सन्तोष दहित/दाङ।
थारु समुदायको महिलाहरुले आजदेखि धुमधामका साथ उल्लासमय वातावरणमा अष्टिम्की मनाउँदैछन्। वर्षको एकचोटि मनाउने यो पर्व थारु समुदायको महिलाहरुको महान पर्व हो। श्रीकृष्ण जन्माष्टमीको दिन हरेक वर्ष थारु समुदायका महिलाहरुले अष्टिम्की मनाउँदै आएका छन्। Continue reading “थारु समुदायमा अस्टिम्कीको रौनक”
Author: admin
आज श्रीकृष्ण जन्माष्टमी, थारुहरुले अष्टिम्की मनाउँदै
प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिनमा मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व आज भगवान् श्रीकृष्णको पूजा आराधना गरी मनाइँदैछ। ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको सम्झनामा आजको दिनमा श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने गरिएको हो ।
दुर्जनको विनाश गरी सज्जनको रक्षाका लागि भगवान् विष्णुको आठौँ गर्भका रुपमा श्रीकृष्णको जन्म भएको शास्त्रमा वर्णन गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष रामचन्द्र गौतमले जानकारी दिए।
कंसको अत्याचारबाट मानव जातिलाई मुक्ति दिन वासुदेव र देवकीको आठौँ गर्भबाट भगवान् विष्णुको आठौँ अवतारका रुपमा आजैका दिन भगवान् श्रीकृष्णको जन्म भएको धार्मिक विश्वास छ । कंसले जेलनेलसहित बन्दी बनाएको अवस्थामा देवकीको कोखबाट श्रीकृष्णको जन्म भएको थियो ।
चारैतिर सेनाको कडा सुरक्षा हुँदा पनि भगवान् विष्णुको मोहित पार्ने शक्तिका कारण श्रीकृष्ण जन्मिएका बेलामा सबै सैनिक गहिरो निद्रामा परेका थिए । त्यसैबेला आकाशवाणीमार्फत् वासुदेवलाई ‘नवजात शिशु कृष्णलाई वृन्दावनस्थित मित्र नन्दका घरमा पु¥याऊ’ भन्ने आकाशवाणी भएको थियो । यही मोहित पार्ने शक्ति भएका कारण आजको रात्रिलाई मोहरात्रि पनि भनिन्छ ।
वासुदेव नन्दको घरमा गई कृष्णलाई त्यहीँ छोडी त्यही दिन नन्द पत्नी यशोदाको गर्भबाट जन्मिएकी बालिकालाई लिएर आएपछि मात्र सैनिकहरु ब्युँझिएको प्रसङ्ग महाभारत ग्रन्थमा उल्लेख गरिएको छ । श्रीकृष्णले नै पापका पर्याय बनेका मामा कंसको बध गरी हजुरबा उग्रसेन, माता पिता देवकी एवम् वासुदेवलाई जेलमुक्त गरिदिएका थिए।
अन्याय, अत्याचार र दानवी प्रवृत्तिबाट मानव जातिलाई सुरक्षित बनाउने उद्देश्यले भगवान् विष्णुले मानिसको अवतारका रुपमा श्रीकृष्ण भई धर्तीमा जन्म लिएको स्मृतिस्वरुप आजको दिन यो पर्व मनाउने गरिएको हो । श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई पे्ररित गर्नुभएको थियो ।
कौरव र पाण्डवका बीचमा कुरुक्षेत्रमा भएको धर्मयुद्धमा सत्यको पक्षमा रहेका पाँच पाण्डवमध्येका अर्जुनको सारथीका रुपमा श्रीकृष्णले युद्धको शिक्षा दिनुभएको थियो । युद्धका क्रममा श्रीकृष्णले अर्जुनलाई प्रेरणा दिँदै सत्यको पक्षमा हौसला प्रदान गर्नुभएको थियो । यही युद्धका क्रममा श्रीकृष्णले अर्जुनलाई दिनुभएको उपदेश नै श्रीमद्भगवत गीता हो। यसैकारण श्रीमद्भगवत गीतालाई हिन्दूको पवित्र ग्रन्थ मानिन्छ ।
