दाङ थारु साहित्यिक मेलाः एक कोशेढुङ्गा

सुशील चौधरी

भाषा तथा साहित्यिक विर्मश आफैमा जटिल कर्म हो। सजिलो हुँदोहो त जो कसैले जहिले पनि गर्ने थिए। तर यति जटिलतम कार्यमा सिर्जनकीलता देखाउन मानिस कहिल्यै पछि परेको छैन। एक्काइशौ शदीको सभ्यता, मानवीय मुल्य मान्यता त्यसैको प्रमाण हो। थारु विद्धान गुर्वावाहरुले पनिा यस क्षेत्रमा अतुलनीय योगदान पुर्‍याएका छन्। त्यसो त समय–समयमा थारु साहित्यिक जमघट नभएको होइन, साठीसालमा नेपालगञ्जमा सुरु गरिएको मासिक श्रृखला नै एक वलियो सुरुवात थियो, जसका सूत्राधार कृष्ण सर्वहरी थिए। त्यसबेला थारु साहित्यको विकासको सपना मनमा साँचेर नेपालगन्ज नगरी झरेका थिए उनी परिवार र बालबच्चा सहित, एक रेडियो कार्यक्रमको संयोजक भएर। अठ्ठाइस सालमा गोचाली पत्रिका दाङबाट छरिए पछि २०३४ सालमा तत्कालिन महान्यायधीवक्ता रामानन्द प्रसाद सिंहको सक्रियतामा साहित्यिक सुरुलाई सुरु गरिएको मानिन्छ। थारु कल्याणकारिणी सभाको मुखपत्रको रुपमा संस्कृति पत्रिका पनि निस्कन थाल्यो, यद्यपी निरन्तर छ वार्षिक भएपनि। सत्तरीको पुवार्धमा एक सरस सलिल समुहको सक्रियतामा जंग्रार साहित्यक वखेरी जन्म्यो, जसको सूत्राधार लेखक स्वयंम र गजलकार तथा रेडियो कार्यक्रम प्रस्तोता सोम डेमन्डौरा थिए। जंग्रार साहित्यिक बखेरीले सुस्ताएको थारु साहित्यिक माहौल एकाएक ततायो। कैलालीमा छिटकल साहित्यक वगाल सागरकुश्मी र जन्ती चौधरी जुर्मुराए।

२०६९माघ महिना देखि यो पंतिकार काम विशेषले काठमाण्डौको बसाई हुने भएपछि काठमाण्डौ बस्ने यूवा विद्यार्थीहरुले कीर्तिपुरको स्वागत कार्यक्रममा साहित्यिक महफिल वन्दछ। त्यपछिका दिनमा ४० औ श्रृखला ठूम्रार साहित्यिक बखेरीको र्कीर्तिपुरमा सम्पन्न भएसकेको छ। दाङ–देउखुरीमा लाव डग्गर त्रैमासिकको सक्रियतालाई पनि भुल्न सकिन्न। घोराहीमा हर्चाली साहित्यिक श्रृखलाका लागि के.वी चौधरी,माधव अनुरागी, सन्तोष दहित लगायत दर्जनौ यूवाहरुकोको क्रियाशीलता पनि नमनीय नै छन्।

कैलालीमा छिटकलबाट जिउगर र जिउगर पछि हिरगर साहित्यिक बगालले साहित्यिक माहोल तटाएका छन्। हिरालाल सटगौवा, सागर कुभी, गंगा डगौरा, सत्यनारायण दहित, जीत ट्राशन र रवीना चौधरी  अन्य युवा गजलकाहरुले मच्चाएको हलचल पनि कम लोभ लाग्दो छैन। जग्रार साहित्यिक वखेरीले सामाजिक संजाल मार्फत विश्वभर छरिएर रहेका श्रष्टाहरुलाई एकैठाँउमै गोलवन्द गरेको छ। कपिलवस्तुमा बुद्धसनेस परिवार र चितवनमा संघातीया बगालले पनि पश्चिम नेपालको मासिक तथा साहित्यिक उन्नयनमा योगदान दिएका छन्।

