मोर्चाका नेतालाई गच्छदारको चुनौति- सरकारमा जान रोकेर देखाऊ

मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नयाँ सरकारमा सहभागी हुने प्रस्ट पारेका छन् । फोरम लोकतान्त्रिकको सातौं स्थापना दिवसका अवसमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले सो जानकारी दिएका हुन् । Continue reading “मोर्चाका नेतालाई गच्छदारको चुनौति- सरकारमा जान रोकेर देखाऊ”

तीन दिनभित्रै नयाँ प्रधानमन्त्री

राष्ट्रपति विद्यादेवी भण्डारीले सहमतीय सरकार गठनका लागि दिएको समय सकिएसँगै व्यवस्थापिका संसद्ले सोमबारबाटै बहुमतीय सरकार गठन प्रक्रिया सुरु गर्ने भएको छ। सहमतिको सरकार गठनका लागि राष्ट्रपतिले दिएको सात दिनको समय आइतबार राति १२ बजेबाट सकिएपछि सोमबार बस्ने संसद् बैठकले बहुमतीय प्रक्रिया सुरु गर्ने भएको हो। Continue reading “तीन दिनभित्रै नयाँ प्रधानमन्त्री”

मकवानपुर दुर्घटनामा पाँच थारुसहित नौं जनाको मृत्यु

मकवानपुरमा गएराति भएको बस दुर्घटनामा मृत्यु भएका नौमध्ये छ जनाको सनाखत भएको छ। काठमाडौंबाट उदयपुरतर्फ जाँदै गरेको अग्नि यातायातको ना५ख ५०५५ नंको बस र काँकडभिट्टाबाट काठमाडौँतर्फ आउँदै गरेको इमेज यातायातको ना५ख ४०६४ नंको बस ठोक्किँदा इमेज बसका सहचालक झापा तोपगाछी– ९ का ३९ वर्षीय लक्ष्मीप्रसाद अधिकारी, उदयपुर त्रियुगा नगरपालिका– १० का १० वर्षीय मणिरत्न चौधरी, २५ वर्षीय विनोद चौधरी तथा २७ वर्षीय सन्तोष चौधरीको मृत्यु भएको छ। Continue reading “मकवानपुर दुर्घटनामा पाँच थारुसहित नौं जनाको मृत्यु”

गच्छदारको सत्तादौड

अमरेन्द्र यादव।

असार अन्तिम साता जब केपी ओली नेतृत्वको सरकारबाट सत्तारुढ गठबन्धनको दोस्रो ठूलो घटक नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लियो, पुरानो सरकार ढल्ने र नयाँ सरकार बन्ने प्रक्रिया सुरु भयो। नयाँ परिस्थितिमा सरकारपक्षीय नेताहरु सरकार बचाउने दौडधुपमा सक्रिय भए भने विपक्षी नेताहरु नयाँ सरकार बनाउने कसरतमा। Continue reading “गच्छदारको सत्तादौड”

‘थारुलाई रौं पनि दिन्न’ भन्ने शेरबहादुर देउवासँग प्रतिवाद गरेँ : बाबुराम भट्टराई

नयाँ शक्ति नेपाल पार्टीका संयोजक डा. बाबुराम भट्टराईले थारु समुदायले उठाएको माग र आन्दोलन जायज रहेको बताएका छन्। धनगढीमा थारु बुद्धिजिवीहरुसँगको छलफलमा उनले संविधान संशोधन गर्दै सीमांकन मिलाउन अझै बाँकी रहेको उल्लेख गरे। खास गरेर, कैलाली, कञ्चनपुर, झापा, मोरङ, सुनसरी र पहाडी जिल्लामा सीमाङ्कनको टुङ्गो नलागेको भन्दै उनले थारु समुदायको माग जायज रहेको बताए। Continue reading “‘थारुलाई रौं पनि दिन्न’ भन्ने शेरबहादुर देउवासँग प्रतिवाद गरेँ : बाबुराम भट्टराई”

एसएलसीमा उत्कृष्ट अंक ल्याउने थारु विद्यार्थी सम्मानित

एसएलसी परीक्षामा उत्कृष्ट अंक ल्याउने थारु विद्यार्थीहरु सम्मानित भएका छन्। सन्जय चौधरी नेतृत्वको थारु विद्यार्थी समाजले उनीहरुलाई सम्मान गरेको हो। राजधानीको तमुबौद्धमा आयोजित कार्यक्रममा फोरम लोकतान्त्रिकका सांसद जनकराज चौधरीले विद्यार्थीहरुलाई सम्मान पत्र प्रदान गरेका थिए। Continue reading “एसएलसीमा उत्कृष्ट अंक ल्याउने थारु विद्यार्थी सम्मानित”

सांसद वैजनाथ चौधरीद्वारा बाढीबाट प्रभावित क्षेत्रमा राहत वितरण

नेकपा एमालेका लुम्बिनी अञ्चल ईन्चार्ज एवँ नवलपरासी क्षेत्र नंं. ४ का सांसद वैजनाथ चौधरीले आफ्नो क्षेत्रमा बाढीबाट प्रभावित परिवारलाई राहत वितरण गरेका छन्। शुक्रबार क्षेत्र न. ४ का रामग्राम नगरपालिका, सुनवल नगरपालिका, हकुई, शुक्रौली, बन्जरिया, अमरौट लगायतका गाविसमा बाढीबाट भएको क्षति र प्रभावित परिवारसँग भेटघाट गरी शनिबार सांसद चौधरीले बाढीबाट अति प्रभावितहरुलाई राहत वितरण गरेका हुन्।  Continue reading “सांसद वैजनाथ चौधरीद्वारा बाढीबाट प्रभावित क्षेत्रमा राहत वितरण”

थरुहट पार्टीको महाकाली-मेची अभियान बर्दियाबाट सुरु

थरुहट तराई पार्टी नेपालको संगठन बिस्तार तथा प्रशिक्षण महाकाली-मेची अभियानअन्तर्गत शनिबार बर्दिया क्षेत्र नं. १ मा प्रशिक्षण तथा संगठन बिस्तार कार्यक्रम भव्यरुपमा सम्पन्न भएको छ।  Continue reading “थरुहट पार्टीको महाकाली-मेची अभियान बर्दियाबाट सुरु”