Author: admin
खुलामञ्चको रिले अन्सनमा ‘थरुहट विशेष’
सङ्घीय गठबन्धनले सुरु गरेको तेस्रो चरणको आन्दोलन अन्तर्गतको रिले अनसनको आजको दिन विशेष रुपमा संगीतमय र संस्कृतिमय बन्यो । विशेषगरी थारु र तामाङ समुदायका पहिचान पक्षधर संस्कृतिप्रेमीहरुले पहिचानको र पहिचानको लागि हाल जारी भइरहेको आन्दोनको पक्षमा गीत तथा नृत्यहरु प्रस्तुत गरेर अनसनकारीहरुप्रति समर्थन र एक्यवद्धता जनाए। Continue reading “खुलामञ्चको रिले अन्सनमा ‘थरुहट विशेष’”
यस्तो अवस्थामा भेटिएकी थिइन् रामदुलारी, न्याय खोज्दै परिवार राजधानीमा
कञ्चनपुर बेदकोट नगरपालिका-१ चम्फापुरका राना परिवार बुहारी र छोरीको हत्याराको खोज्दै राजधानी आइपुगेका छन्। जेठ २२ गते मृत फेल परेकी रामदुलारी रानाको हत्यारा पक्राउ गरी कारबाही गर्न स्थानीय प्रहरीले ढिलासुस्ती गरेपछि मृतका सासु, ससुरा र छोरा राजधानी आएका हुन्। Continue reading “यस्तो अवस्थामा भेटिएकी थिइन् रामदुलारी, न्याय खोज्दै परिवार राजधानीमा”
करेन्ट लागेर दाङ निवासी कृष्ण चौधरीको मृत्यु, चार गम्भीर घाइते
विद्युत्को पोल गाड्ने क्रममा शनिबार साँझ लालमटिया गाविस–७ बराहखुटीमा करेन्ट लागेर गम्भीर घाइते भएका पाँच मजदुरमध्ये एक जनाको आज उपचारका क्रममा मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार मृत्यु हुनेमा लालमटिया गाविस– २ का २२ वर्षीय श्रीकृष्ण चौधरी रहेका छन् । Continue reading “करेन्ट लागेर दाङ निवासी कृष्ण चौधरीको मृत्यु, चार गम्भीर घाइते”
पश्चिम थारू बस्तीमा हरडहुवा/हरधोबाको रौनक
धान रोपाई सकिएपछि पश्चिम नेपालको थारू वस्तीमा हरडहुवा तथा हरधोवाको रौनक बढेको छ । धान रोपाई सकिएको खुसयालीमा मनाइने पर्व तथा हरडहुवा÷हरधोवाको रौनक सुरु भएको हो । Continue reading “पश्चिम थारू बस्तीमा हरडहुवा/हरधोबाको रौनक”
युवाहरुमा उद्यमशीलताको विकास गर्नुपर्ने जोड
कारी महतो/चितवन।
खैरहनी नगरपालिकाको रेडक्रस हलमा उद्यमशीलता विकास सम्बन्धी अन्तरक्रिया कार्यक्रम आज सम्पन्न भएको छ । कञ्चनजंघा पोलिटेक्निक इन्स्टिच्युट प्रा. लि. बुटवलको प्राविधिक सहयोगमा थारु कल्याणकारिणी सभा (थाकस) चितवन क्षेत्र नं. ७ को आयोजनामा भएको कार्यक्रममा निर्मल सिग्देलले सहजीकरण गरेका थिए। Continue reading “युवाहरुमा उद्यमशीलताको विकास गर्नुपर्ने जोड”
मर्निङवाकमा निस्किएका दम्पत्तिलाई बसले ठक्कर दिँदा पत्नीको मृत्यु, पति घाइते
प्रातकालीन भ्रमण (मोर्निङवाक) गरिरहेकाबेला पछाडिबाट बसले ठक्कर दिँदा आज बिहान एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । Continue reading “मर्निङवाकमा निस्किएका दम्पत्तिलाई बसले ठक्कर दिँदा पत्नीको मृत्यु, पति घाइते”
रणनीतिक महत्वको सडक पूरा गर्न कुनै कसर बाँकी राख्दिन : गच्छदार
उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री विजयकुमार गच्छदारले भौतिक पूर्वाधार, सडक, रेल यातायातको विकासका लागि सरकारले योजनाबद्ध रुपमा नीति तथा कार्यक्रम अगाडि सारेको र त्यसलाई पूर्ण क्षमतामा कार्यान्वयन गरिने बताएका छन्। Continue reading “रणनीतिक महत्वको सडक पूरा गर्न कुनै कसर बाँकी राख्दिन : गच्छदार”
आमा !
इन्दु थारु।
आमा हुन सजिलो छैन। आमा बन्नु मृत्युको नजिक पुग्नु हो। आमा बन्नुको अर्थ मृत्युलाई जित्नु हो। मृत्युलाई जित्नु सामान्य कुरा होइन। त्यसका लागि अदम्य साहास चाहिन्छ। त्यो साहास केवल एउटी आमामा मात्र निहीत हुन्छ। महिलाले बहन गर्ने विभिन्नथरीका भूमिकामध्ये सबैभन्दा सम्मानजनक भूमिका आमा नै हो। महिलाका लागि प्रयोग गरिने सबैभन्दा वजनदार शब्द पनि आमा नै हो। आमा धर्ती हुन्, आमा शृष्टि हुन्। आमा सौन्दर्य हुन्, आमा रहस्य हुन्। एउटै शरीरमा दुईटा ढुकढुकी जीवित राख्ने, आमा आश्चर्य हुन्। Continue reading “आमा !”
सुदूरपश्चिम विकासका लागि कैलालीबाट ममताप्रसाद चौधरी नियुक्त
सुदूरपश्चिम क्षेत्रको समग्र विकासको भावी रणनीतिबारे आज सरोकारवालाबीच छलफल भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको सुदूरपश्चिम विकास परिषद्को प्रथम बैठकले त्यस क्षेत्रको विकासका सम्भावना, चुनौती र आगामी कार्यक्रमबारे परामर्श गरेको हो । Continue reading “सुदूरपश्चिम विकासका लागि कैलालीबाट ममताप्रसाद चौधरी नियुक्त”