तपाईँको ओठ कालो छ? यसो गर्नुस्

स्क्रब
चिनीमा अलिकति जैतुनको तेल मिसाउने र ओठमा यसको लेप रगड्ने । केही बेर रगडेपछि यसलाई चिसो पानीले धुने र पुछेपछि लिप म्वइस्चराइजर लगाउने । सातामा एकपटक यसो गर्नाले ओठको कालोपन हराउँदै जान्छ । Continue reading “तपाईँको ओठ कालो छ? यसो गर्नुस्”

एक अर्बको मोती भेटियो

फिलिपिन्सका एक माझीले त्यहाँको पालावान टापूमा एक अर्ब रुपैयाँ बराबरको मोती भेट्टाएका छन् । उनले १० वर्ष अघि नै यति मुल्यवान मोती फेला पारेका थिए । तर, आफूले भेट्टाएको कुरा मोती हो र यसको मूल्य एक अर्ब रुपैयाँभन्दा बढी पर्छ भन्ने कुरा अहिले आएर मात्र उनले थाहा पाएका छन् । Continue reading “एक अर्बको मोती भेटियो”

खुल्ला पत्र : प्रधानमन्त्रीज्यु, थारु चेलीलाई बलात्कार गर्न छुट छ ?

सिताराम थारु।
प्रधानमन्त्री ज्यू क्रान्तिकारी अभिवादन । कस्तो चल्दैछ सरकार ? केपी ओली उखाने टुक्केलाई फालेर दोस्रो पल्ट प्रधानमन्त्री हुन भएकोमा धेरै खुसी लाग्यो। हजुरलाई हृदयदेखि बधाई दिन चाहन्छु । हाम्रो तराईमा आगो लगाएर दिपावली मनाउने केपी ओलीदेखि कसरी खुसी हुन्छौं ? आज हिम्मत गरेर तपाईँ संघीयता विरोधी, पहिचान विरोधी मान्छेलाई हाम्रो सहयोग लिई ढाल्नु भो, हामी उत्पीडित जनता निक्कै हर्षित छौं ।

संघीय गठबन्धनको रिले अनसन चलेको दिन हजुर आउनु भाथ्यो । तराई मधेशका जनतासंग लभ परेको वर्षौं दिनपछि माइती आएको हजुरले जानकारी गराउँदा हामी शोषित जनता निक्कै खुसी भयौं । त्यो दिन माइतीसंग सहयोग माग्नुभयो । दुश्मनलाई पराजित गर्नको लागि र हामी तराईबासी दिलदार भएको नाताले हजुरलाई फेरि विश्वास गर्दै सहयोग गर्ने बाचा गर्यौं । केही दिन पछि मिलेर दुश्मनलाई ढाल्ने योजना बन्यौं । हामी थारु, मधेसी, जनजाति, दलित, मुश्लिम उत्पिडनमा परेका सबै जनता ३ बुँदे शर्त सहित फेरी एकचोटी हजुरको झोला बोक्न तयार भयो । खोक्रो राष्ट्रबादीलाई हामी मिलेर ढाल्न सफल भयो । त्यो दिन धेरै आन्नद महसुस भयो खुट्टामा पाकेको घाउको खिल निस्केको झैँ महसुस भयोे ।

जुन दिन केपी ओली ढल्दै थिए । म पनि टिभी हेर्दै थिए सरकार । त्यो दिन हजुर निक्कै टेनसनमा हुनुहुन्थ्यो । तर पनि केपी ओलीको बीच बीचमा टुक्के भाषणले हजुलाई मुसकुराउन बाँध्य बनाइराखेको थियो । तर प्रष्ट झल्किन्थ्यो सरकार हजुरको त्यो बनावटी मुसकुराहट । हजुरलाई केपी ओली ज्यूले दन्त्य कथा पनि सुनाउनु भयो हजुरलाई याद छ कि छैन तर मलाई झलझल्टी याद आइराछ त्यो केपीजीको दन्त्य कथा । धेरै भावुक हुँदै केपीजीले त्यो फलामे बन्चरो र रुखको कथा सुनाउनुभयो । रुख रुँदै थियो, कसैले त्यो रुखलाई सोध्यो । रुख दुखि हुँदै जवाफ दिए, मलाई काट्न सहयोग गर्ने त मेरै जात पो रैछ । वन्चरोको बिद हजुरलाई र रुख चाहिँ आफूलाई केपीजीले दाज्दै ब्यंग हान्नुभयो । हजुर पनि कति चलाख मुस्कुराएर त्यो टुक्के केपीको बास्तविकतालाई कसैले चाल नपाउने गरी पन्छयाई दिनु भयो । त्यो दिन हजुरलाई माने र बुझे राजनीति गर्न विभिन्न सिप चाहिँदो रैछ । आज बल्ल बुझे मान्छेहरु हजुरको झोला किन बोकेको भनेको त । यही चलाखीको कमाल रहेछ ।

