सेक्स कुलत भनेको के हो ?

सेक्स कुलत भनेको के हो ?  
आर.
सामान्य अर्थमा यौन व्यवहार व्यक्तिको कन्ट्रोलभन्दा बाहिर जानु नै सेक्स कुलत हो । यस्तो लत बसेका मानिस अधिकांश समय सेक्सकै बारेमा सोचेर बिताउँछन् । अश्लील फिल्म वा साइट हेर्नु उनीहरूको दिनचर्या नै बन्न सक्छ । यसले मानिसको व्यवहारमा समेत परिवर्तन आउन थाल्छ । यसको असरले व्यक्तिगत, पारिवारिक र सामाजिक जीवन नै अस्तव्यस्त हुनपुग्छ । सेक्सले कुलतको रूप लियो भने मानिस बलात्कारसम्म गर्न पनि पछि पर्दैन । यस्तो लत लागेका मानिस प्रायः एक्लै बस्न रुचाउँछन् । यिनीहरूले प्रायः असुरक्षित यौनसम्पर्क गर्ने हँुदा कतिपय अवस्थामा यौनजन्य रोगको पनि शिकार भएको पाइन्छ । महिलालाई सेक्सको लत लागेमा उनीहरू यौन व्यवसायमा लाग्ने गरेको पाइएको छ । Continue reading “सेक्स कुलत भनेको के हो ?”

मुद्दा फिर्ताका लागि ४ सय ९२ जनाको नाम सरकारलाई बुझाइयो

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आन्दोलनका क्रममा पक्राउ परेकाहरुको मुद्धा फिर्ताका लागि सूची बुझाएको छ । मधेसी मोर्चाको कार्यदलले शुक्रबार गृह मन्त्रालयमा सूची बुझाएको हो । ‘हामीले ४९२ जनाको सूची बुझाएका छौं’ मोर्चाका कार्यदल संयोजक सांसद लालबाबु राउतले जानकारी दिए । Continue reading “मुद्दा फिर्ताका लागि ४ सय ९२ जनाको नाम सरकारलाई बुझाइयो”

कसको ‘नियत’ले टीकापुर घटनाका कैदीहरु छुटिरहेका छैनन् ?

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री बनिरहँदा सत्ता गठबन्धन नेपाली कांग्रेस र माओवादी केन्द्रले संघीय गठबन्धनसँग तीन बुँदे सहम्झौता गरेको थियो। जसअनुसार तेस्रो बुँदामा प्रधानमन्त्रीलाई भोट दिने उल्लेख थियो। पहिलो नम्बर झुटा मुद्दा खारेज गर्ने, कैदीलाई रिहा गर्ने, क्षतिपूर्ति दिने, सहिद घोषणा गर्नेलगायत थियो। तेस्रो नम्बरमा भने संविधान संसोधको कुरा उल्लेख थियो। Continue reading “कसको ‘नियत’ले टीकापुर घटनाका कैदीहरु छुटिरहेका छैनन् ?”

कैलालीसँग जोडिएको गौरीफन्टा नाका खोल्न प्रधानमन्त्री तयार

प्रधानमन्त्री पुष्पकमल दाहालले आशन्न भारत भ्रमणमा गौरीफन्टा नाका सुचारु गर्न पहल गर्ने बताएका छन् । कैलाली उद्योग वाणिज्य संघको नेतृत्वमा गएका विभिन्न दलका साँसद एवं राजनीतिक दलका प्रतिनिधिसँग प्रधानमन्त्रीले करिव दुई दशकदेखि बन्द रहेको दुधवा गौरीफन्टा रेल्वे सेवा सञ्चालन गर्न समेत भारत सरकारसँग छलफल गर्ने बताए । Continue reading “कैलालीसँग जोडिएको गौरीफन्टा नाका खोल्न प्रधानमन्त्री तयार”