बाल्यकालदेखि नै विचित्र लीला देखाउँदै आएका श्रीकृष्णले गोपिनी र राधासँग गरेको प्रेम प्रसङ्गका कारण यो महिनाभर प्रेम उत्सव अर्थात् झुला उत्सवका रुपमा समेत मनाउने गरिन्छ । “यो नै पूर्वीय जगत्को प्रेम दिवस हो र ‘भ्यालेन्टाइन डे’ का नाममा नेपाल, भारतलगायत पूर्वीय दर्शनलाई अँगाल्दै आएका देशमा गरिने तामझाम पश्चिमी संस्कृतिको अन्धानुकरण हो”– अवकाशप्राप्त जीवनपछि साहित्य सिर्जना र आध्यात्मिक खोज अनुसन्धानमा लाग्नुभएका गोविन्दप्रसाद घिमिरे ‘वेदमणि’ले भने।
मानव जातिलाई सुरक्षित पारी धर्मको रक्षाका लागि धर्तीमा अवतरित हुनुभएका श्रीकृष्णले नै पुतना, कंस, जरासन्ध र शिशुपाल आदि दानवी प्रवृत्तिलाई अन्त गराई मानव मात्रलाई भयमुक्त बनाउनुभएको थियो । यसै प्रसङ्गमा भगवान् श्रीकृष्णले श्रीमद्भागवत गीतामा भन्नुभएको छः
यदा यदा हि धर्मस्य ग्लानिर्भवति भारत ।
अभ्युत्थानमधर्मस्य तदात्मानं सृजाम्यहम् ।।
अर्थात् जबजब भारत वर्षमा धर्मको लोप हुन्छ र पाप बढ्दछ त्यस बेलामा धर्मको रक्षाका लागि मैले मानव रुप धारण गरेर धर्तीमा जन्म लिनेछु । भगवान् श्रीकृष्णको यही कर्मको सम्झनामा अहिले पनि श्रीकृष्ण जन्माष्टमी पर्व भव्यताका साथ मनाउने गरिएको छ ।
आजको दिन पाटनको मङ्गलबजारस्थित प्रसिद्ध श्रीकृष्ण मन्दिर, काठमाडौँको पूर्वी भेगस्थित गोठाटारमा रहेको नवतनधाम, उत्तरी भेग बूढानीलकण्ठस्थित श्रीकृष्ण भावनामृत सङ्घको मन्दिरमा र देशभरका अन्य कृष्ण मन्दिरमा भव्यरुपमा पूजा, आराधना एवम् रथयात्रा र शोभायात्रा गरी श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने गरिन्छ ।
आजको दिनमा विशेष गरी महिलाहरु ब्रत बसी राति १२ बजे श्रीकृष्ण जन्मिएको सम्झनामा पूजा लगाउने र रातभर जाग्राम बसेर श्रीकृष्णको भक्ति सङ्गीत गाउने गर्दछन्। यसो गरेमा श्रीकृष्ण प्रशन्न भई मनोवाञ्छित फल प्राप्त हुने धार्मिक विश्वास रहेको प्रा डा ऋषिराम पोखे्रल बताउँछन्। रासस
राजकुमार लेखीले थाकसबाट विश्राम लिँदै
थारु नेता राजकुमार लेखीले थारु कल्याणकारिणी सभा (थाकस)बाट विश्राम लिने भएका छन्। नागरिक समाजवादी पार्टीको संयोजक लेखीले पार्टीको काममा बढी सक्रिय हुने भन्दै सभाबाट विश्राम लिने बताएका छन्। ‘हुन त विगत ११ महिनादेखि थाकसमा निस्क्रिय छु। अब औपचारिकरुपमै सभाबाट विश्राम लिँदैछु,’ उनले भने। Continue reading “राजकुमार लेखीले थाकसबाट विश्राम लिँदै”
टीकापुरका पीडितहरू भन्दैछन्- ‘हामीमाथि ब्यापक दमन भयाे’ [भिडियाे]
टीकापुर घटनाकाे एक वर्ष भइसक्दा त्यहाँकाे पीडितहरू के भन्दैछन्। हेर्नुस् भिडियाे।
भिडियाे साैजन्य : supriya manandhar
टीकापुरको अवशेषहरुसँग साक्षत्कार गर्दा… [तस्बिरसहित]