आज महिना दिन वित्न नपाउँदै एउटा दुखद समाचार सुने मन ठाम्न नसकी हजुरलाई खुला पत्र लेख्न बाँध्य भए । उही टीकापुरको घटना एक वर्ष वित्दा पनि पीडितहरुले न्याय नपाएकाले हजुरँग भेट्न हजुरको दरबार आका रैछन । भेटमा हजुरले पीडितसँग मन छुने आश्वासन दिनु भयो- ‘टीकापुरको हत्यामा संलग्नलाई माफी दिन कठिन’ सरकार कुरा त निक्कै सहि गर्नु भयो । तर शंका डर हामीजस्तो कमजोर पहुँच नभएको जनतालाई खट्किरहन्छ सताइरहन्छ । हजुरको त्यो भनाईले मेरो मनमा धेरै प्रश्न उब्जाई दियो र हजुरलाई प्रश्न गर्न मन लाग्यो । हत्याको कानुन टीकापुरको थारुलाई मात्र लाग्छ कि कर्फ्युको समयमा थारुको घर छानी छानी आगो लगाउने, थारु चेलीहरुलाई घर घरमा गइ बलात्कार गर्ने अपराधीलाई पनि कानुन लाग्छ सरकार ? हत्याको कानुन टीकापुरको थारुलाई मात्र लाग्छ कि सर्वोचोले अपराधी प्रमाणित गरिसकेको माओवादीलाई पनि लाग्छ सरकार ? यदि लाग्दैन भने नेपालमा किन दुइटा कानुन छ सरकार ? कानुन भन्ने चिज एउटै हुदैन र ? सरकार हामी थारुले नेपालमा दुइटा कानुनको महसुस गर्दैछौ । एउटा थारुको लागि, अर्को तपाईँहरुको लागि जो सत्तामा बस्छन् राज्यलाई हिडाउँछन् ।

सरकार हजुरलाई एकचोटि फर्केर हेर्न आग्रह गर्छु । जातीय विभेद्, वर्गीय विभेद्, लिंगीय विभेद् यी सबै विभेद्, शोषणविरुद्धमा तपाईँले नै हतियार उठाउन सिकाएको होइन र ? हजुरले जे सिकाउनु भो हामीले उही टीकापुरमा गरिम । अन्याय, अत्याचार, शोषण, दमनको विरुद्धमा विद्रोह गरिम । हजारौं हजार वर्षदेखि थिचिएका गुम्सिएका पीडा ठेग्न नसकी टीकापुरमा विष्फोट गरिम । यो त प्राकृतिक नियम हो सरकार । भकुण्डोमा हावा भरिँदै गयो भने अन्त्यमा ठेग्न नसकी विष्फोट हुन्छ ।

तर नेपालका नश्लवादी मिडियाहरु थारुलाई आतंककारी, विखण्डनकारी, देशद्रोही मात्र देखे । ती नश्लवादी मिडियाहरुलाई जानकारी गराइदिनुस् सरकार, थारुको चेलीलाई बलात्कार गर्न छुट छ, कर्फ्युको समयमा थारुको घर छानी छानी आगो लगाउन छुट छ, गरिब निहत्था थारुलाई गोली हान्न छुट छ । सोझा थारुलाई जे गर्न नि छुट छ सरकार । यदि सक्नु हुन्छ भने देश निकाला गर्नुस् तराईका भूमिपुत्र थारुलाई । किनकि उनीहरु नेपाली जनता होइनन् उनीहरु देशद्रोही हुन् यही सुन्न भन्न नश्लवादी मिडियाहरुलाई आन्नद आउँछ । जति आनन्द लिनु छ लिन दिनुस यहाँका नश्लवादी मिडियालाई । हामीलाई थाहा छ ती नश्लवादी मिडियाहरुमा सच्च्याइ लेख्ने हिम्मत कहाँ छ ? आज यही दुई चार दानामा विकेका मिडियाहरुले थारुको पहिचान, अधिकार इतिहास लुट्नमा लागेका छन् सरकार । यो हामीले राम्ररी बुझेका छौँ र तपाईँ पनि बुझ्नुस सरकार, चार हजार थारुले बलिदानी गरेर त्यो कुर्सीमा बस्न लायक बनाएका हुन । इमान्दार थारुहरुले तपाईँलाई कहिल्यै ढोका दिएका छैनन् । तर तपाईँबाट पटकपटक उनीहरुलाई विश्वासघात भएको छ । सायद तपाईँमा थारुको पीडा, थारुको वेदना बुझ्ने क्षमता नभएर होला । कुनै दिन समस्या पर्दा माइत आउनुस् तर यसपाली माइती आउँदा असली थारु बनेर आउनुस् अनिमात्र माइतीको पीडा महसुस गर्न सक्नुहुन्छ ।

