‘रगतको खोला बगेपनि नेपाली भूमी एक इन्च मिच्न दिँदैनौं, दशगजामा नदीको बहाब थुन्ने गरि कुनै पनि हालतमा बाध बनाउन दिँदैनौ’ बिहीबार नेपाल-भारत सीमा क्षेत्र अन्तर्गत सप्तरीको तिलाठीमा उपस्थित सयौं नेपालीले यही नारा दोहर्याइरहेका थिए । Continue reading “‘रगतको खोला बगेपनि नेपाली भूमी एक इन्च मिच्न दिँदैनौं’”
Author: admin
गच्छादारका कारण कांग्रेस-माओवादी गठबन्धनमा विवाद
अविश्वासको पक्षमा बहुमत पुग्ने निश्चित देखिएपछि एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार छाडेका मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारको विषयलाई लिएर कांग्रेस-माओवादी केन्द्र गठबन्धनमा विवाद चर्किएको छ । Continue reading “गच्छादारका कारण कांग्रेस-माओवादी गठबन्धनमा विवाद”
भारतविरूद्धकाे खेलमा अाक्रामक सरस्वती चाैधरी [१५ तस्बिर र भिडियाे]
सरस्वती चौधरी क्विक स्पाइक र ब्लकले राष्ट्रिय भलिबलको नतिजालाई प्रभाव पार्ने खेलाडी हुन्। महिला भलिबलकी सनसनी सरस्वती राष्ट्रिय टाेलीकी नेपाल नम्बर एक क्विक स्पाइकर पनि हुन् । ब्लक र स्पाइक दुवैमा हावी हुनसक्ने क्षमता सरस्वतीमा छ। शुक्रबार भारतसँगकाे मैत्री खेलमा नेपालले तीनै सेट गुमाए पनि सरस्वतीले ब्यक्तिगत ८ स्काेर बनाइन्। अघिल्लाे दिनभन्दा राम्राे खेलेकी सरस्वती चाैधरीकाे खेलअवधिभर खिचिएका तस्बिर हेर्नुस्। Continue reading “भारतविरूद्धकाे खेलमा अाक्रामक सरस्वती चाैधरी [१५ तस्बिर र भिडियाे]”
सरकारमा जाने तयारी गर्दै गठबन्धन, थारु भन्छन्- ‘पर्ख र हेर’को अवस्थामा छौं
नयाँ संविधानप्रति बिमति जनाउँदै लामो समयदेखि आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा आबद्ध संघीय गठबन्धनले कांग्रेस-माओवादी गठबन्धनको सरकारमा जानसक्ने संकेत गरेको छ। आफना माग सम्बोधन नभएसम्म सरकारमा नजाने पूर्ववर्त निर्णयमा पुर्नविचार गर्दै गठबन्धनले कांग्रेस र माओवादी केन्द्रले संविधान संसोधनका लागि लिखितरुपमा प्रतिबद्धता जनाएमा सरकारमा जानसक्ने भन्दै तयारी सुरु गरेको हो। त्यसबारे धारणा बनाउन गठबन्धनले बिहीबार बैठकसमेत बोलाई छलफल गरेको छ। Continue reading “सरकारमा जाने तयारी गर्दै गठबन्धन, थारु भन्छन्- ‘पर्ख र हेर’को अवस्थामा छौं”
थारु खेलाडीसहित साग पदक विजेताहरुलाई सम्मान
१२ औं दक्षिण एसियाली खेलकुदका पदक विजेता खेलाडीलाई सरकारले बिहीबार नगद पुरस्कारबाट सम्मानित गरेको छ। बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले विजेता खेलाडी, प्रशिक्षक र सम्बन्धित राष्ट्रिय संघलाई गरी झन्डै ४ करोड रुपैयाँ र प्रशंसापत्र वितरण गरे। साग सकिएको करिब ६ महिनापछि सरकारले पदकधारीलाई पुरस्कृत गरेको हो। Continue reading “थारु खेलाडीसहित साग पदक विजेताहरुलाई सम्मान”
देशभक्त मधेशी स्वाभिमानको उदाहरण [विचार]
सप्तरीको तिलाठी–४ का रैथाने देवनारायण यादव, हर्षवद्धन कर्ण, दुर्गानन्द झा, रोशन झा, संजीव झा लगायत एक दर्जन घाइतेहरु अहिले राजविराजस्थित गजेन्द्रनारायण सिंह अञ्चल अस्पतालमा उपचाररत छन्। उनीहरुका लागि साउन १३ को बिहीबार दशा बनेर आयो। आफ्नो पुर्ख्यौली थात थलोको रक्षाका खातिर खबरदारी गर्दा उनीहरुले खेपेको प्रहार र सास्तीले उनीहरुलाई अस्पतालमा पुरयाएको छ। तर पनि उनीहरुले आफ्नो बस्तीको सुरक्षा र देशको माटोमाथिको खतरा आफूहरु घाईते भएरै पनि टारेका छन्। Continue reading “देशभक्त मधेशी स्वाभिमानको उदाहरण [विचार]”
दशगज्जामा मधेसीहरु घन्टौं लड्दा…
नेपाल तर्फका आधा दर्जन बढि गाउँलाई डुवानमा पार्ने गरी भारतीयहरुले दशगज्जा क्षेत्रमा बनाउन लागेको बाँधका सप्तरीको तिलाठी तथा भारत विहारको सुपौल जिल्ला अन्तर्गत पर्ने कुनौली ग्राम पञ्चायत विच रहेको दशगज्जा क्षेत्रमा दुवै तिरका स्थानियहरु विच झडप भएको छ। Continue reading “दशगज्जामा मधेसीहरु घन्टौं लड्दा…”
बस दुर्घटनामा पूर्व राज्यमन्त्रीसहित ७ को मृत्यु
संखुवासभाबाट सुनसरीको धरानतर्फ जाँदै गरेको मुनाल यातायातको बा२ख ७३६६ नम्बरको यात्रुबाहक बस आज धनकुटाको परेवादिन–५ सिधुवा बजारमा दुर्घटना हुँदा पूर्व अर्थ राज्यमन्त्री हरिराज खेवासहित सात जनाको मृत्यु भएको छ। Continue reading “बस दुर्घटनामा पूर्व राज्यमन्त्रीसहित ७ को मृत्यु”
३० पूर्वकमलरीलाई रोजगारी
दासत्वबाट केही समयअघि मात्र मुक्त भएका ३० जना पूर्वकमलरीले रोजगारी पाएका छन्। राजधानीमा तीन महिने तालिमपछि उनीहरुले सीपअनुसारको रोगगारी प्राप्त गरेका हुन्। दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चपुरका ती कमलरीहरुलाई राजधानीको सुजा ट्रेडर्सले गार्मेन्ट उद्योगमा रोजगारी दिएको हो। Continue reading “३० पूर्वकमलरीलाई रोजगारी”
स्थानीय तह पुनर्संरचना आयोगको काम रोक्न संघीय गठबन्धनको माग
मधेसी मोर्चासहितको संघीय गठवन्धनले स्थानीय तह पुनर्संरचना आयोगको काम रोक्न माग गरेको छ । संघीय समाजवादी फोरमको कार्यालयमा बिहीबार बसेको गठवन्धनको बैठकले आफूहरु प्रादेशिक सीमांकनसहितका विषयलाई लिएर आन्दोलनमा रहेको भन्दै अहिले नै स्थानीय तहको पुनर्संरचना गर्नु उपयुक्त नहुने बताएको छ । Continue reading “स्थानीय तह पुनर्संरचना आयोगको काम रोक्न संघीय गठबन्धनको माग”