करिब नौ महिनापछि टीकापुर पुग्दा स्थिति सामान्य थिएन। त्यहाँका थारुहरुको अवस्था भयावह नै थियो। बाहिरिए रुपले सामान्य देखिए पनि उनीहरुको मनभित्र त्रासैत्रास रहेको प्रष्ट हुन्थ्यो। अझ थारुका पसल, उद्योग, रिसोर्ट, एफएम र घरहरु जलाइएका ठाउँ पुग्दा जोकोहीको आँखा रसाउँछ। हेर्नुस् मदन चौधरीले खिचेका ती जलाइएका टीकापुरका तस्बिर। Continue reading “टीकापुरको अवशेषहरुसँग साक्षत्कार गर्दा… [तस्बिरसहित]”
हरायो थारू भाषाको पढाइ
कुनै बेला बालबालिकाको विद्यालय छोड्ने दर घटाउने महत्त्वपूर्ण माध्यम मानिएको थारू भाषाको पढाइ अहिले हराउँदै गएको छ । दाङका अधिकांश विद्यालयमा थारू भाषामा शिक्षण थालिएको थियो । तर अहिले क्रमश: छोड्दै गएका छन् । अंग्रेजी शिक्षाप्रतिको मोह, अभिभावकको अनिच्छा, जटिल पाठ्यक्रम र प्राविभन्दा माथि पुस्तक नहुने समस्याले मातृभाषाको पढाइ संकटमा परेको हो ।
जिल्ला शिक्षा कार्यालयको पहलमा १० बाट सुरु भएको थारू भाषा शिक्षा विस्तार भई ४२ विद्यालयसम्म पुगेको थियो । अहिले एउटा विद्यालयको एउटा कक्षामा मात्र सीमित छ । शंकर मावि पिपरीले ५ कक्षामा मात्रै चलाएको छ । अन्य कक्षाको पठनपाठन बन्द छ । १ देखि ३ कक्षासम्म १ सय पूर्णांकको ऐच्छिक विषयमा थारू भाषाको पाठ्यक्रम राखिएकामा अहिले त्यसको सट्टा अंग्रेजी राख्न थालेको जिल्ला शिक्षा कार्यालयका मातृभाषा शिक्षा हेर्ने अधिकृत देवमणि चौधरीले बताए ।
‘सबैलाई अंग्रेजीको मोह छ । अभिभावकमा अंग्रेजी नजाने के पढाउने भन्ने धारणा छ,’ उनले भने, ‘सामाजिक, स्वास्थ्य र सिर्जनात्मक कलामा २० प्रतिशत स्थानीय पाठ्यक्रम बनाएर लागू गर्ने भन्ने प्रावधान छ । यसको पनि कसैले कार्यान्वयन गरेको छैन ।’ २०६५ देखि सुरु भएको थारू भाषाको पढाइ २०७० देखि हराउँदै जान थालेको हो ।
थारूका साथै अवधी भाषाको समेत शिक्षा चलाउने सोचका साथ १४ जनालाई प्रशिक्षक/प्रशिक्षण तालिम दिई उनीहरूमार्फत १ सय बढी शिक्षकलाई तालिम दिइएको चौधरीले बताए । ‘त्यति गर्दा पनि केही उपलब्धि भएन । मातृभाषा शिक्षालाई कसरी बचाउने भनेर धेरैपटक प्रधानाध्यापकहरूको पनि बैठक राखियो,’ उनले भने, ‘अभिभावक र शिक्षकहरूको रुचि नभएपछि हराउँदै गयो । केही गर्दा पनि बचाउन सकिएन ।’ पहिले १ देखि ५ कक्षासम्म थारू भाषामा पढाउँदै आएकामा अहिले ५ कक्षामा मात्रै सीमित रहेको शंकर मावि पिपरीका प्रधानाध्यापक रामकुमार चौधरीले बताए ।
‘शिक्षकहरूलाई पनि थारू भाषामा पढाउन गाह्रो भयो । अभिभावकले पनि चासो दिन सकेनन्,’ उनले भने, ‘सबै अभिभावकले अंग्रेजी मात्रै भन्छन् । थारू भाषामा चासो नै राखेनन् । एक/एक गरी सबै कक्षामा बन्दै हुँदै गएको छ ।’ कतिपय विद्यालयमा विभिन्न गैरसरकारी संस्थाको पहलमा सञ्चालन भइरहेकामा संस्थाले सहयोग गर्न छोडेपछि पढाइ बन्द भएको छ । ‘सिकाइ प्रभावकारी होस् भनेर मातृभाषा, राष्ट्रभाषा र अन्तर्राष्ट्रिय भाषा गरी तीन तहबाट बुझाउने प्रयास थालेका थियौं,’ उनले भने, ‘कतिपय अभिभावकले हामी नेपाली सजिलै बुझ्न सक्छौं, हामीलाई नबुझ्ने कमजोर ठानेको भनेर हेपेको जस्तो महसुस गरे । त्यसपछि फेरि पुरानै तरिकाले पढाउन थालियो ।’