लेखक: बर्दियाली थारु विकास मञ्चका अध्यक्ष हुन्।

कैलालीमा दिलबहादुर चौधरीको हत्या

कैलालीको पहलमानपुर–८ वनवर्षाका ५३ वर्षीय दिलबहादुर चौधरीको हत्यामा संलग्न व्यक्तिलाई प्रहरीले जोगाउन खोजेको मृतकका परिवारले आरोप लगाएका छन् । घटना भएको एक हप्तापछि बल्ल जाहेरी लिएको इलाका प्रहरी कार्यालय सुखडले दोषीलाई पक्राउ गर्नुको सट्टा जोगाउने खेलमा लागेको पीडित पक्षको आरोप छ । उनीहरुले पीडितको कुरा सुन्नु भन्दा पनि प्रहरीले अपशब्द प्रयोग गर्ने गरेको सोमवार धनगढीमा पत्रकार सम्मेलन गरी आरोप लगाएका छन् । Continue reading “कैलालीमा दिलबहादुर चौधरीको हत्या”

मिस नेपाल इन्टरनेशनल वर्षा लेखीले सिकाइन् दाँत माझ्ने तरिका

मिस नेपाल इन्टरनेशनल वर्षा लेखीले ‘हेल्दी स्माइल’ प्रोजेक्ट सञ्चालन गरेकी छन्। आउँदो अक्टुबरमा जापानमा हुन गइरहेको मिस इन्टरनेशनलमा उनले यही प्रोजेक्ट प्रस्तुत गर्नेछिन्। जसअनुसार उनले ललितपुरको भैंसेपाटीस्थित २७ असहायहरु बस्ने गृहमा यो प्रोजेक्ट सञ्चालक गरेकी हुन्।
उनले त्यहाँ बस्ने बालबालिकाहरुलाई पावरप्वाइन्ट र भिडियोमार्फत् स्वच्छ मुख, पोषणयुक्त खाना र हात धुने तरिकाबारे जानकारी गराएकी थिइन्। उनले बालबालिकालाई ब्रस गर्न पनि सिकाएकी थिइन्।
लेखीले उक्त असहाय गृहका लागि दाँत माझ्ने ब्रस, टुथपेस्ट र हात धुने साबुन प्रदान गरेकी थिइन्। उक्त प्रोजेक्टमा डेन्टिस विकास चौधरीले निशुल्क चेकजाँचमा सहयोग पुर्याएका थिए।

उनले यसअघि यही गृहमा आफ्नो जन्मदिन मनाएकी थिइन्। सो अवसरमा पनि उनले गृहका लागि केही सामान प्रदान गरेकी थिइन्।

मिस नेपाल इन्टरनेशनल वर्षा लेखीले यसरी मनाइन २२औं जन्मदिन

हेर्नुस् केही तस्बिर

14114486_1454662224560814_1869543736_o

14114515_1454663994560637_1899545320_o  14139004_1454662641227439_1799313758_o

14139030_1454663577894012_1959710004_o (1)

14139187_1454666961227007_50186704_o

14139289_1454667381226965_1259582784_o

14151793_1454662761227427_1702709232_o

14163833_1454667441226959_1140910032_o

 

14159268_1455831274443909_204283294_n

तस्बिर सौजन्य : राजु चौहान

प्रधानमन्त्रीज्यु, थारु चेलीलाई बलात्कार गर्न छुट छ ?

सिताराम थारु।
प्रधानमन्त्री ज्यू क्रान्तिकारी अभिवादन । कस्तो चल्दैछ सरकार ? केपी ओली उखाने टुक्केलाई फालेर दोस्रो पल्ट प्रधानमन्त्री हुन भएकोमा धेरै खुसी लाग्यो। हजुरलाई हृदयदेखि बधाई दिन चाहन्छु । हाम्रो तराईमा आगो लगाएर दिपावली मनाउने केपी ओलीदेखि कसरी खुसी हुन्छौं ? आज हिम्मत गरेर तपाईँ संघीयता विरोधी, पहिचान विरोधी मान्छेलाई हाम्रो सहयोग लिई ढाल्नु भो, हामी उत्पीडित जनता निक्कै हर्षित छौं । Continue reading “प्रधानमन्त्रीज्यु, थारु चेलीलाई बलात्कार गर्न छुट छ ?”