 Sushil Chaudhary२०७२ मा कृष्ण सर्वहारीको कमैया बस्तीम भगनवा लघुकथा संग्रह, सुशील चौधरीको विरहुल बसिया कविता संग्रह, छवि कोपिलाको हमार संस्कृति, पुनराम करियावरिकाको गजल संग्रह, सीता निश्छलको पर्गोह्रनी गजल संग्रह मानवहादुर चौधरी र भागिराम चौधरीको  अख्वारी द्वैमासिक प्रकाशन सुरु भएको कुरा कोशेढुंगा नै भए। यसवर्ष साहित्यिक अभियान वर्ष भयो। यी सवै गतिविधिहरुको पृष्ठभूमिमा पहिलो थारु साहित्यि समीक्ष समालोचना र विमर्शको सन्दर्भमा २०७३ बैशाख ३ र ४ गते भएको घोराहीको साहित्यिक मेला ऐतिहासिक रह्यो। नेपाल प्रज्ञा प्रतिष्ठान संगको पहिलो थारु साहित्यिक सहकर्मी भयो, दाङ, जिल्ला विकास समितिलगायत आधा दर्जन बढी संस्थाहरुले सहकार्य गरे। यो पनि सुखद सुरुवात थियो।

साहित्यिक मेलाको उद्घाटन सत्रमा प्रज्ञा प्रष्तिठानका प्रज्ञा एवं मातृभाषा साहित्यि विभाग प्रमुख साहित्यिकार श्रवण मुकारुङले प्रज्ञा प्रष्तिठानले मातृभाषाको साहित्यिलाई यथोचित न्याय गर्न नसेको स्वीकार गरे। उनले नेपाली इतर भाषाको विकासको सावललाई हेर्ने दुई किसिमका विचार विद्यमान रहको वताए। उनका अनुसार मातृभाषाको विकासले राष्ट्रियता बलियो बनाउदै भन्ने प्रगतिशील विचार रहेको र यसले राष्ट्रियता कमजोर वनाउने र साम्प्रदायिकता भइकाउने प्रतिगामी विचार रहेको वताए। वरिष्ठ लेखक एवं अनुसन्धानकर्ता महेश चौधरीले थारुभाषाको ऐतिहासिक पत्रिका गोचाली दाङबारे चर्चा गरे पंचायती व्यवस्था विरुद्धवागी विचार बोकेकाले गोचालीका अभियान्ताहरुलाई तत्कालीन सरकारले दुःख दिएको बताए। त्यसवेला पर्याप्त मात्रामा प्रेसहरु नभएकाले गोचाली वनारसमा छाप्नु परेको वताए। आज  नयाँ पुस्ताहरु थारु भाषा साहित्यिको विकासमा लागेको देख्दा खुशी व्यक्त गरे ।चर्चित कवि विप्लव ढकालको उपस्थिति नै महत्वपूर्ण थियो, उनका कविताले पैदागरेका झंझनाहटको कसरी तारिफ गर्नु र। मेलामा थारु आख्यानबारे वरिष्ठ साहित्यिकार कृष्णसर्वहारीले कार्यपत्र प्रस्तुत गरेका थिए, टिप्पणी शुसिल चौधरीले गरेका थिए। थारु आख्यान लेखनको अवस्थाबारे विस्तृत विमर्श गरिएको थियो। थारु उपन्यास र कथाको बेलिबिस्तार लगाइयो। पंतीकारले थारु भाषाको मानवकताको प्रश्नवारे चर्चा पारेको थिए। थारु समकालीन कविताको अवस्थाबारेमा छवि कोपिलाले कार्यपत्र प्रस्तुत गरेका थिए भने टिप्पणी साहित्यकार एवं अध्यापक टीकारम उदासीले गरेका थिए। दिलबाहदुर चौधरी, सोम डेमनडौरा, कुमार अभागीले पनि टिप्पणी गरेका थिए। जिल्लागत रुपमा थारु भाषा साहित्यको अवस्थाबारेमा पनि चर्चा गरिएको थियो।