भाषाप्रति मोह हराउँदा र शिक्षक अभिभावकलाई चासो नहुँदा थारू भाषाको शिक्षा लोप हुँदै गएको थारू भाषा पाठ्यपुस्तकका लेखक कृष्णराज सर्वहारीले बताए । पाठ्यक्रम विकास केन्द्रले फरकफरक ठाउँको भाषा एउटै किताबमा हाल्दा पनि थारू भाषाको पुस्तक जटिल भएको उनले बताए ।
अधिकांश विद्यालयमा बन्द
बर्दियास्थित मानपुरटपरा माविमा करिब ७५ प्रतिशत थारू भाषी विद्यार्थी अध्ययनरत छन् । सरकारले मातृभाषामा पठनपाठनको व्यवस्था गरे पनि यहाँ भने लागू हुन सकेको छैन ।
मानपुरटपराजस्तै बर्दियाका करिब एक हजार सामुदायिक विद्यालयमध्ये चार वटामा मात्र थारू मातृभाषाको पढाइ हुने गरेको छ । करिब ५१ प्रतिशत थारू भाषी रहेको जिल्लामा अभिभावकले चासो नदिँदा मातृभाषाको पढाइ हुने अधिकांश विद्यालयमा पठनपाठन बन्द हुँदै गएको हो । भाषाका कारण कतिपय विद्यार्थीलाई दोभासे शिक्षकले बुझाउँदै आएका छन् ।
घरमा मातृभाषा बोल्दै आएका कलिला बालबालिकालाई समस्या भए पनि उनीहरूले बुझ्ने गरी भाषाको प्रयोग गरिएको बगलामुखी राधाकृष्ण थारू मावि, गुलरियाकी शिक्षिका जया शर्मा बताउँछिन् । गुलरिया आसपास र मोहम्मदपुरमा अवधी समुदायको बाक्लो बस्ती छ । अवधी भाषा बोल्ने बाबालिकाको समस्या उस्तै छ तर शिक्षकले उनीहरूलाई बुझ्ने भाषामा अध्ययन गराइरहेको बताउँछन् । जिल्लाको चारवटा सामुदायिक विद्यालयमा थारू मातृभाषामा पढाइ भए पनि पाठ्यक्रम र पाठ्यपुस्तक अभावमा झन्डै २५ वटा विद्यालयमा लागू हुन नसकी बन्द भएको बहुभाषिक प्रशिक्षक च्यामु चौधरीले बताए ।
दाङमा रहेको थारू समुदायलाई आधार मानी प्रकाशित गरेका पाठ्यपुस्तक यहाँका स्थानीय थारू भाषीसँग मिल्दोजुल्दो नभएका कारण पठनपाठन गर्न समस्या भएको गुनासो शिक्षकको छ । थारू भाषा घरमै बोलिन्छ, नेपाली र अंग्रेजी सिक्न भनेर पढ्न विद्यालय पठाएको भन्दै अधिकांश अभिभावकले प्रतिक्रिया दिने गरेको बहुभाषिक प्रशिक्षक चौधरीले बताए । किसान मावि फचकवा, नेरामावि भैसाहीलगायत चारवटा विद्यालयमा प्राथमिक स्तरका विद्यार्थीलाई मातृभाषा थारूमा पढाइ हुने गरेको छ ।
मगरागाडी, गुलरिया र मैनापोखर स्रोत केन्द्रका अधिकांश विद्यालयमा थारू भाषामा पढाइ हुने गरेकामा गत शैक्षिक सत्रमा बन्द भएका छन् । अहिले पनि मातृभाषाका पाठ्यपुस्तक अभाव रहेको शिक्षक बताउँछन् । सदरमुकाम गुलरिया, मोहम्मदपुर, सोरहवा, जमुनी र राजापुर क्षेत्रमा अवधी समुदायको बसोबास रहेको छ । तीमध्ये सबैभन्दा बढी गुलरियाको मथुराहरिद्वार र खैरापुरमा अवधी समुदायको बाक्लो बस्ती छ । ती बस्तीको हरेक गाउँमा विद्यालय छन् तर शिक्षक मधेसी समुदायको भए पनि नेपाली भाषामा बालबालिकालाई अवधीमा अनुवाद गरी पढाउने गरेको शिक्षक मिथलेश यादव बताउँछन् ।
