म एक जना कलमजीबी। कलम चलाएर विहान बेलुकाको छाक टार्ने मान्छे। न कसैको गुलाम बनेर बसेको छु, न बस्ने नै छु। सबैको आ-आफ्नो पेसा छ, मान मर्यादा पनि छ। जसले जसको नुन खाएको छ नुनको सोझो गरेकै छ र गर्नु पनि पर्छ। मेरो पेसा पनि पत्रकारिता हो। मेरो पनि आफ्नै इज्जत र मान मर्यादा छ। मैले पनि नुन खाएको छु र नुनको सोझो गरेकै छु। Continue reading “तिम्रो लठ्ठीभन्दा कम छैन कलमको तागत [ब्लग]”
Author: admin
अवैध मानव ओसारपसारमा पासाङ शेर्पा र डन्डु शेर्पा पनि तानिए
पूर्वसभासद तथा नेपाल आदिवासी जनजाति महासंघका पूर्वअध्यक्ष पासाङ शेर्पा र वर्तमान उपाध्यक्ष डन्डु शेर्पा अवैध मानव ओसारपसारमा तानिएका छन् । उनीहरूले सांस्कृतिक कार्यक्रमको आवरणमा तीन करोड ९० लाख रुपैयाँ असुलेर १३ जना गैरकलाकारलाई कलाकार भन्दै मेक्सिको पुर्याई उतै छाडेर आएको आरोप लागेको छ । Continue reading “अवैध मानव ओसारपसारमा पासाङ शेर्पा र डन्डु शेर्पा पनि तानिए”
दाहाल-मोदी वार्ता भदौ अन्तिम साता
असन्तुष्ट पक्षका माग सम्बोधन गर्न गरिने संविधान संशोधनमा भारतले सघाउने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालको विशेष दूतका रुपमा दिल्ली भ्रमणमा रहेका उपप्रधानमन्त्री विमलेन्द्र निधिसँगको भेटमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संविधान संशोधनमार्फत यसमा रहेका असन्तुष्टि सम्बोधनमा सहयोग गर्ने वचन दिएका हुन्। Continue reading “दाहाल-मोदी वार्ता भदौ अन्तिम साता”
राप्तीपारीका ६ गाविसलाई टुक्र्याउन नदिने
पछिल्लो चरणमा स्थानिय तह पुर्नसंरचनाको ब्यापक छलफल र बहस चलिरहेको बेला देउखुरी राप्तीपारीका ६ गबिसलाई टुक्रिन नदिई एउटै गाउँपालिका बनाउने बिषयमा सर्बदलीय सर्बपक्षिय निश्कर्ष निस्किएको छ । गढवा उद्योग बाणिज्य संघको आयोजनामा शुक्रबार राप्तीपारीका ६ वटै गाबिसका राजनितिक दलहरु र संघसंस्थाहरुको उपस्थिती रहेको एक अन्तरक्रिया कार्यक्रमले यस्तो निश्कर्ष निकालेको हो । Continue reading “राप्तीपारीका ६ गाविसलाई टुक्र्याउन नदिने”
दुर्घटनामा मृत्यु भएका चौधरी परिवारलाई कांग्रेसको सहयोग
सडक दुर्घटनामा मृत्यु भएका नेपाली काँग्रेस मोरङका क्षेत्रीय सचिव लालचन्द्र चौधरीको परिवारलाई नेपाली काँग्रेस मोरङले आज रु एक लाख ५० सहयोगस्वरुप प्रदान गरेको छ । नेपाली काँग्रेस क्षेत्र नं ५ का क्षेत्रीय सचिवसमेत रहनुभएका चौधरीप्रति पार्टीद्वारा आज आयोजित सभामा सो रकम प्रदान गरिएको हो । Continue reading “दुर्घटनामा मृत्यु भएका चौधरी परिवारलाई कांग्रेसको सहयोग”
दाङका हिरामणि चेोधरीको हत्या
दाङका एक व्यक्तिको हत्या भएको छ। बिजोरी-५ का हिरामणि चेोधरीको शव मानपुर जजरा गाउँमा भेटिएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ। उनको ढुङ्गा प्रहार गरी हत्या भएको हुनसक्ने प्रहरीले अनुमान छ। Continue reading “दाङका हिरामणि चेोधरीको हत्या”
हुलाकी सडकको लापर्बाहीले जनतालाई सास्ती
जताततै खाल्टैखाल्टो तथा सडकमा पानी पर्नासाथ आवतजावत गर्न नसक्ने गर्मीमा धुलैधुलोले छोपिनु परेपछि चालकदेखि यात्रुलाई यहाँ सास्ती हुने गरेको छ । वर्षयाम सुरु भएपछि गुलरिया भुरीगाउँ र कोठियाघाट हुलाकी सडकखण्डको यातायात सेवा नराम्ररी प्रभावित हुने गरेको छ । जताततै खाडल र हिलो हुने भएपछि आवतजावतमा कठिनाइ भएको सानोश्रीका रिपु गुरुङले गुनासो गर्दै भने, ‘खाडल पुर्ने नाममा अघिल्लो वर्ष करोडभन्दा बढी कम खर्च गरे पनि सडक जस्ताको त्यस्तै छ ।’ Continue reading “हुलाकी सडकको लापर्बाहीले जनतालाई सास्ती”
आँगनमै डल्फिन !
अविनाश चौधरी।
अकाशमा फाट्टफुट्ट बादल लागे पनि टन्टलापुर घाम। खेतमा लोभ्याउने हरियाली। अहा! कति सुन्दर, मनमनै भनें। ‘स्वर्ग कता छ, थाहा छैन। तर, किसानको छोराले खेतमै स्वर्ग देख्छ। त्यही रमाइलो क्षणसँग मितेरी गाँस्दै पुगेको थिएँ, कैलालीको पूर्वी–दक्षिणी सीमावर्ती क्षेत्रमा पर्ने नारायणपुर। Continue reading “आँगनमै डल्फिन !”
कार र मोटरसाइकल ठाेक्किदा दीपेन्द्र चाैधरीकाे मृत्यु
पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीमा आज भएको फरक फरक सवारी दुर्घटनामा परी दुई युवकको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । Continue reading “कार र मोटरसाइकल ठाेक्किदा दीपेन्द्र चाैधरीकाे मृत्यु”
मेरो चरित्रहत्या गर्नेहरुविरुद्ध कानुनी लडाइँ लड्छु : गंगा थारु
थरुहट तराई पार्टी नेपालकी सांसद गंगा थारुले आफ्नो चरित्र हत्या गर्ने हिसाबले टीकाटीप्पणी नगर्न आग्रह गरेकी छन्। उनले एक साप्ताहिक पत्रिकाले आफ्नो चरित्रहत्या गर्ने हिसाबले समाचार लेखेको भन्दै त्यसको भर्त्सना पनि गरेकी छन्। Continue reading “मेरो चरित्रहत्या गर्नेहरुविरुद्ध कानुनी लडाइँ लड्छु : गंगा थारु”