मेलाको अर्को महत्वपूर्ण पाटो  पुस्तक प्रदशर्नी पनि थियो। थारुभाषामा र थारु समुदायको बारेमा लेखिएका पुस्तक तथा पत्रपत्रिकाहरु स्टलमा राखिएका थिए। उद्घाटत सत्र घोराही स्थित नेपाल पत्रकार महासंघको हलमा र छलफल सत्र सौडियारको राजपुर गाँउमा भएकोले कार्यक्रमले गाउँ र  शहरलाई जोडेको थियो।राष्ट्रिय स्तरमा समालोचात्मक बहस अन्तरक्रिया भएको पहिलो भएकोले पनि अति महत्वपूर्ण र ऐतिहासिक रह्यो। चितवन देखि कचनपुर सम्म र काठमाण्डौ लगायत करीब दस जिल्लामा सयौ प्रतिनिधिहरुको सहभागिता रहेको उक्त मेलामा सयौ साहित्यकार लेखक र साहित्यक साथीहरुको जमघट अधिक थियो। गाउँमा स्थानीय ब्यवस्थापनमा सम्भव त्यस कार्मक्रमले यतिठूला साहित्कि सम्मेलन समुदायको ब्यवस्थापन कम खर्चमा पनि गर्न सकिने कुरा ब्यवहारत सिद्ध गरिदियो। त्यसमा पनि समुदायले दिएको माया र स्नेहले सबै सहभागिहरुको थप उर्जा बढायो। समुदायले पनि साहित्यकार, लेखक कवि तथा कलाकारहरुसंग सामिप्यता राख्न पाएर खुशी भए। साहित्यको काम समाजलाई जोड्ने र उन्नत विचारको प्रज्वलन गर्ने हो जुन पहिलो साहित्यिक मेलाले गर्न सक्यो। दर्जनौ श्रष्टाहरुले यस वर्ष कम्तीमा एक कृति प्रकाशन गर्ने सार्वजनिक प्रतिवद्धता जनाए।

चौध बुँदे दाङ घोषणपत्र पनि मेलामा पारित भयो, जुन अर्को ऐतिहासिक उपलब्धी हो। बार्षिक रुपमा साहित्यिक मेला गर्ने, दोश्रो मेला कैलालीमा आयोजना गर्ने, मानव भाषाका लागि मिलेर काम गर्ने  आरयान साहित्य र समालोचना लेखनमा ध्यान दिने, भाषा साहित्यको विकासका लागि स्थानीयत तथा राष्ट्रिय श्रोत  परिचालनमा प्रसार गर्ने जस्ता बुँदे समेटिएका छन्। यसका यसका साथै साहित्यको विकासका लागि संगठित प्रयासका लागि थारुले रकम संघ गठन गरे र योजनाबद्ध रुपमा आगाडी वढ्ने समेत प्रतिवद्धता ब्यक्त गरिएको छ। मेलाको अन्त्यमा लेखक तथा पत्रकार कृष्ण सर्वहारीको संयोजकत्वमा थारु लेखक संघ। गरि गरिएको छ। जस्मा सुशील चौधरी, बर्दिया, छवि कोपिला, के. वि. चौधरी दाङ, दिल वहादुर चौधरी, जीत ट्रासन,कैलाली,,सोम डेमनडौरा बाँके, बालिका चौधरी सीता निश्चल बर्दिया बम वहादुर चौधरी, रुपन्देही कुमार अभान चितवन, राम प्रसाद अन्धकार र कपिलवस्तु रहेका छन्।

