रोजगार विभाग अन्तर्गतको इपिएस कोरिया शाखा नेपालसँगको समन्वयमा कोरियाको मानव संसाधन विकास विभागले रोजगार अनुमति प्रणालीअन्गर्तत लिएको कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक गरेको छ। सन् २०१७ मा दक्षिण कोरियाका लागि आवश्यक नेपाली कामदार लैजान गरिएको उक्त परीक्षाको नतिजा एचआरडी कोरियाले मंगलबार सार्वजनिक गरेको हो। Continue reading “कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक, नतिजा हेर्नुहोस् !”
Author: admin
हेर्दाहेर्दै बग्यो तिनाउको पुल (भिडियोसहित)
रातभर परेको अविरल वर्षाका कारण तिनाउ नदीमा आएको बाढीले बुटवल उपमहानगरपालिका–१३ स्थित झोलुङ्गे पुल आज बगाएको छ। देवीनगर र बुद्धनगर जोड्ने झोलुङ्गे पुल आज बिहान किनारको जमिन नदीले कटान गर्दै जाँदा ढलेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी वरिष्ठ उपरीक्षक महेन्द्र खड्काले जानकारी दिए।
सोमबार रातिदेखि परेको अविरल वर्षासँगै आएको बाढीले नदी किनारका बस्ती जोखिममा परेको र उद्धारमा खटिएका प्रहरी जाँदै गर्दा पुल भत्किएपछि वडा प्रहरी कार्यालय बुटवलका प्रहरी हरिनारायण चौधरी पुलसँगै खसेर घाइते भएका छन्।
भिडियो हेर्नुस्:
तिनाउमा आएको अनियन्त्रित बाढी घरका पक्की पर्खाल, जाली र ठोकर भत्काएर बस्तीमा पसेको हो । बाढीबाट तिनाउ किनारमा रहेका १६ टोलका छ हजार बढी व्यक्ति जोखिममा रहेको अनुमान छ।
पुल बगाउँदा उपमहानगरपालिकासँग तिनाउपारिका बस्ती जोड्ने प्रमुख माध्यम अवरुद्ध भएको छ । यसबाट बुटवल आवतजावत गर्न बुटवलका मोतीपुर, सेमलार, फर्साटिकर लगायत क्षेत्रका जनता प्रभावित हुने भएका छन् ।
बाढीले नदी किनारको जमिन कटान गर्न थालेपछि सो क्षेत्रका बस्तीमा त्रास उत्पन्न भएको छ । बस्तीका सर्वसाधारण नदी कटान हुने डरले घरबाट सरसामान निकालेर अन्यत्र सरेका छन् ।
यसअघि सोमबार रातिदेखि परेको अविरल वर्षासँगै तिनाउमा आएको बाढीले आज बिहान नदी किनारमा रहेका अव्यवस्थित बस्ती उपमहानगरपालिका–७ का प्रगतिनगरमा १० घर र वडा नं १३ को मजुवामा पाँच घर बगाएको थियो ।
खतरामा रहेका बस्तीलाई अन्यत्र लैजान स्थानीयवासी र प्रहरी खटेकोे इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी वरिष्ठ उपरीक्षक खड्काले बताउनुभयो । नदी किनारमा अव्यवस्थित रुपमा बसोबास गर्दै आएका करिब ५०० बढी घर जोखिममा परेका छन् । दुर्गानगर, न्यु दुर्गानगर, सीमानगर, खयरघारी लगायत २०० बढी घरमा पानी पसेको छ । रासस
पूर्वाञ्चल महिला क्रिकेटको फाइनलमा
नेपाल एपिएफ क्लब र पूर्वाञ्चलले राष्ट्रिय महिला छनोट क्रिकेट प्रतियोगिताको उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन्। कीर्तिपुरस्थित त्रिवि मैदानमा सोमबार वर्षाले खेल हुन नसकेपछि पूर्वाञ्चल र सुदूरपश्चिमले १–१ अंक बाँडेका थिए। Continue reading “पूर्वाञ्चल महिला क्रिकेटको फाइनलमा”
सुनसरीमा १७ सय घर डुबानमा
केही दिन अघिदेखिको अविरल परेको झरीले सुनसरी जिल्लाका ११ गाविस, तीन नगरपालिका र एक उपमहानगरपालिकाको एक हजार ७०० घर डुबानमा परेका छन् । गएराति परेको वर्षाले जिल्लाको नरसिंह गाविसको वडा नम्बर ३, ४, ५, ६ र ७ मा अविरल परेको वर्षाले जलमग्न भई ७० घरभन्दा बढी बस्ती डुबानमा परेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ । Continue reading “सुनसरीमा १७ सय घर डुबानमा”
