मोटरसाइकल दुर्घटनामा मुकेश चौधरीसहित दुईको मृत्यु

एको जानकारी अनुसार ढल्केवर भन्दा तीन किलोमिटर दक्षिण हजरा चौकमा विपरीत दिशाबाट आइरहेका दुई मोटसाइकल एक आपसमा ठक्कर खाँदा सर्लाही गौरीशंकर- १ का ३२ वर्षीय मुकेश चौधरीको सनाखत भए पनि अर्को मृतकको हालसम्म सनाखत हुन सकेको छैन । Continue reading “मोटरसाइकल दुर्घटनामा मुकेश चौधरीसहित दुईको मृत्यु”

झापा, मोरङ, सुनसरी, कैलाली र कञ्चनपुरलाई टुक्राउन गच्छदारको माग

मधेशी जनअधिकार फोरम लोकतान्त्रिकले मन्त्री नियुक्त हुन बाँकी मन्त्रालयहरु ‘आकर्षक’ नभएको भन्दै अब सरकारमा सहभागी नहुने प्रष्ट पारेको छ । शुक्रबार पत्रकार सम्मेलन गर्दै फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले आकर्षक मन्त्रालय विना सरकारमा जाँदा पार्टीको अपमान हुने बताए । Continue reading “झापा, मोरङ, सुनसरी, कैलाली र कञ्चनपुरलाई टुक्राउन गच्छदारको माग”

कांग्रेसका ११ मन्त्रीले शपथ लिए, थारुहरु परेनन्

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली काँग्रेसका तर्फबाट सरकारमा सहभागी नवनियुक्त १३ जना मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराएकी छन्। प्रधानमन्त्री पुष्पकमल दाहालको समुपस्थितिमा राष्ट्रपति भण्डारीले राष्ट्रपति कार्यालय शीतलनिवासमा आज बिहान आयोजित विशेष समारोहमा नवनियुक्त मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराएकी हुन्। Continue reading “कांग्रेसका ११ मन्त्रीले शपथ लिए, थारुहरु परेनन्”

करेन्ट लागेर दाङमा माधु चौधरीको मृत्यु

दाङको बिजौरीमा माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन । विजौरीको डुरुवा कुलामा करेन्ट लगाएर माछा मार्ने क्रममा विहीबार दिउँसो विजौरी–७ खोलीगाउँका ४१ वर्षीय माधु चौधरीको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । Continue reading “करेन्ट लागेर दाङमा माधु चौधरीको मृत्यु”

थारू संस्कृतिमा श्रीकृष्ण महिमा

कृष्णराज सर्वहारी।

जुनसुकै समुदायले कुनै न कुनै धर्मलाई अनिबार्य रूपले अंगीकार गरेको पाइन्छ। ब्यक्ति नास्तिक हुन सक्ला तर समुदायको कुनै न कुनै धर्मप्रति आस्था हुन्छ, जसले उसको जीवन्त इतिहास, संस्कृतिको पनि पहिचान दिइरहेको हुन्छ। नेपालमा बसोबास गर्ने जातीय, भाषीक हिसाबले चौथो नम्बरमा पर्ने थारू समुदायलाई हाल आएर बिभिन्न बिद्वानले उनीहरूको इतिहास बुद्धसँग जोड्न थालेका छन्। तर बुद्धसँग थारूको सम्बन्धबारेमा मिथक, लोकगाथाको उदाहरण पाँइदैन। उता हिन्दु धर्मका बिभिन्न देबीदेवता, भगवानसँगको मिथक, गाथा थारू समुदायको लोकसंस्कृतिको अभिन्न अंग बनेको प्रशस्त उदाहरण पाइन्छ। Continue reading “थारू संस्कृतिमा श्रीकृष्ण महिमा”

त्रिशुलीमा बस खस्दा २० जनाको मृत्यु

रौतहटको गौरबाट पोखरातर्फ जाँदै गरेको रात्रिबस आज बिहान नारायणगढ–मुग्लिन सडकखण्डको चण्डिभञ्ज्याङ गाउँ विकास समितिको कालीखोला नजिकैबाट त्रिशूली नदीमा खस्दा २० जनाको घटनास्थलमा नै मृत्यु भएको छ भने १७ जना घाइतेको उद्धार भएको छ । Continue reading “त्रिशुलीमा बस खस्दा २० जनाको मृत्यु”

टीकापुरको कथा : शान्ति छ, सद्‍भाव छैन

कृष्णराज सर्वहारी/गणेश चौधरी।

टीकापुर घटनाको भदौ ७ गते एक बर्ष पुग्यो। ८ प्रहरी तथा एक नाबालक गरी ९ जनाको ज्यान गएको घटनापछि थारुहरुको घर, पसलमा व्यापक आगजनी भयो । त्यसपछि अर्को अप्रिय घटना भएको छैन । यहाँ शान्ति त छ, तर सद्भाव कायम हुन सकेको छैन । टीकापुर घटनापछि एक समुदाय अर्को समुदायबाट अहिले पनि त्रसित अवस्थामै छन् । खलबलिएको सद्भाव कायम गर्न कोही पनि अघि सरेको देखिएको छैन । सद्भाव कायम हुन नसक्दा एक समुदायले अर्को समुदायलाई पुनः आक्रमण गर्ने, व्यक्तिगत सम्पत्ति आगजनी, तोडफोड गर्न सक्ने स्थिति दोहरिन सक्ने स्थिति छ । राजनीतिक सुन्यता छ, ठूला दल दिशाविहिन बनेका छन् । टीकापुरको मुर्दा शान्ति कतिखेर विस्फोट हुन्छ भन्न सकिने अवस्था छैन ।

Continue reading “टीकापुरको कथा : शान्ति छ, सद्‍भाव छैन”

टीकापुर कान्डमा जेलमा रहेका सुन्दर कठरियाकी छोरीको मृत्यु

टीकापुर घटनामा जेल जीवन बिताइरहेका सुन्दर कठरियाकी छोरीको मृत्यु भएको छ। टाइफाइडले ग्रसित मुनुवा, कञ्चनपुरका कठरियाकी १८ वर्षीया छोरीको मृत्यु भएको हो। Continue reading “टीकापुर कान्डमा जेलमा रहेका सुन्दर कठरियाकी छोरीको मृत्यु”

‘असोज ३ गते कालो दिन’

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले संविधान जारी भएको दिन असोज ३ गतेलाई कालो दिनको रुपमा मनाउने निर्णय गरेको छ। मंगलबार तमलोपा कार्यालय विजुलीबजारमा बसेको मोर्चाको बैठकले उक्त दिनलाई कालो दिनको रुपमा मनाउँदै देशैभरी ब्ल्याक आउट गर्ने निर्णय गरेको हाे। Continue reading “‘असोज ३ गते कालो दिन’”