थरुहट थारुवान संयुक्त संघर्ष समितिको आन्दोलन परिचालन समितिले कैलालीको कार्यबाहक संयोजकको जिम्मेवारी थारु कल्याणकारिणी सभाका केन्द्रीय सदस्य रामचरण चौधरीलाई दिएको छ। संयोजक लाहुराम चौधरी विगत एक वर्षदेखि टीकापुर घटनामा कैदी जीवन बिताइरहेका छन्। Continue reading “कैलालीका कार्यबाहक कृष्ण चौधरीलाई हटाएर रामचरणलाई जिम्मेवारी दिइयो”
Author: admin
समावेशी कोटा छुट्याउँदै सेनामा जागिर खुल्यो
नेपाली सेनाले अधिकृत क्याडेट पदमा दरखास्त आहृवान गरेको छ । नेपाली सेना भर्ना छनौट निर्देशनालय कार्यरथी विभाग, जंगी अड्डाले १५० जना क्याडेटका लागि दरखास्त आहृवान गरेको छ । Continue reading “समावेशी कोटा छुट्याउँदै सेनामा जागिर खुल्यो”
थरुहट थारुवानद्वारा एक महिने आन्दोलन घोषणा, असोज ३ गते दस स्थानमा विरोध प्रदर्शन गर्ने
थरुहट थारुवान संयुक्त संघर्ष समितिले सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरीशचन्द्र लाल नेतृत्वमा सरकारले घोषणा गरेको न्यायिक छानबिन आयोग आफ्ना लागि अस्वीकार्य रहेको निर्णय गरेको छ। राजधानीमा मंगलबार सकिएको आन्दोलन परिचालन केन्द्रीय समितिको बैठकले टीकापुरलगायत थरुहट क्षेत्रमा गत वर्ष भएका हिंसात्मक घटना छानबिन गर्न सम्बन्धित क्षेत्रकै न्यायिक छानबिन आयोग प्रमुख तोकिनुपर्नेमा प्रदेश नम्बर २ का बासिन्दा तोकिएको भन्दै असन्तुष्टि जनाएको हो। Continue reading “थरुहट थारुवानद्वारा एक महिने आन्दोलन घोषणा, असोज ३ गते दस स्थानमा विरोध प्रदर्शन गर्ने”
लम्पट सर्वहारा र नेपालको राजनीतिक दशा
सीएन थारु।
मार्क्सवादी साहित्यमा लम्पट सर्वहाराको व्यख्या गर्दै कम्युनिष्ट आन्दोलनलाई धारासायी वनाउने त्यसता जमात जसको वर्ग चेतना नै बुर्जुवा रहन्छ तर वर्ग संघर्षलाई उपयोग गर्दै व्यक्तिगत लालसा पुरा गर्न सदैव लागिरहेका हुन्छन् । लम्पट सर्वहाराको उपरोक्त परिभाषाको थप व्यख्या गर्दै अल्वारो गार्सिया लिनेरा लेख्छन्–“विगतका क्रान्तिकारीहरु जो ती गरीब किसानहरुलाई क्रान्तिकारी भाषण मार्फत आन्दोलित गराए, आज आफैंलाई आकर्षक नीजि कम्पनी तथा गैरसरकारी संस्थाहरुका शिर्ष स्थानमा किसान र सहिदका ढाड टेक्दै निरन्तर भेटाए भने यो कुनै बेला रसिया, चीन, पोलैण्ड, अलसाल्भाडोर, निकारागुवा तथा कम्युनिष्ट र समाजवादी पार्टीहरु, हतियारधारीहरु र बिना हतियार भएका लडाकाहरु बिना आत्मा आजकल कुनै किसिमको संकल्प बिना आफ्ना असन्तुष्टी अभिव्यक्त गर्दै यत्रतत्र कुनै सामाजिक परिदृष्यमा रहेको कारण यो विशाल ऐतिहासिक लज्जा बोध गराइरहेको छ ।” Continue reading “लम्पट सर्वहारा र नेपालको राजनीतिक दशा”
…अनि चितवन थारु भाषाको पत्रिका दर्ता भयो [अनुभूति]
कारी महतो।