वर्षा लेखी भन्छिन्- मेरो वर यस्तो उस्तो होस् कहिल्यै सोच्दिन
भगवानमा मेरो आस्था छ। तर साउनमा व्रत नै बस्नुपर्छ भन्ने मान्यता म राख्दिन। साउनमा भगवान शिवजीको पूजाआजा र भक्ति गर्छु तर व्रत बस्दिनँ। स्वास्थ्यभन्दा ठूलो केही हुँदैन। शरीर र मन दुवै स्वस्थ भएमात्र व्रत बस्नु उचित हुन्छ जस्तो लाग्छ त्यसैले स्वस्थ रहनु पहिलो आवश्यकता हो भन्ने मान्छु म।
म वातावरण विषयको विद्यार्थी भएकाले साउन हरियो प्रकृतिको प्रतीक मानेर हरियो चुरा, मेहन्दी र मेरो मन पर्ने कलर पनि हरियो नै भएका कारण प्रायः हरियो पोसाक नै लगाउने गरेकी छु। व्रत नबसे पनि म फुर्सदका बेला पशुपति दर्शन गर्छु र साउनलगायत अन्य महिनामा पनि म शाकाहारी भोजन गर्न नै रुचाउँछु। भगवानमा आस्था रहेकाले म मेरो वर यस्तो वा उस्तो होस् भनेर कहिल्यै सोच्दिन, त्यो त आफैंमा भर पर्छ भन्ने मेरो विश्वास छ ।
थनेतको निधनप्रति दाहालको शोक
नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले पार्टी सल्लाहकार खड्गबहादुर थनेतको निधनमा उहाँप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेका छन्। Continue reading “थनेतको निधनप्रति दाहालको शोक”
विजय गच्छदारको पार्टीलाई सरकारमा नलगिने
कांग्रेस र माओवादी केन्द्रले मधेसी मोर्चालाई विश्वासमा लिनकै लागि विजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकलाई सरकारमा नलिने भएका छन् । Continue reading “विजय गच्छदारको पार्टीलाई सरकारमा नलगिने”
थारूकाे घर, हाेटल जलाउनेहरूलाई १५ दिनभित्र कारबाही नगरे थरूहट क्षेत्र ठप्प पार्ने चेतावनी
थरुहट संघर्ष समितिको आन्दोलन भावी रणनीतिबारे कैलालीको बसन्तामा थारुहरुको छलफल भएको छ। टीकापुरको घटनापछि थारुहरुको आन्दोलन सशक्तरुपमा उठ्न नसक्नाको कारण र सरकारले थारुहरुमाथि गरेको व्यापकरुपमा चरम दमनको भत्सर्नासमेत गरेको छ। टीकापुर घटनाका मुख्य दोषीहरु सरकारमा सहभागी भैसकेको र अब बन्ने सरकारमा पनि सहभागी हुन खोजेकाले त्यस्ता सकुनी प्रकृतिका नारद थारु नेताहरुलाई समाजिक बहिस्कारको नीति चलाउने निर्णय बैठकले गरेको छ। Continue reading “थारूकाे घर, हाेटल जलाउनेहरूलाई १५ दिनभित्र कारबाही नगरे थरूहट क्षेत्र ठप्प पार्ने चेतावनी”
रमदैयालाई एनआरएनए इराकबाट दुई सय डलर सहयोग
टीकापुर घटनामा पति पक्राउ परेपछि विचल्ली बनेकी रमदैया चौधरीलाई इराकबाट सहयोग प्राप्त भएको छ। उनको दैनिक जीवनयापनका लागि एनआरएनए इराक च्याप्टरले दुई सय डलर सहयोग गरेका छन्। इराक च्याप्टरले त्यहाँस्थित नेपालीहरुसँग रकम संकलन गरेर दुई सय डलर पठाएको एनआरएनए इराक च्याप्टरका उपाध्यक्ष सीताराम चौधरीले जानकारी दिए। सो च्याप्टरले थारुवान डटकममार्फत् रमदैयालाई उक्त रकम सहयोग गर्न आग्रह गरेको छ। Continue reading “रमदैयालाई एनआरएनए इराकबाट दुई सय डलर सहयोग”
‘रेशम चौधरीलाई जानी जानीे फसाइयो’
नेपाल सद्भावना पार्टीका प्रवक्ता तथा कैलाली जिल्ला इन्चार्ज सन्तोष मेहताले टीकापुर घटनालाई लिएर रेशमलाल चौधरीलाई राज्यले जानी–जानी फसाएको आरोप लगाएका छन् । Continue reading “‘रेशम चौधरीलाई जानी जानीे फसाइयो’”