छेदापुर प्राविका प्रधानाध्यापक मिथलेश यादवले हालसम्म अवधी भाषाका लागि पाठ्यपुस्तक तयार नपारेको बताए । जिल्ला शिक्षा अधिकारी जितबहादुर शाहले भैसाहीलगायत केही विद्यालयमा थारू मातृभाषामा पढाइ हुने जानकारी भएको बताए ।
बाँकेमा पनि समस्या
थारू, अवधी र उर्दु भाषी बहुल बाँकेमा जिल्ला शिक्षा कार्यालयले ती समुदायका केही शिक्षकलाई प्रशिक्षक प्रशिक्षण तालिम दियो । तालिम प्राप्त शिक्षकले आफ्ना स्रोत केन्द्रअन्तर्गत रहेका प्राथमिक तहका शिक्षकलाई दुईपल्ट मातृभाषाको पढाइ विधिबारे प्रशिक्षण दिए । ‘तर, तालिम पाएको चार वर्ष बितिसक्दा पनि मातृभाषाको पढाइ लागू भएन ।
कान्तिपुर दैनिकका दुर्गालाल केसी, कमल पन्थी र ठाकुरसिंह थारूको रिपोर्ट
`थारूमाथि सदियाैंदेखिकाे दमन र विभेद्काे परिणााम टीकापुर घटना´
उन्नती चौधरी/काठमाडौं।
संविधान घोषणा हुनु भन्दा एक महिना अगाडि कैलालीमा नामांकन र सीमांकनको विवदले भदौ ७ गतेका दिन टीकापुरमा ठूलो घटना घटेको थियो । सो घटना घटेको ठीक एक वर्ष पूूरा भएको छ । Continue reading “`थारूमाथि सदियाैंदेखिकाे दमन र विभेद्काे परिणााम टीकापुर घटना´”
थारुको माग पूरा नगरे अर्को टीकापुर घटना घट्नसक्छ : सांसद दहित
थरुहट तराई पार्टी नेपालका वरिष्ठ नेता एवं सांसद गोपाल दहितले अर्को टीकापुर घटना घट्नसक्ने बताएका छन् । थारु मधेसीहरुलाई उनीहरुका माग र अधिकारबाट वञ्चित गरिए जुनसुकै बेला त्यस्तो घटना घट्नसक्ने उनले बताए । लाहुर्निप नामक संस्थाले आयोजना गरेको कार्यक्रममा उनले सरकारले तीन बुँदे सहमति कार्यन्वयनमा ढिलाइ गरिरहेको आरोपसमेत लगाए । Continue reading “थारुको माग पूरा नगरे अर्को टीकापुर घटना घट्नसक्छ : सांसद दहित”
२८ हजार स्थायी शिक्षकको विज्ञापन खुलाउने तयारी
सरकारले सामुदायिक विद्यालयमा २८ हजार स्थायी शिक्षको दरबन्दी खुलाउने तयारी गरेको छ । शिक्षा ऐन २०२८ आठौं संशोधनपछि सरकारले विद्यालयमा २८ हजार स्थायी शिक्षक नियुक्ति गर्ने गरी दरबन्दी सिर्जना गर्न लागेको शिक्षा मन्त्रालयका प्रवक्ता डा हरिप्रसाद लम्सालले जानकारी दिए । Continue reading “२८ हजार स्थायी शिक्षकको विज्ञापन खुलाउने तयारी”
महिला क्रिकेटरको प्रारम्भिक टोलीमा चार थारु चेली
आइसिसी महिला विश्वकप छनौट एसिया– २०१६ का लागि प्रारम्भीक नेपाली टोलीको घोषणा भएको छ । राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा गत साउन ८ देखि ११ गतेसम्म कीर्तिपुरमा भएको महिला राष्ट्रिय क्रिकेट छनोट प्रतियोगिताको प्रदर्शनका आधारमा पहिलो चरणमा ३८ खेलाडीको छनोट गरिएको हो । Continue reading “महिला क्रिकेटरको प्रारम्भिक टोलीमा चार थारु चेली”