दाङबासीलाई खुसीको खबर, दाङ-नयाँदिल्ली बस सञ्चालन

राप्ती अञ्चल सार्वजनिक बस व्यवसायी समितिले अन्तर्राष्ट्रियस्तरमा बस सेवा सञ्चालन गरेको छ । समितिले पहिलोपटक दाङको भालुवाङदेखि भारतको राजधानी नयाँदिल्लीसम्मका लागि सिधा डिलक्स बस सेवा सञ्चालन गरेको समितिका अध्यक्ष सुरेश हमालले जानकारी दिए।

उहाँका अनुसार आजबाट दाङदेखि भारतको नयाँदिल्लीसम्मका लागि दिउँसो ११ः३० बजे बस सञ्चालन भएको हो । त्यसैगरी दैनिक सोमबार, बुधबार, शुक्रबार नेपालबाट भारतको दिल्लीका लागि बस छुट्ने र भारतको दिल्लीबाट नेपालका लागि आइतबार, बुधबार र शुक्रबार बस छुट्ने छ ।

यात्रुको बढ्दो मागसँगै नेपाल–भारत आवतजावत गर्ने यात्रुलाई सहज रुपमा सुरक्षित र भरपर्दो सेवा दिन समितिले बस सेवा सुरु गरेको अध्यक्ष हमालले बताए।

दाङको भालुवाङदेखि भारतको राजधानी नयाँदिल्लीसम्मका लागि रु दुई हजार भाडा तोकिएको छ । पहिलोपटक एउटा बसबाट सेवा आरम्भ गरे पनि यात्रुको मागअनुसार सेवा थप गरिने उहाँले जानकारी दिए। रासस

बसको ठक्करबाट त्रिपुरेश्वरमा मोटरसाइकल चालकको मृत्यु

काठमाडौँको त्रिपुरेश्वरमा आज बसको ठक्करबाट मोटरसाइकलमा सवार एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा बा७३प ४३०९ नंको मोटरसाइकलमा सवार २२ वर्षीय विवेक बराइली रहेको प्रहरीले जनाएको छ । Continue reading “बसको ठक्करबाट त्रिपुरेश्वरमा मोटरसाइकल चालकको मृत्यु”

टीकापुर काण्ड : बालक मारिएको जघन्य घटनाको छानबिन नहुनु रहस्यमय !

स्वतन्त्र तथा सम्मानपूर्वक बाँच्न पाउने अधिकार

टीकापुर घटनापछि सो क्षेत्रका थारु समुदायका व्यक्तिहरुको स्वतन्त्रता तथा सम्मानपूर्वक बाँच्न पाउने अधिकारको हनन भएको देखिन्छ । अनुगमनका क्रममा सो क्षेत्रका आदिवासी थारु समुदायका सदस्यहरु आफ्नो गाउँबाट बाहिर निस्कन नसक्ने तथा पक्राउ पर्ने डरका कारण अपरिचित व्यक्तिहरुसँग बोल्न तथा भेटघाट गर्नसमेत डराउने गरेको पाइयो । तत्कालीन नेपालको अन्तरिम संविधान, २०६३ ले प्रत्येक व्यक्तिको सम्मानपूर्वक बाँच्न पाउने हक सुरक्षित गरेको थियो । नेपालको संविधानमा पनि सोही व्यवस्था कायम छ । नेपाल पक्ष भएका संयुक्त राष्ट्रसंघीय मानव अधिकारसम्बन्धी नागरिक तथा राजनीतिक अधिकार विषयक अनुबन्ध, १९६६ ले जुनसुकै अवस्थामा पनि जीवन अधिकारको प्रत्याभूति गरेको छ । आदिवासी अधिकारसम्बन्धी संयुक्त राष्ट्रसंघीय घोषणापत्रले आदिवासी व्यक्तिहरुलाई बाँच्न पाउने, शारीरिक तथा मानसिक अखण्डता, स्वतन्त्रता तथा शारीरिक सुरक्षाको अधिकार प्रदान गरेको छ । टीकापुर घटनापछि उनीहरुले भोगिरहेको दैनिक जीवनको अवस्थाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनी प्रावधानहरुको उल्लंघन भएको प्रस्ट छ ।