मुलुक संघीय व्यवस्थाको कार्यान्वयनमा जुटिरहेको  पहिचानको मुद्धा सशक्त रुपमा उभि्ररहेको बेलामा भाषिक तथा साहित्यिक उन्नयनका हेतु आयोजित पहिलो साहित्यिक मेला आफैमा समय सान्यर्भिकर औचित्यपूर्ण थियो। यसले लेखक, साहित्यकारहरुको जाँगरका उर्जा थपेको छ भने सामाजिक सचेतनापनि बढाएको छ। साहित्यिक विमर्श र परिशीलन आफैमा एक अति महत्वपूर्ण कुरा भएकोले समकालीन समाजको अग्रगतिका लागि कोशेढुङ्ग सावित भएको छ। थारु भाषा साहित्यको संगठित विकासका लागि साझा मंच थारु लेखक संघ जन्मिएको छ, पक्कैपनि यस मञ्चले थारु भाषा साहित्य लेखनमा योजनावद्ध प्रयास थाल्नेछ।  त्यसैले पनि यो साहित्यिक मेलाको ऐतिहासिक महत्व रहेको छ। थारु साहित्यकारहरुको राष्टि्रय स्तरको जमघटले थारु भाषा लेखोन्मुख भाषा रहेन, थारु भाषामा वार्षिक दर्जनबढी पुस्तकहरु छापिन्छन् , सय भन्दाबढी श्रष्टाहरु निरन्तर लेखिरहेका छन् भन्ने सन्देश पनि दिएको छ।

बंगलादेशसँगको मैत्रीपूर्ण खेलमा आदित्य र भरत खेल्ने

अनिल गुरुङको कप्तानीमा अखिल नेपाल फुटबल संघ(एन्फा) ले बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेल खेल्ने २१ सदस्यीयराष्ट्रिय फुटबल टोली छनोट गरेको छ। नेपालले असार ३१ र साउन २ मा बंगलादेशको घरेलु मैदानमा दुई मैत्रीपूर्ण खेल खेल्नेछ। Continue reading “बंगलादेशसँगको मैत्रीपूर्ण खेलमा आदित्य र भरत खेल्ने”

थरुहट/थारुवानले सार्वजनिक गर्‍यो असहयोग आन्दोलन [यस्ता छन् कार्यक्रम]

आन्दोलरत थरुहट/थारुवान संयुक्त संघर्ष समितिले एक महिना लामो असहयोग र भद्र अवज्ञा आन्दोलन घोषणा गरेको छ । समितिले शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरेर आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको हो । Continue reading “थरुहट/थारुवानले सार्वजनिक गर्‍यो असहयोग आन्दोलन [यस्ता छन् कार्यक्रम]”

अपांग थारु महिलामाथि भएको सामूहिक बलात्कारको छानविन गर्न निर्देशन

कपिलवस्तुको चन्द्रौटामा सशस्त्र प्रहरी बलको एक समूहबाट एक अपाङ्ग महिलामाथि भएको बलात्कारबारे छानविन गर्न संसद्को सामाजिक न्याय तथा मानवअधिकार समितिले गृहमन्त्रालयलाई निर्देशन दिएको छ । Continue reading “अपांग थारु महिलामाथि भएको सामूहिक बलात्कारको छानविन गर्न निर्देशन”

असोजदेखि संघीय गठबन्धनको निर्णायक आन्दोलन

संघीय गठबन्धनको केन्द्रीय सचिवालयको बैठकले असोज पहिलो साताबाट निर्णायक आन्दोलन गर्ने निर्णय गरेको छ। सचिवालयको शुक्रबार बसेको बैठकले भदौभरीमा गठबन्धनका नेता–कार्यकर्ताहरुलाई प्रशिक्षणलगायत तयारी पूरा गरी असोजबाट निर्णायक आन्दोलनमा होमिने निर्णय गरेको गठबन्धनको सचिवालय सदस्य केशव झाले बताए।   Continue reading “असोजदेखि संघीय गठबन्धनको निर्णायक आन्दोलन”

प्रमुख निर्वाचन आयुक्तमा अयोधीप्रसाद यादव अनुमोदित

व्यवस्थापिका संसदको संसदीय सुनुवाई विशेष समितिले प्रमुख निर्वाचन आयुक्तमा अयोधीप्रसाद यादवको नाम अनुमोदन गरेको छ। शुक्रबार बसेको बैठकले यादवको नाम सर्वसम्मतले अनुमोदन गरेको समितिका सभापति कुलबहादुर गुरुङले जानकारी दिए। यादवलाई प्रमुख निर्वाचन आयुक्तमा नियुक्ति गर्ने बाटो अब खुलेको छ। Continue reading “प्रमुख निर्वाचन आयुक्तमा अयोधीप्रसाद यादव अनुमोदित”