बुद्ध र थारुको ऐतिहासिक सम्बन्ध विषयमा सांसद गोपाल दहितद्वारा विद्यावारिधी

थरुहट तराई पार्टी नेपालका वरिष्ठ नेता एवं सांसद गोपाल दहितले लुम्बिनी विश्वविद्यालयबाट विद्यावारिधी गरेका छन्। उनले बुद्ध भगवान र बुद्ध धर्मसित थारुहरुको ऐतिहासिक, समाजिक र सांस्कृति सम्बन्ध विषयमा विद्यावारिधी गरेका हुन्।  Continue reading “बुद्ध र थारुको ऐतिहासिक सम्बन्ध विषयमा सांसद गोपाल दहितद्वारा विद्यावारिधी”

गच्छदार पार्टीका नेताको प्रस्ताव- २ नम्बर प्रदेशलाई पूर्वमा सारौं, ५ लाई पश्चिममा

जितेन्द्र देव।

१. अहिलेकै सात प्रदेशभित्र जिल्ला टुक्राउने र छुटाउने पहिलो उपाय हो । त्यसका लागि २ नम्बर प्रदेशलाई पूृर्व सार्ने र ५ नम्बर प्रदेशलाई पश्चिम सार्ने ।

२. पूर्वमा सुनसरी, मोरङ, झापा, साप्तरी र उदयपुरको केही भाग मिलाएर ८ औं प्रदेश बनाउने । पश्चिममा थारु बाहुल्य भूभागलाई ५ नम्बर बनाएर ५ नम्बर प्रदेशका पहाडि जिल्लालाई ४ र ६ नम्बर प्रदेशमा मिलाउने ।

३. पूर्वका झापा, मोरङ र सुनसरीलाई मिलाएर ८ औं प्रदेश बनाउने र पश्चिमको हकमा माथि उल्लेखित थारु बाहुल्य जिल्लाको ५ नम्बर प्रदेश कायम राख्ने ।

४. पूर्वका झापा, मोरङ, सुनसरी र पश्चिमका कैलाली कञ्चनपुरलाई हालका लागि विवादित जिल्ला मानेर त्यसको निर्क्यौल गर्ने जिम्मेवारी संघीय आयोगलाई समय तोकेर दिने ।

अहिलेका लागि यो बाहेक सीमांकन मिलाउने अरु उपाय छैन । यो प्रस्ताव मधेस पहाड दुवैतिरको मनोविज्ञान बुझेर ल्याइएको हो । यसमा मधेसी मोर्चा पनि छलफल गर्न तयार छ भन्ने मलाई लाग्छ ।

पहिलो प्रस्ताव भनेको २ नम्बर प्रदेशमा मिलेसम्म झापा मोरङ सुनसरीको तल्लो भागलाई राख्ने र यसोगर्दा पहाडका जनतालाई भारतसँग जोड्ने निकास छाडेर मिलाउने । सहमति हुन्छ भने दुई नम्बर प्रदेशमा सुनसरी र मोरङको तल्लो भागमात्रै राखे पनि हुन्छ ।

त्यस्तै अहिलेको ५ नम्बर प्रदेशका पहाडी जिल्लालाई ४ नम्बर प्रदेशमा राखेर नवलपरासीको बर्दघाटदेखि कैलालीको खुटियाखोलासम्मको तराई भूभागलाई ५ नम्बर प्रदेशमा मिलाउने । कञ्चनपूरको थारु बाहुल्य क्षेत्र पनि समेट्न सके राम्रो नत्र खुटिया खोला पश्चिम तराईलाई ७ नम्बरमा राख्ने कुरामा थारु समुदाय पनि तयार छ ।

दोस्रो प्रस्तावलाई मधेसी मोर्चाले विजय गच्छदार र जितेन्द्र देवको भन्ने गरेको कारण उनीहरु अलि नकारात्मक छन् । त्यसो भए झापा, मोरङ, सुनसरी मात्रको आठौं प्रदेश बनाउन सकिन्छ । जनसंख्या, भूगोल र साधन स्रोतका हिसाबले यी तीन जिल्लामात्रैको प्रदेश चल्न सक्छ ।