शान्तिपूर्ण भेला हुने अधिकार

नेपालको अन्तरिम संविधान, २०६३ ले बिनाहातहतियार शान्तिपूर्वक भेला हुने स्वतन्त्रता प्रदान गरेको थियो । सोही व्यवस्था नेपालको संविधानले समेत सुनिश्चित गरेको छ । नागरिक अधिकार ऐन, २०१२ मा शान्तिपूर्वक र बिनाहतियारको सम्मेलन सभा गर्ने स्वतन्त्रता प्रदान गरिएको छ । नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी अनुबन्ध १९६६ मा पनि जनताको यस प्रकारको अधिकार सुनिश्चित गरिएको छ । यसप्रकार शान्तिपूर्ण रुपमा भेला हुने तथा विरोध गर्न पाउने कुनै पनि नागरिकको अधिकार हो । तर कैलालीका जनता त्यो अधिकारबाट बन्चित भएको पाइएको छ । आफ्नो राजनीतिक तथा सामाजिक अधिकारका लागि शान्तिपूर्ण भेला तथा प्रदर्शनका क्रममा प्रहरी परिचालन तथा उनीहरुको त्यसप्रकारको कार्यक्रममा बन्देज लगाउन खोजिएको स्पष्ट छ ।
यसको अलावा एक जातीय पक्षलाई सोही प्रकारको कार्यक्रम गर्ने छुट दिने अर्काे समूहलाई बन्देज लगाउने काम जातीय विभेदअन्तर्गत पर्दछ । पूर्वसभासद कृष्णकुमार चौधरीका अनुसार शान्तिपूर्ण प्रदर्शनमा रहेका थारु समुदायका व्यक्तिहरुलाई प्रहरीले विभिन्न ठाउँमा रोक्ने काम भएको छ । घटना भएको अघिल्लो दिन कुनै पनि समूहका शान्तिपूर्ण कार्यक्रमलाई अन्यले अवरोध नगर्ने सहमति थारुहरु र अखण्डबीच प्रशासनको रोहबरमा भएको भएता पनि सो दिन थारुहरुको शान्तिपूर्ण र्‍यालीलाई अवरोध गर्ने नियतले अखण्ड सुदूरपश्चिमका कार्यकर्ताहरुले मोटरसाइकल र्‍याली
निकालेको अनौपचारिक क्षेत्रीय सेवा केन्द्र (इन्सेक)का क्षेत्रीय संयोजक खडकराज जोशीले बताए । घटना भएको अघिल्लो दिन पनि थारुहरुको कार्यक्रम बिथोल्नका लागि कार्यक्रममा आउँदै गरेका ट्र्याक्टरहरुलाई बाटोमै अवरोध गरेको जोशीले बताए । त्यस अवस्थामा प्रशासन मौन बसेको थारु नेता तथा अगुवाहरुको भनाइ रहेको छ । हरेक प्रकारको जातीय विभेद उन्मूलनसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिले प्रत्येक राज्यले कुनै पनि व्यक्ति तथा संगठनविरुद्ध हुने जातीय विभेदलाई सहयोग तथा बचाउ नगर्ने बताएको छ । तर टीकापुर घटनाको क्रममा थारुहरुविरुद्ध भएको घटनामा स्थानीय प्रशासन मौन बस्नु माथि उल्लिखित कानुनी प्रावधानको उल्लंघन भएको देखिन्छ ।

यातना, अपमानजनक तथा अमानवीय व्यवहारविरुद्धको अधिकार

नेपालको अन्तरिम संविधान, २०६३ मा अनुसन्धान, तहकिकात वा पुर्पक्षको सिलसिलामा वा अरु कुनै किसिमले थुनामा रहेको कुनै पनि व्यक्तिलाई शारीरिक वा मानसिक यातना दिइने वा निजसँग निर्मम, अमानवीय वा अपमानजनक व्यवहार नगरिने प्रावधान रहेको छ । त्यस्तै नेपालको संविधानमा पनि सोही प्रावधान रहेको छ । नागरिक तथा राजनीतिक अधिकार विषयक अनुबन्ध १९६६ र यातनाविरुद्धको महासन्धि १९८४ का विभिन्न धाराहरूले समेत त्यस प्रकारको यातना तथा अमानवीय व्यवहार गर्न नपाइने प्रावधान राखेको छ ।

टीकापुर घटनापछि २४ जनालाई पक्राउ गरी ज्यानसम्बन्धी मुद्दा चलाइएको छ । उनीहरुलाई पक्राउपछि हिरासतमा चरम यातना दिइएको अनुगमनका क्रममा पाइयो । हिरासतमा दिइएको यातनाका कारण अधिकांश कैदी शारीरिक रुपमा अशक्त तथा मानसिक रुपमा विक्षिप्त बनेको कैदीहरुले बताए ।

अधिकांश थुनामा रहेकाहरुलाई हिरासतमा चरम यातना दिइएको थुनामा रहेकाहरु बताउँछन् । हाल जिल्ला कारागारमा २२ जना रहेका छन् । २ जनालाई काठमाडौँ ल्याइएको छ । तीमध्ये अधिकांशको ढाड, कानलगायत शरीरका विभिन्न भागमा घाउचोट रहेको उनीहरु बताउँछन् । हिरासतमा भएको यातनाका कारण हालसम्म पनि शारीरिक पीडा तथा दुखाइ रहेको बन्दीहरुको भनाइ रहेको छ ।

