एसएलसी पूरक परीक्षा साउन १४ बाट

परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यही साउन १४ गतेबाट सुरु हुने एसएलसी पूरक अर्थात् ग्रेड वृद्धि परीक्षाको तयारी पूरा गरेको छ । कार्यालयका परीक्षा नियन्त्रक कृष्णप्रसाद काप्रीले १४ गतेदेखि सुरु हुने ग्रेड वृद्धि परीक्षाको तयारी पूरा गरेको आज जानकारी दिए । उनले परीक्षाका लागि आवश्यक प्रश्नपत्र, उत्तरपुस्तिका र अन्य सामग्री जिल्लाहरुमा पठाइसकिएको जानकारी दिए । Continue reading “एसएलसी पूरक परीक्षा साउन १४ बाट”

माओवादी केन्द्रमा गौरीशंकर चौधरी मन्त्री बन्ने चर्चा

प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा गरेलगत्तै माओवादी केन्द्र आफ्नै नेतृत्वमा सरकार बनाउने पहलमा छ। नेपाली कांग्रेससँग मन्त्रालय संख्या नै टुंग्याएर लगभग अब माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बन्ने अन्तिम तयारीमा छन्। नयाँ सरकार गठनका लागि संवैधानिक जटिलताबीच एकातिर बहस तातिरहँदा माओवादी केन्द्रभित्र भने अब बन्ने सरकारमा को को मन्त्री हुने भन्ने गृहकार्य भइरहेको छ। Continue reading “माओवादी केन्द्रमा गौरीशंकर चौधरी मन्त्री बन्ने चर्चा”

समाजसेवी एवं माओवादी केन्द्रका सल्लाहकार खड्गबहादुर थनेतको निधन

नेकपा माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार खड्गबहादुर थनेतको निधन भएको छ। थनेतको गएराति चितवनको नारायणी सामुदायिक अस्पतालमा हृदयघातका कारण निधन भएको नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य किसान गैरेले बताए । Continue reading “समाजसेवी एवं माओवादी केन्द्रका सल्लाहकार खड्गबहादुर थनेतको निधन”

अबको १५ दिनमा नयाँ प्रधानमन्त्री

अबको दुई सातामा नेपालले नयाँ प्रधानमन्त्री पाउनेछ । राष्ट्रपतिले आदेश गर्ने बाधा अड्काउ फुकाउ संसद्बाट पारित गर्न, दलीय सहमतिका आधारमा प्रधानमन्त्री छान्न पहल गर्ने र सहमति नहुँदा संसदमा निर्वाचन प्रक्रियाबाट नयाँ प्रधानमन्त्री छान्न दुई साता लाग्नेछ । Continue reading “अबको १५ दिनमा नयाँ प्रधानमन्त्री”

अाेलीकाे राजीनामा खुसीमा जनकपुरमा दिपावली

प्रधामन्त्री केपी शर्मा ओलीले राजीनामा दिएपछि आइतबार साँझ मधेशका केही जिल्लामा दिपावली गरिएको छ । नेपालको इतिहासबाट एउटा निरंकुश शासकको अन्त्य भएको भन्दै मधेशीहरुले दिपावली मनाएका छन् ।

जनकपुरधामको मुख्य चौक मध्येको एक रामानन्द चौकमा जनकपुरका युवाहरुले दिवापली मनाउँदै निरंकुश शासन अन्त्य भएको घोषणा गरेका छन् ।

दिपावली मनाउँदै गरेका युवाहरुले मधेश आन्दोलनका क्रममा राज्यबाट हत्या गराइएका मधेशीहरुको छानविन गरी ओलीलाई जन्मकैदको सजाई दिनुपर्ने बताए ।

युवाहरुले भने,‘केपी ओली हत्यारा हुन् । उनीमाथि छानविन हुनुपर्छ । आन्दोलनका क्रममा मारिएका सम्पूर्ण मधेशीको जिम्मेबार ओली भएकोले उलीलाई हत्या अभियोगमा तत्काल नियन्त्रणमा लिइ कारवाही अगाडि बढाउनु पर्छ ।

