धनगढी उपमहानगरपालिका–६ शान्ति टोलको एक घरमाथि आज अपराह्न रुख ढल्दा घरमा सुतिरहेकी एक बालिकाको च्यापिएर मृत्यु भएको छ । Continue reading “घरमाथि रुख ढल्दा धनगढीमा जुनकिरी चौधरीको मृत्यु”
Author: admin
नारायणीमा पानीको सतह बढ्यो- सचेत रहन ५० हजारलाई मोबाइल सन्देश
जल तथा मौसम विज्ञान विभागले नारायणीको पानीकेा सतह चेतावनी तहभन्दा माथि गएपछि शुक्रबार सा“झ नौ बजे नदीकिनारका करिब ५० हजार सर्वसाधारणलाई मोबाइल एसएमएसबाट सचेत गराएको छ।
नारायणी नदीको दुई किनारका नवलपरासी र चितवनतर्फ बसोबास गर्दै आएका सर्वसाधारणलाई विभाग अर्न्तगतको बाढी पूर्वानुमान शाखाले मोबाइलमार्फत सचेत गराएको हो।
‘करिब तीन/चार वर्षमा आउने बाढी हो यो,’ शाखाका जलविद् विनोद पराजुलीले भने, ‘त्यसैले हामीले सबै सर्वसाधारणलाई सचेत गराएका हौं।’
उनका अनुसार सा“झ पौने नौ बजे नारायणी देवघाटमा पानीको सतह चेतावनी तह (७.३ मिटर) भन्दा माथि पुगेको छ। ‘पौने ९ बजे ७.३१ मिटर थियो। यो बढेर पौने दस बजे ७.३२ भयो। यो भनेको चेतावनी तह भन्दा माथि हो,’ पराजुलीले शुक्रबार राति १० बजे नागरिकसँग भने, ‘यो बिस्तारै बढिरहेको छ। शनिबार बिहानसम्मै बढ्ने देखिन्छ। त्यसैले नदी किनारका सर्वसाधारण सचेत हुनुपर्छ।’
उनका अनुसार अहिले देवघाटमा प्रतिसेकेन्ड ८५०० घनमिटर पानी बगिरहेको छ। ‘यो भनेको ३ लाख क्युसेक पानी हो। यस्तो पानी नारायणी नदीमा तीन/चार वर्षको अन्तरालमा मात्र बग्छ,’ पराजुलीले भने, ‘यसले ठूलो बाढी निम्त्याउन सक्छ।’
‘ओए लभली’का मोडल नरेश जोगी तीज गीतमा
महिलाहरुको महान चाँड तीज नजिकिँदै छ । हरेक वर्षझै यसवर्ष पनि लोकदोहोरी गायिका–गायक तीज गीत निकाल्नमा व्यस्त छन् । मोडलहरुलाई नाच्न भ्याईनभ्याई छ । यही माहोलका विच गायक गोपाल नेपाल जिएम र गायिका विष्णु खत्री क्षेत्रीले ‘दिदीको पाउ ढोग गरम’ बोलको नयाँ तीज गीत सार्वजनिक गरेका छन् । Continue reading “‘ओए लभली’का मोडल नरेश जोगी तीज गीतमा”
पौडेलको प्रस्ताव अस्वीकृत, अविश्वासको प्रस्ताव फिर्ता नलिने निर्णय
प्रमुख तीन राजनीतिक शक्तिले व्यवस्थपिका–संसद्को आजको बैठकमा सरकारका विरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावलाई अघि बढाउने निर्णय गरेका छन्। नेपाली कांग्रेस, नेकपा (माओवादी) केन्द्र र मधेस केन्द्रित दलका शीर्ष नेताहरुको आज बसेको संयुक्त बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको अविश्वासको प्रस्तावलाई एकजुट भएर पारित गर्ने सर्वसम्मतले निर्णय गरेको हो। Continue reading “पौडेलको प्रस्ताव अस्वीकृत, अविश्वासको प्रस्ताव फिर्ता नलिने निर्णय”
थरुहट आन्दोलनको समीक्षा : हामी कहाँ चुक्यौं ?