कारागार प्रशासनले बन्दीहरुबाट उपचारका लागि निवेदन आउने गरेको भनेबाट पनि प्रहरी हिरासतमा उनीहरुमाथि यातना भएको प्रस्ट हुन्छ । हिरासतमा रहेका पीडितहरुलाई कैलाली जिल्ला अदालतले घाउजाँच गर्ने आदेश दिएपछि सुरक्षाकर्मीहरुले सेती अञ्चल अस्पतालमा लगेका थिए । अस्पतालले फरेन्सीक विशेषज्ञ नभएका कारण सम्भव छैन भनी फिर्ता पठाएको थियो । हिरासतमा रहेका बेला प्रहरीको सहयोगमा अन्य हिरासतमा रहेकाहरुबाट समेत यातना तथा अपमानजनक व्यवहार गरिएको उनीहरु बताउँछन् । तर बन्दीहरुलाई जेल चलान भएपछि भने त्यस्तो अवस्था नरहेको उनीहरुको भनाइ छ ।
जिल्ला कारागार कैलालीका प्रहरी सहायक निरीक्षक नृपराज अधिकारीका अनुसार कैदीहरुलाई कुनै पनि स्वास्थ्य समस्या देखिएमा उनीहरुको उपचारका लागि कारागार प्रशासन तयार रहेको तथा उनीहरु आफै नीजि रुपमा उपचार गर्न चाहेमा समेत सहयोग गर्न तयार रहेको बताए । तर त्यसका लागि सम्बन्धित घाइते तथा बिरामीहरुबाट लिखित रुपमा माग आउनुपर्ने उनको भनाइ रहेको छ । टीकापुरका थारु समुदायका मानिसहरु जुनसुकै बेला पनि पक्राउ पर्ने डरले मानसिक रुपमा आतंकित र त्रसित छन् । यसैका कारण उनीहरु सहजै बजार जान तथा आफ्ना पूर्ववत् दिनचर्यामा फर्कने अवस्था हालसम्म बनेको छैन ।

निष्पक्ष सुनुवाइको अधिकार

नेपालको अन्तरिम संविधान, २०६३ र नेपालको संविधानले निष्पक्ष सुनुवाइका व्यवस्था गरेका छन् । नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी अनुबन्ध, १९६६ ले पनि सोही बमोजिमको व्यवस्था गरेको छ । तर कैलालीका पीडितहरुले निष्पक्ष सुनुवाइको अधिकार उपभोग गर्न नपाएको बताउँछन् ।

जिल्ला अदालतमा २० जना थारुविरुद्ध ज्यानसम्बन्धी मुद्दा लगाइएको छ । तर कैदीका आफन्त तथा स्वयं कैदीहरु सो आरोप मान्न तयार छैनन् । अखण्ड सुदूपश्चिम एकता समाज जनआन्दोलन परिचालन समितिका संयोजक गोपाल बोहोरा समेत केही निर्दाेष समेत परेको र उनीहरुले न्याय पाउनुपर्ने बताउँछन् । एसपी राजेन्द्र बिष्टका अनुसार भदौ ८ गते भएको आगजनीको घटना पुरानो भएको कारण त्यसको यथार्थ विवरण आउन नसक्ने भएको हुनाले कारबाही प्रक्रिया समेत अप्ठ्यारोमा पर्ने भएको हुँदा कारबाही अगाडि बढाउन नसकिएको बताए । पीडितहरुले ८ गतेको आगजनी घटनाको जाहेरी दिँदा लिन नमानेपश्चात् हुलाकबाट रजिष्ट्रेशन गरी जाहेरी पठाएता पनि हालसम्म कुनै कारबाही भएको छैन । सेती अञ्चल अस्पताल विकास समितिको २०७२ भदौ २० को स्वास्थ्य रिपोर्टमा बन्दीहरुको शरीरमा निलडाम भएको, मासु च्यातिएको, रक्तश्राव भएको, घाउ भएको भनिएबाट पनि उनीहरुलाई यातना दिइएको थाहा हुन्छ, जसले उनीहरु यातनाबिना निष्पक्ष सुनुवाइको अधिकारबाट बन्चित भएको प्रस्ट देखिन्छ ।
कारागारमा भेटिएका अधिकांश बन्दीले आँखामा पट्टी बाँधेर प्रहरी हिरासतमा यातना दिइएको गम्भीर कुटपिटको कारण एकजनालाई हालसम्म दिसा बस्न समेत गाह्रो हुने, एकजनालाई पैतालामा अत्यधिक कुटेको कारण हिँड्न नसक्ने अवस्थामा रहेका छन् । एक जनाको कानको जाली फुटाइएकोले हाल कान कम सुन्ने गरेको बताइएको थियो । हिरासतमा प्रहरीले विवरण लेखेको कागजमा पढ्न नै नदिई जबर्जस्ती सहिछाप गर्न लगाएको बताएको थियो । जिल्ला अदालतमा म्याद थप गराउन ल्याइएको बखत न्यायाधीशलाई यातना दिएको विषय बताएको आधारमा हिरासतभित्र ‘के तेरो न्यायाधीश थारु कल्याणकारीको संयोजक हो ?’ भन्दै कुटपीट गरेको बन्दीहरुले बताए । मृगौलाको विरामीलाई समेत उपचारबाट वञ्चित गरी कुटपिट गरेको देखियो ।

