्त कमैया, हलिया र कमलरीका नेताहरुको संयुक्त नेतृत्वमा छलफल र माग, मुद्दा सम्बोधनको माग गर्न संयुक्त टोली काठमाडौं आइपुगेको हो । तत्कालिन सरकारले ती वर्गलाई दासदासी प्रथाबाट मुक्त गरेपनि त्यसको सही पुनस्र्थापना हुन नसक्दा सो प्रथा अझै अवशेषकोरुपमा रहेको समूहका नेतृत्वकर्ताहरुको भनाई छ ।
२०५७ साउन २ गते कमैयालाई तत्कालिन सरकारले मुक्त गरेको थियो । त्यस्तै, २०६५ भाद्र २० गते र कमलरीलाई २०७० साउन ३ गते मुक्तगरी पुनस्र्थापनाको काम शुरुगरेको थियो । तर सरकारको ढिलासुस्ती काम र व्यवस्थापनको अभावमा तिनीहरुको पुनस्र्थापना हुन सकेको छैन । मध्यपश्चिम र सदूरपश्चिममा रहेका मुक्त हलिया, मुक्त कमैया, कमलरीको पुनस्र्थपनाका लागि सरकारले हरेक वर्ष करोडौंको बजेट छुट्याउने गरेपनि त्यसको कार्यान्वयन हुन नसक्दा पुनस्र्थापना हुन नसकेको अगुवाहरुको गुनासो छ ।
काठमाडौं आइपुगेको संयुक्त टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटगरी पुनस्र्थापनाका लागि पहल गर्न आग्रह गर्ने बताएको छ । त्यस्तै, भूमिसुधारमन्त्री, शिक्षामन्त्री र राष्ट्रिय महिला आयोग लगायतका सरोकारवाला पक्षहरुसँग छलफल गरी ज्ञापनपत्र बुझाउने तयारी भएको मुक्त कमलरी महिला विकास मञ्चकी अध्यक्ष कौशिला चौधरीले बताए ।
चौधरीकाअनुसार बुधबार टोलीले भूमिसुधार मन्त्री विक्रम पाण्डे, कृषिमन्त्री गौरीशंकर चौधरी र राष्ट्रिय महिला आयोगमा गएर छलफल गरी ज्ञापनपत्र बुझाउने कार्यतालिका रहेको छ ।
त्यस्तै, राष्ट्रिय मुक्त हलिया समाज महासंघ नेपालका केन्द्रीय अध्यक्ष राजुराम भूलका अनुसार मुक्त हलियाको पुनस्र्थापनामा सरकार ध्यान नदिएको गुनासो गरे । वर्तमान सरकारको ध्यानाकर्षण गराउन आफूहरु काठमाडौं आएको उनले बताए । अध्यक्ष भूलकाअनुसार मध्य र सदूरपश्चिमा हालसम्म मुक्त हलियाहरुको सही प्रमाणीकरण हुन नसक्दा पुनस्र्थापनाको काममा बाधा पुगेको छ ।
अध्यक्ष भूलका अनुसार मध्येपश्चिमका ३ जिल्ला सुर्खेत, हुम्ला र जाजरकोटामा गरी हजारौं मुक्त हलियाको पहिचान र पुनस्र्थापना हुन बाँकी छ । प्रधानमन्त्री प्रचण्डलाई भेटी मुक्त हलियाको पुनस्र्थापनाका लागि आग्रह गर्ने उनले जानकारी गराए।
सोहीअनुसार सोह्रवर्ष अघि मुक्त भएका मुक्त कमैयाको कैलाली र वर्दियामा पुनस्र्थापना हुन बाँकी रहेकालाई तत्काल पुनस्र्थापनाको माग गर्ने सो टोलीले बताएको छ । बाधा मजदूरको क्षेत्रमा वकालत गर्दैआउनुभएका अधिवक्ता बालाराम भट्टराईले मुक्तकमैया, मुक्त हलिया, मुक्त कमलरी, हरुवाचरुवाहरुको पुनस्र्थापना हुन नसक्नुको पछाडि सरकारको उदासिना मुख्यकारण रहेको आरोप लगाए ।
ती वर्गको उचित शिक्षा, स्वास्थ्य, सीप र पहिचानका लागि सरकारको तर्फबाट आवश्यक पहल गर्न उनले सुझाव दिए । ती वर्गको पुनस्र्थापना विना समृद्ध नेपालको परिकल्पना गर्न नसकिने हुनाले पुनस्र्थापनाको कामलाई तिव्रगतिमा अगाडि बढाउन उनको सुझाव छ ।
पश्चिम नेपालका दाङ, बाँके, वर्दिया, कैलाली र कञ्चनपुरमा गरी हजारौं मुक्त कमलरीको पुनस्र्थापना हुन बाँकी रहेको कमैया प्रथा उन्मुलन समाजकी अध्यक्ष वसन्ती चौधरीले बताइन् ।
सरकारले यही आर्थिक वर्षमा मुक्तकमैया, मुक्त हलिया, र कमलरीहरुको पुनस्र्थापना गर्ने योजना बनाएको छ । सो अनुसार आवश्यक बजेटको समेत व्यवस्था गरेको छ । टोलीले मंगलबार कृषिमन्त्री गौरीशंकर चौधरीसँग भेटगरेको छ । उनले आफ्नो ठाउँबाट गर्नसक्ने सहयोग गर्ने प्रतिवद्धता जनाइन्।
कैलालीका कार्यबाहक कृष्ण चौधरीलाई हटाएर रामचरणलाई जिम्मेवारी दिइयो
थरुहट थारुवान संयुक्त संघर्ष समितिको आन्दोलन परिचालन समितिले कैलालीको कार्यबाहक संयोजकको जिम्मेवारी थारु कल्याणकारिणी सभाका केन्द्रीय सदस्य रामचरण चौधरीलाई दिएको छ। संयोजक लाहुराम चौधरी विगत एक वर्षदेखि टीकापुर घटनामा कैदी जीवन बिताइरहेका छन्। Continue reading “कैलालीका कार्यबाहक कृष्ण चौधरीलाई हटाएर रामचरणलाई जिम्मेवारी दिइयो”