नेपाल बैंकमा ८१ पदका लागि जागिर खुल्यो

पूर्ण सरकारी स्वामित्वको नेपाल बैंक लिमिटेडमा जागिर खुलेको छ । बिहीबार एक विज्ञापन प्रकाशित गर्दै बैैंकले सातौंदेखि चौंथो तहसम्मका ८१ वटा पदमा दरखास्त आह्वान गरेको हो ।

बैंकले सहायक पदसम्ममा दरखास्त आवेदन माग गरेको छ । स्नातक तहदेखि स्नातकोत्तर तहसम्म उर्त्तीण गरेकाहरुले जागिरका लागि अवेदन दिन सक्नेछन् । नेपाल बैंकले एक उप-प्रवन्धक, ६ आइटी सहायक उपप्रवन्धक, ११ आइटी बरिष्ठ सहायक, ६३ जना सहायकहरुको माग गर्दै विज्ञापन गरेको हो ।

आवेदन अबको १५ दिनभित्र दिन सकिनेछ । विभिन्न पदका लागि छुट्टा-छुट्टै योग्यता निर्धारण गरिएको छ । उप्रवन्धक र सहायक उपप्रवन्धका लागि एकवर्ष परीक्षण काल तोकिएको छ भने बरिष्ठ सहायक र सहायकहरुका लागि ६ महिना परीक्षण अवधि तोकिएको छ ।

 nbl-notice-vacancy-768x2283

हत्या अभियोगमा रामाशंकर थारु र कृष्ण थारु पक्राउ

रुपन्देहीमा एकजनाको हत्या भएको छ । प्रहरीका अनुसार खड्वा बनगाईका मेहबुव आलमको हत्या भएको हो । आलमको टाउकोमा दाउराले हानेर हत्या भएको प्रहरीले जनाएको छ । Continue reading “हत्या अभियोगमा रामाशंकर थारु र कृष्ण थारु पक्राउ”

सहमतीय सरकारका लागि दाहालले थारुसँग पनि छलफल गर्ने

नयाँ सत्ता गठबन्धनको नेतृत्व गर्ने तयारीमा रहेको नेकपा माओवादी केन्द्रले राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि सबै दलसँग कुराकानी अघि बढाउने निर्णय गरेको छ । बुधबार बसेको केन्द्रीय कार्यालय बैठकले एमाले, मधेसवादी दललगायत सबैसँग सहमतीय सरकारमा सहभागी हुन आह्वानसहित भेटघाट थाल्ने निर्णय गरेको हो । Continue reading “सहमतीय सरकारका लागि दाहालले थारुसँग पनि छलफल गर्ने”

नेपाल प्रहरीले भन्यो- एम्नेष्टीको प्रतिवेदन पूर्वाग्रही (नेपाली र थारु भाषामा रिपोर्टसहित)

नेपाल प्रहरीले टीकापुर घटनाबारे एम्नेष्टी इन्टरनेशनलको पछिल्लो प्रतिवेदन पूर्वाग्रही भएको बताएको छ । साथै उसले एम्नेष्टिले दाबी गरेजस्तो अभियुक्तहरुलाई यतना नदिइएको बताएको छ । प्रहरीले बुधबार विज्ञप्ति निकालेर एम्नेष्टीको प्रतिवेदन प्रहरीको काम कारबाहीलाई प्रभावित गर्ने मनसायले आएको बताएको छ । Continue reading “नेपाल प्रहरीले भन्यो- एम्नेष्टीको प्रतिवेदन पूर्वाग्रही (नेपाली र थारु भाषामा रिपोर्टसहित)”

बाढीपहिरोले मर्नेको संख्या ८३ पुग्यो

अविरल वर्षासँगै देशभर सोमबारयता बाढी र पहिरोमा मृत्यु हुनेको संख्या ८३ पुगेको छ। विपद्मा अझै १६ जना हराइरहेका छन् भने ३१ जना घाइतेको उपचार भइरहेको गृह मन्त्रालयले जनाएको छ। गृहले साँझ ५ बजेसम्म मृतक संख्या ६६ पुष्टि गरेको छ। Continue reading “बाढीपहिरोले मर्नेको संख्या ८३ पुग्यो”