यदि कुनै पनि विकल्पमा तत्काल सहमति हुँदैन भने मुलुकलाई लोकतान्त्रिक प्रक्रियामा लैजान र भोलि कुनै पनि चुनाव नभएर संविधान असफल हुन नदिन अन्तिम विकल्प छ । त्यो भनेको झापा, मोरङ, सुनसरी, कैलाली र कञ्चनपुर ५ जिल्लालाई विवादित मानेर संघीय आयोगलाई दिउँ ।

त्यसो गर्दा हामी सबैसँग दुई तीन महिना ठण्डा दिमागले सोच्ने ठाउँ हुन्छ । आयोगलाई निश्चित समय दिएर भूगोलविद, राजनीतिशास्त्रका विद्धानहरुसहितको टिम बनाउँदा यसले दिने निक्र्यौल संसदमा पेश हुन्छ । त्यो आयोगको सुझावका आधारमा सीमांकन मिलाएर चैतसम्म चुनावमा जान सकिन्छ ।

अनलाइनबरबाट साभार

थारु मुक्ति मोर्चाको ८ बुँदे ज्ञापनपत्र, पश्चिम र पूर्वी थारुवान प्रदेशको माग

माओवादी केन्द्रको भातृसंस्था थारु राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रीय पदाधिकारीहरुले विभिन्न ८ बुँदे माग राख्दै प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापनपत्र बुझाएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा मोर्चाको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री दाहालले राष्ट्रिय एकता बलियो बनाउन थारुहरुको भूमिका महत्वपूर्ण रहेको बताए। उनले थारुका मागलाई आफूले गम्भीर लिएको र अन्य दलसँग छलफल गरी आवश्यक निर्णय लिने बताए। Continue reading “थारु मुक्ति मोर्चाको ८ बुँदे ज्ञापनपत्र, पश्चिम र पूर्वी थारुवान प्रदेशको माग”

राहदानी शुल्क घट्यो

सरकारले मलेसिया तथा मध्यपूर्व एसियाका कतार, साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, बहराइन, ओमान, लेवनान, इराक, इरान, कुवेत, इजरायल, सिरिया, जोर्डन र यमनमा रहेका नेपालीलाई राहदानी शुल्क घटाएको छ । Continue reading “राहदानी शुल्क घट्यो”

म कुनै प्रेमालाई चिन्दिन : सांसद दहित, धम्कीको प्रमाण दिन चुनौति

थरुहट तराई पार्टी नेपालका वरिष्ठ नेता एवं सांसद् गोपाल दहितले आफूले कसैलाई धम्की नदिएको बताएका छन्। केही ब्यक्तिले आफूलाई बदनाम गराउने उद्देश्यले भ्रामक समाचार सम्प्रेषण गरेको उनले बताए। उनले आफूले कुन प्रेमालाई नचिन्ने बताए। ‘म कुनै प्रेमालाई चिन्दिन। यो कपोकल्पित आरोप हो,’ उनले भने। Continue reading “म कुनै प्रेमालाई चिन्दिन : सांसद दहित, धम्कीको प्रमाण दिन चुनौति”

ग्यासको मूल्य प्रतिसिलिन्डर ५० रुपैयाँ घट्यो

नेपाल आयल निगमले चाडबाडलाई लक्षित गरेर ग्यासमा प्रतिसिलिन्डर ५० रुपैयाँ भाउ घटाएको छ। १ हजार ३ सय ७५ रुपैयाँबाट ५० रुपैयाँ घटेपछि अब उपभोक्ताले १ हजार ३ सय २५ रुपैयाँमा ग्यास पाउने निगमका प्रवक्ता भानुभक्त खनालले बताए। Continue reading “ग्यासको मूल्य प्रतिसिलिन्डर ५० रुपैयाँ घट्यो”