एक महिनाको अथक प्रयासपछि म कारी महतो प्रकाशक-सम्पादक रहनेगरी “सङ्हाति” नामक पत्रिका दर्ता हुन सफल भएको छ । उक्त पत्रिका २०७३ भदौ १ गते जिल्ला प्रशासन कार्यालय चितवनमा दर्ता भएको हो । दर्ता भएसँगै “सङ्हाति” पत्रिका चितवन थारु भाषाको पहिलो आधिकारिक पत्रिकाको रुपमा स्थापित भएको छ । “सङ्हाति” थारु भाषाको शब्द हो । यसको शाब्दिक अर्थ साथी वा मित्र हो । यो पत्रिका सबैले पढ्न र सबैको लेख रचना प्रकाशन गर्न सकियोस् भन्ने उद्देश्यले थारु र नेपाली भाषामा प्रकाशन गरिनेछ । यस अघि थारु भाषामा मात्र प्रकाशन हुने गरेको थियो । यो पत्रिका एक वर्षसम्म द्वैमासिक रुपमा प्रकाशित हुनेछ । अर्को वर्षदेखि मासिक रुपमा छाप्ने लक्ष्य रहेको छ । पत्रिका व्यावसायिक भन्दा पनि संरक्षणमूलक, चेतनामूलकका साथै अनुसन्धानमूलक हुनेछ । थारु भाषा, संस्कृति र साहित्यलाई संरक्षण, संवद्र्धनका साथै त्यस सम्बन्धि भएको खोज अनुसन्धानका प्रयासहरु र आदिवासी जनजातिको चेतना सम्बन्धि लेख रचनाहरुलाई प्राथमिकताका साथ प्रकाशन गरिनेछ । Continue reading “…अनि चितवन थारु भाषाको पत्रिका दर्ता भयो [अनुभूति]”
बालुवाटारमा कांग्रेस-एमाले भनाभन
मधेसको माग सम्बोधन गर्ने र आन्तरिक राष्ट्रियता सुदृढ गर्न भन्दै प्रधानमन्त्रीमा निर्वाचन भएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सोही विषमया सहमति जुटाउने प्रयासस्वरुप मंगलबार प्रमुख तीन दलको बैठक बोलाएका थिए। बैठक कक्ष तोकिएको थियो- क्याबिनेट हल। Continue reading “बालुवाटारमा कांग्रेस-एमाले भनाभन”
तपाईँको मोबाइल हरायो, यसरी पत्ता लाग्न सक्छ
मोबाइल हराएमा वा चोरी भएमा खोजी गर्नका लागि आइएमइआई नम्बर भएमा सजिलो हुन्छ । प्रत्येक मोबाइल सेटको आइएमइआई नम्बर फरक फरक हुन्छ । Continue reading “तपाईँको मोबाइल हरायो, यसरी पत्ता लाग्न सक्छ”
पूर्वसभासद् शान्ता चौधरीको घरमा लुटपाट
पूर्वसभासद् शान्ता चौधरीको घरमा लुटपाट भएको छ। दाङको लक्ष्मीपुरस्थित घरमा शनिबार राति लुटपाट भएको दाङ प्रहरीले जनाएको छ। जेठानीको छोराको विहेमा गएको बेला उनको घरमा लुटपाट भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। उनको घरबाट ल्यापटप, ट्याब, केही गरगहना र खुत्रुकेमा जम्मा गरिएको रकम चोरी भएको छ। Continue reading “पूर्वसभासद् शान्ता चौधरीको घरमा लुटपाट”
प्रचण्डलाई सांसद योगेन्द्रको प्रश्न- मन्त्रिपरिषद्मा थारु खोइ ?
विजयकुमार गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकले समानुपातिक समावेशी सहभागीताको मुद्धा बोकेको माओवादीले पञ्चायतकालीन समावेशीतका अपनाएको आरोप लगाएको छ । Continue reading “प्रचण्डलाई सांसद योगेन्द्रको प्रश्न- मन्त्रिपरिषद्मा थारु खोइ ?”
ट्र्याक्टरबाट खसेर सुनसरीका छेदन चौधरीको मृत्यु
सुनसरीका दुई छुट्टाछुट्टै स्थानमा भएको घटनामा दुई जनाको मृत्यु भएको छ। रामधुनीभासी नगरपालिकाबाट बराहक्षेत्रको चतरा मलामी जाँदै गरेका ६० वर्षीय छेदन चौधरीको को १ त ६२५० नं को ट्र्याक्टरबाट खसेर मृत्यु भएको छ। Continue reading “ट्र्याक्टरबाट खसेर सुनसरीका छेदन चौधरीको मृत्यु”