सीएन थारु।
थरुहट आन्दोलनको एक वर्ष पूरा हुँदैछ। यस अवधिमा थुप्रै कार्यनीति प्रयोग भइसके भने तीमध्ये टीकापुर प्रतिरोध उच्चतम प्रयोग पनि हुन पुग्यो। त्यसो त कार्यनीतिक आन्दोलन जति आकर्षक बन्यो अन्ततः परिणाम शून्य हुँदा कुनै महत्वको आन्दोलन होइन भन्ने पनि बुझाई छ। क्रान्तिकारी राष्ट्रवादी धारको अप्राकृतिक गठबन्धनयुक्त शासकवर्गको चाहना पनि आन्दोलन भइदेओस् भन्ने नै हो। किनकि उनीहरुलाई ब्राह्मणवादी राज्यव्यवस्था कायम राख्न लोकतन्त्रको मजबुत साधन वार्ता र लोकसहमतिको वातावरण चाहिएको छ। Continue reading “थरुहट आन्दोलनको समीक्षा : हामी कहाँ चुक्यौं ?”
५६औं स्मिृत दिवस : गुम्रा थारुले देखाएको बाटोमा लाग्न आग्रह
सन्तोष दहित/दाङ।
किसान आन्दोलनको पहिलो शहिद नेता गुम्रा थारुलाई अखिल किसान महासंघले सम्झेको छ। एक कार्यक्रम आयोजना गरेर शहिद किसान नेता थारुलाई सम्झेको हो। थारुको ५६औं स्मिृत दिवसको अवसरमा घोराहीको ट्राफिकमा रहेको शालिकमा माल्यार्पण गरिएको छ। Continue reading “५६औं स्मिृत दिवस : गुम्रा थारुले देखाएको बाटोमा लाग्न आग्रह”
अविरल बर्षाले रुपन्देहीको अधिकांश क्षेत्र डुवानमा
हीवार रातिदेखि परेको अविरल बर्षाले रुपन्देहीको जनजीवन प्रभावित भएको छ । जिल्लाका अधिकांश क्षेत्रहरु डुबानमा परेका छन् । केही सरकारी तथा गैह्रसरकारी कार्यालयहरु पनि जलमग्न भएका छन् । पछिल्लो २४ घण्टामा देशमै सबैभन्दा बढी, भैरहवा क्षेत्रमा १ सय २३ मिलिलिटर बर्षा भएको जलवायु तथा मौसम विज्ञान विभागको मौसम पुर्वअनुमान शाखाले जनाएको छ । Continue reading “अविरल बर्षाले रुपन्देहीको अधिकांश क्षेत्र डुवानमा”
परासी पस्यो झराही खोला, सदरमुकाम जलमग्न
लगातार परेको बर्षाका कारण नवलपरासीको सदरमुकाम परासी जलमग्न भएको छ ।लगातारको बर्षाले झराही खोला बढ्दा खोलाको धार परिवर्तन भई परासीमा बाढी पसेको हो । उत्तर–दक्षिण भएर बग्ने झराही खोलामा आएको बाढी रामग्राम–२ को मस्जिद नजिकैबाट नगर क्षेत्रमा पसेकाले परासी क्षेत्र पुरै डुवानमा परेको छ । Continue reading “परासी पस्यो झराही खोला, सदरमुकाम जलमग्न”
नवयुग श्रेष्ठ उत्कृष्ट खेलाडी
राष्ट्रिय फुटबल टिम तथा नेपाल आर्मी क्लबका स्ट्राइकर नवयुग श्रेष्ठले वर्ष खेलाडीको उपाधी जित्दा टेबल टेनिसकी नमिता श्रेष्ठले पिपुल च्वाइस अवार्ड जितेकी छन्। राजधानीमा बिहीबार आयोजित ‘पल्सर स्पोर्टस् अवार्ड–२०७२’ मा नवयुग पुरुषतर्फ वर्ष खेलाडी घोषित भएका हुन्। उनले फुटबलका विकेश कुथु,भारोक्तोलनका विकास थापा, उसुका राजेश चौधरी तथा तेक्वान्दोका वीरबहादुर महरालाई पछि पारेका हुन्। Continue reading “नवयुग श्रेष्ठ उत्कृष्ट खेलाडी”
फेसबुक दुरुपयोग, विदेशबाट युवती डाक्दै ठगी
प्रहरीले सामाजिक सञ्जाल फेसबुकमार्फत् विदेश रोजगारमा रहेका दुई युवतीलाई नेपाल बोलाएर ठगी गर्नेलाई पक्रेको छ। महानगरीय अपराध महाशाखाले खाडी देश लेबनन र विकसित साइप्रसमा रहेका दुई युवतीलाई नेपाल बोलाई ठग्ने सिन्धुपाल्चोकका जेभी भनिने तुलबहादुर तामाङलाई पक्रेको हो। उनले लेबननमा रहेकी सृजना दोङबाट नौ लाख र साइप्रसमा रहेकी कुसुम लामाबाट नौ लाख ठगेका थिए। Continue reading “फेसबुक दुरुपयोग, विदेशबाट युवती डाक्दै ठगी”