दाङमा पाँच बेवारिसे शव भेटिए, ठगिराम चौधरीको शव सनाखत

अबिरल बर्षापछि मंगलवार राप्ती नदीमा आएको बाढीले बगाएर ल्याएका ५ शव दाङमा भेटिएका छन्। देउखुरीस्थित राप्ती नदीको किनारमा तीन पुरुष र दुई महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। ५ मध्य एकजनाको शव भने दाङकै स्थानीयको रहेको र बाँकी ४ शवको भने पहिचान हुन सकेको छैन। Continue reading “दाङमा पाँच बेवारिसे शव भेटिए, ठगिराम चौधरीको शव सनाखत”

दाङको बयलडाँडाबाट २० वर्ष यताको ठूलो बाढी नियाल्दा… [फोटो फिचर]

none -4

non-5

non-7

non-8

non-9

non-10

तस्बिर : विवेक चौधरी

लोकमानलाई अमनलाल मोदीको चेतावनी- ‘विशेषाधिकारको धाक नदेखाउनु’

माओवादी केन्द्रका सांसद अमनलाल मोदीले काठमाडौं विश्वविद्यालयका पदाधिकारी र अख्तियारको कुरा बाझिएकाले छानविन समिति गठन गर्न माग गरेका छन्। मंगलबार बसेको सुशासन समितिको बैठकमा धारणा राख्दै मोदीले छानविन नगरीकन टुंगोमा नपुगिने देखिएको बताएका हुन्। शुक्रबार काठमाडौं विश्वविद्यालयसँगको छलफलमा आएको कुरा र मंगलबार अख्तियारका कर्मचारीको दिएको जवाफ फरक–फरक भएकाले छानविन समिति गठन गर्न माग गरेका हुन्। Continue reading “लोकमानलाई अमनलाल मोदीको चेतावनी- ‘विशेषाधिकारको धाक नदेखाउनु’”

सुरेन्द्र चौधरीले सुवास नेम्वाङलाई ग्याङको नेता भनेपछि संसदमा हंगामा

नेपाली कांग्रेसका सांसद सुरेन्द्र चौधरीले पूर्वसभामुख सुवास नेम्वाङलाई एउटा ‘ग्याङको नेता’ भनेपछि संसदमा हंगामा भएको छ । राष्ट्रपतिले जारी गरेको बाधा अड्काउ फुकाउ आदेशमाथि संसदमा छलफल चलिरहेको छ । छलफलमा सत्तारुढ दलहरुले सिफारिसको बचाउ गरेका छन् । तर, कांग्रेससहितका दलहरुका नेताहरुले आलोचनासहित समर्थन गरेका छन् । Continue reading “सुरेन्द्र चौधरीले सुवास नेम्वाङलाई ग्याङको नेता भनेपछि संसदमा हंगामा”

कर्णाली, बबइ र राप्तीमा पानीको सतह बढ्दो, राजापुरका विभिन्न क्षेत्र डुबानमा

गएरातिदेखि परेको अविरल वर्षाले बर्दियाको बबइ नगरपालिकाको रानीपुरमा १ दर्जन घर डुबानमा परेको छ । तीन घरका परिवारलाई उद्धार गरेर सुरक्षित स्थानमा राखिएको छ। बर्दियामा अहिले पनि भीषण पानी परिहरेको छ। स्थानीय प्रशासन कार्यालय बर्दियाले राजापुरको दौलतपुरमा पनि घरहरु डुबानमा परेको छ ।  Continue reading “कर्णाली, बबइ र राप्तीमा पानीको सतह बढ्दो, राजापुरका विभिन्न क्षेत्र डुबानमा”