प्रचण्डको अभिव्यक्ति लज्जास्पद : शान्ता चौधरी

पूर्व सभासद शान्ता चौधरीले सामाजिक संजाल फेसबुकबाट आफ्नो प्रतिक्रिया दिँदै शुक्रबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिलाई लज्जास्पद भएको बताएकी छन् । उनले शुक्रबार प्रचण्डले दिएको अभिव्यक्तिलाई कटाक्ष गर्दै फेसबुकमा लामै स्ट्याटस् लेखेकी छन् । Continue reading “प्रचण्डको अभिव्यक्ति लज्जास्पद : शान्ता चौधरी”

माग सम्बोधन नगरेसम्म कुनै निर्वाचन गर्न दिन्नौं : महतो

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेता एवम् सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले मधेसको मुद्दा सम्बोधन नभएसम्म मुलुकमा कुनै निर्वाचन गर्न नदिने घोषणा गरेका छन्। उनले संविधानमा मधेसीको अधिकार सुरक्षित गर्दै सीमाङ्कनको टुङ्गो नलगाएसम्म स्थानीय निकाय वा अन्य निर्वाचन कुनै पनि हालतमा गर्न नदिने दाबी गरे। Continue reading “माग सम्बोधन नगरेसम्म कुनै निर्वाचन गर्न दिन्नौं : महतो”

दाङमा बस दुर्घटना हुँदा एककाे मृत्यु, कमलरी अभियन्ता उर्मिलासहित १९ जना घाइते

दाङमा बस दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ, भने १९ जना घाइते भएका छन् । लमहीमा भएको दुर्घटनामा परी सिसहनिया ६ का मिलन गिरीका छोरा १२ वर्षिय छोरा निरज गिरीको मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ । Continue reading “दाङमा बस दुर्घटना हुँदा एककाे मृत्यु, कमलरी अभियन्ता उर्मिलासहित १९ जना घाइते”

थाकस कैलालीद्वारा ६ जना थारू अभियन्ता सम्मानित

विभिन्न क्षेत्रमार्फत योगदान पुर्याएको भन्दै थारु कल्याणकारिणी सभा (थाकस) कैलालीले ६ जना थारु अभियन्ताहरुलाई सम्मानित गरेको छ ।

हरेरी पुजाको अवसर पारी थाकस कैलालीले नयाँ प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल र सहायक प्रमुख जिल्ला अधिकारी हिरालाल चौधरीलाई स्वागत गर्दै अभियन्ताहरुलाई कदरपत्रसहित दोसल्ला ओढाएर समानित गरेको हो ।

थारु समुदायको संस्कृति संरक्षणमा टेवा पु¥याएको भन्दै दुुर्गौली गाविस–४ धर्मापुरका बरकुलाल चौधरी, कमैया प्रथा उन्मुलनमा योगदान पुर्याएको भन्दै सीताराम चौधरीलाई सम्मानित गरेको छ ।

त्यस्तै पत्रकारिता क्षेत्रमार्फत योगदान पुुर्याएको भन्दै कान्तिपुर दैनिकमा कार्यरत पत्रकार गणेश चौधरी, थारु युुवा अभियन्ता ठाकुर प्रसाद करियाप्रधान, गायक तथा साहित्यकार मनिराम चौधरी र गजलकार तथा साहित्यकार रविना चौधरी रहेकी छिन् ।

गच्छदारले पनि अाेलीकाे साथ छाेडे, सरकारविरूद्ध मतदान गर्ने

सरकारमा सहभागी मधेसी फोरम लोकतान्त्रिकले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। शनिबार बसेको फोरम लोकतनत्त्रिकको संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट आफ्ना मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको स्वास्थमन्त्री रामजनम चौधरीले जानकारी दिए। Continue reading “गच्छदारले पनि अाेलीकाे साथ छाेडे, सरकारविरूद्ध मतदान गर्ने”

प्रधानमन्त्रीलाई पदमा बसिरहन लाज लाग्नुपर्ने हो : कर्ण

सद्भावना पार्टीका नेता लक्ष्मणलाल कर्णले ३ सय ४२ जनाको समर्थन प्राप्त गरेकामा ८२ जनाले समर्थन फिर्ता लिइसकेपछि वर्तमान प्रधानमन्त्रीले पदमा बसिरहन सुहाउने कुरा नभएको बताएका छन्। Continue reading “प्रधानमन्त्रीलाई पदमा बसिरहन लाज लाग्नुपर्ने हो : कर्ण”

खाँडो नदीको बाढीले सप्तरीमा आधा दर्जन गाविस डुबानमा

शुक्रबार मध्यरातिदेखि भएको अविरल बर्षापछि खाँडो नदीमा आएको बाढीले जिल्लाको दक्षिणी भेगका आधा दर्जन गाविसका झण्डै ८ सय बढी घर डुवानमा परेको छ। स्थानीयका अनुसार शनिबार विहानै आएको बाढी खाँडो नदीमा पछिल्लो एक दशक यताकै ठूलो बाढी हो। बाढीका कारण सकरपुरा गाविस पुरै डुवानमा परेको सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट तिलाठीले जनाएको छ। Continue reading “खाँडो नदीको बाढीले सप्तरीमा आधा दर्जन गाविस डुबानमा”

थारु समुदायका अपहेलित चेलीहरु

सिर्जना चौधरी।

म मेरो समाजमा भएको परिवर्तनलाई नियालिरहेको छु। परिवर्तनको क्रममा धेरै अगाडि बढिसकेको छ मेरो गाँउ, मेरो समाज अहिले, त्यही पुरानो खपटाले छाएको छानोको घर छैन, लडिया हिँड्ने धुलो खाल्टाखुल्टी बाटो छैन, जहाँ हामी बाटा चप्पल लगाएर धुलो उडाउँदै लडिया पछि लाग्थ्यौं। अहिले त गाडी हिँड्ने पक्की सडक बनिसकेको छ। गाँउको गल्ली गल्ली ग्राभेल भइसेकको छ। घरायसी काम गर्नदेखि लिएर कृषिमा पनि नँया प्रविधि अपनाइएको देखिन्छ। Continue reading “थारु समुदायका अपहेलित चेलीहरु”

यस्ता छन् लामो समय बाँच्ने १५ उपाय

विभिन्न अनुसन्धानले आयु लामो बनाउन केही सामान्य उपायहरु अपनाउन सकिने बताउँछन्। यी केही उपायहरुले मानिसको आयु केही वर्ष लम्ब्याउन सक्ने अध्ययनहरुमा उल्लेख छः Continue reading “यस्ता छन् लामो समय बाँच्ने १५ उपाय”

ओलीले सरकार छाड्न उक्साए : दाहाल

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध व्यवस्थापिका–संसद्मा अविश्वासको प्रस्ताव पेस गर्दै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले राजनीतिमा असम्भव भन्ने कुरा केही नहुने भएकाले आफैँले निर्वाचित गराएका प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव पेस गर्नुपरेको बताएका छन्। Continue reading “ओलीले सरकार छाड्न उक्साए : दाहाल”