प्रधानमन्त्री केपी ओलीद्वारा राजीनामा

व्यवस्थापिका संसद बैठकमा आफूविरुद्ध पेश भएको अविश्वास प्रस्तावको जवाफ दिएपछि ओलीले आइतबार पदबाट राजीनामा दिएको घोषणा हुन् । राष्ट्रपतिसमक्ष राजीनामा पेश गरिसकेको प्रधानमन्त्री ओलीले सदनलाई जानकारी दिएका छन् । एमाले अध्यक्ष समेत रहेका ओली गत असोज २४ गते नेपालको ३८ औं प्रधानमन्त्रीमा निर्वाचित भएका थिए । Continue reading “प्रधानमन्त्री केपी ओलीद्वारा राजीनामा”

‘मुसाहरू’प्रति सचेत रहन प्रचण्डलाई उपेन्द्रको सुझाव

संघीय समाजवादी फोरम, नेपालका अध्यक्ष उपेन्द्र यादवले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका सांसदहरू व्यवस्थापिका–सांसद भवनमा आए भन्दैमा संविधान स्विकार गरेको भ्रम नपाल्न थप स्पष्ट पारेका छन् । प्रधानमन्त्रीविरुद्ध गत साउन ७ गते पेस भएको अविश्वास प्रस्तावमाथि जारी छलफलमा यादवले संसदमा बोल्दै भने, ’यो संविधान नसुधारिकन हामीलाई स्विकार्य हुँदैन । संसदमा आयो भन्दैमा संविधान मान्यो भनेर खुशीयाली नमनाए हुन्छ ।’ शुक्रबारको सांसद बैठकमा सुवास नेम्वाङले मधेसी नेता सांसद आएर संविधान स्विकार गरेको भन्ने भनाइप्रति यादवको भनाइ लक्षित थियो । Continue reading “‘मुसाहरू’प्रति सचेत रहन प्रचण्डलाई उपेन्द्रको सुझाव”

राष्ट्रपति समक्ष बाधा अड्काउ फुकाउ सिफारिश

मन्त्रिपरिषद बैठकले वर्तमान संवैधानिक व्यवस्थाअनुसार नयाँ सरकार गठनका लागि व्यवस्था नभएकाले ‘बाधा अड्काउ फुकाउ’का लागि राष्ट्रपतिलाई सिफारिश गर्ने निर्णय गरेको छ। केपी अाेली सरकारविरुद्ध संसदमा अविश्वास प्रस्तावमाथि मतदान हुनु केही घन्टा अगाडि बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो। Continue reading “राष्ट्रपति समक्ष बाधा अड्काउ फुकाउ सिफारिश”

रामदुलारी हत्याको छानबिन माग गर्दा ३ वर्षीय बालकसहित ५ जना थुनामा

रामदुलारी राना हत्याको निश्पक्ष छानबिन माग गर्दै चक्काजाम गर्ने ३ बर्षिय बालक, अधिकारकर्मि सहित ५ जना लाई जिल्ला प्रहरीले कार्यालय कञ्चनपुले पक्राउ गरेको छ । विगत १ महिना देखि रामदुलारी राना हत्या प्रकरणलाई प्रहरी प्रशासनले निश्पक्ष छानविन नै नगरी दोसीलाई उम्कन दिएको अधिकारकर्मी र स्थानियको आरोप छ । शनिवार महेन्द्र राजमार्गको चम्फापुर चोकमा प्रदर्शन गरीरहेका उनीहरु लाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा अधिकारकर्मि शारदा चन्द , शान्ती पोख्रेल, आनन्दी राना , विटो राना र मृतक रामदुलारी रानाकी एक ३ बर्षिय छोरा छन् । Continue reading “रामदुलारी हत्याको छानबिन माग गर्दा ३ वर्षीय बालकसहित ५ जना थुनामा”

कठरिया समुदाय डंगौराकरणको संघारमा

लखन चौधरी/कैलाली।

थारु समुदाय भित्रै एक अलग्गै पहिचान, संस्कार र इतिहास बोकेको कठरिया थारु समुदाय पछिल्लो समय डंगौराकरणको संघारमा पुगेको पाइएको छ। डंगौरा र कठरिया थारु समुदायबीच भाषा, संस्कार, खानपानलगायत धेरै पक्षमा समानता छ। विहेवारीको सम्बन्ध पनि बढी नै हुने भएकोले केही दशकमै पूर्णरुपमा डंगौरा थारुमा समाहित हुन सक्ने एक अनुसन्धानले देखाएको छ। Continue reading “कठरिया समुदाय डंगौराकरणको संघारमा”