बन्दीहरुले पक्राउ परेका १२ बर्षीय नाबालकलाई ‘तिमी प्रहरीको हवल्दार हो’ भन्दै उक्साउँदै ‘यसो भन उसो भन’ भनी डिक्टेट गरी नभएको कुरा बोल्न लगाएको बताए ।

रेडक्रसले उपचारको लागि अस्पताल लाँदा हरिनारायण चौधरीलाई प्रहरीले पक्राउ गरेको बताए । कतिपयलाई आफ्नै घरमा सुतिराखेको अवस्थामा १२ बजे रातितिर पक्राउ गरेको र प्रहरीको गाडीभित्रै र हिरासतमा पनि कुटपिट गरेको बन्दीहरुले बताए ।

७ गते घटना भएको समयमा, आफ्नै गाउँको प्रहरी चौकीमा छिमेकीसँग घाँसको विषयमा झगडा परेकोमा मिलाउन दिनभर व्यस्त रहेको नुरुल जागालाई भलमन्सा सहायक भएकै आधारमा पक्राउ गरी झुट्टा मुद्दामा फसाइएको उनले बताए ।

५८ जनामाथि कर्तव्यज्यान, डाँका, ज्यान मार्ने उद्योगजस्तो गम्भीर अपराधमा मुद्दा चलाइएको छ । जम्मा २४ जना पक्राउ परेको र ३४ जना पक्राउ नभएको देखिन्छन् । तीमध्ये अधिकांश आन्दोलनमा संलग्न नभएको अनुगमनको क्रममा बताइएको थियो ।

२०७२ भाद्र ७ बेलुकाबाट कर्फ्यु जारी रहेकै समयमा टीकापुरमा थारु समुदायका घरपसल छानीछानी आगजनी र लुटपाट निरन्तर भोलिपल्ट ८ गते बेलुकासम्म जारी रहेको थियो । उक्त कार्य आर्मीहरु आएपछि मात्र रोकिएको स्थलगत भ्रमणको सन्दर्भमा बुझिएको छ ।

मानवअधिकार रक्षकहरुको अधिकार

संयुक्त राष्ट्रसंघले सन् १९९८ मा Declaration on the Right and Responsibility of Individuals, Groups and Organs of Society to Promote and Protect Universally Recognized Human Rights and Fundamental Freedoms जारी गर्‍यो । राष्ट्रिय मानवअधिकार आयोगले पनि मानवअधिकार रक्षक मार्ग निर्देशिका, २०६८ जारी गरेको छ । तर टीकापुर घटनाका क्रममा लाहुर्निप आबद्ध मानव अधिकार प्रतिरक्षक तथा कानुन व्यवसायी सर्जुप्रसाद चौधरीसमेत सो क्षेत्रमा जान नसक्ने अवस्था बनेको र उनी स्वयंको धन जनको समेत आगजनी भएको थियो । साथै निष्पक्ष समाचार संकलनका लागि घटनास्थलमा पत्रकारहरुको समेत पहुँच सो समयमा असम्भवप्रायः रहेको स्थानीय तथा राष्ट्रिय स्तरका संचारकर्मीहरु बताउँछन् ।
बालबालिकाको अधिकार तथा शिक्षाको अधिकार

नेपालको अन्तरिम संविधान, २०६३ ले नेपाली नागरिकहरूको शिक्षा तथा संस्कृतिसम्बन्धी हकको व्यवस्था गरेको थियो । नेपालको संविधानमा पनि शिक्षासम्बन्धी अधिकारलाई मौलिक हकका रूपमा स्थापित गरिएको छ । आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारसम्बन्धी अनुबन्ध, १९६६ मा पनि प्रत्येक व्यक्तिको शिक्षाको अधिकार हुने उल्लेख छ । बाल अधिकारसम्बन्धी महासन्धि, १९८९ ले पनि यस विषयलाई सम्बोधन गरेको छ ।