आमा-बुबाको स्मृतिमा एक लाखको छात्रवृत्ति अक्षयकोष स्थापना

कारी महतो/चितवन

थारु कल्याणकारिणी सभा (थाकस) चितवनका संस्थापक जिल्ला सभापति स्वर्गीय नवलकिशोर चौधरीकी पत्नी तथा थाकस चितवनका पूर्व जिल्ला सभापति टिकेन्द्र चौधरीको ममतामयी आमा इन्दुदेवी चौधरीको निधन भएको १३औं दिनको पुण्यतिथिमा आज एक शोकसभाको आयोजना गरी मृतआत्माको चिरशान्तिको कामना गर्दै श्रद्धाञ्जली अर्पण गरिएको छ। Continue reading “आमा-बुबाको स्मृतिमा एक लाखको छात्रवृत्ति अक्षयकोष स्थापना”

विश्व विजेता जर्मनीलाई पराजित गर्दै फ्रान्स फाइनलमा

एन्टोइन ग्रिजम्यान चम्किएपछि विश्वबिजेता जर्मनीलाई हराउँदै आयोजक फ्रान्स जारी युरोकप फुटबलको फाइनलमा प्रबेश गरेको छ । मार्सेलीमा भएको खेलमा जर्मनीलाई २-० गोलले पराजित गर्दै घरेलु टोली फ्रान्सले आइतबार पोर्चुगलसँगको उपाधि भीडण्त पक्का गरेको हो । फ्रान्सका लागि दुवै गोल एथ्लेटिको मडि्रडका सुपरस्टार एन्टाेइन ग्रिजम्यानले गरेका थिए । Continue reading “विश्व विजेता जर्मनीलाई पराजित गर्दै फ्रान्स फाइनलमा”

रामदुलारी हत्या प्रकरणमा प्रहरी चाैकी इन्चार्जलाई कारबाही

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले एक प्रहरी नायव निरीक्षकसहित २५ जना प्रहरी कर्मचारीलाई कारबाही गरेको छ । एक महिलाअघि दैजी चम्पापुरकी रामदुलारी राना हत्या प्रकरणमा दैजी प्रहरी चौकी इन्चार्ज करन सिंह धामीले घटनाको सूचना पाउँदा पनि लापरबनही गरेको भन्दै जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले उनलाई कारबाही गरेको छ ।

जेष्ठताको आधारमा खाईपाई आएका धामीलाई तल्लो स्केल घटुवा गरिएको छ । कञ्चनपुर प्रहरीले जनताको माग अनुसार काम नगरेकाले त्यसको परिमाण गलत आएको घटनाक्रमले देखाएको छ ।

रामदुलारी हत्या प्रकरणमा पीडित परिवारले दैजी प्रहरीलाई घटना भएको राति नै खबर गरेको भएपनि उनले जिम्मेबारी नदेखाउदा घटनाले गम्भीर रुप लिएको थियो ।

प्रहरीले इमेल मार्फत संचार माध्यममा पठाएको पत्रमा प्रहरी सहायक निरिक्षक धामीलाई विभागीय कारबाही गरिएको छ ।
साथै विगत ६ महिनाको अवधिमा प्रहरी आचरण विपरित काम गरेको भन्दै कञ्चनपुर प्रहरी कार्यालयले प्र.ना.नि.१, प्र.स.नि.३, प्र.ह.३ र प्र.ज.१८ गरी जम्मा २५ जना प्रहरी कर्मचारी उपर बिभागीय कारबाही गराएको जनाएको छ ।

धारिलो हतियार प्रयाेग गरी बालिका चाैधरीकाे हत्या

दाङमा एक जना महिलाको धारिलो हतियारको प्रहारबाट हत्या भएको छ । दाङ देउखुरीको सतवरिया–८ रिहारमा २७ वर्षीया बालिका चौधरीको घरमै चक्कु प्रहारबाट मृत्यु भएको जिल्ला प्रहरी प्रमुख धीरजप्रताप सिंहले जानकारी दिए । Continue reading “धारिलो हतियार प्रयाेग गरी बालिका चाैधरीकाे हत्या”