टीकापुर कैलालीका थारु समुदायका बालबालिका हाल विद्यालय जानबाट वञ्चित भएको अवस्था रहेको छ । कति बालबालिका छन भन्ने तथ्यांक छैन । तर कारागारमा रहेका थारुहरुका १० बालबालिका विद्यालय जान सकेका छैनन् । डरत्रासका कारण उनीहरु विद्यालयसम्म जान नसकिरहेको अवस्था रहेको छ । अविभावकहरुमा रहेको डर तथा अनिश्चितताका कारण उनीहरु अधिकांश आफ्ना बालबालिकालाई विद्यालय पठाउन तयार छैनन् । साथै टीकापुर क्षेत्रबाट विस्थापनमा परेका थारु समुदायका बढी बालबालिका विद्यालय शिक्षाबाट वञ्चित रहेका छन् ।

२०७२ भदौ ७ मा घटना भएको २ घण्टापछि २ वर्षीय बालक टेकबहादुर साउदको गोली लागी मृत्यु भएको छ । सो हत्यामा थारुहरुको संलग्नता रहेको भनी कतिपय संचार माध्यम तथा मानव अधिकारवादी संघसंस्थाहरुले समाचार तथा प्रतिवेदनमा उल्लेख गरेका छन् । थरुहट आन्दोलनले उक्त कुराको खण्डन गरेको छ । तर घटना भएको ठाउँबाट करिब १ किलोमिटरको दूरीमा भएको घरमा बालकमाथि गोली लाग्नु र घटना भएको २ घण्टापछि प्रहरी परिचालन व्यापक भएको अवस्थामा सो घटना भएको देखिन्छ । साथै, थारुहरुसँग बन्दुक भएको भन्ने राज्यको अनुसन्धान गर्ने निकायबाट प्रमाणित हुन सकेको छैन । सरकारी पक्षबाट पेस भएको अभियोगपत्रमा समेत त्यस प्रकारको दाबी रहेको छैन । बालकमाथि भएको सो जघन्य घटनाको छानबिन अगाडि नबढाइनु आफैमा रहस्यमय छ ।
स्वास्थ्यको अधिकार

नेपालको अन्तरिम संविधान, २०६३ ले स्वास्थ्य अधिकारसम्बन्धी अधिकारको व्यवस्था गरेको थियो । नेपालको संविधानले प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने, आकस्मिक स्वास्थ्य सेवा प्राप्त गर्ने हक हुने उल्लेख गरेको छ । आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार विषयक अनुबन्ध, १९६६ ले शारीरिक तथा मानसिक स्वास्थ्यको उच्चतम स्तर प्राप्तिको अधिकारलाई सुनिश्चित गरेको छ ।

टीकापुर घटनापछि थारु समुदायका व्यक्तिहरु उपचारका लागि नजिकका स्वास्थ्यचौकी तथा अस्पतालमा उपचारका लागि जाने अवस्था नरहेको उनीहरुको दाबी रहेको छ । कुनै पनि प्रकारको विरामीको अवस्थामा उपचारका लागि अस्पताल जाँदा आन्दोलनमा संलग्न भएको भन्ने आरोप लगाई प्रहरीले पक्राउ गर्ने उनीहरु बताउँछन् । घटना भएको दिन अस्पतालमा बिरामी कुर्न तथा लुगा पुर्‍याउन गएका राजकुमार चौधरी र दिलबहादुर चौधरीलाई अस्पतालबाटै प्रहरीले पक्राउ गरेको थियो । हाल उनीहरु जिल्ला कारागार कैलालीमा छन् । आफ्नै मेडिकल संचालन गरिरहेकालाई आन्दोलनमा लागेको आरोपमा पक्राउ गरिएको छ । यसले थारुहरुलाई सहज रुपमा स्वास्थ्यमा पहुँचको अधिकारबाट समेत वञ्चित गरेको छ ।

कारागारमा रहेकाहरुले समयमा उपचार नपाएको बन्दीहरुको भनाइ रहेको छ । आर्थिक तथा प्राविधिक कठिनाइका कारण असाध्य तथ जटिल स्वास्थ्य समस्या रहेका बिरामीहरु कारागारको पहलमा उपचार गर्न सम्भव नरहेको कारागार प्रशासनले बताए । बन्दीहरुले आफै उपचार गराउनका लागि कारागारको प्रक्रिया उनीहरुलाई थाहा नभएका कारण उपचार गर्न सकिरहेका छैनन् ।

पूर्व राष्ट्रपति यादवलाई क्यान्सर

पूर्वराष्ट्रपति डा. रामवरण यादवलाई क्यान्सर भएको छ। भारतमा स्वास्थ्य परीक्षणक्रममा पूर्वराष्ट्रपति यादवलाई प्रोस्टेट क्यान्सर देखिएको हो। प्रोस्टेट पुरुषको पिसाब थैली र पिसाब नली सुरु हुने स्थानमा रहने एक ग्रन्थी हो। Continue reading “पूर्व राष्ट्रपति यादवलाई क्यान्सर”